कामरेड मदन
भण्डारीलाई सम्झिनु पर्ने कारण अरु केही नभएर नेपाली क्रान्तिमा उहाँका योगदान नै हुन्
। मुख्य गरी नेपाली क्रान्ति के, कस्तो र कसरी का सन्दर्भमा वुर्जवा पार्टीहरु देखि
सर्वहारा वर्गीय पार्टीहरु समेत संग तत्काल सम्म रहेको अस्पष्टता, अन्यौल र अकर्मण्यता
चिर्दै उहाँको अगुवाईमा विकास गरिएको “नेपाली क्रान्तिको कार्यक्रम जनताको वहुदलिय
जनवाद”
नै उहाँलाई सम्झनु पर्ने प्रमुख कारण हो । त्यसलाई थप विकसित गर्दै कार्यान्वयन गर्नु
उहाँ प्रतिको साँचो श्रद्धान्जली हो । यसै सन्दर्भमा प्रस्तुत छ मेरो पुस्तक
"क्रान्तिका कुरा" वाट उद्धरण गरिएका सान्दर्भिक अंश ।
………………………….
एउटा राजनीतिक दलले पुरानोको
अन्त्य र नयाँको
निर्माणका लागि वनाउने
र नलुकाईकन सार्वजनिक
घोषणा गर्ने विषय
क्रान्तिको कार्यक्रम हो ।
का. मदन भण्डारीले
यसलाई ‘पार्टीले सार्वजनीक रुपमा
फहराएको आफ्ना लक्ष्य सहितको
झण्डा’ भन्नुभएको छ ।
…………………………
मदन भण्डारीले पनि जनवादलाई
मूलरुपमा राजनीतिक पद्दति भएको
र समाजमा रहेको
अर्थतन्त्र अर्थात उत्पादन पद्दतीले
यसको आधारको काम
गर्ने कुरा वताउनु
भएको छ ।
………………………….
राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति र अन्तरराष्ट्रिय
कम्युनिष्ट आन्दोलनको अनुभवबाट सिकेर
का. मदन भण्डारीको
नेतृत्वमा नेपाली विशिष्टताको नयाँ
(जनताको) जनवादी (लोकतान्त्रिक) क्रान्तिको
कार्यक्रम अगाडि ल्यायो ।
यस अघि नेपाल
कम्यूनिष्ट पार्टीले तय गरेको
नेपाली नयाँ जनवादी
क्रान्तिको कार्यक्रममा केही विशेषताहरु
समेत थप गरेर
प्रस्तुत गरिएको त्यस कार्यक्रमलाई
जनताको बहुदलीय जनवाद भनियो
।
……………………..
का. मदन भण्डारीका अनुसार जनताको
वहुदलीय जनवाद भनेको यस्तो
जनवादी राज्यसत्ता (अधिनायकत्व) हो
जसको शासन प्रणालीमा
वहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ ।
……………………………..
२०६२/०६३ को जनआन्दोलन
एउटा जनक्रान्ति थियो
जनताको जनवादी क्रान्ति ।
का. मदन भण्डारीले
भने झैं जनताको
नेतृत्वमा सम्पन्न यस जनक्रान्तिले
नेपाली जनताको शत्रुको रुपमा
रहेको सामन्त तथा
दलाल वर्गको गठजोड
समाप्त पारेको छ । त्यसको नाईकेलाई सत्ताच्यूत
गरेको छ र संयुक्त जनवादी सत्ताको
स्थापना गरेको छ ।
…………………………
नयाँ जनवाद (जनताको वहुदलीय जनवाद)
लाई राजनीतिक, आर्थिक,
सामाजिक, साँस्किृतिक सवै हिसावले
सुदृढ नवनाई हतारमा,
वलपूर्वक समाजवादको स्थापना गरे
मदन भण्डारीले वताउनुभए
जस्तै त्यसको दिगोपना
हुनेछैन ।
………………………
जनताको वहुदलीय जनवाद का. मदन
भण्डारीको नेतृत्वमा नेकपा एमालेले
विकसित गरेको कुरा सत्य
हो तर यो
नेकपा एमालेको मात्र
कार्यक्रम होईन ।
…………………….
