Tuesday, July 28, 2020

Sunday, February 23, 2020

एमसीसी, इण्डो प्यासिफिक रणनीति र विरोधका स्वर

चर्चित भारतीय कवि गोरख पाण्डेयको एउटा प्रचलित कविता छ, “राजा बोला रात है, रानी बोली रात है । मन्त्री बोला रात है, सन्तरी बोला रात है ए सुबह सुबह कि बात है ।” सामन्तशाहीको अनुपम उदाहरण हो यो कविता । आज पनि जीवन्त । प्रसङ्ग एमसीसी र त्यसमाथि भइरहेका बहसका बारेको हो । देखादेख बिहानलाई रात भन्ने र त्यसैमा होमा हो मिलाउनेहरूको कमी छैन हाम्रो समाजमा । त्यसैले हो हामीले क्रान्तिले भत्काउन सुरु गरेको सामन्तवादका अवशेष उखेलेर नफाली समाजवादतर्फको बाटो पहिल्याउन सकिँदैन भनेको ।

केही मान्छेहरूमा एउटा घनघोर मनोदशा छ, उनीहरू आजको विश्वव्यापीकरणको युगमा पनि पृथक् अर्थतन्त्रको कुरा गर्छन् । अनि अर्कोथरी मनोदशा चाहिँ आफूले गर्दा जे पनि ठीक र अरूले गर्दा जे पनि गलत भन्ने छ । डब्लुटीओ चाहिँदैन, बिप्पा अहँ, यो त हुँदैन, बीआरआई हरे, हरे, यो त झन् खत्तम, एमसीसी अहँहँहँ, यसको त नाम पनि नलेऊ । कस्तो अनौठो भिखारी फुर्ती !

२०६२÷६३ को जनआन्दोलनपछि हामिले जनतालाई भन्यौँ, ‘राजनीतिक परिवर्तनको अभियान सकियो अब आर्थिक अभियानको पालो ।’ जनताले पत्याए । हामीलाई साथ दिने वाचा गरे । जब हाम्रो पालो आयो, हामी आफ्नो वचनबाट फर्कियौँ । आर्थिक समृद्धिको कुरासमेत लोकाचारी राजनीतिक दाउपेचका लागि रहेछ भन्ने देखिँदैछ । यो आर्थिक परिवर्तनको बाटो हो त ? अर्थतन्त्रका कुरा क्लिष्ट बनाउने होइन, सरल भाषामा बुझ्ने र बुझाउने हो । विकास भन्नुस्, प्रगति भन्नुस्, उन्नति भन्नुस्, समृद्धि भन्नुस् जे भन्नुस् त्यो हासिल गर्न चार चिज आवश्यक छ– जनशक्ति, स्रोत, पैसा र प्रविधि । अघिल्ला दुई हामीसँग छ, पछिल्ला दुई छैन । नभएको खोज्ने, लिने । भएको परिचालन गर्ने । हामी सम्पदा र श्रम भएका पैसा र प्रविधि नभएका मुलुकमा आर्थिक परिवर्तनको उपाय जान्न कुनै अर्थशास्त्रीलाई सोध्न पर्दैन । सामान्य जनताले पनि भन्न सक्छन् कि जे कमी छ त्यो अन्यत्रबाट ल्याएर भए पनि विकास गर्ने अर्थात पैसा र प्रविधिमा वैदेशिक सहायता लिने आफ्नो श्रम प्रयोग गर्ने र आफ्नो सम्पदालाई उत्पादनमा बदल्ने ।

अन्तर्राष्ट्रिय विकास साझेदारलाई चिढ्याएर त्यो सपना कहिल्यै पूरा हुनेछैन । गरिबी कम गर्न मात्र होइन जसलाई हामी राष्ट्रिय पुँजीपति भन्छौँ तिनलाई समेत दलाल वर्गबाट पुँजीपतिमा उकास्न हामी उत्पादक काममा लाग्नैपर्छ । किनभने अहिले त ‘राष्ट्रिय पुँजीपति वर्ग’ एउटा भ्रामक शब्दावली मात्र हो । अन्तर्राष्ट्रिय विकास साझेदारीका शर्त जतिसुकै अप्ठेरा होउन् त्यो नेपाली जनताले पुस्ता दरपुस्ता भोगिरहेको दासता, विभेद, शोषण र गरिबीको पीडाभन्दा अप्ठेरो हुन सक्दैन ।

हो, केही सम्भ्रान्त वर्ग जनताले कमाउँछ कि भनेर चिन्तित होलान्, कति आफ्नो अजिङ्गरी आहारा फुस्किन्छ कि भनेर तर्सेका होलान् तर केही त हुनैपर्छ । एफडीआई, ऋण, सशर्त अनुदान जे पाइन्छ लिने र विकास गर्ने हो । पाँच अङ्कको प्रतिव्यक्ति आय होस् त अनि उपरखुट्टी हालेर बात मारे भैगो नि । (आइ वल टु आइ वल ।) 

नेपालमा अमेरिकी सहयोगको एक एक डलर इण्डो प्यासिफिक स्ट्राटेजीकै हिस्सा हो । हरेक नयाँ राष्ट्रपतिसँगै अमेरिकी प्राथमिकताका रणनीति पनि फेरिन्छन् । त्योसँगै फेरिन्छ सहायता रणनीति पनि । अमेरिकी विदेश नीति, वैदेशिक सहायता नीति र रक्षा नीति एक आपसका पूरक हुन् भन्न परोइन । त्यसको जम्माजम्मी दुई पाटा छन्, विदेशमा अमेरिकी व्यापारको विस्तार र विस्तारित बजारको सुरक्षा । वर्तमानमा साम्राज्यवाद भनेको त्यही हो । त्यही नीति अन्तर्गत नेपाललाई पनि अमेरिकाले ‘सहयोग’ गर्छ, गरिरहेको छ र गर्नेछ ।

अमेरिकाले नेपाललाई सन् १९४७ पछि मात्र चिन्यो, द्वितीय विश्वयुद्धपछि । सन् १९४८ मा नेपाल अमेरिका कूटनीतिक सम्बन्ध सुरु भयो । करिब ७० वर्ष अघि १९५१ मा अमेरिकाले नेपाललाई सहयोग गर्ने पहिलो सम्झौता भयो । त्यसयता नेपालको पहिलो टेलिफोनदेखि सुरुवाती दिनका सडक, अस्पताल, विद्यालय, सरकारी भवन अनेकौँ ठाउँमा उसले लगानी ग¥यो । शीतयुद्धको भरमार फाइदा असंलग्नताका नाममा हामीजस्तै मुलुकले लिए । न यता न उता भइरहँदा फकाउन पनि जोगाउन पनि दुवैतर्फकाले सहयोग गरे । त्यो दिनदेखि आजसम्म ‘याङ्की’हरू फर्केनन् । अब फर्कंदैनन् पनि ।

महाराजगञ्ज चोकबाट पश्चिमपट्टि सडकमै फलामे बार लगाएको दूतावास देख्दा नझुक्किनुहोला कि उनीहरू त्यस बारभित्रमात्र बस्छन् । त्यो त हामी त्यहाँ पस्छांँै कि भनेर लगाइएको बार होइन र ? कान्तिपथ केशरमहल चोकमा जानुस्, नारायणहिटी दरबारको ठीक सामुन्ने वरपर सडकमा तस्बिरसमेत खिच्न प्रतिबन्ध लगाइएको एउटा परिसर छ । भन्नुहोला त्यहाँ कुनै अमेरिकी कार्यालय छ । अब भन्नुस् त त्यस कार्यालयले त्यति गोप्य के काम गर्छ ? त्यो अहिले इण्डो प्यासिफिक आएपछि बनेको होइन । ज्ञानेश्वरमा मात्र शिक्षा केन्द्र छ भनेर ठान्नुभएको छ भने सच्याउनु होला, देशैभरि छ । उद्योग सङ्घ मोरङ, इलाम, भैरहवा, धनगढी जताततै । उद्योग वाणिज्य सङ्घहरूलाई नै किन छाने होलान् ? यी र यस्ता एक एक पहल र प्रयत्नहरू अमेरिकी विदेश नीति, व्यापार नीति र रक्षा नीतिकै समग्र हुन् । त्यो समग्रको प्रतिनिधित्व हाम्रो सन्दर्भमा २०१७ अझ खासमा २०१८ पछि इण्डो प्यासिफिक रणनीतिले गर्छ ।

यी त भए ठूला कुरा । अब सानासाना कुरा गरौँ । अहिले नै नेपालमा कृषि तथा खाद्यक्षेत्रमा एक करोड ५० लाख डलर (मल बीउबिजन, किसान), तीन करोड ७० लाख डलर पहल, नीति सुधारमा, ५९ मिलियन सवल, मानव अधिकार, लोकतन्त्र र सुशासन क्षेत्रमा आठ मिलियनको सम्मान, १.५ मिलियन महिला बेचबिखनविरुद्धको अभियान, २० मिलियनको नीति संवाद, १५ मिलियनको पारस्परिक उत्तरदायित्व, सार्वजनिक वित्त व्यवस्थापन, आधा मिलियन समावेशी वार्ताका लागि अमेरिकाले दिइरहेको छ । यसैगरी शिक्षाक्षेत्रमा ३.८८ मिलियनको सबैको लागि पढाइ, ५३.८ मिलियनको पूर्व प्राथमिक शिक्षा, विपद्का बेला शिक्षा, पाँच मिलियनको महिला हिंसारहित विद्यालय, शिक्षा सुशासन सुधार, वातावरण क्षेत्रमा ९.९ मिलियनको जलविद्युत्, २४.८ मिलियनको पानी, दिगो जल विकास, हरियो वन, समावेशी समानता क्षेत्रमा लैङ्गिक समानता, स्वस्थ्यक्षेत्रको ब्रेक थ्रु, प्रजनन क्षमता, परिवार नियोजन, घरघरमा स्वास्थ्य, ४६ मिलियनको सुआहारा, १०.३ मिलियनको बलियो घर, विपद् जोखिम न्यूनीकरण, रेडक्रसको विपद् प्रतिकार्य, भूकम्प पुनःस्थापना, बाढी विपद् पूर्वजानकारी, २.३ मिलियनको सुरक्षित आवास जस्ता क्याल्कुलेटरले जोड्न आनाकानी गर्ने परियोजना र डलर अमेरिकाले दिइरहेको छ । त्यो सब पनि इण्डो प्यासिफिक रणनीति पूरा गर्न नै हो । (कुनै लालवुझक्कड नेताले होइन भन्यो भने म सँग भेट्न भन्नुहोला । वा युएसएआइडीका प्रशासक मार्क ग्रीनलाई भेट्न भन्नुहोला । “तँ जावोलाई के भेट्नु, उ चाँही ठुलै मान्छे कसरी भेट्नु” भन्छन भने विच्च विच्चमा छन् अर्थमन्त्री डा. युवराज खतिवडा । उहाँलाई अगस्ट ९, २०१८ को भेटघाट वारे सोध्नुहोला ।)

अब आयो एमसीसी । अहिले अमेरिकाको हामीसँग काम गर्ने इण्डो प्यासिफिक रणनीतिबाहेक अर्को रणनीति नै छैन भने एमसीसीका लागि मात्रै अर्कै रणनीति कहाँबाट आउँछ, कसले ल्याउँछ ? अमेरिकी जनतालाई म यो पैसा यो यो ठाउँमा लग्दैछु र त्यसले यो यो फाइदा हुन्छ भनेर बजेट छुट्याइन्छ । रणनीति त्यसका लागि बन्ने हुन् । अब त्यही रणनीतिअनुसारको माथि उल्लेखित डलर चोखो हुने एमसीसी जुठो हुने कुरा के हो ? एमसीसी के सौताको छोरो हो ? होला कसै कसैका लागि । माथि सुरुमा भनेझैँ अमेरिकी प्रशासनमा नयाँ राष्ट्रपति आएपछि नयाँ रणनीति आउँछ । नयाँ तरिका निकाल्छन् । त्यो झगडा त्यहाँ छ । अनि त्यहाँको यो वा त्यो पक्षसँग लहसिएकालाई अमेरिकी सहायता फरक फरक लाग्छ । हाम्रा लागि त जसरी उसका अन्य सहयोग साम्राज्यवादी हुन् त्यसरी एमसीसी पनि साम्राज्यवादी हो र अमेरिकन ट्रेजरीबाट आउने एक एक डलर साम्राज्यवादी हो । अमेरिकी साम्राज्यवाद मुर्दावाद उसका कारणले । तर त्यो स्रोत पनि हो, अवसर पनि हो । त्यसैले अमेरिकी सहयोग जिन्दावाद हाम्रा कारणले ।

