Sunday, September 4, 2016

कथित पहिचानको लडाई सव धोकाधडी

गतसाल सन्दिप भाई र मेरो विच रमाईलो छलफल चलेको थियो । आजैका दिन उहाँका केहि जिज्ञासाहरुलाई लिएरर फेसवुकमा अलि लामो स्टाटस लेखेको थिएँ । आज फेसवुकले त्यसलाई 'योर मेमोरी' भनेर फेरी देखाएछ । कथित पहिचानको राजनीति फेरी नि नसकिएको वर्तमानमा पनि त्यो लेखाई सान्दर्भिक ठानी यो व्लगमा राखेको छुँ ।

संदिप भाई

विहान विहान फेसवुक हेरेको तपाई संग जम्काभेट भयो ।यी दुई लेखहरु मेरो टाईमलाईनमा सेयर गरेर राम्रै गर्नुभयो । धारणाहरु एकाएक वन्ने होईन । यो वन्ने विग्रने र फेरी वन्ने क्रममा हुन्छ । म असहमत हुन पाउने अधिकारको पक्षधर मान्छे हो । सवै मान्छेले मेरै जस्तो सोच्नु पर्छ भन्ने मलाई कत्ति पनि लाग्दैन । ठिक त्यस्तै म पनि सवै संग सहमत हुन सक्दैन र हुन आवस्यक पनि ठान्दैन । त्यसैले यो लेखमा व्यक्त विचारहरुमा मेरो धेरै टिप्पणी छैन । एउटा माक्र्सवादी हुनुको नाताले मैले यी सवै कथा, व्यथाहरुको एउटै जग देख्दछु । त्यो मेरो देष्टि दोष पनि हुन सक्छ र म त्यो कुरा पनि अस्विकार गर्दैन । तर म के प्रष्ट छुँ भने नपालमा दुईवटा नेपाल छ । डोटीमा दुईवटा डोटी छ, काठमाण्डुमा पनि दुईवटा काठमाण्डु छ, मधेसमा पनि दुई वटा मधेश छ आदी । डोटीमा हलिया राख्न कुनै झापाली गएको छैन । एउटा डोटीले अर्काे डोटीलाई हलिया वनाउछ । काठमाण्डौका स्लम डगहरु र पारश शाह वा राजेन्द्र खेतान एउटै पहिचान राख्दैनन् । मधेशी महिलाहरुको लामो घुँघट भित्रको जिन्दगीका नियमहरु कसैले पहाडवाट आएर वनाई दिएका होईनन् । दाइजोका कारण जिउदै जलाईने वा तीन तलाकमा जीवन एक्लो भैहाल्ने महिलालार्ई सोध्नुस् शोषण कसले गर्यो के कुनै पहाडिया पाखेले कि उसको आफ्नै सासु, ससुरा वा श्रीमान्ले ? त्यसैले मलाई डोटेली हुनुमा न त गर्व छ न पिडा नै । त्यो मेरो पहिचान नै होईन । मलाई लाग्दै लाग्दैन की मधेसी कुनै पहिचान हो । यो त जमिनदारहरुको जमिन जोगाउने वहाना हो । शोषकहरुको शोषण जोगाउने वहाना हो । संख्या र ताकत के भनेर वढ्छ भनेर रात दिन सोचेर उनिहरुले योजनावद्ध तयार पारेको नारा हो यो ।

इन्दिरा गान्धि भारतको प्रधान मन्त्री, के त्यो देखाएर भारतमा महिला मुक्त भईसके भन्न मिल्ला । उ हेर त महिला प्रधानमन्त्री भन्न मिल्दैन । पिठ्युमा ६ महिनाको वच्चा वाँधेर नाली सफा गर्न लागेकी भंगी महिला हेर्नुस र साँझ थाकेर घरपुग्दा उस्को दारुमा लट्ठ श्रीमान्ले ठटाएको हेर्नुस्, त्यसका वावजुद तापाईलाई लाग्छ कि महिला महिला एकै हो तव त मेरो भन्नु केहि छैन ।
मेरो रुप रंग, कद काठी, वोली, लवज आदिले धेरैलाई मरो पहिचान खुट्याउन गारै पर्छ । एक दुई वटा कथा सुनाउछु ।

२०५१ साल माघ महिना तिर म वनारस घुम्न गएँ वुवा संग । वुवाको काम मेरो घुमघाम । वुवाको किताव छाप्ने काम । प्रेसमा एक जना राँचीका मान्छे भेटभयो । पुस्तक व्यापारी । उनि पनि किताव छाप्न, किन्न आएका रहेछन् । उनले वताए कि उनि राँचीवाट आएका हुन् । कुरै कुरामा उनले सोधे "किताव छाप्न पन्जाव देखि वनारस आउनु भयो ?" मलाई अचम्म लाग्यो कस्तो मान्छे होला ? कसले भन्यो यसलाई म पन्जाव वाट आएको भनेर ? मैले सोधें । अलि वढी जान्ने भएछु की भनेर उनि अलि लजाए । मेरो नेपाली, डोट्याली पहिचानले किन काम गरेन त्यहाँ ? एक जना भारतीय नै झुक्किने गरी भारतीय पो देखिने रहेछु म त ।