का. मदन भण्डारीको अगुवाईमा आएको
यस कार्यक्रमले ठोस
र मुर्तरुप लिन
नपाउँदै उहाँको रहस्यमय दुर्घटनामा
परि मृत्यु भएपछि
उक्त कार्यक्रमको थप
व्याख्या विश्लेषणको जिम्मा कसैले
लिएन । नयाँ
परिवेशमा जाँदा ल्याइएको त्यो
कार्यक्रम सारमा यस अघि
कम्युनिष्ट पार्टीले भन्दै आएको
नयाँ जनवाद भन्दा
भिन्न नभए पनि
रुप, विधि र
प्रक्रियाका क्षेत्रमा भने नौलो
थियो । एकातिर
यो नविन विषय
हुनु, अर्कोतिर यसका
प्रमुख संश्लेषक एवं व्याख्याता
का. भण्डारीको निधन
हुनु र अरुले
या त विरोध
मात्र गर्नु या
त्यसको लिगेसीका लागि हानथाप
मात्र गर्नुले यसलाई
थप विश्लेषण, संस्लेषण
र व्याख्या गर्ने
काम अवरुद्ध भयो
।
……………………
नेपाली क्रान्तिको कार्यक्रममा रुपमा जनताको
बहुदलीय जनवादको विकासमा का.
मदन भण्डारीले नेतृत्वदायी
भूमिका निभाउनुभयो । उहाँले
आफूले सकेजति त्यसको
व्याख्या विश्लेषण पनि गर्नुभयो
। नयाँ ढंगले
सोचिएको कार्यक्रमका कैयौं अदृश्य
पाटा हुन्छन् ।
कैयौं नसुल्झिएका गुत्थीहरु
हुन्छन् । अस्पष्टता
र अन्यौल हुन्छ,
रोचकता र रोमाञ्चकता
हुन्छ । दुर्भाग्यवस
ति सवको समाधान
नहुदै का. भण्डारीको
अवसान भयो ।
तर पनि उहाँले
यसका सन्दर्भमा जे
जति लेख्नुभयो सबैमा
एउटै कुरा लेख्नुभयो
कि यो नयाँ
जनवादी क्रान्तिको कार्यक्रम हो
। यसको शासकीय
स्वरुप बहुदलीय हुनेछ ।
मानव जातिले आफ्नो
विकास क्रममा आर्जन
गरेका असल उपलब्धीहरुलाई
यसले आत्मसात् गरेको
छ र गर्नुपर्छ
। तर उहाँले
यसैलाई सिद्धान्त कहिल्यै बताउनु
भएन । एउटा
असल कम्युनिष्ट भएर
उहाँले माक्र्सवाद–लेनिनवाद प्रति
सधैं श्रद्धा राख्नुभएको
र जनताको बहुदलीय
जनवादलाई आफ्नो क्षमताले भ्याए
सम्म माक्र्सवाद– लेनिनवादबाट
अनुप्राणित गर्ने, त्यसैको आलोकमा
चम्काउने र व्याख्या,
विश्लेषण र विकास
गर्नुभएको पाईन्छ । जनताको
बहुदलीय जनवादका सन्दर्भमा लेखिएका
आफ्ना सबैजस्तो लेखाईहरुमा
उहाँले यसलाई माक्र्सवाद सम्मत
भएको पुष्टि गर्नमा
नै आफूलाई केन्द्रित
राखेको पाईन्छ । उहाँले
‘यो आफैमा सिद्धान्त
हो, यसले कसैको
भर पर्नु पर्दैन’
भनेर कतै प्रकट
गरेको या छद्म
रुपले पनि त्यस
प्रकारको दम्भको प्रदर्शन गरेको
देखिदैंन । वर्तमानमा
जनताको वहुदलीय जनवादका सन्दर्भमा
देखिएको सवैभन्दा महत्वपूर्ण विवाद
र विरोधाभाष नै
यो सिद्धान्त हो
की कार्यक्रम हो
भन्ने हो ।
यसै विवादको समाधानवाट
नै अहिले सतहमा
देखिएका सैद्धान्तिक–असैद्धान्तिक विवादहरुको
समाधानमा योगदान पुग्नेछ ।
त्यसैले यस विषयमा
चर्चा गर्नु सान्दर्भिक
छ ।
No comments:
Post a Comment