Tuesday, June 21, 2016

गाउँ पालिका ठुला ठुला वनाऔं र नगरहरु साना साना

व्यवस्थापिका संसदको विकास समितिको वैठकमा विज्ञको रुपमा वोलाई गाँउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका काम तथा प्रस्तावित स्थानीय निर्वाचन लगायत विषयमा सुझाव राख्ने अवसर दिनु भएकोमा समिति सभापति माननीय रविन्द्र अधिकारी प्रति आभार ।

मेरो प्रस्तुतिमा रहेका मुख्य ८ वुँदाहरु ः
१) यो आयोगलाई दिईएको कार्य जिम्मेवारी अत्यन्तै साँघुरो भएकोले यसको दायरा फराकिलो पारी परिणाममुखी काम गर्न सक्ने वनाउनु वेश हुने ।

२) स्थानीय तहको पुनःसंरचनाको कुरा गर्दा सवैभन्दा पहिले इमेजको पुनःसंरचनाको कुरा गरौं । अव भिलेज जतिलाई टाउन वनाउने र टाउन जतिलाई सिटी वनाउने ।

३) त्यसपछि दार्शनिक÷सैद्धान्तिक वुझाईको कुरा गरौं । सवसिडियारीटीका कुरा २० औं वर्ष देखि भए तर व्यवहार भएन । अव त्यसलाई साँच्चै कार्यान्वयन गर्ने । सिटी काउन्सिलहरुलाई पोलिटिकल, सिभिल र कर्पाेरेट सेक्टरको अन्तरक्रिया गर्ने र नीति नियमन गर्ने स्थानको रुपमा विकास गर्ने ।

४) स्थानीय तह भनेको सेवा प्रवाह गर्ने कार्यालय मात्र होईन, यो लोकतन्त्र सुदृढ गर्ने ईकाइ पनि हो । यसको संरचना पनि त्यहि ढंगले गर्ने ।

५) संरचना वनाउँदा वडा भन्दा तल नेवरहुड अर्गनाईजेसनहरु वनाई कानूनी हैसियत प्रदान गर्ने । आ आफ्नो समुदायको विकासको कुरामा तिनिहरुलाई जिम्मेवार वनाउने । त्यसमाथी वडा अनि गाउँ वा नगर पालिका वनाउने ।

६) कार्यकारी निकाय र विधायीकी निकाय अलग गर्ने । कार्यकारीहरु (प्रमुख, उप प्रमुख, वडाध्यक्ष आदी) को निर्वाचन प्रत्यक्ष वालिग मतवाट गर्ने र नेवरहुड अर्गनाईजेसनहरु लाई फेडेरेट गरी काउन्सिल वनाउने ।

७) भूगालको कुरा गर्दा अहिले ठिक उल्टो छ । नगर अनावस्यक रुपले ठुल्ठुला र भद्दा छन्, गाउँ अनावस्यक रुपमा साना । अव गाउँ पालिका ठुला ठुला वनाउने र नगरहरु साना साना । ठुला ठुला गाउँ पालिका वनाएर एउटा ठाउँमा सदरमुकाम वनाउने हो भने नयाँ ससाना टाउनसिपहरु वन्दै जानेछन् र पछि त्यो नै सहर वन्नेछ ।

८) अन्तिममा नामको कुरा । जसरी प्रदेशको नामको जिम्मा प्रदेश सभालाई दिईयो त्यसरी स्थानीय तहको नामको जिम्मा पनि उनिहरुलाई नै दिने । अन्यथा नाम कै विवादमा आयोग लामो समय अनिर्णित रहन सक्ने छ र आगामि मंसिरमा चुनाव गर्न नसकिने मुख्य कारण नाम वन्न सक्नेछ ।

Friday, June 17, 2016

वढी प्रप्तांक ल्याउने विद्यार्थीको जिपिए कम प्रप्तांक ल्याउनेको भन्दा कम आउन सक्छ । लेटर ग्रेड विषय सापेक्ष मात्र हुन्छ ।

१. एउटा जमाना थियो हामी लेटरग्रेडका पक्षमा वोल्नेहरु उल्लु वनाईन्थ्यौं । सभा, सम्मेलन, लेखाई, गफगाफ कतै पनि कुरा गर्दा मान्छेहरु हल्का लिन्थे, उडाउथे । विदेशीको नक्कल भन्थे । अनावस्यक भन्थे । तर रमाईलो के देखियो भने तिनै मध्यका कतिपयले फेसवुकमा आफ्ना विद्यार्थी÷सन्तानहरुको ए प्लस भन्दै मक्ख भएर पोष्टिङ्ग गरेको पाईयो । उनिहरुलाई दुःख लाग्ला भनेर व्यक्तिगत रुपमा त कमेण्ट गरेन तर सामुहिक रुपमा लेख्न भने मन लागिहाल्यो ।