यो वर्ष २०२० का लागि मात्रै अमेरिकी सरकारले आफ्नो संसद्सँग वैदेशिक सहायताका लागि ३२.३ विलियन डलर माग गरेको छ र त्यो रकम उसको व्यापार विस्तार र विस्तारित व्यापारको सुरक्षाकै लागि हो । उसले लुकाएर के के गर्छ त थाहा छैन तर देखादेख भन्छ कि उसको सहायता विदेशमा अमेरिकी व्यापार बढाउने, अमेरिकी स्वार्थको रक्षा गर्ने, सुरक्षामा सहयोग पु¥याउने र अमेरिकाको विश्वसनीयता बढाउन खर्च गरिनेछ । हो यही साम्राज्यवादी रकमबाटै नै एमसीसी र अरु अमेरिकी सहयोग पनि आउने हो । साम्राज्यवाद मुर्दावाद, साम्राज्यवादी सहयोग जिन्दावाद सुनेर अचम्म नमान्नुस् । हो यही द्वन्द्वात्मकता अहिलेको यथार्थ हो, उहापोह हो र सत्य हो ।

कतिपय लालबुझक्कड अमेरिकाले चीनलाई घेर्न र उसको जासुसी गर्न नेपालमा एमसीसी सहयोग गर्न लागेको भन्ने कुरा गरिरहेका भेटिन्छन् तर के उनीहरूलाई यो थाहा छैन कि सन् २००० देखि २०१८ सम्ममा मात्रै चीनमा सयौँ अमेरिकी कम्पनीले लगानी गरिरहेका छन् । ती अमेरिकी कम्पनीमध्ये कति त ३० वर्षभन्दा बढी पनि भइसक्यो त्यहाँ गएको । चीनमा उक्त अवधिको अमेरिकी लगानी ११७ बिलियन डलर छ भने गतसाल अघिल्लो छ महिनामा मात्रै ६.८ बिलियन डलर थप भएको छ जो त्यसअघिको वर्षको उक्त अवधिको १.५ गुणा बढी हो । यी कम्पनीमा लगानीकर्ता, कामदार र परामर्शदाता कति चीन आउजाउ गर्छन् होला ? अनि चीन अमेरिकाले कहिल्यै जुल्क्याउन नपाएको ‘भर्जिन ल्याण्ड’ हो भन्ने जसरी मुस्ताङमा भ्युटावर राखेर हेर्नुपर्ने होला त ? जनतालाई किन उल्लु बनाउने ?

जुन कारणले एमसीसी खराब भनिँदैछ अरू पनि त्यही कारणले आउने र आइरहेका हुन् । नलिने भए कुनै लिनु भएन, लिने भए किन एमसीसी नलिने ? इण्डो प्यासिफिकमा एमसीसी मात्र छैन । युएसएआइडी लगायत अमेरिकी सबै सहयोग पर्छ । अरू लिँदा सेना नआउने यो लिँदा आउने डर देखाएर जनता ढाँट्नहुँदैन ।

खास कुरा के हो भने नेपालका सम्भ्रान्त दलाल वर्ग हुन्– दलाली गरिरहने तर दलाली गरेको जनतालाई थाहा नहोस् भनेर झुक्याइरहने । आफ्ना आलिशान महल र कार चढ्ने पैसा आइरहोस् तर जनताले गिट्टी कुटेर पनि कमाउन नपाओस् भनेर लागिपर्ने । “सजिलो र लामो बाटै जाउँ न, किन छोटो जोखिमयुक्त बाटो जानेर” भन्ने नक्कली राजकुमार दिक्पाललाई जोगीले चिनेजस्तै समयमै चिन्नुस् । नत्र समृद्धिका सपना सब गोपिक्याँच !

यो लेख माघ १९, २०७६ आईतवारको गोरखापत्रमा छापिएको थियो ।
(गोरखापत्रले सम्पादन गरि हटाइदिएको वाक्यहरु सानो अक्षरमा कोष्ट भित्र छन् ।)

https://gorkhapatraonline.com/opinion/2020-02-02-8024?fbclid=IwAR2r4IdBuh1xvDBLOyJ-xc3d5QCgHaqar7kG-WlT-SV8qSzOsTEtG_A9Gtw

Tuesday, August 6, 2019

वायुसेवा निगम बेच्नुको विकल्प छैन

सन् १७७५ मा पेट्रिक हेनरीले दिएको एउटा चर्चित भाषण छ, ‘गिभ मि लिवर्टी अर गिभ मि डेथ’ । भाषणको सन्दर्भ अमेरिकी स्वतन्त्रता संग्राम थियो । त्यसैले सवै विषय यस लेख संग प्रासांगिक नहुन सक्छ तर मुख्य दुई प्रश्न जो उनले आफ्नो भाषणमा उल्लेख गरेका छन् ति भने यहाँ पनि सान्दर्भिक छन् । पहिलो कुरा त उनि के भन्छन् भने ‘आशाहरूको भ्रममा झुण्डिनु मानव स्वभावै हो भन्दैमा कुनै पिडादायी सत्यवाट आँखा चिम्लनु र उक्त विषयले पूर्णरुपमा हामीलाई पशु मै परिणत गरिहाल्दा सम्म पनि मस्त संग पर्खनु के उचित हो र रु के त्यो कुनै विवेकी मान्छेले गर्ने व्यवहार हो र रु’ दोस्रो कुरा उनि के भन्छन भने ‘कुनै कुराले हामिलाई पशु मै परिणत गरिदिनु अघी त्यस कुरालाई नै वदल्न किन नलाग्ने ?’

नेपालमा कतिपय विषयहरू यस्तै छन् जसले हामीलाई पशुमा परिणत गर्दैलगिरहेको छ । तर हामी भने त्यसलाई वदल्नु भन्दा त्यसको मिठो आवाजको धुनमा लट्ठ छौं । ति विषयहरू मध्य यहाँ उल्लेख गर्न लागिएको विषय हो नेपाल वायुसेवा निगम (शाही) । जसले एक पछि अर्को गर्दै हाम्रो सवै नेताहरूलाई लोभी, भ्रष्टाचारी र कर्महीन मान्छेमा परिणत गरिदिदैछ । यसका कति भएका र कति नभएका काण्डहरूले एक पछि अर्को गर्दै हरेक प्रधानमन्त्रीहरू, पर्यटन मन्त्रीहरू, निगमका व्यवस्थापहरू र कर्मचारीहरूलाई पशुमा परिणत गरिदिंदैछ । तर उनिहरू भने साईरनको धुनमा मस्त छन् ।

मैले तत्कालिन शाही नेपाल वायुसेवा निगम (आएनएसी) वारे सुनेको पहिलो भ्रष्टाचार काण्ड एभ्रो काण्ड हो । त्यो पञ्चायत कै वेला थियो । जनता तहमा अहिले जस्तो आवाज उठ्ने वेला नभए पनि पञ्चायत भित्रको आन्तरिक गुटवन्दीमा भने उक्त काण्डले ठुलै खैलावैला मच्चाएको थियो । जनआन्दोलन २०४६ पछि अर्को काण्ड सुनियो धमिजा काण्ड । युरोपमा टिकट वेच्ने एजेण्ट नियुक्त गर्दा कमिसन खाएको भनिएको यो काण्ड अहिले आएर सम्झदा शानेवानिको अवस्था विश्लेषण गर्न सहयोगी वन्छ । शानेवानि यस्तो कम्पनि थियो जसको युरोपको आकासका लागि सेल्स एजेण्ट वन्न हानाथाप थियो र करोडौं त कमिसन नै दिईन्थ्यो । एजेण्टले कति कमाउथ्यो होला र निगमको व्यापार कति थियो होला रु त्यो पनि आज भन्दा झण्डै ३० वर्ष अघि ।

मैले सुनेको अर्को काण्ड हो भएका विमान वेच्ने काण्ड । चालु हालतमा रहेका निगमका दुई वोईङ पुराना भनेर वेचियो । भरखरै पञ्चायत ढलेको र वहुदल आएको वेला थियो । नयाँ नेतृत्व थियो । शानेवानि नेतृत्वले नेताहरूलाई फकाएको र फसाएको भनियो । जनतामा पनि पुरानो वेचेर नयाँ ल्याउने होला त भन्ने पर्यो धेरै विरोध भएन । रमाइलो त के भने यता युरोपमा टिकट वेच्नेवाट कमिसन, अनि उता युरोप उड्ने विमान नै वेचेर कमिसन । अनि आफ्ना भएका विमान वेचेर नयाँ विमान नल्याए पछि विदेशी विमान कम्पनीहरूवाट पाइने भिन्दै कमिसन । कमिसन लिने दिनेहरूको आन्तरिक संजाल मै अविश्वासको स्थिति पैदा गरेको यस काण्ड पछि शानेवानि जतिपनि अन्तरराष्ट्रिय व्यापारको निर्णय गर्छ एउटा न एउटा विवाद आउछ । एकताकाका वलिउडमा अजित, राजामुराद, म्याक मोहनहरूले खेल्ने फिल्महरूमा भिलेन भिलेन कै विच अविश्वासको खाडल वढ्दै गएर अनेकौं भएका नभएका काण्डहरू वाहिर आउने गरेको देखाइन्थ्यो । उक्त काण्ड पछि एजेण्ट एजेण्टहरू एक आपसको रंजिस साँध्न हल्ला मच्चाउन थाले । उक्त नकारात्मक काण्डको सकारात्मक पाटो के भईदियो भने निगमका काण्डहरू गोप्य रहेनन् । मुलुक र जनताको हितका लागि भन्दा आपसी टक्करमा विषय वाहिर आउने गरे पनि जनताले विषय थाहापाउने भए । शानेवानि नेतृत्व र राजनितिक नेतृत्व खास गरेर प्रधानमन्त्री र पर्यटन मन्त्रीहरूका नामहरू एक पछि अर्को कुनै न कुनै काण्ड जोडिएर वाहिर आउन थाले ।

मैले सुनेको अर्को काण्ड थियो लाउडा । आफ्ना विमान वेचेर भाडाका विमान चलाउने निर्णयमा पुगेको शानेवानि नेतृत्वले लाउडा कम्पनी संग विमान भाडामा ल्यायो । विपक्षि दलहरूको देशव्यापि संयुक्त आन्दोलन र प्रमुख विपक्षिदलको संसद अवरुद्ध अन्दोलन खेपेको यस काण्डले जनस्तरमा नै शानेवानि, सरकार, प्रधानमन्त्री, पर्यटन मन्त्री भनेका भ्रष्टाचारी हुन भन्ने पारिदियो र त्यसपछिका कुनै पनि सरकार, प्रधानमन्त्री, पर्यटन मन्त्री वा शानेवानि नेतृत्व विवादको अपवाद रहेनन् । अव या त साँच्चैको कमिसन नमिलेर काम हुन छोड्यो या वदनाम हुने डरले निर्णय नै हुन छोड्यो या निर्णय नगरि पनि कमिसन आउने वाटा त छदै थिए, निजि तथा विदेशी विमान चालक कम्पनीहरू ।

