Saturday, July 16, 2016

धारा २९८ अनुसार अर्काे सरकार वन्छ, सम्विधानका पक्षमा दृढतापूर्वक लागौं ।

अहिले एउटा वहस चलेको छ नेपालको सम्विधानको धारा २९८ ले सरकार ढल्छ त भन्छ तर पुनः कसरी वन्छ भन्दैन रे । सरकार ढल्छ भनेकै पुनः वन्छ भन्नु हो । त्यहि रहिरहन्छ भने ढल्छ भन्नुको अर्थ के हो ? वा के सत्ता सरकार विहिन रहन्छ त ? यी सव तर्कहरुको स्रोत जिद्दि सिवाय केहि होईन ।

नेपालको सम्विधानको धारा २९८ मा संक्रमणकालमा मन्त्रिपरिषदको गठन कसरी गर्ने भन्ने सम्बन्धमा प्रष्ट व्यवस्था गएिको छ । जस अनुसार मौजुदा मन्त्रिपरिषदको कार्यकाल समाप्त भएको वा वैधानिकता गुमाएको अवस्थामा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने र त्यस्तो सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने भनेको छ ।

यदि संक्रमणकालिन अवस्थामा वनेको सरकार नै नढल्ले हो वा नयाँ सरकार नै नवन्ने हो भने धारा २९८ को उपधारा ८ को के अर्थ हुन्छ ? प्रधानमन्त्रीले राजीनामा दिएमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा वा निजले राखेको विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निज व्यवस्थापिका–संसदको सदस्य नरहेमा वा निजको मृत्यु भएमा निज आफ्नो पदबाट मुक्त हुनेछ भन्नु भनेको के त्यस पछि सरकार विहिन रहन्छ भनेको हो त ? त्यस्तै सोहि धाराको उपधारा १३ को प्रतिवन्धात्मक वाक्यमा उल्लेख गरिएको “एउटै प्रधानमन्त्री उपर”  छ महीनामा एक पटकभन्दा बढी अविश्वासको प्रस्ताव पेश गर्न नसकिने व्यवस्थाले यस संक्रमणकालिन धारा अनुसार अर्काे पनि प्रधानमन्त्री वन्न सक्ने देखिदैन र ? सरकार वन्ने प्रकृया त उपधारा २, ३, ४, ५, ६ हरुमा उल्लेख भई सक्यो नि । त्यसलाई फेरी फेरी लेखिरहनु पर्ने देखिदैन ।

स्वस्थानी व्रतकथा वा अनेकौं पुराकथाहरुमा एउटै कुरा दोहर्याई तेहर्याई वर्णन गरिएको पाईन्छ । व्याकरणमा त्यसलाई पुनरोक्ति (पुनरुक्ति) दोष भनिन्छ । सम्विधान स्वस्थानी व्रतकथा वा कुनै पुराकथा पनि होईन जहाँ एउटै कुरा दोहर्याई तेहर्याई वर्णन गरिएको होस् । सम्विधानको केवल शाव्दिक कुरा गर्ने हो भने कति मोटो सम्विधान लेख्नुपर्छ होला ? संसार भरी नै सम्विधानको भावनालाई अत्यन्त आदर पूर्वक मान्ने चलन छ । किनभने सम्विधान केवल कानूनी किताव होईन । यो राजनीतिक दस्तावेज हो, भविश्यको दिशा निर्देश हो र खास गरेर जनताले गरेको आफ्ना मुल्य र मान्यताहरुको खुल्लम खुल्ला घोषणा हो ।

सासकीय स्वरुपहरुका आफ्ना प्रचलन र प्रथा पनि हुने गर्छन् । जसको अक्षरसः व्यवस्था सम्विधानमा गरिएको हुनु जरुरी छैन । तर त्यसलाई पालना गरिन्छ । संसदीय तथा क्याविनेट प्रणली भएकोले यसका आफ्ना केहि प्रकृया र प्रथा पनि छन् । लामो भोगाई वाट सिकेका हाम्रा आफ्नै सिकाईका परिणाम पनि यसमा मिसिएका छन् । त्यसैले यसलाई हामीले सुधारिएको संसदीय व्यवस्था भनेका हौं । यसमा कैयौं नयाँ प्रयोगहरु पनि छन् । कतिपय ठाउँमा मुुलुकको विशिष्ट परिस्थिितिले पनि हामीलाई व्ल्याक एण्ड ह्वाईट वन्न दिईरहेको छैन । कैयौं ग्रे लाईनहरु छन् ।

नेपाली जनताले लामो संघर्षको परिणाम स्वरुप यो सम्विधान पाएको हो । अनेकौं आशंका र पिडाका विच यो जन्मियो । जतिवेला यो वन्यो यसलाई वन्न नदिन लागेकाहरु समाप्त गर्न सक्रिय भए । जनताको साथ र दलहरुको दृढ इच्छा र दह्रो कदमले यो समाप्त हुन वाट जोगिएको हो । अझै पनि यसलाई समाप्त पार्ने षडयन्त्रका तानावाना अध्यारा कुनाकाप्चा तिर भई रहेकै छन् । यसको पालनामा हामीले नै निष्ठा देखाएनौं भने षडयन्त्रकारीहरु सफल हुनेछन् ।

राजनीतिक दलहरु अझ खास गरेर नेकपा एमाले ले यस विषयमा गम्भिर भएर सोच्नै पर्छ । गठवन्धन वन्ने टुट्ने गरेको यो पहिलो पटक होईन, अन्तिम पटक पनि होईन । यस सम्विधानका विरोधीहरुले यसलाई खत्तम भन्न कुनै कसर वाँकी राखेका छैनन् । सत्ता साझेदारको रिस सम्विधान माथि पोखेर सम्विधान विरोधीहरुको हाँ मा हाँ मिलाउनु अनुचित छ । त्यसमा पनि मुलुकको सवैभन्दा जिम्मेवार राजनीतिक दल हुनुको कारणले कतिपय अवस्थामा हामीले हलाहल पनि पिएर पनि वाँच्नु परेको छ । त्यो अभिभावकीय सोच, क्षमता र अडान नहुने हो भने एमाले हुनुको औचित्य पनि त के भो र ? यस्तोमा गाँठो खोल्दै जाने की झन अल्झाउदै, वल्झाउदै जाने ? यो गम्भिर प्रश्न अहिले एमाले सामु छ ।