२. सामान्य अभिभावक होईन दिग्गज अभिभावकहरु समेत मेरो फलानाको रिजल्ट ए प्लस आयो भन्दैछन् । ए प्लस कुन विषयमा आयो ? विद्वान शिक्षकहरु र विद्यालय संचालकहरु पनि हाम्रो विद्यालयका ८० प्रतिसत विद्यार्थीले ए प्लस ल्याए भनेको देखियो । यस्तो हुदैन । औसत ग्रेड (जिपिए) कति भन्ने पो कुरा हो त । अझ प्रतिसतको कुरा झन रोचक छ । रमाइलो त के हुनसक्छ भने प्रतिसतका कुरा गर्ने र प्राप्तांकका कुरा गर्नेहरु त्यतिवेला जिल्लिन सक्छन् जव आफ्नो विद्यार्थी भन्दा कम प्रप्तांक ल्याउने विद्यार्थीको जिपिए वढी आउनेछ । आठ विषय मध्य ७ वटामा ९९ का दरले प्राप्तांक ल्याउने विद्यार्थीको एउटा विषयमा ८९ आयो भने उसको (प्राप्तांक ७८२ – ९७.७५ प्रतिसत) जिपिए ३.९५ मात्र हुन्छ । जवकी आठ विषय मध्ये ८ वटामा ९१ का दरले प्राप्तांक ल्याउने विद्यार्थीको (प्राप्तांक ७२८ – ९१ प्रतिसत) जिपिए भने ४ हुन्छ । परेन आपत ? त्यसैले लेटर ग्रेडको अर्थ विषय सापेक्ष मात्र हुन्छ । समग्र परिणाम सापेक्ष हुदैन ।

३. फलानो विद्यार्थीको यति प्रतिसत आयो भन्ने कुरा अर्काे एउटा भ्रम हो । किनभने परिक्षा नियन्त्रण कार्यालयले प्रत्यक विषयको उत्तर पुस्तिकाको परिक्षण र सम्परिक्षण अंकमा नै गर्दछ । तर त्यस्तो अंकलाई अक्षर ग्रेडमा रुपान्तरण गरी लव्धांक पत्रमा उल्लेख गर्छ । उत्तर पुस्तिका परिक्षण र सम्परिक्षण एवं अंक लाई अक्षरमा परिणत गर्ने कार्यमा संलग्नहरु वाहेक कसैले पनि विद्यार्थीको प्राप्तांक वा प्रतिसत भन्न सम्भव छैन । उनिहरुले पनि प्रत्यक व्यक्तिको याद गरेका रहेछन भने वा गएर फिर्ता हेर्न पाउने रहेछन् भने मात्र थाहा हुने हो । नत्र भने आफैले दिएको अक्षरलाई समेत अंकमा पुनः वदल्न कसैले पनि सक्दैन । कसैलाई वोर्ड टप, जिल्ला टप, क्षेत्र टप भन्न मिल्दैन । विद्यालय टप पनि भन्न मिल्दैन ।


४. विज्ञान पढुन जिपिए २ र अरु विषय पढ्न जिपिए १.६ आउनै पर्छ । कुनै पनि विषय पढ्न अंग्रेजीमा कम्तिमा ग्रेड डी प्लस आउनै पर्छ । त्यसमा पनि निश्चित विषयमा निश्चित ग्रेड आएको विद्यार्थीले निश्चित विषय पढ्न पाउने भनिएको छ । यस्तो विषय निर्धारण रिजल्ट आउने वेला गर्ने कि ५ वर्ष पहिल्यै ?