चाल्र्स सोभराज भन्थे रे नेपालमा ‘जे पनि’ गर्न सकिन्छ । त्यसलाई पुष्टि गर्ने काम निगमको अर्को काण्डले गर्यो । मैले सुनेको त्यस्तो काण्ड हो, चेज एयर काण्ड । हुदै नभएको कम्पनिवाट जहाज ल्याउने भनि त्यस्तो कम्पनीको एजेण्ट हुँ भन्नेलाई वैना दिईएको अनौठो काण्ड थियो त्यो । कम्पनी छ कि छैन, एजेण्ट हो कि हैन, कम्पनी छ भने त्यो विमान वेच्न वा भाडामा दिन सक्ने वा दिइरहेको हो कि हैन, एजेण्ट हो भने त्यसले विमान नै उपलव्ध गराउने क्षमता राख्छ राख्दैन जस्ता सामान्य एप्राइजल नै नगरि काम हुँदो रहेछ, नेपालीलाई उल्लु वनाउन कुनै चाल्र्स सोभराज चाँहिदैन रहेछ र कुनै धुर्तले वटुवा झुक्याय जस्तै हामीलाई जसले पनि झुक्याउन सक्ने रहेछ भन्ने देखिन थाल्यो । यसले मुलुक भित्र नेतृत्वको क्षमता प्रति अविश्वास मात्र पैदा गरेन हाम्रो वुद्धुपनाको अन्तरराष्ट्रियकरण समेत गर्यो । मुद्दा जितेर वैना फिर्ता लिइएको भए पनि उक्त काण्डले भने निगम र नेपालीहरूको नियत मात्र होईन निर्णय प्रक्रिया, खरिद प्रक्रिया, सुचना जानकारी र क्षमता समेत छताछुल्ल वनाईदियो ।

मैले सुनेका काण्डहरूको लिष्टमा अर्को नाम हो चाईना साउथ वेष्ट काण्ड । यो काण्ड विमान लिजमा दिन प्रतिस्पर्धामा रहेका कम्पनीहरू मध्य पारदर्शी ढंगले छनौट नगरिएको र लिज रकम घटवढ गरी कमिसन लिए दिएको काण्ड थियो । सार्वजनिक लेखा समितिको मुख्य मुद्दा रहेको र सत्तारुढ दल भित्रै व्यापक झगडा पैदा गरेको उक्त काण्ड पछि लामो समय निगम काम नगरी खाने ठाउँ वन्दै गयो । जमिनको भाडा, ग्राउण्ड ह्याण्डलिङ जस्ता स्रोतवाट कर्मचारी पाल्ने काम सुरुभयो । डोमेष्टीक उडानहरू कटौती हुँदै गए । कुनै वेला नेपाली आकासको एकछत्र वादशाहको अवनती गियर अप भयो, जारि छ । त्यतिवेला सम्म पर्यटन मन्त्रालय विवादको अखाडा भईसकेको थियो र त्यो मन्त्रालय नै छानेर जाने मन्त्री माथि संका सुरु भैहाल्थ्यो । आफै मन्त्रालय छानेर नगएको मन्त्री हो भने उस्का लागि उक्त मन्त्रालय तातो तावा वनिसकको थियो जो अहिले सम्म कायम छ । कुनै पर्यटन मन्त्री अहिले सम्म पनि निर्विवाद रहेको छैन ।

जनआन्दोलन ६२र६३ पछि शानेवानि वाट नेवानि वनेको निगम, सम्विधानसभाको पहिलो निर्वाचन पछि जहाज कम्पनीमा पनि वोइङबाट एयरवसमा सर्न थालेको हो कि झै देखिने गरि फेरी अगाडी आयो । तर त्यो कर्कलाको पानि धेरै दिन टिकेन । अपुग कानूनी प्रक्रिया र कमिसनको चर्चाले तत्कालिन निगम नेतृत्व जेल मात्र गएन वरु क्रान्तिको राप र तापवाट आएको नयाँ राजनितिक नेतृत्व पनि उस्तै रहेछ भन्ने निराशा जनतामा पर्न गयो । एयरवसले लिएको वैना फिर्ता दिएपछि मात्र रफादफा भएको उक्त काण्ड मैले सुनेको अर्को काण्ड हो ।

अहिले चर्चामा रहेको वाईडवडी काण्ड त्यसै सृङ्खलाको अर्को काण्ड हो । हुनत नेवानि नेतृत्व यसलाई अहिले सम्म कै सवैभन्दा सरल र सहज घटना हो भन्छ तर छफलफ गर्दा एउटा सरकार, एउटा पर्यटन मन्त्रि, खरिद गर्दा अर्कै सरकार, अर्कै पर्यटन मन्त्री र जहाज ल्याईपुर्याउदा अर्कै सरकार, अर्कै पर्यटन मन्त्री भैदिदा यो काण्ड अहिले सम्मका सवै काण्ड भन्दा वढी जटिल वनेकोछ । यो मुद्दा ‘हो हो’ र ‘हैन हैन’ मा पिंङ खेलिरहेको छ । कोहि अदालत पनि जाँदैन, कुनै आयोग पनि वन्दैन । आधिकारिक निकायले प्रश्न गर्दैन तर तिनै निकायमा रहेका व्यक्तिहरू सार्वजनिक भाषण गरिहिड्छन् । निगम नेतृत्व सार्वजनिक संजालमा स्पष्टिकरण र दोहरीमा व्यस्त छ । पर्यटन मन्त्रीलाई प्रष्टिकरणको भ्याइनभ्याई छ । अखवारहरूले मुद्दा पाएका छन्, तर कुनै व्यावसायिक त के स्वयंसेवक वकिलले समेत काम पाएको छैन ।

यी त भए चर्चित, ठुला र अन्तरराष्ट्रिय उडानका काण्ड । डोमेष्टिकमा, दिनकादिन, प्रत्यक सिटि अफिसमा, प्रत्यक एयरपोर्टमा दोहरिने काण्डको कुरा भिन्दैछ । टिकट काट्न जानुस् छैन भन्ने, विन्तिभाउ, सोर्सफोर्स गरेर टिकट लियो जहाज डिले हुन्छ । कथं जहाज आयो भने पनि कहिले मुसा पस्यो भन्छ कहिले चिल ठोकियो भन्छ । निगमलाई मात्र चिन्ने चील र मुसा छन् दुनियाँमा । जेनतेन जहाज उड्ने भो भनेर जहाजमा पस्यो कैयौं सिट खालि छ । अनि टिकट छैन किन भन्या रु मनमनै भुतभुाउने वाहेक के उपाए छ रु मुस्किलले जहाज उड्यो सिट देखि छाना सम्म थर्किन थाल्छ, थरररर । उता प्यासेन्जरको मुटु पनि थरररर । जमाना कहाँवाट कहाँ पुगिसक्यो सारा प्राईभेट एयरलाईन्सको टिकेट अनलाईन छ, प्रतिस्प्रधामा छ, एजेण्टकोमा जानुस प्राइभेटको टिकट खुरुक्क पाईन्छ, निगमको माग्नुस सिटि अफिस जानुपर्छ रे । निगमले ई–टिकटको एउटा वेवसाईट समेत वनाउदैन । कुन सेक्टरको टिकटको मोल आज कति छ भनेर जान्न मात्र पनि सिटि अफिस धाउनु पर्छ । प्यासेन्जर किन चढ्छ उस्को प्लेन ?
काण्डै काण्डले भरिएको इतिहास भएको निगम न फष्टाउने देखिन्छ न यसले मुलुकलाई कुनै लाभ दिने देखिन्छ । यो निगम नेतृत्व, त्यहाँ कार्यरत कर्मचारीहरूको कमाईखाने भाँडो मात्र भएको छ । राजनीतिक नेतृत्वलाई सके भ्रष्ट वनाउने, नसके वदनाम गराउने र त्यतिपनि नसके असक्षम वनाउने थलो भएको छ । फेरी एकपटक पेट्रिक हेनरी कै शव्दहरू सापटी लिन चाहन्छु, अव आशाको भ्रममा झुण्डिन छोडौं । यो पिडादायी सत्यवाट आँखा चिम्लेर र यस विषयले पूर्णरुपमा हामीलाई पशु मै परिणत गरिहाल्दा सम्म मस्त संग पर्खनु उचित छैन । त्यो कुनै विवेकी मान्छेले गर्ने व्यवहार होइन । त्यसले हामिलाई पशु मै परिणत गरिदिनु अघी त्यसलाई नै वदल्न लागौं । वदल्ने कुरा कुनै खोल र मोल वदल्ने होईन सम्पुर्ण रुपमा वदल्ने, ए कम्प्लिट ट्रान्सफरमेसन । निगमवाट सरकारी कम्पनी वनाउने कुरा भ्रष्टाचारलाई जोगाईराख्ने, भ्रष्टाचारीलाई जोगाईराख्ने र उनिहरूको दोषको भागेदार राजनीतिक नेतृत्वले भैराख्ने विवेकहीन कामको निरन्तरता सिवाय केहि होइन ।

निगम होस् की कम्पनी, आफुले लगानी गर्न नपर्ने, लगानि उठाउनु पनि नपर्ने, ऋणमा पनि नपर्ने र वरु सके भसक्कै कमाउन पाउने संचालकहरू जम्मा गरेर र काम नभए मज्जाले वसिवसि तलव आउछ भन्ने वुझाई भएका कर्मचारी पालेर समृद्धिको सपना फगत एउटा गफ मात्र हो । यसलाई वन्द गर्ने वाहेक अर्को असल निर्णय छैन, हुन सक्दैन । वर्तमान सरकारले यो काम गर्ने आँट गरोस् । पारदर्शिता कायम गर्न एउटा स्वतन्त्र कमिटी वनाउने, खुल्ला प्रतिस्पर्धावाट क्रेता छान्ने र विक्रि गर्ने नै उपयुक्त वाटो हो । अहिलेको विश्वमा राज्यले व्यापारवाट विस्तारै हात झिक्न जरुरी छ । कर्णाली र मुस्ताङ देखाएर सेतोहात्ती पाल्नु भन्दा कर्णली र मुस्ताङका जनताको पनि निजि क्षेत्रका विमान मज्जाले चढ्न सक्ने क्षमता विकास गर्ने र निजी क्षेत्रको नियमनमा गम्भिर ध्यान दिने हो भने अर्को काण्ड पर्खने गरी निगम पालिरहनु आवस्यक छैन, वेचौं ।

प्रकाशित मिति: 11th December 2018
http://eanumodan.com/?p=21502

Friday, June 21, 2019

अन्टुसको दर्दनाक अन्त्य र कम्युनिष्ट पार्टी ।

बषौं अघि पार्टी स्कुल विभागको जिम्मा भएको वेला तयार पारेका केहि प्रशिक्षण सामग्री आज कम्प्युटरमा फेला परे । त्यसमध्य एउटा थियो सोभियत संघको कम्युनिष्ट पार्टी वोल्सेविकको इतिहास । त्यसको अन्तिममा रहेको एउटा प्रेरक प्रसंग कम्युनिष्ट पार्टीले कहिल्यै विर्सन नहुने छ । आज जसलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरेको छुँ । सान्दर्भिक छ ।

यो प्रसंग मैले जतिपटक पढेको छुँ त्यतिपटक मन चसक्क भएको छ र आँखा रसाएका छन् । आज पनि यो व्लग लेखिरहँदा किन किन एकाएक आँखा रसाए । सम्भावित अनिष्टको आशंकाले मन खिन्न भयो ।

विश्व कम्युनिष्ट आन्दोलनको इतिहासका कैयौं गहन शिक्षाहरु मध्य मुख्य र महत्वपूर्ण शिक्षा के हो भने यदि एउटा कम्युनिष्ट पार्टी जनता संग विशाल सम्पर्कमा हुदैन, जवसम्म उसले जनता संगको आफ्ना सम्वन्धहरुलाई लगातार रुपमा सुदृढ गराईराख्दैन, जवसम्म उसले जनताका आवाजहरु कसरी सुन्ने र उनिहरुका जरुरी आवस्यकताहरु कसरी वुझ्ने भन्ने जान्दैन, जवसम्म उसले केवल आफु जनतालाई पढाउन मात्र जान्दछ र जनतावाट सिक्न जान्दैन, कामदारवर्गको पार्टी वास्तविक जनआधारित पार्टी हुन सक्दैन र लाखौं कामदार वर्ग र श्रमजीवि जनताको नेतृत्व गर्न सक्दैन ।

कामरेड लेनिन र स्टालिन जस्ता गुरुहरुले हामीलाई सिकाएर जानुभएको छ कि यदि कम्युनिष्ट पार्टीले आफुलाई तमाम मेहनतकश जनसमुदाय (आधारभूत रुपमा सर्वहारावर्ग र विस्तृतरुपमा गैरसर्वहारा मेहनतकशहरु समेत) संग जोडिने, नजिकको सम्पर्कमा रहने र खासमा उनिहरुमै समाहितहुने हो भने उ अजेय रहन्छ । होईन, यदि उ आफुलाई साँघुरो पार्टी खवटा भित्र खुम्च्याइराख्छ, जनतावाट कटेर रहन्छ र नौकरशाही खियाले ढाकिईरहन्छ भने उसलाई समाप्त हुनबाट कसैले रोक्न सक्दैन । त्यस्तो पार्टी विस्तारै शुन्य हुदै जान्छ ।

माथि उल्लेखित प्रसंग १९३७ को मार्च महिनामा सोभियत कम्युनिष्ट पार्टीका महासचिव का. स्टालिनले केन्द्रिय समितिको विस्तारित वैठक सामु पेश गर्नुभएको प्रतिवेदनमा उहाँले कसरी पार्टीलाई जिवन्त, अजेय र नेतृत्वदायी वनाईराख्ने भन्ने कुराको वयान गर्दै उल्लेख गर्नुभएको थियो ।

"एउटा युनानी पुराण कथाको नायक छ अन्टुस । अन्टुस समुन्द्रदेव र पृथ्विदेवीको छोरा हुन्छ । उ आफ्नी आमा (पृथ्वि) संग अत्यन्तै दरिलो संग जोडिएको हुन्छ । उ आफ्नो समकालिन सवै वीरहरु भन्दा वीर हुन्छ । उसले नहराएका कुनै विर हुदैनन् । त्यसैले उसलाई अजेय वीरपुरुष मानिन्थ्यो । उसको यो ताकत कहाँवाट आउथ्यो त ? वास्तवमा जवजव उ कुनै कठिन परिस्थितिको सामना गर्थ्यो उ आफ्नी आमा (पृथ्वि) छुन आई पुग्थ्यो । उस्को ताकतको रहस्य उसकी आमा (धरातल–पृथ्वि) थिईन् । यहि उसको कमजोरी पनि थियो । यदि कुनै कारणवस पृथ्विवाट छुट्टिन्थ्यो भने उ अत्यन्त संकटमा पर्थ्यो । उसका शत्रुहरुले यो रहस्य थाहा पाए । अनि एक दिन मौका पारेर एउटा शत्रुले उसलाई हराईदियो । त्यो शत्रु थियो हर्क्यूलस ।

अन्तुसको शक्तिको रहस्य थाहापाएको हर्क्यूलसले अन्टुसलाई आकास युद्धको लागि ललकार्यो । सारा वीरहरुलाई हराईसकेको अन्टुसले जीतको दम्भमा उस्को आकास युद्धको हाँकलाई स्विकार गर्यो । हर्क्युलस आफ्नो षडयन्त्रमा सफल भयो र उसले अन्टुसलाई उक्साई उक्साई उसको वास्तविक ताकत (धरातल) संग अलग गरेर, जमिनमा टेक्न छुन नदिएर, घाँटी अठ्याएर, आकासमै झुण्ड्याएर मार्यो । अन्टुस छटपटायो, उसले आमालाई धेरै पुकारा गर्यो तर धरातल छोड्नेलाई समयले साथ दिएन ।"

अन्टुसको मृत्यु सम्वन्धि त्यो पुराण कथाबाट कम्युनिष्टहरुले सिक्नुपर्ने महत्वपूर्ण शिक्षा छ । कम्युनिष्टहरु आफ्नो आधारभूतवर्ग संगको दरिलो सम्पर्क र सम्वन्धका कारण वलियो वनेका हुन्छन् । जवसम्म उनिहरु आफनो जन्मदाता, पोषक र संरक्षक जनता संगको आफ्नो सम्वन्ध र सम्पर्क सुचारु राख्न सफल हुन्छन् उनिहरु अजेय रहन्छन् । दुनीयाँको कुनै ताकतले उनिहरुलाई हराउन सक्नेछैन । तर जीतको दम्भले, शत्रुको उक्साहटले आफ्नो वास्तविक ताकत संगको सम्वन्ध छोड्नेछन् शत्रुहरुले उसलाई घाँटी अठ्याँएर मार्नेछन् र त्यतिवेला जनता (उस्को आफ्नै जन्मदातृ) टुलुटुलु हेर्न वाहेक केहि गर्नसक्ने छैन ।

Wednesday, October 17, 2018

यसरी गरौं प्रधानमन्त्रीलाई सहयोग

गएको शुक्रबार गोपाल खनालले चक्रपथ डटकममा लेख्नुभएको ‘प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने असफल प्रयास’ शीर्षकको लेखका सन्दर्भमा यो लेख लेखिएकोले यो लेख पढ्नुअघि त्यो लेख पढ्न अनुरोध छ ।

गोपाल खनालको सो लेखाईको आसय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कामरेड केपी ओलीको महिमामण्डन गर्नु र उहाँ बाहेक अरू सबैको दोहलो काढ्नु नै देखिन्छ । लेखको सुरुवातमा नै पार्टीका अरू नेताहरूप्रति तिखो टिप्पणी गर्दै अघि बढेको र अध्यक्ष कमरेडको विरुदावली नै भन्न मिल्ने सो लेख पढेर आदरणीय कमरेड अध्यक्ष पनि मुसुमुसु हाँस्नुभयो होला । किनभने विरुदावलीले न शासक टिकाउन सक्छ, न सत्ता भन्ने उहाँ जत्तिको नेतालाई मनज्ञ थाहा छ । र, पनि आम मान्छे बराल्नेहरूको प्रयास सफल हुँदैहुन्न भन्न मिल्दैन । अनि जनता र कार्यकर्ता पनि छरिएको भ्रममा दिग्भ्रमित हुन्नन् भन्ने बुझाई राख्नु अति हुन्छ । त्यसैले सो लेखको फेसभ्यालु बढ्ने कुरा बुझेरै पनि यो नलेखी चित्त बुझेन ।

१) लेखमा प्रधानमन्त्री ओलीले नेपालको गुमेको आत्मसम्मान फर्काएको भनिएको छ, तर लेखले नेपालको आत्मसम्मान कैले र केले गुमेको थियो र के, कसरी र कसले फर्कायो भन्ने कुरा खोलेको छैन । न त त्यो विषय सामान्यज्ञानको कुरा हो, न सर्वस्वीकार्य नै ।

२) कमरेड अध्यक्षले केही समयअघि सम्पादक, पत्रकारहरूलाई बोलाएर भन्नुभएको वाक्यांस ‘निराश मान्छे घातक हुन्छ’ कपि गर्दै लेखमा भनिएको छ– ओलीले जनतालाई निराश हुन दिएनन् । तर, लेखले जनता निरास हुन नदिन वर्तमान सरकारले के के गरेको छ ? भन्ने कतै उल्लेख गर्नुभएन । यो यो गरियो भन्न सक्नु पर्छ । कामले हो निराशा चिर्ने हो ।

३) यसअघिको प्रधानमन्त्रीको नौ महिने शासनकाल (जसमा खनालजी विदेश मामिला सल्लाहकार नै हुनुहुँदो रहेछ) को उल्लेख गर्दै पत्रकार खनाल लेख्नुहुन्छ कि सम्भवत नौ महिने प्रतिकुलतामा ओली सत्तामा थिएनन् भने नेपाली पहिचानको तस्बिर पनि शायद बदलिने थिएन । नाकाबन्दीताका अध्यक्ष कमरेड ओलीको भूमिका प्रशंसायोग्य छ र त्यसको पुरस्कार जनता र पार्टी पंक्तिले उहाँलाई यत्रो प्रचण्ड बहुमतको प्रधानमन्त्री बनाएर दिएका छन् । तर देवत्वकरण चरम चाप्लुसी हो । भगवान विष्णु भनिएका महाराजाहरू, त अब यो मुलुक मै छैनन् भने जनताको मसिहा, तारणहार कसैलाई किन घोषणा गर्नु ?

४. लेखमा विप्लवको विद्रोह, सिकेको देशद्रोह, माधव नेपालको आलोचना र जनताको आकांक्षालाई एउटै बोरामा खाँदेर गुन्द्रुक बनाइएको छ । जनतालाई तर्साएर टिक्ने शासनको प्रकृति नै फरक हुन्छ । न जनता अब विप्लवको ध्वाँसले तर्सन्छन्, न सिकेको फुँईले । सहजै सत्ता बदल्न नमिल्ने युग त जनताले अन्त्य गरिदिएका छन् । यो त सत्ता सहज बदल्न मिल्ने युग हो । जनतालाई थर्ड पार्टी थ्रेट नदिएकै वेश ।

५. लेखमा सामुहिक जवाफदेहिताको विषय उठाइएको छ । मानौं की निर्णय गर्दा त सबै सहमत हुन्छन्, तर जब परिणाम नकारात्मक आउछ, सबै पल्ला झाड्छन् । तर के त्यहि सत्य हो त ? सामुहिक जवाफदेहीताको पूर्वशर्त हो सामुहिक निर्णय अनि त्यसको प्रक्रिया । के त्यो पूर्व शर्त पालना भएको छ त ? अनि अर्काे पनि गम्भीर प्रश्न उठ्छ– के प्रधानमन्त्रीले दिने जवाफ र पार्टीका अन्य नेताले दिने जवाफ एउटै हो ? जवाफदेहिता एउटै हो ? त्यस पछि एउटा गम्भीर प्रश्न पनि उठ्छ, कि पार्टीका सारा कमिटी भत्काएर असरल्ल पारेर एकल शासन गर्न खोजेपछि विषय छताछुल्ल नभई के हुन्छ ?

६. लेखले एउटा अत्यन्तै हास्यास्पद दाबी गरेको छ– कि ओली सरकारबाट नागरिकले अतिरिक्त आकांक्षा राखे रे । यो हाँस्यास्पद हुँदाहुँदै पनि गम्भीर विषय हो । अंग्रेजीमा सिरियस जोक । यो हास्यास्पद दावीमा कुनै सत्यता छैन, किनभने जनताको सरकारबाट कुनै अतिरिक्त आकांक्षा छैन । जनताका त दैनन्दिन जीवनसँग जोडिएका, जनजीविकासँग जोडिएका पुरानै मागहरू हुन्, जसलाई पुरा गर्ने पार्टीेले दिएको वचनमा विश्वास गरेर जनताले साथ दिएका हुन् । यो चुनावमा मात्र होइन् विगत सात दशकदेखि । यी माग र आकांक्षा पुरानै कुरा हुन् जसका कुरा गरेरै सत्तामा आयौं । प्रम भन्नुहुन्छ “सडक के अहिले भत्किएको हो ?” कस्तो जवाफ हो ? म बनाउछु भनेको होइन् ? “म के जादु हो ?” भन्नुहुन्छ । जादुसम्म पनि होइन् भन्ने मान्छेलाई हामी चाँही देवता बनाउन तल्लिन छौं ।

7. देशप्रेम र समृद्धिको सपना नै हो जसका कारण जनताले आँखा चिम्लेर हामीलाई भोट हाले । अध्यक्ष कमरेड ओली प्रधानमन्त्री बन्नुभो । जनतालाई भनिराख्नु पर्दैन, गरेको देख्छ, बुझ्छ र निर्णय दिन्छ जनता । तर, जनता जति कमलो हुन्छ उत्ति नै क्रूर पनि । पानी जस्तै । पानी पनि जति कमलो देखिन्छ, त्यति नै धारिलो पनि हुन्छ । चट्टान काट्ने । ओली जस्तो अर्काे रहेनछ भन्ने जनतालाई महसुस हुने काम भइदिए लेखमा भनिए जस्तो गरी ओली जस्तो अर्काे छैन भनेर भक्तिभाव प्रकट गर्नै पर्दैन ।

