केहि दिन देखि आज नयाँ शक्तिले पार्टी घोषणा गर्ने भन्ने खवर आईरहेकै हो । वहुदलीय व्यवस्था चाहिन्छ भनेर लडेका र अहिले पनि वहुदलीय लोकतन्त्र (जनवाद) लाई मान्ने म जस्ताहरुले नयाँ पार्टी खुलेको कुरालाई न अचम्म मान्नु जरुरी छ न नकारात्मक लिनु नै । तर आजका सवै जसो ठुला अखवारको ज्याकेट हेर्दा वेला वखत तिनै पत्रिकाहरुले विज्ञापन गर्ने गरेका आफ्नो विज्ञापन दर रेटको सूची भने दोहर्याएर हेर्न मन लाग्यो । अनि २०७२ माघ १५ को अनलाईन खवर डट कममा कोमल भट्टराईको प्रजातान्त्रिक लोकदलको गठन तथा विगठनको मर्मस्पर्षी कथा पनि याद आयो जसमा उहाँले लेख्नुभएको छ ः “लोकदलबाट विदावारी हुने दिन उनीहरुले लोकदल चलाउँदा लागेको ऋणहरुको हिसाब–किताब गरे । त्यस ऋणलाई केन्द्रीय सदस्यहरुबीच समतामूलक वितरण गरे, जुन हरेक सदस्यले पछि चुक्ता गरे ।” कि आफै तिर्नुपर्ला, कि कसैले तिरिदिनु पर्ला । कसैले तिरिदियो भने उस्को गुन तिर्नुपर्ला ।
सोहि लेखमा कोमल भट्टराईले अर्काे पनि कुरा उल्लेख गर्नुभएको छ ः “....... ठाउँ ठाउँबाट बैकल्पिक शक्तिका प्रतिनिधिहरु आफ्ना जिल्ला र गाउँमा विस्तार गर्ने चाहनाका साथ आएका थिए । जिल्लाबाट आएकालाई के लाग्दथ्यो भने पूर्वअर्थमन्त्री पाण्डेले त्यसको (खर्चको) जोहो गर्लान् । तर, त्यहाँ त्यो अवस्था थिएन । ..........जब कोषको कुरा आउँथ्यो गाउँ र जिल्लाबाट आएकाहरु सल्याक सुलुक पर्थे । .......... निराश भई कैयन व्यक्तिहरुले सजिलो बाटो रोजे । .......... हुन पनि हो, आफुले सातु-चामल बोकेर कसैलाई लोकदल बनाउनु जरुरत थिएन, त्यसैले लोकदललाई ग्रामीण तथा जिल्लामा विस्तार गर्न सकिएन ।” डा. वावुराम त झन पूर्व अर्थ मात्र होईन प्रधान मन्त्री ।
विरोधीले फैलाएका नै सही कतिपय नकारात्मक कुराको पनि तत्कालीन सकारात्मक प्रभाव हुँदोरहेछ, दिर्घकालमा जे भए पनि । १६ क्वीण्टल सुनको कथाले प्रभावित भएर वामदेवलाई समर्थन गर्न आएको एउटा टोलीको कथा मैले स्वयं वामदेव कामरेड कै मुख वाट सुनेको हो । अहिले पनि त्यस्ता चर्चा धेरै छन् । विरोधीले नै वनाएका होलान् तर भिड जम्मा गर्न सकारात्मक नै छन् ।
टिकटको झगडामा पार्टी फुटाएका थियोडोर रुज्वेल्टले पार्टी फुटाएको होईन नयाँ शक्ति वनाएको भन्दै संयुक्त राज्य अमेरिकामा पनि प्रोग्रेसिभ पार्टी वनाएका थिए । पुँजिवादवाट दिक्क भएको र सामाजिक मुद्दा प्रधान रहेको तत्कालीन अमेरीकी समाजमा उनका थुप्रै सामाजिक एजेण्डा थिए । अहिले गरिवीवाट आक्रान्त नेपालमा आर्थिक मुद्दा भए सरह । उनको पार्टी सैयौं चराहरुको प्वाँख रोपेर वनाईएको दन्त्य कथाको चरो जस्तो भयो, आज घोषणा गरिने भनिएको नयाँ शक्ति जस्तै । तर न त्यस्ले गति लियो न परिणती, गति विना के को परिणती । इतिहासवाट पाठ नसिक्दा दोहरिन्छ रे । आजै जनपाटी डट कममा उमेश चौहानले लेख्नुभएको कुरा सान्दर्भीक छ । दुईपटक राष्ट्रपति भईसकेका रुजवेल्टले र दुई चोटी मुलुकको कार्यकारी (एक पटक जनसत्ता प्रमुख र एक पटक प्रधानमन्त्री) भईसकेका वावुरामले नयाँ शक्ति वनाउछु भन्दा उस्तै उस्तै दृष्य देखिनुले भविष्यको अनुमान गर्न सजिलो छ । मेरो सुभकामना छ, मेरो अनुमान गलत सावित होस् ।
अन्तमा, आजको जनपाटी डट कममा उमेस चौहानले यसै सन्दर्भमा उल्लेख गर्नुभएको सन्दर्भका साथ आजलाई यत्ती ।
उमेस चौहान लेख्नुहुन्छ ः “नयाँ पार्टी घोषणा गर्न आयोजित कार्यक्रममा एक समर्थकले रुजबेल्टलाई भने, ‘रिपब्लिकन पार्टी थोत्रो हो भन्ने थाहा पाउन तिमीजस्तो विद्वानलाई त ३० वर्ष लाग्यो, अब प्रोग्रेसिभ पार्टी पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई ३० पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया रुजबेल्ट हामीलाई माफ गर ।’”
पुराना शक्ति छोड्दै नयाँ शक्तिको गोलचक्करमा लाग्नु भएका साथीहरु, आआफ्ना पुराना पार्टीहरु थोत्रा रहेछन् भनि थाहा पाउन तपाई जस्ता विद्वानहरुलाई त वर्षौ लाग्यो, अब नयाँ शक्ति पनि थोत्रो हो भन्ने थाहा पाउन हामीजस्ता मूर्खलाई कति पुस्ता लाग्न सक्छ, त्यस्तो खतरा मोल्न सकिन्नँ, कृपया जनतालाई माफ गर ।

No comments:
Post a Comment