Friday, May 20, 2016

आफु पनि सपना देखौं र अरुको सपनालाई पनि सम्मान गरौं ।

के सपना देख्नु गल्ती हो ? त्यसमा पनि समृद्धीको, उन्नतीको सपना ? जस संग समृद्ध र स्वाधीन मुलुकको सपना नै छैन उसले नेतृत्व गरेर समाज कता पुर्याउला ? प्रधानमन्त्रि के पि ओली संग हाम्रा कैयौं असहमतीहरु हुनु स्वभाविक छ, एउटा लोकतान्त्रिक समाजमा शासक संग त्यस्तो असहमती स्वभाविक मात्र होईन वान्छनीय पनि हुन्छ । तर उनको समृद्ध मुलुक वनाउने सपनालाई नै निष्कृयता र वहुलट्ठी वताउने गरी गरिएको आलोचनाले दुईवटा चित्र स्पष्ट पारेको छ । एक, हामी यति ठगीएका छौं की कसैलाई पनि विश्वास गर्न सकिरहेका छैनौं । दुई, हामी सपना समेत देख्न नसक्ने गरी अल्छि छौं र अरुले देखेको सपनाको पनि मजाक मात्र वनाउछौं ।

गान्धीजी र सुभाषचन्द्रको मतऐक्यता नरहे पछि दुवैले आफ्नो आफ्नो वाटो लिए । गान्धीजीले सुभाषलाई “स्वप्नद्रष्टा” भन्दै आलोचना गर्नुभयो । त्यसको जवाफमा सुभाषले भन्नुभयो “हाँ मैं स्वप्नद्रष्टा हुँ, और मुझें ऐसा होने में गर्व है । मैं स्वप्न देखता हुँ और मेरा स्वप्न है स्वराज ।”ए पि जे अव्दुल कलामको वायोग्राफी अग्नि की उडान मा सपनाका वारे उनको विचार उल्लेख छ : “Dream is not that which you see while sleeping it is something that does not let you sleep.”

२००५ मा संजय लिला भन्सालीले एउटा वेजोड फिल्म निर्देशन गर्नुभो, व्ल्याक । अमिताभ वच्चन र रानी मुखर्जी अभिनित उक्त फिल्ममा एउटा सेग्मेण्ट छ जव देख्न, सुन्न र वोल्न समेत नजान्ने एउटी विद्यार्थी (रानी मुखर्जी) सहयोगी (अमिताभ) को सहारामा कक्षामा पढीरहेकी हुन्छे । शिक्षकले पढाउदै जाँदा कविताको एक हरफ भन्छिन् “तुम अपनी आँखों से जो सपने देखते हो ...” यत्तिकैमा त्यो विद्यार्थीले जोडदार असहमती जनाउछे र भन्छे “आँखे सपने नहीं देखते, मन सपने देखता है । मैं आँखों से देख नहीं सकती फिर भी मैं सपने देखती हुँ । हमारा सपना है की मै .............” त्यो फिल्म हेर्नेहरुको सपनाका वारेका धरेै मान्यताहरु सम्भवतः परिवर्तन हुन्छन् ।


आउनुहोस्, आफु पनि सपना देखौं र अरुको सपनालाई पनि सम्मान गरौं । तिनलाई साकार पार्न space आफ्नो खोजौं । पहल गरौं ।

No comments: