Monday, May 30, 2016

समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो वजेट

सरकारले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो वजेट भरखरै ल्याएको छ । प्रतिकृया स्वरुप वजारमा अनेकथरी विषयमा छलफल चलिरहेका छन् । पक्ष र विपक्षमा भईरहेका ति छलफलहरु सन्तुलित भने कमै छन् । न अन्ध विरोधले त अन्ध प्रशंसाले नै सहि निष्कर्षमा पुगिन्छ । गुण दोषको आधारमा त्यसको वस्तुनिष्ठ समिक्षा जरुरी छ । आउनुस् मज्जाले छलफल गरौं ।

१. चालु आर्थिक वर्षको (०.८ प्रतिसत) तुलनामा ८ गुण अर्थात ८१२ प्रतिसत वढी (६.५ प्रतिसत) आर्थिक वृद्धीको लक्ष्य सहितको आ व २०७३÷७४ को वजेटले १) न्युन लगानी, २) कमजोर उत्पादन क्षेत्र, ३) संरचनागत कमजोरी र ४) भुकम्पको क्षति र आपुर्ति प्रणलीमा आएको असहज स्थितिलाई चालु आ व को न्युन आर्थिक वृद्धिदरका कारण मानेको छ । (यद्यपि भुकम्पको क्षति र आपुर्ति प्रणालीमा आएको असहज स्थितिलाई अर्थमन्त्रीले “गैर आर्थिक” किन भन्नुभयो भन्ने प्रष्ट छैन ।) उपरोक्त वुँदाहरु त्यस्ता ‘पिटफल’ रहेछन् भन्ने निक्र्यौल निकालिएकोले आगामी आ व मा अन्य नयाँ समस्या र कारणहरु आउन त सक्लान कम्तिमा यी कारण चाँहि दोहरिनु हुदैन भन्ने प्रष्ट छ । तर वजेट कार्यान्वयन शिर्षक अन्तरगत यस सम्वन्धमा सजगता अपनाउने वा ‘काउण्टर मिजर’ अपनाउने कुनै वस्तुनिष्ठ योजना देखिदैन ।

२. आर्थिक सिथिलता र प्रतिकुल मौषमका कारण कृषि क्षेत्रमा, खास गरी खाद्यान्न उत्पादनमा आएको ह्रासलाई आर्थिक वृद्धिदर घटेर ०.८ प्रतिसतमा झर्नुको मुख्य कारण नै मानिएको छ । (“प्रतिकुल मौषम” यस्तो शव्दावली हो जसको प्रयोग प्रथम पञ्च वर्षिय योजना देखी हाल सम्मका सवै योजनाहरुको समिक्षामा असफलताको कारणका रुपमा उल्लेख गरिदै आएको छ । न कहिल्यै देशको अर्थतन्त्रलाई कृषि प्रधानवाट अरु नै केहि प्रधानमा वदल्ने प्रयास गरियो न कृषिलाई प्रतिकुल मौषम प्रतिरोधी वनाउने काम नै । नयाँ वजेटलाई यस एङ्गलवाट पनि हेर्नुपर्ने हुन्छ ।)

३. यो वजेटको पहिलो उद्देश्य सम्विधानको कार्यान्वयन भनिएको छ । सम्विधानको कार्यान्वयन भनेको समाजवादोन्मुख अर्थतन्त्रको निर्माण हो । समाजवादोन्मुक अर्थतन्त्रको निर्माण केवल अलोकपृय कार्यक्रमको वोझले थिचिएर मात्र हुने होईन । तर केवल लोकपृय र कथित ‘लोककल्याणकारी’ कृयाकलापले मात्र पनि हुने होईन भन्ने प्रष्ट हुनु जरुरी छ । अहिले ‘आहा ....’ भनेर एकवर्ष पछि ‘धत्यरी ...’ भन्नु नपरोस् ।