8. लेखमा सिंगापुर, मलेसिया र दक्षिण कोरियाको उल्लेख हुनुले त्यस्तै बन्ने बनाउने रहर देखिन्छ । र, त्यसका लागि त्यहाँको तत्कालीन स्थिरतालाई प्रशंसा गरिएको छ । तर के विर्सनु हुँदैन भने त्यस्तो स्थायित्व नेपालमा पनि थियो । त्यो पञ्चायती स्थायित्व थियो । सेना, शासन र शीतयुद्धको उपयोग । युग बदलिसक्यो । नेपाल त्यो मोडमा छैन । विश्व नै छैन । राजनीति, अर्थतन्त्र, समाज विकास कुनै बिन्दुमा पनि त्यो मोड अहिले हुदै होइन् । त्यो सपना देख्न र देखाउन पनि हुँदैन् ।

9. लेखले वर्तमान मन्त्रिमण्डलका एकदुई नै भए पनि नकारात्मक छवि एका मन्त्रीहरू छन् भन्ने स्वीकार गरिएको छ । प्रथम त ती मन्त्रीको छवि मात्र नकारात्मक हो वा व्यवहार नै नकारात्मक हो भन्ने विषय महत्त्वपूर्ण छ । द्वितीय एकदुई जना नै भए पनि नकारात्मक छवि भएकालाई सुधार गर्न किन नलाउने वा नसुध्रनेलाई किन टिकाउने ? त्यस्तै, लेखले मन्त्रीहरूले सरकारको प्रतिरक्षा नगरेको कुरालाई उठाएको छ । यस्तै विषय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि पटकपटक उठाउने गरेबाट यो एउटा प्रमुख विषय रहेछ भन्ने बुझिन्छ । तर, के बुझिदैन भने सरकारको प्रतिरक्षाको आवश्यकता किन पर्‍यो ? सरकार त्यस्तो प्रतिरक्षामा रहनुपर्ने किन भयो ? आक्रामक किन भएन ? आक्रामक यस अर्थमा की असल कामको पहलकर्ता । यस अर्थमा होइन् कि आलोचना माथिको दमनकर्ता । यस लेखाईमा प्रदीप कमरेडको अनावश्यक उल्लेख भएको छ जसले उहाँप्रति समेत अरू मन्त्रीहरू अनावश्यक रूपमा नकारात्मक बन्ने देखिन्छ । (परराष्ट्र विषय क्षेत्र भएका लेखकले मन्त्रीहरूको सन्दर्भ चर्चा गर्दा प्रदीप कमरेडलाई किन चाकरी गर्नुभो भन्ने त छ्यांगै छ, तर यहाँ त ह्वांगै भएछ ।)

10. लेखमा मन्त्रीहरूलाई आफ्नो मन्त्रालय वाहेक सरकारको चिन्ता नभएको आरोप लगाईएको छ । मन्त्रीको जिम्मा नै आआफ्नो मन्त्रालयबारे सोच्ने हो । क्याबिनेटमा प्रधानमन्त्री सर्वेसर्वा हो । विषयगत मन्त्रीहरूले अरूकोमा चियोचर्चाे नगर्नु नै यो प्रणालीको विशेषता हो । कुनै घोषणा गर्नुछ भने प्रधानमन्त्रीले गर्ने हो । कुनै कार्यान्वयन गर्ने हो भने मन्त्रीले गर्ने हो । दुवै कुरा बाहिर ल्याउने प्रवक्ता हो । सबैले गाउँदै हिड्ने होइन् । तर, पत्रकारलाई घुस लिन मन्त्रालय आउनु भन्दै सार्वजनिक र संवैधानिक निकायमा बौलाउँछन् प्रवक्ता । प्रधानमन्त्री हप्काउँदैनन् । अनि मन्त्री कसरी ठिक हुन्छन् ?

111. लेखमा कमरेड ओलीले अहिलेसम्म जुन प्रणालीबाट देश चल्दै आयो त्यसमा परिवर्तन खोजेको र उहाँले यथास्थितिवाद तोड्न चाहेको कुरा उल्लेख छ । अध्यक्ष कमरेड ओली मात्र होईन जनताले, पार्टी कार्यकर्ताले त्यस्तो परिवर्तन खोजेका छन् । त्यसैका लागि सिंगो संविधान नै नयाँ बनाइयो । हामीलाई पत्याए । कमरेड ओलीलाई पत्याइयो । अब अहिले कर्मचरीतन्त्र र माफिया देखाएर न तर्क गर्न मिल्छ न तर्किन मिल्छ । के यो कर्मचारीतन्त्र र माफिया रातारात बनेको हो ? हिजो थिएन ? हामी जितेपछि मुलुक असल बनाउछौं भनेकै अहिले खराब छ भनेको होइन् ? त्यो हामीले नबुझेको थियौं र ? बुझेरै आएको हो भने आएका एक वर्षसम्म पनि कर्मचारीतन्त्र र माफियातन्त्र बदल्न के के प्रयास भए ? के के कानून बन्यो ? के के विशेष घोषणा भयो ? प्रमाणमा बात गरौं । प्रधानमन्त्रीको जिम्मा पाएको थोरै दिनमा नै पाकिस्तानका प्रधानमन्त्रीले कसरी काम गर्दैछन् बुझौं । कम्तिमा १४ सेप्टेम्बरको उनको कर्मचारीहरूबीच गरेको चर्चित भाषण हेरौं । युट्युवमा छ्यापछ्याप्ती छ । असफलता महत्त्वपूर्ण होइन् प्रयास महत्त्वपूर्ण हो ।

12. तातो भातमा बीच्चमा हात चोबल्ने होइन्, छेउछेउबाट सुरु गर भन्ने शिक्षा हरेक बच्चालाई दिइने शिक्षा हो । बिर्सेपछि के लाग्छ ? हिरो बन्न खोजे पछि जिरो हुन्छ । सिण्डीकेट, ठेकेदार सब त्यस्तै हुन् ।

13. लेखले उठाएको अर्काे विषय हो– पार्टीमा आन्तरिक एकताको अभाव । तर, पार्टीभित्र आन्तरिक एकता नहुनुमा जिम्मेवार को हो ? दुई तिहाईको शासक बन्ने रहरले हतारहतार पार्टी विघटन गरेर हामीले विचार, विधि, संगठन सवै ध्वस्त पार्‍यौं । तल्ला कमिटीहरू पार्टीका लाइफलाईन हुन् । त्यसलाई समाप्त पारियो । एकीकरणका नाममा सिफारिसमा कमिटी चयन हुने परिपाटी बनाइयो । त्यो मठ प्रणाली हो, मत प्रणाली होइन् । मठाधिसका मन लागेका मान्छे नेता हुने र अरूले मान्नु पर्ने, नमाने पतीत हुने । यो सब कसको अभिभावकत्वमा भयो ? विघटित तल्ला कमिटी, ह्याण्ड पिक्ड प्रदेश कमिटी, बुख्याँचा केन्द्रीय कमिटी, कोई ताली मात्र पिट्ने, कोही गाली मात्र गर्ने, दर्शक दीर्घा स्थायी कमिटी कसरी बने ? मणी माणिक्य, हिरा जुहारात जस्ता सजावटका सामान थुपारेजस्तो हाईकमाण्ड बनाएर, अनि हाँडीगाउँको जाात्राजस्तो दुई/दुई जना अध्यक्ष बनाएर त्यहि दुई जनाले चलाउन थाले पछि र त्यहि दुईटा अध्यक्ष पनि हाम्रो गाउँघरमा सुनिने उखान जस्तो “त राजा, म रानी, को ल्याउँछ पँधेराको पानी ?” जस्ता भएपछि पार्टीपंक्तिलाई गाली गर्ने नैतिक अधिकार रहन्छ की रहँदैन ? गोपालजीले जवाफ खोज्न चाहनुभएको छैन ।

14. लेखको शीर्षक नै प्रधानमन्त्रीको घेराबन्दीबारे राखेर लेखले अरूको त्रास देखाएर तर्साउन खोजेको छ । नेश्नालिज्म खतरनाक विचारधारा हो । अरुको त्रास देखाएर आफ्नालाई कज्याउने । छिमेकीको, पश्चिमाहरूको त्रासले अब कोही तर्सिदैनन् । प्रधानमन्त्रीलाई घेराबन्दी पार्न कुनै विदेशी ताकत चाँहीदैन, उहाँका सल्लाहकार, प्रशंसक र क्रोनीहरू प्रशस्त छन् । म गुट भन्दिन किनभने म आफै पनि उनको गुटमा पर्छु, तर घेराबन्दी गर्ने घेरामा पर्दिन । मेरा रहरले पनि र मेरा करले पनि । रहरले यसकारण कि गुट बन्नु समकालिन अवस्थाको वेष्ट च्वाईस थियो र बन्यो । हामीले नवौं महाधिवेशनमा वैधानिक रूपले प्यानल पद्दति स्वीकार गर्‍यौ जुन गलत त थियो, तर वैधानिक थियो । प्यानललाई अब समूह भनौं वा गुट भनौं त्यो अर्काे कुरा हो । तर त्यो स्थायी हुँदैन, हुनुहुँदैन भन्ने मेरो मान्यता हो । करले यसकारण कि त्यो घेरासम्म पुग्न बाहिर यति घेरा छन्, जसलाई म त्यहि गुटको भए पनि तोड्न सक्दिन । प्रवेश निषेध छ ।

15. लेखमा जुन स्थायी कम्युनिष्ट सत्ताको कुरा गरिएको छ त्यो हामीले स्वीकार गरेको लोकतान्त्रकी गणतन्त्रमा असम्भव छ र अनावश्यक पनि ।

16. यो लेखको शब्दार्थ जे भए पनि भावार्थ गजब छ । यो पार्टी पंक्तिलाई चिढाएर राख्ने र बरबर आउन नदिने नियतप्रधान छ । यसमा कार्यकर्ता र खासगरेर अध्यक्ष कमरेडका समकक्षी, समवय, सहयात्रीहरू उहाँको नजिकै नपरुन् र क्रोनीहरूको हालिमुहाली चलिरहोस भन्ने साधना छ । प्रधानमन्त्रीको आलोचक उहाँलाई असफल पारेर आफू हुने दाउ पर्खेर बसेकाहरू हुन् र ओलीको उचाईको अर्काे नेता नेपालमा कोही छैनन् जस्ता पुराण बाचन गर्नु स्वयं अध्यक्ष कमरेडको हितमा छैन । अध्यक्ष कमरेडले यस्ता लेखकलाई बोलाएर हप्काउनु हुन्छ की स्यावासी दिनुहुन्छ ? त्यो त म जान्दिन, तर दयालबहादुर शाहीहरू पुरस्कृत भएका देखेकै भएर अन्दाज गर्न सक्छु ।

17. लेखमा उल्लेख गरिएका महाथिर, लिक्वान, पार्क चङहरू उल्लेख नगरिएका मार्सल टिटो, महेन्द्र जस्तै असान्दर्भिक पात्र हुन् । लोकतन्त्रमा आवधिक निर्वाचन लडेर आएका हामी त्यो नेतृत्वको कल्पना पनि गर्न सक्दैनौं, गर्दैनौ । त्यो त राजा महेन्द्रको बेला थियो । उनले पनि पूर्वपश्चिम राजमार्ग बनाएकै हुन्, औद्योगीकरण, विर्ता उन्मुलन, रजौटा उन्मुलन, भूमिसुधार, मुलुकी ऐन, नयाँ शिक्षा, गाउँफर्क उन कै देन थिए । अब त्यो बेला सकियो । तानाशाहीबाट विकास अब सम्भव छैन । अबको विकासको नेतृत्व व्यक्तिबाट हुँदैन । बीसौं शताब्दीको पनि ६० को दशकको तानाशाहको सपना देखाएर प्रधानमन्त्रीलाई दिग्भ्रमित गर्नु चाप्लुसी मात्र होइन्, अपराध हो ।