यो सम्विधानको धारा २९८ अनुसार अर्काे सरकार वन्दैन भन्नु यो सम्विधान प्रति निष्ठा नहुनु वा कम हुनु हो । दुईचार दिन सरकार लम्व्याउन सम्विधान प्रति नै अनास्था फैलाउनु गैर जिम्मेवार प्रवृत्ति हो । सचेत रहौं ।

यसै सन्दर्भमा कतिपय व्यक्तिहरु प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था छ र उनले त्यसो गर्नु पर्छ भन्ने कुरा गर्देछन्, जो सहि होईन । यस सम्विधानको संक्रमणकालिन धारा २९८ अन्तरगत वनेको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन । यस सम्विधानको धारा ७६ को उपधारा ७ अनुसार मात्र प्रतिनिधि सभा विघटन गर्न पाउछ तर त्यो पनि जहिले मनलाग्यो तहिले वा जुन मनलाग्यो त्यो प्रधानमन्त्रीले होईन । सामान्य अवस्थामा र प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा पनि प्रतिनिधि सभा विघटन गर्न पाउँदैन । प्रतिनिधि सभा वाट कुनै पनि अवस्थामा प्रधानमन्त्री छनौट हुन नसक्ने अवस्था आएमा मात्र प्रतिनिधि सभा विघटन गर्न पाईन्छ ।

सम्विधानले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन हुनसक्ने एउटा मात्र अवस्थाको व्यवस्था गरेको छ ः
प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्था आई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको अवस्थामा निज प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने, त्यसो गर्दा पनि नियुक्त प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रतिनिधि सभाको कुनै सदस्यले आफु प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई समेत प्रधानमन्त्री नियुक्त गरेर विश्वासको मत प्राप्त गर्ने अवसर दिने र त्यसरी अवसर दिँदा पनि निजले समेत विश्वासको मत प्राप्त गर्न नसकेमा वा त्यसरी कुनै सदस्य दावि गर्न नआएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था धारा ७६ ले गरेको छ ।

विगतका दिनमा नेताका लहडमा प्रतिनिधि सभा विघटन हुँदा मुलुकले भोग्नु परेका वेथितिहरुका मद्देनजर यो व्यवस्था गरिएको हो । त्यसैले वर्तमान व्यवस्थालाई सुधारिएको संसदिय व्यवस्था भनिन्छ ।

Saturday, July 9, 2016

अनि के वन्धुक वोक्ने त ?

१) म डा. गाविन्द केसी संग सहमत छैन । खास गरेर उनका केहि मागहरु परम्परावादी रहेका र केहि मागहरु निश्चित व्यक्ति वा समुहको मात्र हितमा रहेकाले । तर ति मागहरुलाई सतहमा याउन र पुट दिन उनले उल्लेख गर्ने गरेका शैक्षिक (खास गरेर स्वास्थ्य शिक्षा क्षेत्रका) समस्याहरु भने महत्वपूर्ण छन् । लाखौं जनताले भोगिरहेका छन्, अझ भोगिरहने छन् ।

२) डां केसी मेडिकल कलेज खोल्न गाँउ तिर जाउ भन्छन् । गाँउ नै सहर तिर आउ भन्नु पर्ने युगमा यस्ता कुरा पुरातनपन्थि हुन् । नीजि लगानी निजी नाफाको उदेश्यले गर्ने कुरा हो । त्यहा लगानी गरिन्छ जहाँ नाफा आउछ । नाफा त परै जावस् साँवा पनि नउठ्ने भए पछि निजि लगानी कसरी आकर्सित हुन्छ ? सरकारले गर्नुपर्छ भन्ने होला तर गरिरहेको छैन । मुलुक भरिमा ११ र १२ पढाउने जम्मा जम्मिमा एउटा विद्यालय खोल्न  समेत नसक्ने सरकारका के कुरा गर्नु ? नीजि लगानी विना नेपालमा शिक्षा क्षेत्र अगाडी वढ्ने तत्कालीन सम्भावना छैन । जतिसुकै जनवादी सरकार आए पनि जस्तो कानून ल्याए पनि । तर डा. केसीले आफ्ना मागहरुलाई प्रमाणीत गर्न देखाएका प्रमाणहरु जायज छन् । तिनको सम्वोधन हुन जरुरी छ । अर्काे तिर अनेक प्रपञ्च गरेर नयाँ कलेज खोल्न दिन (सम्वन्धन दिन) व्यवधान खडा गर्ने उनको नियत माथी पनि गम्भिर प्रश्न छ । पुराना कलेज संचालकहरु र विदेशी कलेजका कन्सल्यान्टहरुका पक्षमा टड्कारै देखिने त्यस प्रकारका मागहरु वृहत्तर जनताका पक्षमा छैनन् । राज्य ति प्रपञ्च र व्यवधानहरु टुलुटुलु हेरेर वा कानमा तेल हालेर वस्न पाउदैन ।

३) डा. केसी पटक पटक अनसन वस्छन् । उनको अनसन फेसनमा परिणत हुन थालिसकेको छ । मागहरु राख्ने, मागहरु वारे छलफल चलाउने, मागहरु पुरा गराउन, पहल र प्रयासहरु गर्ने र पनि सम्वोधन नभएमा वस्ने अनसन आन्दोलनको उच्च स्वरुप हो । अनसनको संघर्ष नैतिक ताकतका भरमा लडिन्छ । तर माग संगै अनसनको प्रस्ताव एउटा घुर्कि हो, धम्कि हो । त्यसैले उनका आन्दोलनका नैतिक सीमाहरुमा प्रश्नवाचक चिन्ह छ । मैले भने जस्तो गर, नत्र म मरिदिन्छु भन्नुले जनमत वनाउदैन । राज्य केवल फकाउन, तर्साउन र अनसन तोडाउन मात्र लाग्दछ । मुद्दा डा. केसीको व्यक्तिगत वन्दछ र मिडियाको मनोरंजनको विषय वन्दछ, उपार्जनको पनि । त्यसैले त डा. केसीका अनसनहरु तोडिए पछि शासकहरु व्यवास्ता गर्छन् र मिडिया सम्झौताहरुको निगरानी गर्दैन । नत जनताले तिनको लिगेसी नै लिन्छ । वाध्यतावस् डा. केसी नै फेरी अर्काे इपिसोडका एक्लो नायक भएर देखापर्छन् । अनसन वस्छन् । यो सुरु देखि अहिले सम्म नै देखिएको त्रुटि हो । उनले यो नसच्याए सम्म यो सृंखला कायम रहनेछ ।

४) डा. केसीको अनसनमा साथ र समर्थन छ भन्नेहरु, छेउ उभिएर खुवै सेल्फि खिच्नेहरु “नाउ इट्स आवर टर्न डक्टर । टेक रेस्ट एण्ड गाईड अस । वि विल डु ईट फरदर” कनि भन्दैनन् ? अनसन वस्ने गरेको वर्षाै भईसक्यो र समर्थक हौं भन्ने पनि त थोरै छैनन् ।

५) डा. केसी संग सहमत नहुनु एउटा पाटो हो । तर त्यस भन्दा पनि महत्वपूर्ण पाटो हो राज्यको रवैया प्रतिको हाम्रो अवस्था । एउटा नागरिक पटक पटक विषयहरु उठाईरहेको छ र भन्छ कि “यो यो कमजोरी छन् सच्याउ । त्यति मात्र भन्दैन, सच्याएनौ भने तिमिवाट शासित भईरहनु भन्दा मर्नु वेश । म मर्न हिंडे ।” तर राज्य गम्भिर वन्दैन । राज्य आफ्नो नागरिकको यस्तो गम्भिर विषयमा उदासिन भैदिन्छ । यो असम्वेदनशिलता एकजना नागरिकका वारेमा देखिएको मात्र नभई यो एउटा प्रवृत्ति वनिसकेको छ । ध्वंसात्मक र हिंसात्मक उदण्डता गरे मात्र सुन्ने नत्र नसुन्ने राज्यले कस्ता नागरिकको अपेक्षा र निर्माण गर्ला, स्पष्ट छ ।

६) एउटा नागरिकका रुपमा डा. केसी संग जति खुल्ला आकास छ राज्य वा राज्यका निकाय संग त्यो खुकुलो सिमा छैन । व्यक्तिका सवै नैसर्गिक हकहरु कनै कानूनले उल्लेख गर्न वा वन्देज लगाउन सम्भव छैन । केवल प्रतिनिधिमुलक ढंगले तिनको उल्लेख गर्ने गरिन्छ । तर राज्य वा राज्यका निकायहरु उल्लेख गरिएको भन्दा वढी अधिकार प्रयोग गर्न पाउँदैनन् । कानूनी राज्यको अर्थ त्यहि हो । त्यसैले राज्य कानूनी हुन्छ, व्यक्ति कानूनी हुदैन । लोकतन्त्रमा मान्छे लिगल विईङ्ग होईन ह्युमन विईङ्ग हो । डो केसीले उजुरी गर्न, माग राख्न, आन्दोलन गर्न पाउने हक छ । तर अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई उनका विरुद्ध वक्तव्यवाजी गर्ने अधिकार छैन । कुन कानूनको कुन व्यवस्था अन्तरगत अख्तियारले डा. केसीका वारे अनर्गल वक्तव्य निकाल्यो र सरकारलाई उनको मानसिक उपचार गर्ने सुझाव दियो ?

७) २०३५ साल तिर अदालतको मानहानी सम्वन्धी एउटा मुद्दाका सन्दर्भमा प्रकास वस्तीले पैरवीमा लेख्नुभएका यी कुरा अहिले पनि सान्दर्भिक छन्, एउटा पहलमानको डरले छिमेकीले उसलाई दिनहुँ ढोग्छ भने त्यसलाई आस्था भन्न मिल्दैन । सरकार र सरकारी संयन्त्रहरु यदि डर वा धाकले उनिहरु प्रति जनताको आस्था वढ्छ भन्ने ठान्दछन् भने मुर्खताको कुनै उपचार हुदैन ।

८) लोकतन्त्रको सुदृढिकरणका सन्दर्भमा हेर्ने हो भने डा. केसीले के माग्दैछन् भन्दा पनि कसरी माग्दैछन् भन्ने कुरा विचारणीय छ  र ति मागहरुलाई राज्यले कसरी सम्वोधन गर्दैछ भन्ने कुरा महत्वपूर्ण छ । गाडि मोटर जलाउदै सडकमा निकालिने लम्वेतान जुलुसका आवाज र विद्रोहका नाममा पड्कने वम र वन्धुकहरुका आवाज मात्र सुन्ने कि सभ्य र सालिन ढंगले राखिएका मागहरु पनि सुन्ने,  शासकहरु सोच ।

Tuesday, June 21, 2016

गाउँ पालिका ठुला ठुला वनाऔं र नगरहरु साना साना

व्यवस्थापिका संसदको विकास समितिको वैठकमा विज्ञको रुपमा वोलाई गाँउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका काम तथा प्रस्तावित स्थानीय निर्वाचन लगायत विषयमा सुझाव राख्ने अवसर दिनु भएकोमा समिति सभापति माननीय रविन्द्र अधिकारी प्रति आभार ।

मेरो प्रस्तुतिमा रहेका मुख्य ८ वुँदाहरु ः
१) यो आयोगलाई दिईएको कार्य जिम्मेवारी अत्यन्तै साँघुरो भएकोले यसको दायरा फराकिलो पारी परिणाममुखी काम गर्न सक्ने वनाउनु वेश हुने ।

२) स्थानीय तहको पुनःसंरचनाको कुरा गर्दा सवैभन्दा पहिले इमेजको पुनःसंरचनाको कुरा गरौं । अव भिलेज जतिलाई टाउन वनाउने र टाउन जतिलाई सिटी वनाउने ।

३) त्यसपछि दार्शनिक÷सैद्धान्तिक वुझाईको कुरा गरौं । सवसिडियारीटीका कुरा २० औं वर्ष देखि भए तर व्यवहार भएन । अव त्यसलाई साँच्चै कार्यान्वयन गर्ने । सिटी काउन्सिलहरुलाई पोलिटिकल, सिभिल र कर्पाेरेट सेक्टरको अन्तरक्रिया गर्ने र नीति नियमन गर्ने स्थानको रुपमा विकास गर्ने ।