४. “कृषिको आधुनिकिकरण” अमुर्त शव्दावलि हो । समाजवादोन्मुख भनिएको वजेटले प्रस्ट रुपमा “कृषिको औद्योगिकरण” शव्दावली प्रयोग गर्न सकेन । त्यस्तै न औद्योगिक पूर्वाधारको विकास शिर्षक अन्तरगत वा वजेट कार्यान्वयन अन्तरगत न संरचनागत÷संस्थागत सुधार अन्तरगत कतै पनि कम्पनि दर्ता प्रकृयालाई सहज र पहँच योग्य वनाउन जिल्ला तहमा विस्तार गरिने छ भन्ने उल्लेख गर्यो । सिंगो मुलुकमा केवल काठमाण्डौमा कोठा कोठामा शाखा अधिकृत थुपारेर कम्पनि दर्ता गर्ने राज्य औद्योगिकरणमा जाने त कुरै छोडौं त्यता जाने सोच्दैछ भन्ने पनि पत्याउने ठाउँ छैन । जुम्ला, हुम्ला, खोटाङ, राजविराज वर्दिया वा दार्चुलाका कृषि कम्पनि खोल्न पनि काठमाण्डौ नै धाउनु पर्ने र त्यसले वढाउने प्रारम्भिक खर्च र प्रशासनिक झण्झटले कुन उद्यमीलाई औद्योगिकरणमा सहभागि हुन प्रेरणा देला ?

५. कृषिको औद्योगिकरणका लागि कृषि कम्पनीहरु खोल्न प्रोत्साहित गर्ने, कम्पनि दर्तालाई सुलभ र सरल पार्ने, कम्पनी मार्फत कारोवार गर्नेलाई ऋणको व्याजदरमा सहुलियत दिने, आयकर, निर्यात शुल्क, अन्य करमा छुट वा सहुलियत दिने केहि त आउनु पथ्र्याे । औद्योगिकरण गरेर मात्रै हुने कुरा हो आफै भैहाल्ने कुरा होईन ।

६. निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम सांसदहरुले घर खेत वेचेर ल्याए जस्तो प्रचार गरिने र खर्च पनि त्यसरी नै गरिने गरेको जगजाहेर छ । वहालवाला सांसदहरु कार्यकारी हुन की निति निर्माता हुन् छुट्याउनै गारो छ । स्थानीय निकाय हिसाव राख्ने तहविलदार र किनाराको साक्षिमा परिणत भएको छ । त्यस्तो खारेज गर्नुपर्ने कार्यक्रमलाई वजेट वृद्धि गरेर कसरी समाजवादोन्मुख हुन सकिएला ? विंडी र चुरुट वाँडेको भरमा भोट पाईने समाजमा करोडौं राज्य श्रोत चलाउन मनोमानी अधिकार दिएर कस्तो लोकतन्त्रको सुदृढिकरण गर्न खोजिएको हो ? लोकतान्त्रिक शासन प्रणली केवल आवधिक निर्वाचन मात्र होईन वरु त्यस प्रकारका निर्वाचनमा प्रतिस्प्रर्धा गर्न पाउने र सक्ने कुरा संग जोडिएको हुन्छ । खल्तिवाट वाँडे जसरी करोडौं वाड्नेहरुको सट्टामा अरु कसले टिकट पाउला ? विपक्षि उमेदवारले कसरी जित्ला ? लोकतन्त्रको यो भन्दा वढी उपहास के हुन्छ ?

७. लोककल्याण रहर होइन बाध्यता हो । औद्योगिकरणको गतिसँग एकाकार हुन नसकेका छूटफूटहरुलाई त्यस गतिसँग एकाकार हुन सघाउने सम्मको मात्र लोककल्याण गर्ने हो । लोककल्याणबाट दीर्घकालिन जीवनयापन सम्भव छैन । तर समाजवादोन्मुख भनिएको वजेटले लोककल्याणका नाममा ल्याएका कतिपय कार्यक्रमहरु अनुत्पादक छन् । अनावस्यक माया गरेर होईन, निर्मम उपचार गरेर मात्र रोग ठिक हुन्छ । रागी अर्थतन्त्रको उपचार लोककल्याणकारी भनिने कामले हुन सक्दैन ।

८. त्यस वाहेक, एकिकृत वस्ती विकासको नमुना (वाजुरा) मा गरिएको विनियाजन र कार्यान्वयनको सफलताले मुलुक भरी नै एकिकृत वस्ती निर्माणमा प्रोत्साहन मिल्नेछ । जसले पूर्वाधारमा गरिने अनुत्पादक लगानी कम गर्न र सुलभ सेवा प्रवाह गर्न योगदान दिनेछ । तत्कालका लागि यता तर्फ धेरैको ध्यान नगए पनि दिर्घकालमा यो एउटा क्रन्तिकारी उदहरण वन्ने छ । छरिएका, अवैज्ञानिक र दुर्गम वस्ती हाम्रो विकासको प्रमुख वाधक मध्य एक हो ।