अर्काे ३ वर्ष पछि म दिल्ली गए २६ जनवरीको परेड हेर्न । खगेन्द्र जोशी र म । अघिल्लै दिन पुगियो । भोलि त भिडभाड पनि हुने सुरक्षा व्यवस्थाको कडाई त्यसैले सवै हेर्न पाईदैन होला भनेर हामी अघिल्लै दिन लाल किला वाट सेन्ट्रल टर्मिनल (राष्ट्रपति भवन) सम्म पैदल नै हिडेर गयौं । सुरक्षा कडाई थियो तर राकटोक थिएन । मलाई मन पर्ने हिन्दी गित हरु वजिरहेका थिए वाटो भरी । खगेन्द्र जि र म दुवै दारी पालेका । दुवैको हातमा व्याग झुण्डिएको । २५ जनवरी, सितलहरवाट वच्न मोटो मोटो जकेट माथी सल पनि ओढेका । विचित्रका थियौं हामी । पुलिसहरु संकाका दृष्टिले हेर्थे हामीलाई, तर भनेको कसैले केहि थिएन । एक ठाउँमा एक जना इन्सपेक्टरले रोकेर सोधिहाले "कहा से आए हो ?" मैले "नेपाल से" भने । उस्ले "नेपाल कहाँ से" भन्यो मैले "पश्चिम नेपाल से" भने । "पश्चिम कहाँ" भन्यो ? अव उसलाई कसरी म डोटी जिल्ला चिनाउँ । मैले हामीले पार गरेको वनवासा नाकाको नाम लिएँ । उ सन्तुष्ट देखिएन । हाम्रो झोला खानतलास गर्न लगायो । उस्ले भन्यो "लगते तो विहारी जैसे हो ।" म हाँसे, खगेन्द्र जी मुस्कुराए मात्र, उनको नामै मुस्कान । यतिवेर सम्म अरु पुलिसहरु पनि झुम्मिसकेका थिए । झोलाले त उस्लाई निरास नै पार्यो । दिक्क भएर उस्ले "अच्छा जाओ" भन्यो । हामीले झोला वन्द गर्यौ र अघि वढ्यौ । हिड्नै लाग्दा उस्ले फेरी विस्तारै भन्यो "लगते तो हमारे ही वहा के जैसे हो ।" मैले हिड्नै लागेकोले फरक्क फर्केर सोधे "आप कहाँ से हैं ?" उस्ले जवाफ दियो "विहार से ।"

तपाई र म कोरियामा संगै दिन विताएका छौं । याद गर्नुस् जव मान्छेहरु हामीलाई इन्दो साराम देख्दथे र सोध्दथे "आर यु फ्रम इण्डिया ?" जव हामी "होईन" भन्थ्यौं र "हामी नेफाल साराम" भन्थ्यौं, उनिहरुको प्रतिकृया वेग्लै हुन्थ्यो । लेग्रो तानेर उनिहरु "अsअsअsअsअs" भन्थे ।

अहिले म धादिङमा छु अर्थक्वेक रेस्पोन्समा । मैले काम गर्ने गाविसहरु मध्य एउटा हो खरी । सवैभन्दा पहिलो दिन मैले समुदायको भेला गरेको थिए । राजनीतिक पार्टीका प्रतिनिधिहरुले मलाई निष्पक्ष काम गर्न सम्झाए । मैले भने "म कुन पार्टीको हुँ भन्ने कुरामा नरिसाउनु होला मैले कुनै पार्टीका लागी मात्र राहत वितरणा गरें भने भन्नुहोला ।" उनिहरु सन्तुष्ट भए । ठट्टैमा एकजना साथीले भन्नुभयो "तपाईले पक्षपात गर्न सक्दैन यहाँ ।" मैले "किन" र भनेर सोधें । उनले जवाफ दिए, "तपाईको पार्टी नै छैन यहाँ ।" मैले हास्तै सोधें "कुन हो र मेरो पार्टी ?" उनले जवाफ दिए "फोरम जस्तो छ ।" म हाँसे, अरु पनि हाँसे । मैले उनलाई किन भनिरहनु पर्यो र म एमाले हुँ भनेर ।

पहिचान यस्तै भर्चुअल कुरा हो । जनता रुमल्याउने र आफ्नो स्वार्थ पुरा गर्नेहरुको हतियार । पहिचान कन्सट्यान्ट नै हुदैन । कसरी हुन्छ ? संदिपले कानाडामा धोती कुर्ता लगाउला ? खै मैले त कोरीयामा लाएको देखिन त दुई वर्ष सम्म ? जन्मिदा म छोरो, जन्मने वित्तिकै म भाई, भदा, भतिज, भान्जा । दिदिको विवाह भयो म सालो भएँ । आफ्नै विवाह भयो म श्रीमान्, ज्वाई, भिनाजु, फुपाजु भएँ । छोरी जन्मी म वावा भएँ । पार्टीमा मेरो जिम्माले नै मलाई चिन्ने हो त्यहाँ मेरो पहिचान वावा, ज्वाई भान्जाको छैन त । अफिसमा म टिमलिडर, फेसवुकमा संदिपको जोशीदाई । कहाँ छ मेरो पहिचान फिक्स भएको । अनि कथित पहिचानको लडाई सव धोकाधडी नभएर के हो ? अखण्ड, विखण्ड, खण्ड खण्ड सवका सव देश, जनता र क्रान्ति विरोधी सार तत्व । September 5, 2015