४) स्थानीय तह भनेको सेवा प्रवाह गर्ने कार्यालय मात्र होईन, यो लोकतन्त्र सुदृढ गर्ने ईकाइ पनि हो । यसको संरचना पनि त्यहि ढंगले गर्ने ।

५) संरचना वनाउँदा वडा भन्दा तल नेवरहुड अर्गनाईजेसनहरु वनाई कानूनी हैसियत प्रदान गर्ने । आ आफ्नो समुदायको विकासको कुरामा तिनिहरुलाई जिम्मेवार वनाउने । त्यसमाथी वडा अनि गाउँ वा नगर पालिका वनाउने ।

६) कार्यकारी निकाय र विधायीकी निकाय अलग गर्ने । कार्यकारीहरु (प्रमुख, उप प्रमुख, वडाध्यक्ष आदी) को निर्वाचन प्रत्यक्ष वालिग मतवाट गर्ने र नेवरहुड अर्गनाईजेसनहरु लाई फेडेरेट गरी काउन्सिल वनाउने ।

७) भूगालको कुरा गर्दा अहिले ठिक उल्टो छ । नगर अनावस्यक रुपले ठुल्ठुला र भद्दा छन्, गाउँ अनावस्यक रुपमा साना । अव गाउँ पालिका ठुला ठुला वनाउने र नगरहरु साना साना । ठुला ठुला गाउँ पालिका वनाएर एउटा ठाउँमा सदरमुकाम वनाउने हो भने नयाँ ससाना टाउनसिपहरु वन्दै जानेछन् र पछि त्यो नै सहर वन्नेछ ।

८) अन्तिममा नामको कुरा । जसरी प्रदेशको नामको जिम्मा प्रदेश सभालाई दिईयो त्यसरी स्थानीय तहको नामको जिम्मा पनि उनिहरुलाई नै दिने । अन्यथा नाम कै विवादमा आयोग लामो समय अनिर्णित रहन सक्ने छ र आगामि मंसिरमा चुनाव गर्न नसकिने मुख्य कारण नाम वन्न सक्नेछ ।

Friday, June 17, 2016

वढी प्रप्तांक ल्याउने विद्यार्थीको जिपिए कम प्रप्तांक ल्याउनेको भन्दा कम आउन सक्छ । लेटर ग्रेड विषय सापेक्ष मात्र हुन्छ ।

१. एउटा जमाना थियो हामी लेटरग्रेडका पक्षमा वोल्नेहरु उल्लु वनाईन्थ्यौं । सभा, सम्मेलन, लेखाई, गफगाफ कतै पनि कुरा गर्दा मान्छेहरु हल्का लिन्थे, उडाउथे । विदेशीको नक्कल भन्थे । अनावस्यक भन्थे । तर रमाईलो के देखियो भने तिनै मध्यका कतिपयले फेसवुकमा आफ्ना विद्यार्थी÷सन्तानहरुको ए प्लस भन्दै मक्ख भएर पोष्टिङ्ग गरेको पाईयो । उनिहरुलाई दुःख लाग्ला भनेर व्यक्तिगत रुपमा त कमेण्ट गरेन तर सामुहिक रुपमा लेख्न भने मन लागिहाल्यो ।

२. सामान्य अभिभावक होईन दिग्गज अभिभावकहरु समेत मेरो फलानाको रिजल्ट ए प्लस आयो भन्दैछन् । ए प्लस कुन विषयमा आयो ? विद्वान शिक्षकहरु र विद्यालय संचालकहरु पनि हाम्रो विद्यालयका ८० प्रतिसत विद्यार्थीले ए प्लस ल्याए भनेको देखियो । यस्तो हुदैन । औसत ग्रेड (जिपिए) कति भन्ने पो कुरा हो त । अझ प्रतिसतको कुरा झन रोचक छ । रमाइलो त के हुनसक्छ भने प्रतिसतका कुरा गर्ने र प्राप्तांकका कुरा गर्नेहरु त्यतिवेला जिल्लिन सक्छन् जव आफ्नो विद्यार्थी भन्दा कम प्रप्तांक ल्याउने विद्यार्थीको जिपिए वढी आउनेछ । आठ विषय मध्य ७ वटामा ९९ का दरले प्राप्तांक ल्याउने विद्यार्थीको एउटा विषयमा ८९ आयो भने उसको (प्राप्तांक ७८२ – ९७.७५ प्रतिसत) जिपिए ३.९५ मात्र हुन्छ । जवकी आठ विषय मध्ये ८ वटामा ९१ का दरले प्राप्तांक ल्याउने विद्यार्थीको (प्राप्तांक ७२८ – ९१ प्रतिसत) जिपिए भने ४ हुन्छ । परेन आपत ? त्यसैले लेटर ग्रेडको अर्थ विषय सापेक्ष मात्र हुन्छ । समग्र परिणाम सापेक्ष हुदैन ।

३. फलानो विद्यार्थीको यति प्रतिसत आयो भन्ने कुरा अर्काे एउटा भ्रम हो । किनभने परिक्षा नियन्त्रण कार्यालयले प्रत्यक विषयको उत्तर पुस्तिकाको परिक्षण र सम्परिक्षण अंकमा नै गर्दछ । तर त्यस्तो अंकलाई अक्षर ग्रेडमा रुपान्तरण गरी लव्धांक पत्रमा उल्लेख गर्छ । उत्तर पुस्तिका परिक्षण र सम्परिक्षण एवं अंक लाई अक्षरमा परिणत गर्ने कार्यमा संलग्नहरु वाहेक कसैले पनि विद्यार्थीको प्राप्तांक वा प्रतिसत भन्न सम्भव छैन । उनिहरुले पनि प्रत्यक व्यक्तिको याद गरेका रहेछन भने वा गएर फिर्ता हेर्न पाउने रहेछन् भने मात्र थाहा हुने हो । नत्र भने आफैले दिएको अक्षरलाई समेत अंकमा पुनः वदल्न कसैले पनि सक्दैन । कसैलाई वोर्ड टप, जिल्ला टप, क्षेत्र टप भन्न मिल्दैन । विद्यालय टप पनि भन्न मिल्दैन ।


४. विज्ञान पढुन जिपिए २ र अरु विषय पढ्न जिपिए १.६ आउनै पर्छ । कुनै पनि विषय पढ्न अंग्रेजीमा कम्तिमा ग्रेड डी प्लस आउनै पर्छ । त्यसमा पनि निश्चित विषयमा निश्चित ग्रेड आएको विद्यार्थीले निश्चित विषय पढ्न पाउने भनिएको छ । यस्तो विषय निर्धारण रिजल्ट आउने वेला गर्ने कि ५ वर्ष पहिल्यै ?