५. शिक्षा कानून वनाउदा आजको आजै लागु हुने गरी वनाउन मिल्दैन । कम्तिमा ५ वर्ष देखि विद्यार्थी म यो गर्छु, त्यो गर्छु भन्ने योजना वनाउछ त्यसैले अवको ५ वर्ष पछि यो लागु हुनेछ भनेर वनाउनु पर्छ । उसले त्यही अनुसार योजना वनाउछ । अभिभावक पनि त्यहि अनुसार तयार हुन्छ । आज शिक्षा ऐन पास गर्ने आजै लागु हुने गर्नु अव्यावहारीक र अवैज्ञानिक कुरा हो ।

============
Kindly be clear of Percent, Letter Grade and GPA.
1. Percent = [(Marks obtained by Sita in Sub 1 + Sub 2 + Sub 3 + Sub 4 + Sub 5 + Sub 6 + Sub 7 + Sub 8) ÷ 800 * 100]
Example: [{(81+85+86+75+67+76+91+92) ÷ 800} * 100
(653 ÷ 800) * 100
0.81625 * 100
81.62 %
But who knows this is only the examiner.

2. Letter Grade = A symbol given to the obtained mark in each subject. Once the examiner gives the letter grade, ha/she him/herself cannot convert letters to numbers.
Example: It is correct that 81=A, 85=A, 86=A, 75=B+, 67=B, 76=B+, 91=A+, 92=A+ but no one can say A=81, A=85, A=86, B+=75, B=67, B+=76, A+=91, A+=92. Neither we can sum letters and say the percent against it.

3.  GPA= the average of Grade points. Then, what is grade point? The grade point is a particular number fixed for each letter grade.
Example: A+ = 4, A=3.6, B+=3.2, B=2.8, c= etc.

For above example of Sita, she obtained A in Sub 1, A in Sub 2, A in Sub 3, B+ in Sub 4, B ib Sub 5, B+ in Sub 6, A+ in Sub 7 and A+ in Sub 8. Now her grade point = 3.6+3.6+3.6+ 3.2+2.8+3.2+4+4 or 28

Finally GPA (Grade point average) = (3.6+3.6+3.6+ 3.2+2.8+3.2+4+4) ÷ Number of subjects (the number of subjects in current system SLC exam is 8)
Now, GPA = (3.6+3.6+3.6+ 3.2+2.8+3.2+4+4) ÷8
= 28÷8
= 3.5 (This is the result of Sita in SLC exam)
It is average only. No one can say her percent by calculating GPA, neither we can say she achieved A+, A or B+ in her SLC.

The result of student can only be said like "She obtained 3.5 GPA, neither any letter grade like A+ or A or B+ etc nor any percentage like 80%, 97% or 90% etc.


आजकाल सूचनाको हक अन्तरगत परिक्षाको उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाइन्छ रे आठ ओटै उत्तर पुस्तिकाको प्रतिलिपि मागेर हेरेर हिसाव गरेमा मात्र प्राप्तांक प्राप्त प्रतिसत थाहा हुन सक्ने देखिन्छ

Saturday, June 11, 2016

नयाँ शक्तिवाला साथीहरु जनतालाई माफ गर ।

केहि दिन देखि आज नयाँ शक्तिले पार्टी घोषणा गर्ने भन्ने खवर आईरहेकै हो । वहुदलीय व्यवस्था चाहिन्छ भनेर लडेका र अहिले पनि वहुदलीय लोकतन्त्र (जनवाद) लाई मान्ने म जस्ताहरुले नयाँ पार्टी खुलेको कुरालाई न अचम्म मान्नु जरुरी छ न नकारात्मक लिनु नै । तर आजका सवै जसो ठुला अखवारको ज्याकेट हेर्दा वेला वखत तिनै पत्रिकाहरुले विज्ञापन गर्ने गरेका आफ्नो विज्ञापन दर रेटको सूची भने दोहर्याएर हेर्न मन लाग्यो । अनि २०७२ माघ १५ को अनलाईन खवर डट कममा कोमल भट्टराईको प्रजातान्त्रिक लोकदलको गठन तथा विगठनको मर्मस्पर्षी कथा पनि याद आयो जसमा उहाँले लेख्नुभएको छ ः “लोकदलबाट विदावारी हुने दिन उनीहरुले लोकदल चलाउँदा लागेको ऋणहरुको हिसाब–किताब गरे । त्यस ऋणलाई केन्द्रीय सदस्यहरुबीच समतामूलक वितरण गरे, जुन हरेक सदस्यले पछि चुक्ता गरे ।” कि आफै तिर्नुपर्ला, कि कसैले तिरिदिनु पर्ला । कसैले तिरिदियो भने उस्को गुन तिर्नुपर्ला ।

