के
सपना देख्नु गल्ती
हो ? त्यसमा पनि
समृद्धीको, उन्नतीको सपना ? जस
संग समृद्ध र
स्वाधीन मुलुकको सपना नै
छैन उसले नेतृत्व
गरेर समाज कता
पुर्याउला ? प्रधानमन्त्रि के पि
ओली संग हाम्रा
कैयौं असहमतीहरु हुनु
स्वभाविक छ, एउटा
लोकतान्त्रिक समाजमा शासक संग
त्यस्तो असहमती स्वभाविक मात्र
होईन वान्छनीय पनि
हुन्छ । तर
उनको समृद्ध मुलुक
वनाउने सपनालाई नै निष्कृयता
र वहुलट्ठी वताउने
गरी गरिएको आलोचनाले
दुईवटा चित्र स्पष्ट पारेको
छ । एक,
हामी यति ठगीएका
छौं की कसैलाई
पनि विश्वास गर्न
सकिरहेका छैनौं । दुई,
हामी सपना समेत
देख्न नसक्ने गरी
अल्छि छौं र
अरुले देखेको सपनाको
पनि मजाक मात्र
वनाउछौं ।
गान्धीजी
र सुभाषचन्द्रको मतऐक्यता
नरहे पछि दुवैले
आफ्नो आफ्नो वाटो
लिए । गान्धीजीले
सुभाषलाई “स्वप्नद्रष्टा” भन्दै आलोचना गर्नुभयो
। त्यसको जवाफमा
सुभाषले भन्नुभयो “हाँ मैं
स्वप्नद्रष्टा हुँ, और
मुझें ऐसा होने
में गर्व है
। मैं स्वप्न
देखता हुँ और
मेरा स्वप्न है
स्वराज ।”ए
पि जे अव्दुल
कलामको वायोग्राफी अग्नि की
उडान मा सपनाका
वारे उनको विचार
उल्लेख छ : “Dream is not that which you
see while sleeping it is something that does not let you sleep.”
२००५
मा संजय लिला
भन्सालीले एउटा वेजोड
फिल्म निर्देशन गर्नुभो,
व्ल्याक । अमिताभ
वच्चन र रानी
मुखर्जी अभिनित उक्त फिल्ममा
एउटा सेग्मेण्ट छ
जव देख्न, सुन्न
र वोल्न समेत
नजान्ने एउटी विद्यार्थी
(रानी मुखर्जी) सहयोगी
(अमिताभ) को सहारामा
कक्षामा पढीरहेकी हुन्छे ।
शिक्षकले पढाउदै जाँदा कविताको
एक हरफ भन्छिन्
“तुम अपनी आँखों
से जो सपने
देखते हो ...” यत्तिकैमा
त्यो विद्यार्थीले जोडदार
असहमती जनाउछे र भन्छे
“आँखे सपने नहीं
देखते, मन सपने
देखता है ।
मैं आँखों से
देख नहीं सकती
फिर भी मैं
सपने देखती हुँ
। हमारा सपना
है की मै
.............” त्यो फिल्म हेर्नेहरुको सपनाका
वारेका धरेै मान्यताहरु
सम्भवतः परिवर्तन हुन्छन् ।
आउनुहोस्,
आफु पनि सपना
देखौं र अरुको
सपनालाई पनि सम्मान
गरौं । तिनलाई
साकार पार्न space आफ्नो
खोजौं । पहल
गरौं ।
No comments:
Post a Comment