५. शिक्षा कानून वनाउदा आजको आजै लागु हुने गरी वनाउन मिल्दैन । कम्तिमा ५ वर्ष देखि विद्यार्थी म यो गर्छु, त्यो गर्छु भन्ने योजना वनाउछ त्यसैले अवको ५ वर्ष पछि यो लागु हुनेछ भनेर वनाउनु पर्छ । उसले त्यही अनुसार योजना वनाउछ । अभिभावक पनि त्यहि अनुसार तयार हुन्छ । आज शिक्षा ऐन पास गर्ने आजै लागु हुने गर्नु अव्यावहारीक र अवैज्ञानिक कुरा हो ।

============
Kindly be clear of Percent, Letter Grade and GPA.
1. Percent = [(Marks obtained by Sita in Sub 1 + Sub 2 + Sub 3 + Sub 4 + Sub 5 + Sub 6 + Sub 7 + Sub 8) ÷ 800 * 100]
Example: [{(81+85+86+75+67+76+91+92) ÷ 800} * 100
(653 ÷ 800) * 100
0.81625 * 100
81.62 %
But who knows this is only the examiner.

2. Letter Grade = A symbol given to the obtained mark in each subject. Once the examiner gives the letter grade, ha/she him/herself cannot convert letters to numbers.
Example: It is correct that 81=A, 85=A, 86=A, 75=B+, 67=B, 76=B+, 91=A+, 92=A+ but no one can say A=81, A=85, A=86, B+=75, B=67, B+=76, A+=91, A+=92. Neither we can sum letters and say the percent against it.

3.  GPA= the average of Grade points. Then, what is grade point? The grade point is a particular number fixed for each letter grade.
Example: A+ = 4, A=3.6, B+=3.2, B=2.8, c= etc.

For above example of Sita, she obtained A in Sub 1, A in Sub 2, A in Sub 3, B+ in Sub 4, B ib Sub 5, B+ in Sub 6, A+ in Sub 7 and A+ in Sub 8. Now her grade point = 3.6+3.6+3.6+ 3.2+2.8+3.2+4+4 or 28

Finally GPA (Grade point average) = (3.6+3.6+3.6+ 3.2+2.8+3.2+4+4) ÷ Number of subjects (the number of subjects in current system SLC exam is 8)
Now, GPA = (3.6+3.6+3.6+ 3.2+2.8+3.2+4+4) ÷8
= 28÷8
= 3.5 (This is the result of Sita in SLC exam)
It is average only. No one can say her percent by calculating GPA, neither we can say she achieved A+, A or B+ in her SLC.

The result of student can only be said like "She obtained 3.5 GPA, neither any letter grade like A+ or A or B+ etc nor any percentage like 80%, 97% or 90% etc.


आजकाल सूचनाको हक अन्तरगत परिक्षाको उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाइन्छ रे आठ ओटै उत्तर पुस्तिकाको प्रतिलिपि मागेर हेरेर हिसाव गरेमा मात्र प्राप्तांक प्राप्त प्रतिसत थाहा हुन सक्ने देखिन्छ

Saturday, June 11, 2016

नयाँ शक्तिवाला साथीहरु जनतालाई माफ गर ।

केहि दिन देखि आज नयाँ शक्तिले पार्टी घोषणा गर्ने भन्ने खवर आईरहेकै हो । वहुदलीय व्यवस्था चाहिन्छ भनेर लडेका र अहिले पनि वहुदलीय लोकतन्त्र (जनवाद) लाई मान्ने म जस्ताहरुले नयाँ पार्टी खुलेको कुरालाई न अचम्म मान्नु जरुरी छ न नकारात्मक लिनु नै । तर आजका सवै जसो ठुला अखवारको ज्याकेट हेर्दा वेला वखत तिनै पत्रिकाहरुले विज्ञापन गर्ने गरेका आफ्नो विज्ञापन दर रेटको सूची भने दोहर्याएर हेर्न मन लाग्यो । अनि २०७२ माघ १५ को अनलाईन खवर डट कममा कोमल भट्टराईको प्रजातान्त्रिक लोकदलको गठन तथा विगठनको मर्मस्पर्षी कथा पनि याद आयो जसमा उहाँले लेख्नुभएको छ ः “लोकदलबाट विदावारी हुने दिन उनीहरुले लोकदल चलाउँदा लागेको ऋणहरुको हिसाब–किताब गरे । त्यस ऋणलाई केन्द्रीय सदस्यहरुबीच समतामूलक वितरण गरे, जुन हरेक सदस्यले पछि चुक्ता गरे ।” कि आफै तिर्नुपर्ला, कि कसैले तिरिदिनु पर्ला । कसैले तिरिदियो भने उस्को गुन तिर्नुपर्ला ।

सोहि लेखमा कोमल भट्टराईले अर्काे पनि कुरा उल्लेख गर्नुभएको छ ः “....... ठाउँ ठाउँबाट बैकल्पिक शक्तिका प्रतिनिधिहरु आफ्ना जिल्ला र गाउँमा विस्तार गर्ने चाहनाका साथ आएका थिए । जिल्लाबाट आएकालाई के लाग्दथ्यो भने पूर्वअर्थमन्त्री पाण्डेले त्यसको (खर्चको) जोहो गर्लान् । तर, त्यहाँ त्यो अवस्था थिएन । ..........जब कोषको कुरा आउँथ्यो गाउँ र जिल्लाबाट आएकाहरु सल्याक सुलुक पर्थे । .......... निराश भई कैयन व्यक्तिहरुले सजिलो बाटो रोजे । .......... हुन पनि हो, आफुले सातु-चामल बोकेर कसैलाई लोकदल बनाउनु जरुरत थिएन, त्यसैले लोकदललाई ग्रामीण तथा जिल्लामा विस्तार गर्न सकिएन ।” डा. वावुराम त झन पूर्व अर्थ मात्र होईन प्रधान मन्त्री ।