18. लेखमा सरकारका केही नियुक्तिहरू विवादित भएको कुरा उल्लेख छ । केही होइन् कैयौं नियुक्ति विवादित छन् । विवादित भएका होइनन्, छन् । भ्रष्टाचारको कुरा ठूलो स्वरमा उठ्ने भएर मान्छेहरू जिएम र राजदूत जस्ता कुरा गर्दा हुन्, तर हामी राजनीतिक कुरा गर्छौ । राजनीतिक रूपमा कुरा गर्ने हो भने मन्त्रीहरू र सल्लाहकारहरूबाट सुरु गरौं । अर्थमन्त्रीको नियुक्ती गलत थियो भन्ने कुरा बजेटले प्रष्ट पार्‍यो । सञ्चारमन्त्रीलाई विवादमा अरूले ल्याई दिएका होइनन् । घाउलाई ढाकछोप हैन, निर्मम चिरफार गरौं– असलका लागि, उपचारका लागि । लेख्ने साथीहरूले आलोचकहरूसँग असहिष्णु बन्ने र प्रशंसामा रमाउने इतिहासका बादशाहहरूको कथा लेखौं, तिनको नियती र परिणती लेखौं । प्रधानमन्त्रीसँग पहुँच भएकाहरूले फेसबुकमा आएका टिप्पणी स्क्रिनसट गरेर देखाउँदै उक्साउने बचकाना काम बन्द गरेर गम्भीर छलफलका लागि प्रोत्साहन गर्न सुरु गरौं ।

आउनुहोस् प्रधानमन्त्रीलाई साँच्चै सहयोग गरौं, पार्टी अध्यक्षलाई साँच्चै सफल पारौं ।
अनुमोदन दैनिकमा प्रकाशित मिति :15th October 2018

Wednesday, September 19, 2018

नेपाल नेत्रज्योति संघ, स्वयंसेवा र भविष्य

(सन २०१० को नेपाल नेत्रज्याति संघको केन्द्रिय महाधिवेशनमा डोटी शाखा सभापतिको हैसियतले प्रतिनिधित्व गर्दै महाधिवेशनमा गरेको भाषणमा आधारित रही २०११ तिर केन्द्रिय कमिटीलाई दिईएको सुझाव कम्प्युटरको पुरानो संकलनमा भेटिएछ । यसले नेत्रज्योति संघ मात्र नभई अन्य सामाजिक संघसंस्थाहरुको लागि समेत छलफलको खुराक दिने ठानेर सार्वजनिक गरेको छुँ ।)

क) स्वयंसेवाको क्षेत्रमा नयाँ आयाम
अहिलेको संसार दुई ओटा defining feature वाट चिनिन्छ । एउटा यसको वढ्दो complexity र अर्काे यसको speed of change। यो complexity र change पहिले कहिल्यै भन्दा अत्यन्त वढीछ । तर दुनियाँको यस्तो द्रुततर परिवर्तन संग एकाकार हुन र जटिलता संग सामना गर्न हामी भने सकिरहेका छैनौं । विश्व नविनतम प्रविधि र अवधारणाहरु वाट लाभान्वित हुने होडमा रहेका वेला हामीलाई भने हात धुनुपर्छ भन्ने ज्ञान समेत प्रदान गरिरहनु परेको छ र हामी हात धुन सिकाईरहेका छौं । एक दुइृ जनालाई होइन Mass Scale मा । युगले हामीलाई गिज्याउदैछ ।

अर्काे तिर विश्वभरि नै चलिरहेको ठुला साना लोकतान्त्रिक संघर्ष र परिवर्तनहरुको गतिमा हाम्रो गति एकाकार हुन सकिरहेको छैन । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको समुल नष्ट नभए सम्म हाम्रा कार्य व्यवहारहरु सामन्ति हुन छोडने छैनन् । जसको परिणाम एउटा तरल राजनैतिक अवस्था वाट मुलुक गुज्रिरहेको छ । राजनैतिक विषयले ठोस आकार ग्रहण गर्न नसक्दा राजनैतिक विषयहरुमात्र सवै भन्दा ठुला र महत्वपूर्ण हुन् की भन्ने परेको छ । सामाजिक विषयहरुमा आम मान्छेको चाँसो कम छ वा छदै छैन । स्वयंसेवी कृयाकलाप घट्दो क्रममा छ । विश्व पुजिवाद संग हाम्रो परिचय यति ढीलो आएर हुदैछ कि पुजिवादको व्यक्तिवाद र नव उदारवादमा पतन भैसकेपछि । यस्तोमा स्वयंसेवी भावना तथा कृयाकलाप पनि उत्पादक काम हो भनेर मानिने गरिएको छैन । यसलाई फुर्सदको कृयाकलाप ठानिन्छ अझै पनि । त्यसैले हाम्रो काम केवल स्वयं सेवा गर्नुमात्र रहेको छैन वरु स्वयंसेवी भावनाको विकास र स्वयंसेवी कृयाकलापको विस्तार पनि हाम्रो जिम्मेवारी हो ।

अहिले सम्म हामी सामान्यतया स्वयंसेवी कृयाकलाप गरिरहेका छौं । यो निसंदेह महान कृयाकलाप हो । प्रश्न हामीले गरिरहेको स्वयंसेवामा छैन । प्रश्न छ अवको पिंढीले हाम्रो यस कार्यलाई निरंतरता दिन्छ त ?

परम्परागत रुपमा स्वयंसेवा स्वतःस्फुर्तरुपमा गरिने कृयाकलाप मानिन्थ्यो र तर के प्रमाणित भईसक्यो भने जुन परिवेशमा मान्छे वाँच्छ उस्को विवेक पनि त्यहिढंगले निर्माण हुन्छ । त्यसैले स्वयंसेवा पनि स्वतःस्फुर्त हुदैन । त्यसकालागि पहल, मेहनत र लगानी गर्नु पर्छ ।

यो स्विकार गर्न असजिलो मान्नुहुदैन कि हिजो हामीले गरेका र आज गरिरहेका स्वयंसेवी कृयाकलापहरु अत्यन्त अन्धाधुन्ध छन् । व्यवस्थित छैनन् । अव वेला भएको छ व्यवस्थित स्वयंसेवाको । स्वयंसेवा self-help त होइन नै यो selfless help पनि होईन । यसमा योगदान र प्राप्तिको reciprocity हुन्छ । यो अलग कुरा हो कि कसैले आत्म संतुष्टिलाई प्राप्ति ठान्छन्, कसैले Award & reward लाई त कसैले तिर्नुपर्ने करको व्यवस्थापन, उत्पादनको प्रचार र कम्पनि goodwill लाई प्राप्ति ठान्छन् । corporate volunteering पछिल्लोको उदाहरण हो ।

विश्वभरि नै volunteering लाई उत्पादनसंग जोडेर GDP/GNP संग जोडेर हिसाव हुन थालेको छ । अव हामी त्यसवाट किन पछि पर्ने ? हाम्रो स्वयंसेवी engagement ले उत्पादनमा कतिहिस्सेदारी लियो त भन्ने वारे हिसाव गर्ने वेला भएको छ । हामीले स्वयंसेवकहरुको उत्पादकत्व वृद्धि गर्नमा के योगदान दियौं वा दिनु पर्छ भन्ने विश्लेषण र योजना आउनु पर्छ । के glitches हरु स्वयंसेवाले, स्वयंसेवीहरुले भोगिरहेका छन् र कसरी त्यसलाई हटाएर वढी भन्दा वढी उत्पादकत्व वृद्धि गर्ने भन्ने योजना आउनु पर्छ ।

यसकालागि तत्काल सुरु गर्न सकिने र गर्नुपर्ने ३ वटा कृयाकलाप उल्लेख गर्न चाहन्छु ।

१. Volunteering management unit को स्थापना
संघको केन्द्रिय कार्यालयमा विशेषज्ञहरु संलग्न यस्तो युनिटको स्थापना अविलम्व गर्ने र त्यस युनिटले व्यवस्थित स्वयंसेवाको क्षेत्रमा अध्ययन, अनुसंधान, प्रशिक्षण, अभियान र कृयाकलापहरुको संयोजन गर्ने ।

२. skilled volunteer mobilization
हामी अत्यन्त असंतुलित social setting मा वाचेका छौं । धनी गरिव, दुर्गम सुगम, जान्ने नजान्ने, राजधानी मोफसल, सहर गाउँ यस्ता अनगिन्ति असन्तुलनहरु छन् । सहरमा सुविधा केन्द्रित छ ग्रामीण समाज उपेक्षित छ । हामीले तराई र सहरहरुमा कमाउने र गाउँ र दुरदराजमा खर्च गर्ने जुन रणनीति लियौं त्यसको सफलता आज प्रष्ट छ । तराई र सहरहरुका ठुलो जनसंख्या छ र त्यहा पैशा तिर्न सक्नेहरु पनि छन् । हामीले तराई र सहरहरुमा हस्पिटल राख्यौं र त्यहा सशुल्क सेवा प्रदान गर्यौं । अनि त्यहा सक्ने र हुनेहरु वाट प्राप्त गरेका पैशाले दुर दराजमा निशुल्क सेवा प्रदान गरौं । यो प्रगतिशील कार्यनिति सफल कार्यनीति हो । अव समय अनुसार यसको replication गर्नु पर्छ । अव शीविरहरुले मात्र सेवा प्रदान गरेर सम्भव छैन । अव दुर दराज मै वसेर केहि योगदान दिन सक्ने स्वयंसेवी प्राविधिकहरुको परिचालन गर्नु पर्छ । त्यसकालागि योजना वनाउने, आह्वान गर्ने र रोष्टर वनाउने कार्य यथासिघ्र गर्नु पर्छ । यस्ता short term तथा long term volunteer हरु स्वदेशी हुन सक्छन्, विदेशी हुन सक्छन् । आप्mनै संरचना भित्रका हुन सक्छन् वाहिरका हुन सक्छन् । प्राविधिक Intern हरु हुन सक्छन् । तिनलाई आह्वान गर्ने, प्रोत्साहित गर्ने, matching गर्ने, कार्य विवरण वनाउने र right person, right place र right time मा deploy गर्ने । यस्तो गर्न सम्भव छ । छिमेकि भारतमा पनि यो अभियान नौलो हाईन । यो काम हामिले तुरुन्तै सुरुवात गर्न सक्दछौं । सशरीर उपस्थित हुन नसक्ने विज्ञहरु वाट पनि स्वयंसेवी योदान लिन सकिन्छ । tele-medicine एउटा prime example हुन सक्छ ।

३. Youth eye volunteer हरु संगठित गर्ने
नेत्रज्योति संघको अवस्था मुलुकको समग्र अवस्था भन्दा फरक हुन सक्दैन । जन्मदरमा आईरहेका नियंत्रण, मृत्युदरमा आई रहेका कमि अनि युवा पलायनको मिश्रण वाट हाम्रो demographic चित्र देखिन्छ । समग्रमा हामी aged society मा छौं र यो क्रम वढ्दोछ । जसरी समाजमा aged population को उपस्थिति वढ्दो छ त्यसरी नै नेत्रज्योति संघमा पनि aged population को वाहुल्यता छ । आप्mना कतिपय limitation का वावजुद पाका पुराना साथिहरु स्वयंसेवाको यो महान अभियानमा संलग्न हुनुहुन्छ, त्यसकालागि उहाँहरु श्रद्धाका पात्र हुनुहुन्छ । तर हामीले सक्दा सम्म हाम्रो कामहरुलाई सघाउने हातहरु र हाम्रो असक्तता पछि त्यसलाई अघि वढाउने काँधहरुको व्यवस्थित जमात तयार पार्न सकिएन भने हाम्रो मेहनत, रगत, आँसु र पसिनाको यागदानको भविष्य अन्यौल ग्रस्त पनि हुन सक्छ । अर्काे तिर dirty capitalism को चपेटामा परेको युवा जमात दिन प्रतिदिन individualistic  हुदै गई रहेको छ । उनिहरुलाई समुदायको नजिक ल्याउने, स्वयंसेवी कृयाकलापहरुमा संलग्न गराउने र मानव जातिको वजुदको रुपमा रहेको सामुहिकता लाई revitalize गर्ने काममा हाम्रो संलग्नता अत्यावस्यक छ । यसकालागि अन्य स्वयंसेवी संस्थाहरु पनि आआप्mनो तर्फ वाट योगदान दिईरहेका छन् । junior तथा युवा red cross, Leo-club  आदि उदाहरण हुन् । त्यसै प्रकारको youth eye volunteer को एउटा देशव्यापि टिम खडा गर्न जरुरी छ । जसले दिक्षित र प्रशिक्षित हुदै वर्तमानमा सहयोगी र भविष्यमा नेतृत्वकारी भुमिका निभाउनेछ । आगामि अधिवेशन वाट विधानमा नै संसोधन गरी यस प्रकारको संरचना वनाउन पर्ने हुन्छ वा केन्द्रिय समितिले निर्णय गरी यस्तो टीम देश व्यापी रुपमा तत्कालै पनि वनाउन सकिन्छ र त्यसलाई आगामि अधिवेशनले वैधानिकता दिन सक्छ ।

ख) संस्थागत संरचनाको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघ हिजो काठमाण्डौ केन्द्रित भएर खुल्यो । अहिले २५, ३० जिल्लामा फैलिएको छ । क्षेत्रगत हिसावले पाचै विकास क्षेत्रमा पुगेको छ । अव यसको संरचनालाई पनि यसको व्याप्तिलाई चभाभिअत गर्ने गरि वनाउनु पर्छ । अव केन्द्रले नै सवै कामको रेखदेख र मुल्यांकन गर्न आवस्यक र सम्भव दुवै छैन । क्षेत्रिय तथा स्थानीय अवसरहरुको खोजि तथा प्राप्ति र क्षेत्रिय तथा स्थानीय समस्याहरुको समाधान गर्न क्षेत्रिय स्तरमा संरचना हुनु जरुरी छ । अर्काे तर्फ स्थानीय इकाई (जिल्ला शाखा) हरुले सधै केन्द्रको मुख ताक्ने र केन्द्रले पनि सधै निर्देशन र नियंत्रण गर्ने परंपरागत शैली परिवर्तन हुन जरुरी छ । संघको top down संरचनालाई bottom  up संरचनामा वदल्न जरुरी छ ।

अव संघका जिल्ला शाखाहरु केन्द्रका स्थानीय इकाई होइनन् वरु केन्द्रिय संघ जिल्ला इकाईहरुको माथिल्लो निकाय हो भन्ने ढंगले परिभाषित गर्ने र व्यवहार गर्नु पर्छ । तल bottom मा जिल्ला संघहरु, क्षेत्रिय स्तरमा जिल्ला संघहरुको क्षेत्रिय federation र केन्द्रमा जिल्ला संघहरु कै केन्द्रिय confederation निर्माण हुनु आवस्यक छ । तल्लो तहले गर्न नसकेको वा अनुरोध गरेको काममा मात्र माथिल्लो संरचनाले समन्वयात्मक सहयोग गर्ने सिद्धान्तमा आधारित सम्वन्ध विकास गर्नुपर्छ ।

जिल्ला जिल्लामा रहेका अस्पताल, उपचार केन्द्रहरु वा अन्य software  वा hardware काम त्यहिको स्थानीय संघको नियंत्रण, निर्देशन, अनुगमन र मुल्यांकनमा हुनु पर्छ । एउटै जिल्ला भित्र दोहोरो संरचना हटाईहाल्नु पर्छ र अर्काे जिल्लाको निर्णयको स्वतन्त्रताको guarantee र सम्मान गरिनु पर्छ । समन्वयात्मक सहयोगका लागि क्षेत्रिय federation ले काम गर्नु पर्छ । आगामि अधिवेशन वाट यस्तो विधान नआए सम्म यसको पूवाभ्यासको रुपमा सम्वन्धित क्षेत्रका जिल्ला सभापतिहरु पदेन रहने गरी क्षेत्रिय forum निर्माण गरि नियमित छलफल सुरु गर्नु पर्छ । (यस्तो छलफल अहिले भईरहेको क्षेत्रिय गोष्ठिहरु भन्दा भिन्न हुनेछन् ।)

ग) कृयाकलापहरुको स्वामित्व र अपनत्वको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघले संचालन गर्ने सवै कृयाकलापहरुको स्वामित्व र अपनत्व सवै स्थानीय संघहरु र स्वयंसेवकहरुले महसुस गर्नसक्ने गरि संचालन गरिनु पर्छ । हाम्रा कृयाकलापहरु प्रशासकिय नेतृत्वमा होईन अपितु स्वयंसेवकहरुको नेतृत्वमा सम्पन्न गरिनु पर्छ । कुनै पनि परियोजना वा कार्यक्रमको संचालन, रेखदेख र मुल्यांकन संस्थागत ढंगले गरिनु पर्छ । administrative team ले मात्र होइन । संघले audit समेत गर्न नहुने वा नपाईने गरि हुने कृयाकलापलाई कसरी संघको भन्न मिल्ला ?

त्यस्तै जिल्ला जिल्लामा संचालन गरिने कृयाकलाप त्यहिको शाखाको जिम्मामा संचालन हुनु पर्छ । कुनै जानकारी विना जिल्लामा काम सुरु गर्ने, सम्पन्न भएको पनि थाहा नहुने को भने कसरी जिल्लाले अपनत्व र स्वामित्व महसुस गर्न सक्छ ? गाउँ गाउँ मा जनता निर्णय प्रकृयामा पहुँच र अधिकार माग्दैछन् । त्यसलाई विर्सेर जनता कै लागि गरिएको त हो न ी भनेर अव जनता मान्ने वाला छैनन् । त्यसलाई व्यवस्थित गर्न स्थानीय संघहरुको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्नु आवस्यक छ । अर्काे तिर केन्द्रले सवैतिर सवै कामको अनुगमन सम्भव छैन र प्रसासकिय ढंगले गरिने अनुगमन realistic नहुने खतरा रहन्छ साथै खर्चालु पनि ।

अन्तमा,
यी र यस्ता कतिपय विषयहरु तमाम स्वयंसेवक तथा विशेषज्ञहरुको विचारमा ठिक वा वेठिक लागेर वसेका हुन्छन् । आप्mना सृजनशील विचारहरुलाई संघको हितमा र ultimately marginalized people को हितमा अभिव्यक्त गर्ने र लागु गर्ने अवसर र कउजभचभ को विकास गरिनु पर्छ । हाम्रा अधिवेशनहरु महासचिव तथा कोषध्यक्षका प्रतिवेदन पारीत गर्ने र भेटघाट गर्ने परम्परागत forum वाट नीतिगत र व्यवहारीक मार्गदर्शन गर्ने sphere मा विकास गर्नु जरुरी छ ।

हामीले धेरै गरेका छौं । आँखा स्वास्थ्यको क्षेत्रमा विशालतम उपलव्धि हासिल भएका छन् । पछाडी फर्केर हेर्दा धेरै हिडेजस्तो लाग्छ । तर अगाडी लम्पसार लामो वाटोले हामीलाई चुनौती दिईरहेको छ । व्यवस्थित प्रयत्नले, योजनावद्ध प्रयासले हामीलाई आगामी यात्रामा मार्गदर्शन र नेतृत्व प्रदान गर्नेछ । आवस्यकता त्यहि व्यवस्थित प्रयत्न र योजनाको हो ।

मस्तिष्क मन्थनका लागि धन्यवाद ।

निजगढ हवाई अड्डा : वोल्नेको पिठो

विश्लेषणात्मक दार्शनिक वर्टाण्ड रस्सलको भनाई भनेर एउटा वाक्य खुव प्रशिद्ध छ, “दुनियाँमा समस्या के छ भने बेवकुफहरु विश्वस्त हुन्छन् र बुद्धिमानहरु सशंकित ।” मान्छेलाई तर्कवुद्धि युक्त ठान्ने हर कसैलाई उनको भनिएको यो भनाईले रन्थन्याउछ । के बुद्धिमानहरु विश्वस्त हुने र बेवकुफहरु सशंकित हुने भए यो दुनियाँ समस्या रहित हुन्थ्यो होला वा दुनिया यस्तो समस्यामा हुन्थ्यो होला जहाँ समस्या नै कसैले चिन्दैनथ्यो ? म पनि कहिलेकाँही असमञ्जसमा रहन्छु कि मेरो अन्तरकृयामा रहने सशंकितहरु वुद्धिमान र विश्वस्तहरु बेवकुफै हुन त वा रस्सल नै बेवकुफ हुन् वरु विश्वस्तहुनु बुद्धिमानी हो र हमेसा शंका गरिरहनु बेवकुफी हो । समस्या छ, अरुका लागि छ छैन, मेरालागि छ । म विश्वस्त हुन सक्दैन । म तर्कवुद्धीको गुलाम छुँ । मानेर हिँड्न सक्दिन । खोज्न मनलाग्छ, के अगाडी देखिएकै वाला हो त ? पछाडी के छ ? सोच्न मनलाग्छ, सोध्न मनलाग्छ । अरु कोहि नपाए आफै संग ।

दोस्रो अन्तरराष्ट्रिय हवाइ अड्डाको हल्ला सुरु भएको जुग वित्न थाल्यो । ९० को दशकको आधाआधी तिर त सम्भाव्यता अध्ययन सुरु नै भैसकेको थियो । कुरा धेरै काम कम हुने मेरो देशले मेलम्ची देख्न लगाएको युग भन्दा पनि लामो यसको समय गुज्रिसकेको छ । तर ‘दोस्रो’ अन्तरराष्ट्रिय एयरपोर्ट नाम दिईएको त्यो विमान अड्डा छेपाराको कथा भयो । यो निजगढमा वनाउन उपयुक्त छ भनिएको पनि २४ वर्ष हुनलागेछ । पूर्व सम्भव्यता अध्ययन सम्पन्न भए पछि विस्तृत सम्भाव्यता अध्ययन गर्न १५ करिव वर्ष पख्र्याे निजगढले जवकि साँच्चै विस्तृत अध्ययन गर्न एक वर्ष भन्दा धेरै लागेन । १५ वर्ष के भो ? प्रश्न गर्नु बेवकुफी हो की वुद्धिमानी रस्सललाई कहाँ गएर सोध्नु ? म जन्मनु भन्दा दुई वर्ष अघि नै उनि वितिगएछन् । १५ वर्ष किन पख्र्याे निजगढले ? मुलुकले ?

१५ वर्षको कुरा गर्छस् वेबकुफ भन्नुहोला । विस्तृत अध्ययन प्रतिवेदन आएको पनि त ९ अरु वर्ष हुनलाग्यो । कसरी विश्वास गर्ने अव वन्छ भनेर ? कोही विश्वस्त छैन, शासक, प्रशासक, राजनितिज्ञ, गणितज्ञ, पत्रकार, साहुकार कोही विश्वस्त छैन । किनभने मेरो देशमा कोहि बेवकुफ वन्न चाहदैंन । हरेकले शंका गर्छ । पिँढी दरपिँढी हामी ठगिएका छौं, शासकहरुवाट, प्रशासकहरुवाट, राजनितिज्ञहरुवाट, गणितज्ञहरुवाट, पत्रकारहरुवाट, साहुकारहरुवाट । त्यो ठगाईले हाम्रो मस्तिष्क दुई पाखे भएको छ, एकापट्टी कसैलाई विश्वास नगर्ने वुझाईको पाटो छ भने अर्काेपट्टी हिजोकाले जसरी ठगे त्यसैगरी आफु पनि ठग्ने सिकाईको पाटो छ । एक वर्षको अज्ञातवास सहित पाण्डवको १३ वर्षे वनवास र रामको १४ वर्षे वनवास पढेर हुर्केकोले मलाई निराश हुनवाट जोगाएको छ । कथा पढ्नुको उपलव्धि यही रहेछ, ‘हो कि त’ ‘हो कि त’ भन्ने पार्दाेरहेछ । तर निजगढको अज्ञातवास त २४ वर्ष पुग्नलाग्यो । यसले ‘वन्दैनकी क्यो हो’ भन्ने पनि वनाउदै लग्दैछ । यहाँ वन्छ कि वन्दैन भन्ने चिन्ता छ उता कतिपय चाँही वनाउन हुन्छ की हुँदैन भन्ने मै अल्झिरहेका छन्, अल्झाईरहेका छन, अल्झाईरहन चाहन्छन् ।