९. उद्योग व्यवसायलाई नियमित विद्युत आपुर्ती गर्ने घोषणा सम्भवतः यस वजेट कै सवैभन्दा सकारात्मक वुँदा हो (वजेट वक्तव्यको वुँदा नं. १७३) । त्यसका साथै प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न विभिन्न नितिगत, कानुनी तथा अन्य वातावरण वनाउने घोषणा (वुँदा नं. १६४) र नेपाली उत्पादनको अन्तरराष्ट्रिय वजारमा प्रवेश विस्तार गर्न थप मुलुकहरु संग व्यापार सम्झौता गरिने (वुँदा नं. १९७) अत्यन्तै सकारात्मक र औद्योगिकरण मैत्रि छन् ।

१०. भौचरमा आधारित अध्ययन अनुदानको सुरुवात सार्वजनिक तथा अनिवार्य शिक्षाका क्षेत्रमा सकारात्मक सुरुवात हो, जसलाई आगामी दिनमा सिंगै सार्वजनिक क्षेत्रमा विस्तार गर्न सकिने छ ।

११. आफुमाथि कस्तो कर लागु गर्ने र आफुले तिरेको कर कसरी खर्च गर्ने भन्ने विषयको निर्णय गर्न पाउनु नै लोकतान्त्रिक निर्वाचनको सैद्धान्तिक आधार हो । त्यसैले अर्थ विधेयक जनप्रतिनिधि सभामा मात्र प्रस्ताव गर्न पाईने प्रचलन सुरु भएको हो । हाम्रो अर्थतन्त्रमा प्रवासमा रहेका नेपाली नागरिकको विप्रेशणले महत्वपूर्ण हिस्सा ओगटेको छ । तर निर्णय पक्रियामा भने उनिहरुको प्रतिनिधित्व छैन । ऐतिहासिक सम्विधान सभाको निर्वाचनमा समेत उनिहरुले भाग लिन पाएनन् । तर पनि देर आए दुरुस्त आए भने जस्तै यस पटकको वजेटले प्रवासमा रहेका नेपाली नागरिकहरुले नेपालमा हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने अत्यन्त सकारात्मक घोषणा गरेको छ ।

१२. अनुदानको आशा विदेशी ऋणको आशा भन्दा करिब दुई गुणा बढी गर्ने । अनि प्राप्त गर्दा ऋणको तुलनामा अनुदान ३ गुणा बढी पाउने । फिर्ता गर्नु नपर्ने र पाए जति फोकटमा खान पाइने यो सजिलो पेशाले अल्छी बन्दै गएको कार्यान्वयन संयन्त्र (कर्मचारी तन्त्र) अनि त्यसैकारणले घट्दो उत्पादकत्व हाम्रा पिडाहरु हुन् । यो वजेटले वैदेशिक अनुदानको अनुपातमा वैदेशिक ऋण करिव ८९ अर्व वढी लिने घोषणा सकारात्मक कुरा हो ।

Friday, May 20, 2016

आफु पनि सपना देखौं र अरुको सपनालाई पनि सम्मान गरौं ।

के सपना देख्नु गल्ती हो ? त्यसमा पनि समृद्धीको, उन्नतीको सपना ? जस संग समृद्ध स्वाधीन मुलुकको सपना नै छैन उसले नेतृत्व गरेर समाज कता पुर्याउला ? प्रधानमन्त्रि के पि ओली संग हाम्रा कैयौं असहमतीहरु हुनु स्वभाविक , एउटा लोकतान्त्रिक समाजमा शासक संग त्यस्तो असहमती स्वभाविक मात्र होईन वान्छनीय पनि हुन्छ तर उनको समृद्ध मुलुक वनाउने सपनालाई नै निष्कृयता वहुलट्ठी वताउने गरी गरिएको आलोचनाले दुईवटा चित्र स्पष्ट पारेको एक, हामी यति ठगीएका छौं की कसैलाई पनि विश्वास गर्न सकिरहेका छैनौं दुई, हामी सपना समेत देख्न नसक्ने गरी अल्छि छौं अरुले देखेको सपनाको पनि मजाक मात्र वनाउछौं

गान्धीजी सुभाषचन्द्रको मतऐक्यता नरहे पछि दुवैले आफ्नो आफ्नो वाटो लिए गान्धीजीले सुभाषलाईस्वप्नद्रष्टाभन्दै आलोचना गर्नुभयो त्यसको जवाफमा सुभाषले भन्नुभयोहाँ मैं स्वप्नद्रष्टा हुँ, और मुझें ऐसा होने में गर्व है मैं स्वप्न देखता हुँ और मेरा स्वप्न है स्वराज पि जे अव्दुल कलामको वायोग्राफी अग्नि की उडान मा सपनाका वारे उनको विचार उल्लेख : “Dream is not that which you see while sleeping it is something that does not let you sleep.”