विरोधीले फैलाएका नै सही कतिपय नकारात्मक कुराको पनि तत्कालीन सकारात्मक प्रभाव हुँदोरहेछ, दिर्घकालमा जे भए पनि । १६ क्वीण्टल सुनको कथाले प्रभावित भएर वामदेवलाई समर्थन गर्न आएको एउटा टोलीको कथा मैले स्वयं वामदेव कामरेड कै मुख वाट सुनेको हो । अहिले पनि त्यस्ता चर्चा धेरै छन् । विरोधीले नै वनाएका होलान् तर भिड जम्मा गर्न सकारात्मक नै छन् ।

टिकटको झगडामा पार्टी फुटाएका थियोडोर रुज्वेल्टले पार्टी फुटाएको होईन नयाँ शक्ति वनाएको भन्दै संयुक्त राज्य अमेरिकामा पनि प्रोग्रेसिभ पार्टी वनाएका थिए । पुँजिवादवाट दिक्क भएको र सामाजिक मुद्दा प्रधान रहेको तत्कालीन अमेरीकी समाजमा उनका थुप्रै सामाजिक एजेण्डा थिए । अहिले गरिवीवाट आक्रान्त नेपालमा आर्थिक मुद्दा भए सरह । उनको पार्टी सैयौं चराहरुको प्वाँख रोपेर वनाईएको दन्त्य कथाको चरो जस्तो भयो, आज घोषणा गरिने भनिएको नयाँ शक्ति जस्तै । तर न त्यस्ले गति लियो न परिणती, गति विना के को परिणती । इतिहासवाट पाठ नसिक्दा दोहरिन्छ रे । आजै जनपाटी डट कममा उमेश चौहानले लेख्नुभएको कुरा सान्दर्भीक छ । दुईपटक राष्ट्रपति भईसकेका रुजवेल्टले र दुई चोटी मुलुकको कार्यकारी (एक पटक जनसत्ता प्रमुख र एक पटक प्रधानमन्त्री) भईसकेका वावुरामले नयाँ शक्ति वनाउछु भन्दा उस्तै उस्तै दृष्य देखिनुले भविष्यको अनुमान गर्न सजिलो छ । मेरो सुभकामना छ, मेरो अनुमान गलत सावित होस् ।

अन्तमा, आजको जनपाटी डट कममा उमेस चौहानले यसै सन्दर्भमा उल्लेख गर्नुभएको सन्दर्भका साथ आजलाई यत्ती ।

उमेस चौहान लेख्नुहुन्छ ः “नयाँ पार्टी घोषणा गर्न आयोजित कार्यक्रममा एक समर्थकले रुजबेल्टलाई भने, ‘रिपब्लिकन पार्टी थोत्रो हो भन्ने थाहा पाउन तिमीजस्तो विद्वानलाई त ३० वर्ष लाग्यो, अब प्रोग्रेसिभ पार्टी पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई ३० पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया रुजबेल्ट हामीलाई माफ गर ।’”

पुराना शक्ति छोड्दै नयाँ शक्तिको गोलचक्करमा लाग्नु भएका साथीहरु, आआफ्ना पुराना पार्टीहरु थोत्रा रहेछन् भनि थाहा पाउन तपाई जस्ता विद्वानहरुलाई त वर्षौ लाग्यो, अब नयाँ शक्ति पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई कति पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया जनतालाई माफ गर ।

Monday, May 30, 2016

समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो वजेट

सरकारले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो वजेट भरखरै ल्याएको छ । प्रतिकृया स्वरुप वजारमा अनेकथरी विषयमा छलफल चलिरहेका छन् । पक्ष र विपक्षमा भईरहेका ति छलफलहरु सन्तुलित भने कमै छन् । न अन्ध विरोधले त अन्ध प्रशंसाले नै सहि निष्कर्षमा पुगिन्छ । गुण दोषको आधारमा त्यसको वस्तुनिष्ठ समिक्षा जरुरी छ । आउनुस् मज्जाले छलफल गरौं ।

१. चालु आर्थिक वर्षको (०.८ प्रतिसत) तुलनामा ८ गुण अर्थात ८१२ प्रतिसत वढी (६.५ प्रतिसत) आर्थिक वृद्धीको लक्ष्य सहितको आ व २०७३÷७४ को वजेटले १) न्युन लगानी, २) कमजोर उत्पादन क्षेत्र, ३) संरचनागत कमजोरी र ४) भुकम्पको क्षति र आपुर्ति प्रणलीमा आएको असहज स्थितिलाई चालु आ व को न्युन आर्थिक वृद्धिदरका कारण मानेको छ । (यद्यपि भुकम्पको क्षति र आपुर्ति प्रणालीमा आएको असहज स्थितिलाई अर्थमन्त्रीले “गैर आर्थिक” किन भन्नुभयो भन्ने प्रष्ट छैन ।) उपरोक्त वुँदाहरु त्यस्ता ‘पिटफल’ रहेछन् भन्ने निक्र्यौल निकालिएकोले आगामी आ व मा अन्य नयाँ समस्या र कारणहरु आउन त सक्लान कम्तिमा यी कारण चाँहि दोहरिनु हुदैन भन्ने प्रष्ट छ । तर वजेट कार्यान्वयन शिर्षक अन्तरगत यस सम्वन्धमा सजगता अपनाउने वा ‘काउण्टर मिजर’ अपनाउने कुनै वस्तुनिष्ठ योजना देखिदैन ।