हरेक समाजको आफ्नो ऐतिहासिक लिगेसी हुन्छ । कुनै समाज जान्न चाहन्छ, कुनै समाज अरुले भनिदिएको मान्न सिकाउछ, मानेर हिंड्छ । कोहि स्वाध्यायमा विश्वास गर्छन् कोहि ‘गुरु विना ज्ञान हुन्न’ भन्छन् । उपनिषद भन्छ, ‘ऋते ज्ञानान्न मुक्ति’ । मुक्तिको शर्त ज्ञान हो अर्थात जान्न जरुरी छ । मानेर त हामी गोलचक्कर वाट कहिल्यै वाहिर आउन सक्दैनौं । आशोले मज्जाको एउटा प्रवचनमा ‘मान के चलना’ कति घातक हुन्छ वताएका छन् ।

कसैले भन्यो अरुण परियोजनाले वातावरण नाश हुन्छ, हामीले मान्यौं, अहिले जति पटक वत्ति निभ्छ हामीलाई थक्क थक्क हुन्छ । पश्चिम सेती वन्छ भन्दै प्रभावित क्षेत्रमा सिटामोल र विद्यालयको छानो समेत वन्न दिईएन, हामीले मान्यौं । अनगिन्ती छन् उदाहरणहरु । वर्तमान सरकारका पहलहरुले निजगढको वनवासकाल समाप्त हुन्छ की भनेर आशा जाग्दैथियो, फेरी नयाँ नयाँ गुरुहरुको प्रवचन सुरु भएको छ, अनेक वातावरणविद, अर्थविदहरु जुरमुराएका छन् । रडाको फेरी सुरुभएको छ । खनजोत नगरी खेति कसरी गर्ने, खेति नगरी खाने के ? कपास नटिपी कपडा कसरी वन्ने, कपडा नवनाई लगाउने के ? काठ, ढुंगा, माटो, वालुवा नछोई घर कसरी वन्ने, घर नवने वस्ने कहाँ ? संसार भरीका अग्ला घर, ठुला वाँध, चिल्ला चौडा सडकले वातावरण विगार्याे कि वनायो ? विकासको उचाई संगै वढ्ने चेतनाको उचाईले मानवलाई दिगो जीवन वाँच्न प्रेरणा र वाटो दिएको छ । हो समस्या आउछ, तर त्यो समस्याको दिगो समाधान मान्छेलाई अरु नै कुनै प्राणीले दिएको होईन । उस्को आफ्नै खोजले, चाहनाले, महत्वाकाँक्षा र जिजिविशाले दिएको हो । युरोप घुम्न आनन्द आउछ, वर्षको अधिकाँस दिन युएस वस्नमा मज्जा छ तर नेपालमा सडक वन्न हुन्न, विजुली वनाउन हुन्न, एयरपोर्ट वन्न हुन्न । अनि नेपाल किन आउदैनौ साथी भनेर सोधे त्यहाँ यो छैन, त्यो छैनको लामो लिष्ट कण्ठै सुनाउछन विद्वानहरु । धन्य ज्ञान, धन्य विज्ञता । युरोप वस्ने रहरमा सहरभरि खुलेका एक पछि अर्काे विश्वविद्यालयमा नाम लेखाउदै वर्षाै घुमिरहने विज्ञ नेपालमा भने एउटा भन्दा वढी विश्वविद्यालय वनाउन हुन्न भनेर सिकाउछ, हामी मान्छौं । विदेशी कलेजमा भिजिटिङ प्रोफेसर भएर घुमीरहने ज्ञाता नेपालमा थप कलेज खोल्न हुन्न भनेर पढाउछ, हामी मान्छौं । आईएमएफ र विश्ववैंकका पैशाले युरोप पुनःनिर्माण हुन्छ, यता ऋण लिए ट्रयापमा परिन्छ भनेर सिकाइन्छ, हामी मान्छौं । ओशाले भनेको ‘मान के चलना’ किन खतरनाक छ वुझिदैछ ।

वनाउने की नवनाउनेमा होईन कस्तो वनाउने, कसरी वनाउनेमा छलफल गरेको भए अहिले सम्म पार पाईसक्थ्यो । त्यो समय हामीले वनाउने की नवनाउनेमा खर्च गर्यौं । यो सव नौटंकीवाट सचेत हुनुपर्छ । खवरदारी गर्न पर्छ । गर्नै हुन्न भन्ने विज्ञ, गर्छु गर्छु भन्ने तर नगर्ने सरकार, यसरी गर्ने र त्यसरी गर्नेमा रमाउने अर्थशास्त्रीहरु, यसले वनाउने र त्यसले वनाउनेमा तानातान गर्ने निकायहरु, यस्तो वनाउने र उस्तो वनाउनेमा अलमल्ल प्राविधिकहरु, लफडा रहिरहे विषय पाईरहन्छ नत्र अर्काे मुद्दा खोज्न ववाल हुन्छ भनिठान्ने पत्रकारहरु सवको अनुहार चिन्नुपर्छ र तिनका कुरा चिर्न पर्छ । विकासका मुद्दाहरु वातावरणीय विषयमा दुनियाँ भरी नै आलोचित हुन्छन्, हुनुपनि पर्छ । अन्यथा विकासका नाममा लोभीहरु अन्दाधुन्ध विनाश गर्न छोड्ने छैनन् । अन्य क्षेत्र जस्तै हवाई क्षेत्र पनि त्यसवाट अलग हुन सक्दैन । तर हाम्रा तिर त वातावरणको कथा सुनाएर काम रोक्ने योजनावद्ध र प्रायोजित विरोध सामान्य घटना भैसके । नयाँ गर्दा पुरानो नष्ट हुनु स्वाभाविक छ । नष्ट मात्र गर्ने नयाँ नवनाउने हो भने विरोध हुनु पनि पर्छ । तर नयाँ वन्ने हो भने अझवढी सुन्दर, अझवढी वातावरण मैत्री, अझवढी दिगो वनाए के भो त ? रुख काटेर काठ वेच्ने मात्र भयो भने अपराध हो तर रुख काटेर हवाई अड्डा वन्छ भने किन रोक्ने ? झन रुखको सट्टा रुखै पनि रोपिदिने पनि भनेपछि किन हुन नदिने ? अहिले वन्ने हवाई अड्डा कम्तिमा आगामी १०० वर्षका लागि हो । अहिले सम्म विकसित अत्याधुनिक प्रविधि र अवधारणाले युक्त वनाउ भनौं । समयमा सुरु गर, समयमा सकिने सुनिश्चितता गर, असल र कुसललाई जिम्मा देउ, गुणस्तरीयता कायम गर भनौं । भन्ने मात्र होईन निरन्तर निगरानी गरौं ।

दोस्रो भनिएको निजगढ पछि भैरहवाको अपग्रेड गरीयो, पोखराको हुदैछ । नाम जे दिए पनि काम अगाडी वढेको छ । नेपालगंज, धनगढीले अन्तरराष्ट्रिय वन्ने इच्छा जाहेर गरेका छन् । तर जेठीले कान्छि श्रीमतीलाई घर भित्रिन नदिए पछि श्रीमानले घर छेउमा टहरा वनाएर राखे जस्तो त्रिभुवन विमानस्थलको आउट सर्किटमा, सिनामंगलको डिलमा, रहेको निर्देशनालयको कार्यालय अहिले पनि तल वागमतीमा कति पानी वग्यो भन्ने हेरेर दिन विताइरहेको छ । यो अकर्मन्यता उस्को नैशर्गिक हो, कग्नेटिभ हो, एक्वायर्ड हो वा थ्रस्टेड हो कसैले त भन्नु पर्ने हो, तर कसैले भन्दैन ।

आज भन्दा १० वर्ष अगाडी, ८ अगष्ट २००८ मा चीनका उद्घाटन गरिएको ओलम्पिक खेलका वेला वर्षातले उद्घाटन समारोह नविगारोस भनेर जे गरियो त्यो विचित्र थियो रोमाञ्चक थियो । रकेटको प्रक्षेपण गरेर वादल हटाईयो । वातावरणवीदहरु त त्यसको पनि वालको खाल निकाल्न तल्लिन नै थिए । अहिले पनि पश्चिमी मिडिया उप्काउन छोड्दैन । तर त्यो भव्य थियो, विशाल थियो मानव जातिको उपलव्धिको शानदार प्रदर्शन थियो । छानामा प्रयोग गर्नुपर्ने स्टिलको भाउ वढाउने वजारलाई दरिलो झापट थियो । तिमि भाउ वढाउदै गर म मानव सभ्यताको उचाई वढाउँछु । त्यो हिम्मत मान के चलने से आएको हैन, आउदैन । आत्म विश्वासले आएको हो । त्यो उद्घाटन समारोहमा भएको रस्सल भएको भए के भन्थे होलान ? भरखरै हङकङवाट मकाउ जोड्ने छोटो वाटो वनेको छ । ९ वर्ष लाएर वनेको उक्त वाटो वन्नमा अवरोध नआएका हैनन् । तर वन्यो । इच्छाशक्तिले, योजनाले, नागरिक निगरानीले । रस्सल नेपालमा भएको भए भन्थे होलान “समस्या त केहो भने वन्दैन की भन्ने चिन्ता भएका नागरिक वोल्दैनन् कतै वनिपो हाल्छ की भनेर चिन्तितहरु ननिदाईकनै वस्छन् ।” नागरिकहरु वोलौं । काम गर्न नदिनेहरु विरुद्ध वोलौं । कामगर्न नदिनेहरुको डरले वा भरले काम नगर्ने सरकार विरुद्ध वोलौं । काम गर, छिटो गर र गुणस्तरीय गर भनेर वोलौं । काम गर्छु भन्ने सरकारलाई अल्झाउनेहरुका विरुद्ध वोलौं ।

लाहुरे भएर, दरवान भएर विदेशीयको पिंढीले त देश विदेश देखेर, वुझेर राणा शासन मिल्काईदियो भने आज पढेर, वुझेर देश विदेश जानेको पिंढी यस्तो अकर्मन्यता मिल्काउन सक्दैन ? ताज्जुव त के लाग्छ भने त्यही पिंढीको एउटा हिस्सा जनतालाई वर्गलाउनमा लाग्छ, दिग्भ्रमित पार्न खोज्छ र मुलुकलाई अध्यारो रोकिरहन पाएकोमा, वा अनिश्चितता तर्फ धकेल्न पाएकोमा जीत ठान्छ । उनै विज्ञ छन्, उनै विशेषज्ञ छन् । सरकारका नजिक घुमेकै छन्, वुद्धि भुटेकै छन् । सरकार र सरकारी निकायहरु उनिहरुवाट पिछा छुटाउनु सट्टा आवभगत मै रमाएका छन् । आलोचकहरु प्रति अषहिष्णुता वढेको वढ्यै छ । चाटुकारहरु संग चोचोमोचो मिलेकै छ । राजतन्त्रका साखुल्लेहरुले राजतन्त्र डुवाए । कँग्रेसका साँखुल्लेहरुले कँग्रेस डुवाए । यो देखेर, हुर्केर वढेको मेरो पिंढी शंका नगरेर के गरोस् ? रस्सलले बेवकुफ भनेपनि वुद्धिमान भने पनि ।

मेलम्ची ढिलै भए पनि वन्दै गरेकोले यो दोस्रो भनिएको हवाई अड्डाको पनि आस मरिसकेको त छैन तर वन्छ भन्नेमा भने शंकै छ । शंका किन छ भने शंका गर्ने आधारहरु छन्, आधारहरुको विद्यमानतामा तर्कवुद्धिले शंका गर्न उक्साउछ । मेलम्चीको दन्त्य कथाको अन्त्य हुन युग लाग्यो । निजगढ त्यस्तै दन्त्य कथा हुदैछ । के यसको अन्त्य गर्न पर्दैन ? हरेक पार्टी र नेता हरेक चुनावमा निजगढ वनाउछु भन्छ र भोट माग्छ । कति चुनाव भए ? अव फेरी अर्काे चुनावलाई एजेण्डा जोगाई दिने ? अव समय नाश हुन नदिउँ । काम गर्न दिउँ । गर्न नदिनेलाई नंग्याऔं । नगर्नेलाई नंग्याऔं । सानोमा हामी काग संग भन्थ्यौं । वोल् काग वोल् । त्यस्तै अव वोल् नागरिक समाज वोल् । वोल्नेको पिठो विक्छ ।

१६ सेप्टेम्वर, २०१८
http://www.sadrishya.com/bichar/2018/09/18/22632/