२००५ मा संजय लिला भन्सालीले एउटा वेजोड फिल्म निर्देशन गर्नुभो, व्ल्याक अमिताभ वच्चन रानी मुखर्जी अभिनित उक्त फिल्ममा एउटा सेग्मेण्ट जव देख्न, सुन्न वोल्न समेत नजान्ने एउटी विद्यार्थी (रानी मुखर्जी) सहयोगी (अमिताभ) को सहारामा कक्षामा पढीरहेकी हुन्छे शिक्षकले पढाउदै जाँदा कविताको एक हरफ भन्छिन्तुम अपनी आँखों से जो सपने देखते हो ...” यत्तिकैमा त्यो विद्यार्थीले जोडदार असहमती जनाउछे भन्छेआँखे सपने नहीं देखते, मन सपने देखता है मैं आँखों से देख नहीं सकती फिर भी मैं सपने देखती हुँ हमारा सपना है की मै .............” त्यो फिल्म हेर्नेहरुको सपनाका वारेका धरेै मान्यताहरु सम्भवतः परिवर्तन हुन्छन्


आउनुहोस्, आफु पनि सपना देखौं अरुको सपनालाई पनि सम्मान गरौं तिनलाई साकार पार्न space आफ्नो खोजौं पहल गरौं

Wednesday, May 18, 2016

आर्थिक सुचकाङ्कहरु र तिनको म्यानुपुलेटिङ प्रस्तुति

५ जेठ २०७३ को कान्तिपुरमा राष्ट्र व्याङ्कको हवाला दिंदै एउटा आर्थिक समाचार प्रकासित छ जसले हाम्रो हालतलाई त द्खाएकै छ साथ साथै हाम्रो विशेषज्ञ चेतना र म्यानुपुलेटिङ सुचना प्रवाहको पनि उदाहरण पेश गरेको छ ।

लामो समय देखि नेपालमा आफ्नो कुनै कुरा वेच्न नहुने रोग विद्यमान छ जसलाई राष्ट्रियताको आवरण दिईएको छ । तर यहाँ मानछे चाँहि जति पनि वेच्न पाईन्छ । त्यस्तो वोक्रे राष्ट्रियताले हामीलाई कति खोक्रो वनाउदै गएको छ भने हामी मुलुकको व्यापार घाटालाई रेमिटान्स संग दाँज्न समेत पछि परेका छैनौं । चालु आर्थिक वर्ष (२०७२/७३) को ९ महिनामा ४ खर्व ७० अर्व (४ खर्व ६९अर्व ७६ करोड) रुपैयाँ को व्यापार घाटा सोहि अवधिको रेमिटान्स (४ खर्व ८१ अर्व रुपैयाँ) ले पूर्ति गरिदिएको देखाएर त्यसलाई मुलुकको अन्तरराष्ट्रिय व्यापारमा सुधार भएको सुचना प्रवाह गरिएको छ जुन एउटा अत्यन्तै झुटो चेतना (False Consciousness) वाहेक केहि पनि होईन ।

भुकम्प र भारतीय नाकावन्दी यस आर्थिक वर्षका विशिष्ट घटनाहरु हुन् । के कारणले भन्ने नखुले पनि समाचार अनुसार यस वर्ष रेमिटान्स ७ प्रतिसतले वढेको छ रे । भुकम्प र नाकावन्दी पछि जिविकोपार्जनका लागि विदेशने श्रमशक्तिमा देखिएको वृद्धिले पनि त्यसलाई स्वभाविक वनाएको हुनसक्छ । भुकम्पका कारण भारत तर्फ र नाकावन्दीका कारण भारत तर्फको व्यापार अवरुद्ध हुन पुगेको अवस्थामा व्यापार घाटा कम भएको देखिएको छ । समान्य अवस्थामा व्यापार घाटामा ८.२ प्रतिसत कमी आउनु सकारात्मक कुरा हुन जान्थ्यो तर नाकावन्दीले आवस्यक वस्तु र सेवाको आयात समेत गर्न नपाएर हाहाकार मच्चिएकोलाई अन्तरराष्ट्रिय व्यापारमा आएको सुधार भन्ने कुन कोणवाट मिल्छ ? के निर्यात वढेर त्यस्तो सुधार देखिएको हो ? होईन । अनि के नाकावन्दी मज्जाको विषय भयो त ? निर्यात त २३ प्रतिसतले घटेको पो रहेछ उल्टै जव की आयात भने त्यति पनि घटेको नभई जम्मा ९.९ प्रतिसत मात्र घटेको रहेछ । ५ खर्व १९ अर्वको आयातको वदलामा ४९ अर्व २४ करोडको निर्यातको अवस्थालाई कहाली लाग्दो भन्ने की सुधार भन्ने ।