२. आर्थिक सिथिलता र प्रतिकुल मौषमका कारण कृषि क्षेत्रमा, खास गरी खाद्यान्न उत्पादनमा आएको ह्रासलाई आर्थिक वृद्धिदर घटेर ०.८ प्रतिसतमा झर्नुको मुख्य कारण नै मानिएको छ । (“प्रतिकुल मौषम” यस्तो शव्दावली हो जसको प्रयोग प्रथम पञ्च वर्षिय योजना देखी हाल सम्मका सवै योजनाहरुको समिक्षामा असफलताको कारणका रुपमा उल्लेख गरिदै आएको छ । न कहिल्यै देशको अर्थतन्त्रलाई कृषि प्रधानवाट अरु नै केहि प्रधानमा वदल्ने प्रयास गरियो न कृषिलाई प्रतिकुल मौषम प्रतिरोधी वनाउने काम नै । नयाँ वजेटलाई यस एङ्गलवाट पनि हेर्नुपर्ने हुन्छ ।)

३. यो वजेटको पहिलो उद्देश्य सम्विधानको कार्यान्वयन भनिएको छ । सम्विधानको कार्यान्वयन भनेको समाजवादोन्मुख अर्थतन्त्रको निर्माण हो । समाजवादोन्मुक अर्थतन्त्रको निर्माण केवल अलोकपृय कार्यक्रमको वोझले थिचिएर मात्र हुने होईन । तर केवल लोकपृय र कथित ‘लोककल्याणकारी’ कृयाकलापले मात्र पनि हुने होईन भन्ने प्रष्ट हुनु जरुरी छ । अहिले ‘आहा ....’ भनेर एकवर्ष पछि ‘धत्यरी ...’ भन्नु नपरोस् ।

४. “कृषिको आधुनिकिकरण” अमुर्त शव्दावलि हो । समाजवादोन्मुख भनिएको वजेटले प्रस्ट रुपमा “कृषिको औद्योगिकरण” शव्दावली प्रयोग गर्न सकेन । त्यस्तै न औद्योगिक पूर्वाधारको विकास शिर्षक अन्तरगत वा वजेट कार्यान्वयन अन्तरगत न संरचनागत÷संस्थागत सुधार अन्तरगत कतै पनि कम्पनि दर्ता प्रकृयालाई सहज र पहँच योग्य वनाउन जिल्ला तहमा विस्तार गरिने छ भन्ने उल्लेख गर्यो । सिंगो मुलुकमा केवल काठमाण्डौमा कोठा कोठामा शाखा अधिकृत थुपारेर कम्पनि दर्ता गर्ने राज्य औद्योगिकरणमा जाने त कुरै छोडौं त्यता जाने सोच्दैछ भन्ने पनि पत्याउने ठाउँ छैन । जुम्ला, हुम्ला, खोटाङ, राजविराज वर्दिया वा दार्चुलाका कृषि कम्पनि खोल्न पनि काठमाण्डौ नै धाउनु पर्ने र त्यसले वढाउने प्रारम्भिक खर्च र प्रशासनिक झण्झटले कुन उद्यमीलाई औद्योगिकरणमा सहभागि हुन प्रेरणा देला ?

५. कृषिको औद्योगिकरणका लागि कृषि कम्पनीहरु खोल्न प्रोत्साहित गर्ने, कम्पनि दर्तालाई सुलभ र सरल पार्ने, कम्पनी मार्फत कारोवार गर्नेलाई ऋणको व्याजदरमा सहुलियत दिने, आयकर, निर्यात शुल्क, अन्य करमा छुट वा सहुलियत दिने केहि त आउनु पथ्र्याे । औद्योगिकरण गरेर मात्रै हुने कुरा हो आफै भैहाल्ने कुरा होईन ।

६. निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम सांसदहरुले घर खेत वेचेर ल्याए जस्तो प्रचार गरिने र खर्च पनि त्यसरी नै गरिने गरेको जगजाहेर छ । वहालवाला सांसदहरु कार्यकारी हुन की निति निर्माता हुन् छुट्याउनै गारो छ । स्थानीय निकाय हिसाव राख्ने तहविलदार र किनाराको साक्षिमा परिणत भएको छ । त्यस्तो खारेज गर्नुपर्ने कार्यक्रमलाई वजेट वृद्धि गरेर कसरी समाजवादोन्मुख हुन सकिएला ? विंडी र चुरुट वाँडेको भरमा भोट पाईने समाजमा करोडौं राज्य श्रोत चलाउन मनोमानी अधिकार दिएर कस्तो लोकतन्त्रको सुदृढिकरण गर्न खोजिएको हो ? लोकतान्त्रिक शासन प्रणली केवल आवधिक निर्वाचन मात्र होईन वरु त्यस प्रकारका निर्वाचनमा प्रतिस्प्रर्धा गर्न पाउने र सक्ने कुरा संग जोडिएको हुन्छ । खल्तिवाट वाँडे जसरी करोडौं वाड्नेहरुको सट्टामा अरु कसले टिकट पाउला ? विपक्षि उमेदवारले कसरी जित्ला ? लोकतन्त्रको यो भन्दा वढी उपहास के हुन्छ ?

७. लोककल्याण रहर होइन बाध्यता हो । औद्योगिकरणको गतिसँग एकाकार हुन नसकेका छूटफूटहरुलाई त्यस गतिसँग एकाकार हुन सघाउने सम्मको मात्र लोककल्याण गर्ने हो । लोककल्याणबाट दीर्घकालिन जीवनयापन सम्भव छैन । तर समाजवादोन्मुख भनिएको वजेटले लोककल्याणका नाममा ल्याएका कतिपय कार्यक्रमहरु अनुत्पादक छन् । अनावस्यक माया गरेर होईन, निर्मम उपचार गरेर मात्र रोग ठिक हुन्छ । रागी अर्थतन्त्रको उपचार लोककल्याणकारी भनिने कामले हुन सक्दैन ।

८. त्यस वाहेक, एकिकृत वस्ती विकासको नमुना (वाजुरा) मा गरिएको विनियाजन र कार्यान्वयनको सफलताले मुलुक भरी नै एकिकृत वस्ती निर्माणमा प्रोत्साहन मिल्नेछ । जसले पूर्वाधारमा गरिने अनुत्पादक लगानी कम गर्न र सुलभ सेवा प्रवाह गर्न योगदान दिनेछ । तत्कालका लागि यता तर्फ धेरैको ध्यान नगए पनि दिर्घकालमा यो एउटा क्रन्तिकारी उदहरण वन्ने छ । छरिएका, अवैज्ञानिक र दुर्गम वस्ती हाम्रो विकासको प्रमुख वाधक मध्य एक हो ।