सोहि लेखमा कोमल भट्टराईले अर्काे पनि कुरा उल्लेख गर्नुभएको छ ः “....... ठाउँ ठाउँबाट बैकल्पिक शक्तिका प्रतिनिधिहरु आफ्ना जिल्ला र गाउँमा विस्तार गर्ने चाहनाका साथ आएका थिए । जिल्लाबाट आएकालाई के लाग्दथ्यो भने पूर्वअर्थमन्त्री पाण्डेले त्यसको (खर्चको) जोहो गर्लान् । तर, त्यहाँ त्यो अवस्था थिएन । ..........जब कोषको कुरा आउँथ्यो गाउँ र जिल्लाबाट आएकाहरु सल्याक सुलुक पर्थे । .......... निराश भई कैयन व्यक्तिहरुले सजिलो बाटो रोजे । .......... हुन पनि हो, आफुले सातु-चामल बोकेर कसैलाई लोकदल बनाउनु जरुरत थिएन, त्यसैले लोकदललाई ग्रामीण तथा जिल्लामा विस्तार गर्न सकिएन ।” डा. वावुराम त झन पूर्व अर्थ मात्र होईन प्रधान मन्त्री ।

विरोधीले फैलाएका नै सही कतिपय नकारात्मक कुराको पनि तत्कालीन सकारात्मक प्रभाव हुँदोरहेछ, दिर्घकालमा जे भए पनि । १६ क्वीण्टल सुनको कथाले प्रभावित भएर वामदेवलाई समर्थन गर्न आएको एउटा टोलीको कथा मैले स्वयं वामदेव कामरेड कै मुख वाट सुनेको हो । अहिले पनि त्यस्ता चर्चा धेरै छन् । विरोधीले नै वनाएका होलान् तर भिड जम्मा गर्न सकारात्मक नै छन् ।

टिकटको झगडामा पार्टी फुटाएका थियोडोर रुज्वेल्टले पार्टी फुटाएको होईन नयाँ शक्ति वनाएको भन्दै संयुक्त राज्य अमेरिकामा पनि प्रोग्रेसिभ पार्टी वनाएका थिए । पुँजिवादवाट दिक्क भएको र सामाजिक मुद्दा प्रधान रहेको तत्कालीन अमेरीकी समाजमा उनका थुप्रै सामाजिक एजेण्डा थिए । अहिले गरिवीवाट आक्रान्त नेपालमा आर्थिक मुद्दा भए सरह । उनको पार्टी सैयौं चराहरुको प्वाँख रोपेर वनाईएको दन्त्य कथाको चरो जस्तो भयो, आज घोषणा गरिने भनिएको नयाँ शक्ति जस्तै । तर न त्यस्ले गति लियो न परिणती, गति विना के को परिणती । इतिहासवाट पाठ नसिक्दा दोहरिन्छ रे । आजै जनपाटी डट कममा उमेश चौहानले लेख्नुभएको कुरा सान्दर्भीक छ । दुईपटक राष्ट्रपति भईसकेका रुजवेल्टले र दुई चोटी मुलुकको कार्यकारी (एक पटक जनसत्ता प्रमुख र एक पटक प्रधानमन्त्री) भईसकेका वावुरामले नयाँ शक्ति वनाउछु भन्दा उस्तै उस्तै दृष्य देखिनुले भविष्यको अनुमान गर्न सजिलो छ । मेरो सुभकामना छ, मेरो अनुमान गलत सावित होस् ।

अन्तमा, आजको जनपाटी डट कममा उमेस चौहानले यसै सन्दर्भमा उल्लेख गर्नुभएको सन्दर्भका साथ आजलाई यत्ती ।

उमेस चौहान लेख्नुहुन्छ ः “नयाँ पार्टी घोषणा गर्न आयोजित कार्यक्रममा एक समर्थकले रुजबेल्टलाई भने, ‘रिपब्लिकन पार्टी थोत्रो हो भन्ने थाहा पाउन तिमीजस्तो विद्वानलाई त ३० वर्ष लाग्यो, अब प्रोग्रेसिभ पार्टी पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई ३० पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया रुजबेल्ट हामीलाई माफ गर ।’”

पुराना शक्ति छोड्दै नयाँ शक्तिको गोलचक्करमा लाग्नु भएका साथीहरु, आआफ्ना पुराना पार्टीहरु थोत्रा रहेछन् भनि थाहा पाउन तपाई जस्ता विद्वानहरुलाई त वर्षौ लाग्यो, अब नयाँ शक्ति पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई कति पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया जनतालाई माफ गर ।