सामान्य हिसावले भुकम्पले क्षतिग्रस्त भएको वेला हाम्रो आयात वढेको हुनुपथ्र्याे । तर ९.९ प्रतिसतले घटेको पाईयो । विषम परिस्थितिमा विषम आयात वढेको वेला समेत आयात घट्नु भनेको आवस्यक नियमित आयात घट्नु नै हो । जसले जनजिवन अस्तव्यस्त भएको प्रष्ट हुन्छ । भुकम्प र खासगरी नाकावन्दीका कारण आयात घटेर कोलाहल मच्चिएको कारण खर्च हुन नसकेर देखिएको ‘सञ्चिती’ एवं व्याङ्क तथा वित्तिय संस्थाहरुमा वढेको निक्षेपवाट खुसि हुदै मुलुक संग १५–१७ महिनाका लागि आयात धान्ने सञ्चिती रहेको वताउनु हास्यास्पद छ । भोकै वसेर वचत भएको भन्दै रमाए जस्तो ।

भुकम्प र नाकावन्दी चालु आर्थिक वर्षका विशिष्ट घटनाहरु हुन् । त्यसप्रकारका घटनाहरुको प्रभाव स्वरुप घटेको आयातका आधारमा गरिएको तुलना (र अनुमान) कसरी वस्तुनिष्ठ हुनसक्छ ? अर्काेतर्फ आगामी वर्ष पुनः निर्माण लगायतको तिव्रताका कारण वढ्ने आयातको अनुपातलाई पनि त ध्यान दिनु पर्ला की कसो ?

Sunday, May 15, 2016

कामरेड मदन भण्डारी प्रति हार्दिक श्रद्धान्जली !

कामरेड मदन भण्डारीलाई सम्झिनु पर्ने कारण अरु केही नभएर नेपाली क्रान्तिमा उहाँका योगदान नै हुन् । मुख्य गरी नेपाली क्रान्ति के, कस्तो र कसरी का सन्दर्भमा वुर्जवा पार्टीहरु देखि सर्वहारा वर्गीय पार्टीहरु समेत संग तत्काल सम्म रहेको अस्पष्टता, अन्यौल र अकर्मण्यता चिर्दै उहाँको अगुवाईमा विकास गरिएको “नेपाली क्रान्तिको कार्यक्रम जनताको वहुदलिय जनवाद नै उहाँलाई सम्झनु पर्ने प्रमुख कारण हो । त्यसलाई थप विकसित गर्दै कार्यान्वयन गर्नु उहाँ प्रतिको साँचो श्रद्धान्जली हो । यसै सन्दर्भमा प्रस्तुत छ मेरो पुस्तक "क्रान्तिका कुरा" वाट उद्धरण गरिएका सान्दर्भिक अंश ।

…………………………. एउटा राजनीतिक दलले पुरानोको अन्त्य नयाँको निर्माणका लागि वनाउने नलुकाईकन सार्वजनिक घोषणा गर्ने विषय क्रान्तिको कार्यक्रम हो का. मदन भण्डारीले यसलाईपार्टीले सार्वजनीक रुपमा फहराएको आफ्ना लक्ष्य सहितको झण्डाभन्नुभएको

………………………… मदन भण्डारीले पनि जनवादलाई मूलरुपमा राजनीतिक पद्दति भएको समाजमा रहेको अर्थतन्त्र अर्थात उत्पादन पद्दतीले यसको आधारको काम गर्ने कुरा वताउनु भएको