९. उद्योग व्यवसायलाई नियमित विद्युत आपुर्ती गर्ने घोषणा सम्भवतः यस वजेट कै सवैभन्दा सकारात्मक वुँदा हो (वजेट वक्तव्यको वुँदा नं. १७३) । त्यसका साथै प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न विभिन्न नितिगत, कानुनी तथा अन्य वातावरण वनाउने घोषणा (वुँदा नं. १६४) र नेपाली उत्पादनको अन्तरराष्ट्रिय वजारमा प्रवेश विस्तार गर्न थप मुलुकहरु संग व्यापार सम्झौता गरिने (वुँदा नं. १९७) अत्यन्तै सकारात्मक र औद्योगिकरण मैत्रि छन् ।

१०. भौचरमा आधारित अध्ययन अनुदानको सुरुवात सार्वजनिक तथा अनिवार्य शिक्षाका क्षेत्रमा सकारात्मक सुरुवात हो, जसलाई आगामी दिनमा सिंगै सार्वजनिक क्षेत्रमा विस्तार गर्न सकिने छ ।

११. आफुमाथि कस्तो कर लागु गर्ने र आफुले तिरेको कर कसरी खर्च गर्ने भन्ने विषयको निर्णय गर्न पाउनु नै लोकतान्त्रिक निर्वाचनको सैद्धान्तिक आधार हो । त्यसैले अर्थ विधेयक जनप्रतिनिधि सभामा मात्र प्रस्ताव गर्न पाईने प्रचलन सुरु भएको हो । हाम्रो अर्थतन्त्रमा प्रवासमा रहेका नेपाली नागरिकको विप्रेशणले महत्वपूर्ण हिस्सा ओगटेको छ । तर निर्णय पक्रियामा भने उनिहरुको प्रतिनिधित्व छैन । ऐतिहासिक सम्विधान सभाको निर्वाचनमा समेत उनिहरुले भाग लिन पाएनन् । तर पनि देर आए दुरुस्त आए भने जस्तै यस पटकको वजेटले प्रवासमा रहेका नेपाली नागरिकहरुले नेपालमा हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने अत्यन्त सकारात्मक घोषणा गरेको छ ।

१२. अनुदानको आशा विदेशी ऋणको आशा भन्दा करिब दुई गुणा बढी गर्ने । अनि प्राप्त गर्दा ऋणको तुलनामा अनुदान ३ गुणा बढी पाउने । फिर्ता गर्नु नपर्ने र पाए जति फोकटमा खान पाइने यो सजिलो पेशाले अल्छी बन्दै गएको कार्यान्वयन संयन्त्र (कर्मचारी तन्त्र) अनि त्यसैकारणले घट्दो उत्पादकत्व हाम्रा पिडाहरु हुन् । यो वजेटले वैदेशिक अनुदानको अनुपातमा वैदेशिक ऋण करिव ८९ अर्व वढी लिने घोषणा सकारात्मक कुरा हो ।

Friday, May 20, 2016

आफु पनि सपना देखौं र अरुको सपनालाई पनि सम्मान गरौं ।

के सपना देख्नु गल्ती हो ? त्यसमा पनि समृद्धीको, उन्नतीको सपना ? जस संग समृद्ध स्वाधीन मुलुकको सपना नै छैन उसले नेतृत्व गरेर समाज कता पुर्याउला ? प्रधानमन्त्रि के पि ओली संग हाम्रा कैयौं असहमतीहरु हुनु स्वभाविक , एउटा लोकतान्त्रिक समाजमा शासक संग त्यस्तो असहमती स्वभाविक मात्र होईन वान्छनीय पनि हुन्छ तर उनको समृद्ध मुलुक वनाउने सपनालाई नै निष्कृयता वहुलट्ठी वताउने गरी गरिएको आलोचनाले दुईवटा चित्र स्पष्ट पारेको एक, हामी यति ठगीएका छौं की कसैलाई पनि विश्वास गर्न सकिरहेका छैनौं दुई, हामी सपना समेत देख्न नसक्ने गरी अल्छि छौं अरुले देखेको सपनाको पनि मजाक मात्र वनाउछौं

गान्धीजी सुभाषचन्द्रको मतऐक्यता नरहे पछि दुवैले आफ्नो आफ्नो वाटो लिए गान्धीजीले सुभाषलाईस्वप्नद्रष्टाभन्दै आलोचना गर्नुभयो त्यसको जवाफमा सुभाषले भन्नुभयोहाँ मैं स्वप्नद्रष्टा हुँ, और मुझें ऐसा होने में गर्व है मैं स्वप्न देखता हुँ और मेरा स्वप्न है स्वराज पि जे अव्दुल कलामको वायोग्राफी अग्नि की उडान मा सपनाका वारे उनको विचार उल्लेख : “Dream is not that which you see while sleeping it is something that does not let you sleep.”

२००५ मा संजय लिला भन्सालीले एउटा वेजोड फिल्म निर्देशन गर्नुभो, व्ल्याक अमिताभ वच्चन रानी मुखर्जी अभिनित उक्त फिल्ममा एउटा सेग्मेण्ट जव देख्न, सुन्न वोल्न समेत नजान्ने एउटी विद्यार्थी (रानी मुखर्जी) सहयोगी (अमिताभ) को सहारामा कक्षामा पढीरहेकी हुन्छे शिक्षकले पढाउदै जाँदा कविताको एक हरफ भन्छिन्तुम अपनी आँखों से जो सपने देखते हो ...” यत्तिकैमा त्यो विद्यार्थीले जोडदार असहमती जनाउछे भन्छेआँखे सपने नहीं देखते, मन सपने देखता है मैं आँखों से देख नहीं सकती फिर भी मैं सपने देखती हुँ हमारा सपना है की मै .............” त्यो फिल्म हेर्नेहरुको सपनाका वारेका धरेै मान्यताहरु सम्भवतः परिवर्तन हुन्छन्


आउनुहोस्, आफु पनि सपना देखौं अरुको सपनालाई पनि सम्मान गरौं तिनलाई साकार पार्न space आफ्नो खोजौं पहल गरौं