…………………………. राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभवबाट सिकेर का. मदन भण्डारीको नेतृत्वमा नेपाली विशिष्टताको नयाँ (जनताको) जनवादी (लोकतान्त्रिक) क्रान्तिको कार्यक्रम अगाडि ल्यायो यस अघि नेपाल कम्यूनिष्ट पार्टीले तय गरेको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रममा केही विशेषताहरु समेत थप गरेर प्रस्तुत गरिएको त्यस कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनियो

…………………….. का. मदन भण्डारीका अनुसार जनताको वहुदलीय जनवाद भनेको यस्तो जनवादी राज्यसत्ता (अधिनायकत्व) हो जसको शासन प्रणालीमा वहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ

…………………………….. २०६२/०६३ को जनआन्दोलन एउटा जनक्रान्ति थियो जनताको जनवादी क्रान्ति का. मदन भण्डारीले भने झैं जनताको नेतृत्वमा सम्पन्न यस जनक्रान्तिले नेपाली जनताको शत्रुको रुपमा रहेको सामन्त तथा दलाल वर्गको गठजोड समाप्त पारेको त्यसको नाईकेलाई सत्ताच्यूत गरेको संयुक्त जनवादी सत्ताको स्थापना गरेको

………………………… नयाँ जनवाद (जनताको वहुदलीय जनवाद) लाई राजनीतिक, आर्थिक, सामाजिक, साँस्किृतिक सवै हिसावले सुदृढ नवनाई हतारमा, वलपूर्वक समाजवादको स्थापना गरे मदन भण्डारीले वताउनुभए जस्तै त्यसको दिगोपना हुनेछैन

……………………… जनताको वहुदलीय जनवाद का. मदन भण्डारीको नेतृत्वमा नेकपा एमालेले विकसित गरेको कुरा सत्य हो तर यो नेकपा एमालेको मात्र कार्यक्रम होईन

……………………. का. मदन भण्डारीको अगुवाईमा आएको यस कार्यक्रमले ठोस मुर्तरुप लिन नपाउँदै उहाँको रहस्यमय दुर्घटनामा परि मृत्यु भएपछि उक्त कार्यक्रमको थप व्याख्या विश्लेषणको जिम्मा कसैले लिएन नयाँ परिवेशमा जाँदा ल्याइएको त्यो कार्यक्रम सारमा यस अघि कम्युनिष्ट पार्टीले भन्दै आएको नयाँ जनवाद भन्दा भिन्न नभए पनि रुप, विधि प्रक्रियाका क्षेत्रमा भने नौलो थियो एकातिर यो नविन विषय हुनु, अर्कोतिर यसका प्रमुख संश्लेषक एवं व्याख्याता का. भण्डारीको निधन हुनु अरुले या विरोध मात्र गर्नु या त्यसको लिगेसीका लागि हानथाप मात्र गर्नुले यसलाई थप विश्लेषण, संस्लेषण व्याख्या गर्ने काम अवरुद्ध भयो


…………………… नेपाली क्रान्तिको कार्यक्रममा रुपमा जनताको बहुदलीय जनवादको विकासमा का. मदन भण्डारीले नेतृत्वदायी भूमिका निभाउनुभयो उहाँले आफूले सकेजति त्यसको व्याख्या विश्लेषण पनि गर्नुभयो नयाँ ढंगले सोचिएको कार्यक्रमका कैयौं अदृश्य पाटा हुन्छन् कैयौं नसुल्झिएका गुत्थीहरु हुन्छन् अस्पष्टता अन्यौल हुन्छ, रोचकता रोमाञ्चकता हुन्छ दुर्भाग्यवस ति सवको समाधान नहुदै का. भण्डारीको अवसान भयो तर पनि उहाँले यसका सन्दर्भमा जे जति लेख्नुभयो सबैमा एउटै कुरा लेख्नुभयो कि यो नयाँ जनवादी क्रान्तिको कार्यक्रम हो यसको शासकीय स्वरुप बहुदलीय हुनेछ मानव जातिले आफ्नो विकास क्रममा आर्जन गरेका असल उपलब्धीहरुलाई यसले आत्मसात् गरेको गर्नुपर्छ तर उहाँले यसैलाई सिद्धान्त कहिल्यै बताउनु भएन एउटा असल कम्युनिष्ट भएर उहाँले माक्र्सवादलेनिनवाद प्रति सधैं श्रद्धा राख्नुभएको जनताको बहुदलीय जनवादलाई आफ्नो क्षमताले भ्याए सम्म माक्र्सवादलेनिनवादबाट अनुप्राणित गर्ने, त्यसैको आलोकमा चम्काउने व्याख्या, विश्लेषण विकास गर्नुभएको पाईन्छ जनताको बहुदलीय जनवादका सन्दर्भमा लेखिएका आफ्ना सबैजस्तो लेखाईहरुमा उहाँले यसलाई माक्र्सवाद सम्मत भएको पुष्टि गर्नमा नै आफूलाई केन्द्रित राखेको पाईन्छ उहाँलेयो आफैमा सिद्धान्त हो, यसले कसैको भर पर्नु पर्दैनभनेर कतै प्रकट गरेको या छद्म रुपले पनि त्यस प्रकारको दम्भको प्रदर्शन गरेको देखिदैंन वर्तमानमा जनताको वहुदलीय जनवादका सन्दर्भमा देखिएको सवैभन्दा महत्वपूर्ण विवाद विरोधाभाष नै यो सिद्धान्त हो की कार्यक्रम हो भन्ने हो यसै विवादको समाधानवाट नै अहिले सतहमा देखिएका सैद्धान्तिकअसैद्धान्तिक विवादहरुको समाधानमा योगदान पुग्नेछ त्यसैले यस विषयमा चर्चा गर्नु सान्दर्भिक

Friday, May 13, 2016

नयाँ वजेट आउदै छ रे ।

लामो समय सम्मको देशीय सामन्तवादको सिमित सम्प्रभुता र विदेशी एकाधिकार पूँजीको अधिनताले देशीय पूँजीको विकासमा मात्र अवरोध खडा गरेको छैन अपितु त्यसले वाह्य पूँजीको स्वतन्त्र प्रवाहमा समेत अवरोध खडा गरेको छ । दलालीवाट प्राप्त हुने सीमित लाभको चक्करमा त्यस्तो अर्धऔपनिवेशीकताले नै पूँजीको विकासमा र प्रकारान्तले अन्ततः पूँजीवादकै विकासमा तगारो हालेको छ । विदेशी पूँजी समस्या होईन । समस्या हो त्यसको एकाधिकारी अधिनता र दलाल वर्ग पैदा गर्ने षडयन्त्र । पूँजी जहाँ छ त्यहीबाट आउने हो । जसरी ंश्रमिक जनताको कुनै मुलुक हुँदैन त्यसरी नै पूँजीको पनि कुनै मुलुक छैन । राष्ट्रिय पूँजी केवल एउटा भ्रम हो । दलाल अर्थतन्त्रको रक्षाकवच हो । त्यस भ्रमबाट कम्युनिष्ट पार्टी उठ्नै पर्छ र त्यस रक्षाकवचलाई च्यातचुत पार्नै पर्छ । नेपालले आफुलाई विश्वव्यापि अर्थतन्त्रसँग एकाकार गर्न हिच्किचाउनु हुँदैन । प्रत्यक्ष विदेशी लगानी र स्वतन्त्र व्यापारको माध्यमबाट दलाल अर्थतन्त्रलाई ध्वस्त गरेर नयाँ युगमा प्रवेश गर्न ढिला भई सकेको छ ।

अनुदानको आशा विदेशी ऋणको आशा भन्दा करिब दुई गुणा बढी गर्ने । अनि प्राप्त गर्दा हामी ऋणको तुलनामा अनुदान ३ गुणा बढी पाउँछौं । फिर्ता गर्नु नपर्ने र पाए जति फोकटमा खान पाइने यो सजिलो पेशाले अल्छी बनाउँछ, उत्पादकत्व बढाउँदैनन् ।

विश्लेषकहरुका अनुसार विदेशी सहायताको परिचालनमा कमी हुनुमा खर्च गर्ने क्षमताको कमी र विदेशी सहायताका शर्तहरु पूरा गर्न कठिनाईलाई कारक मानिएको छ । प्रष्ट छ हामी अल्छि भयौं । खर्च गर्न समेत नसक्ने गरि अल्छि । अनि शर्तहरु कठिन देख्न थाल्यौं । किन कठिन शर्त मान्ने ? किन दुःख गर्ने ? किन मेहनत गर्ने ? यो भन्दा नालायकी के हुन सक्छ ? त्यसैले यो परिस्थितिलाई न उल्टाएसम्म विकास, प्रगति, उन्नती केहि सम्भव छैन ।

२०६७/०६८ को एउटा तथ्यांक हेरौं– जहाँ वैदेशिक सहायताको आशा १४०.६६ अर्वको थियो । जसमध्य ५६.५२ अर्ब मात्र विदेशी ऋणको आशा गरिएको थियो भने बाँकी ८४.१४ अर्ब त फोकटमा पाइने अनुदानकै आशा थियो । जब आशा नै त्यस प्रकारको हुन्छ भने प्रयास पनि त्यस्तै र प्रगति पनि त्यस्तै हुने नै भयो । अब प्रगति तर्फ हेरौं । उपरोक्त आशा मध्य कुल ९३.५५ अर्व विदेशी सहायता प्राप्त भएको रहेछ । अर्थात् ६६.५० प्रतिशत आशा पूरा भएको छ । पूरा भएको आशा अर्थात् ९३.५५ अर्ब मध्य जम्मा २४.७९ अर्व मात्र अर्थात् प्राप्त सहायताको जम्मा २६.४९% मात्र ऋणबाट आएको छ भने बाँकी ६८.७६ अर्ब अर्थात् ७३.५०% त त्यही फोकटमा खान पाइने पैशा पाइएको छ जसलाई पुनर्उत्पादनमा लगाई पूँजी आर्जन गरेर फिर्ता गर्नुपर्ने छैन । त्यसैमा पनि अनेक बाहना बाजी गर्न पाइन्छ । यसरी फोकटमा खाने आशा गर्ने, पहल पनि त्यतै तर्फ गर्ने भएपछि पाउने पनि त्यस्तै भयो । त्यसले जनता र मुलुकलाई अल्छि बनाई उत्पादकत्व ह्रास पाइयो र अन्ततः प्रगति, उन्नति, समृद्धि सबै दन्त्यकथाका पात्रहरु मात्र हुन पुगे ।

पर्दा पछाडिबाट शर्तहरु मञ्जुर गराउने र पूँजीको विकासमा अवरोध खडा गर्ने अनुत्पादक ‘अनुदान’ पूँजीको सट्टा कठोर नै भए पनि प्रत्यक्ष शर्तहरु रहेको वैदेशिक ऋण एवं प्रत्यक्ष विदेशी लगानी नै उपयुक्त बाटो हो । विश्व बैंक र मुद्रा कोषका पैसाले युरोप विकसित हुन सक्छ, हामी किन सक्दैनौ । ऋण केवल बोझ वा भार होइन त्यो दायित्व र विश्वास पनि हो । त्यो पूँजी संकलनको बहु प्रचलित र परिक्षण गरिएको उपाय हो । ऋणबाट हामी बिशाल पैमानामा पूर्वाधारको विकास गरौं ता कि वाह्य पूँजीले भित्रिने अवस्था देखोस् । यस्तो लगानी मैत्री वातावरण बनाऔं कि सकेसम्म प्रत्यक्ष विदेशी पूँजी भित्रियोस् ।

सकेसम्म विदेशी ऋण लिई पूर्वाधारको विकास, विदेशी प्रत्यक्ष लगानी (Foreign direct investment) वाट रोजगारीको सृजना र स्वतन्त्र व्यापार (Free trade) का माध्यमवाट वस्तुको छनौट सहितको पर्याप्त उपलव्धता प्राप्त गर्न सकिनेछ । यो नै समृद्धीको वाटो हो । यस सत्यलाई जतिसक्दो छिटो आत्मसात् गर्ने र बढी भन्दा बढी मुलुकको अर्थतन्त्रसँग बढी भन्दा बढी साझेदारी गर्ने कामले नै अन्ततः सामन्तवादी–साम्राज्यवादी अर्थतन्त्र र त्यसलाई जोगाउन निर्वाचित, मनोनित, छनौट सबै विधिबाट तयार पारिएको दलाल नोकरशाही तन्त्रबाट मुक्ति मिल्नेछ । यही बाटोवाट नै प्रारम्भिक पूँजीवाद आक्रामक रुपमा विकसित हुदै वचेखुचेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था समेत ध्वस्त गर्दै अग्रगमन तर्फ पदार्पण गर्नेछ । त्यसको सट्टा हुदै नभएको राष्ट्रिय पूँजीपतिवर्गको नेतृत्वमा, हुदै नभएको राष्ट्रिय पूँजीले कथित राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै हतार हतारमा समाजवाद तर्फ जाने कुरा सपना हो, स्वैरकल्पना हो ।