Sunday, January 14, 2018

Chhaupadi and the damn poverty

The word 'Chhaupadi' is a broken word of a full word 'Chhaupadi-Goth'. Now, by the 'grace' of some 'high-level experts', Chhaupadi has become an independent word meaning menstruation.

(Chhau = Untouchability, Padi = to Sleep, Goth = Hut)

The Chhaupadi is the 'place' where she sleeps during the period. It's not the menstruation itself, neither any stigma/discrimination attached with nor other practices during. So when we talk about Chhaupadi we should not be confused with menstruation as most of people do, even the 'experts'.

If we go by this way, we can distinguish between the practice of Chhaupadi in western Nepal and advance cities. Most of practices during menstruation are similar, if not the same, in Hindu Nepalese (except in some ethnic groups even in Hindus). Not only in west Nepal, the concept of impurity is the same elsewhere. She cannot touch the food and water, cannot cook for others and cannot sleep with family members even with her husband. (In advance cities or families some compromises can be witnessed but-with-feeling, not-without.) But the place where they sleep differs.

Sleeping in isolation is almost common. As far the question of sleeping place, it depends on the level of prosperity of family. In west Nepal, very few people have more rooms in a house for such isolation. That's why the poor people have a practice of common isolated sleeping place for the women/girls in period. That is called Chhaupadi Goth, 'the sleeping huts during isolation period'. Later on, it became the common practice and many superstitious logic attached with. It is not the case in advanced families and cities where people have more rooms to sleep isolated (or people cannot afford more money to rent more rooms). 

It's not the foolish people of west Nepal, but the damn poverty that creates such discriminating and stigmatizing practices. If we are seriously worried about the issue and concerned with women dignity, we should think to push poverty out at first. Lowering the family-poverty can increase the number of rooms inside the houses of people and the level of education side-by-side. This is the way we can reduce the number of Chhaupadi Goths, the risk attached with and superstitious beliefs. To end the all malpractices and beliefs attached with menstruation will be the second, third level of steps.

Monday, January 8, 2018

डा. केसीका पक्षमा दोस्रो पटक उभिदा

१. म जम्मा जम्मि दुईपटक डा. केसीको पक्षमा वोलेको छुँ । एक अख्तियारका प्रवक्ताले उनलाई पागल घोषणा गर्दा र दुई यसपटक अदालतका न्यायाधिसले मानहानीको आरोप लगाउदा । उनका शैलीहरु र खासगरेर मागहरु प्रति मेरा पनि कैयौं असहमतिहरु छन् । माग र शैली माग कर्ताले निर्धारण गर्ने हो । हामी तपाई वा अरुहरु उक्त माग र शैलि दुवैका पक्ष वा विपक्षमा वा माग वा शैली मध्य एकको पक्ष वा विपक्षमा वा मागको पक्षमा र शैलीको विपक्षमा वा शैलीको पक्षमा मागको विपक्षमा जान वा नजान स्वतन्त्र छौं ।

२. अख्तियारका प्रवक्ताले डा. केसीलाई पागल घोषणा गर्दा मैले लेखेको थियँ कि एउटा नागरिकका रुपमा डा. केसी संग जति खुल्ला आकास छ राज्य वा राज्यका निकाय संग त्यो खुकुलो सिमा छैन । व्यक्तिका सवै नैसर्गिक हकहरु कनै कानूनले उल्लेख गर्न वा वन्देज लगाउन सम्भव छैन । केवल प्रतिनिधिमुलक ढंगले तिनको उल्लेख गर्ने गरिन्छ । तर राज्य वा राज्यका निकायहरु उल्लेख गरिएको भन्दा वढी अधिकार प्रयोग गर्न पाउँदैनन् । कानूनी राज्यको अर्थ त्यहि हो । त्यसैले राज्य कानूनी हुन्छ, व्यक्ति कानूनी हुदैन । लोकतन्त्रमा मान्छे लिगल विईङ्ग होईन हिउमन विईङ्ग हो । डा. केसीले उजुरी गर्न, माग राख्न, आन्दोलन गर्न पाउने हक छ । तर अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई उनका विरुद्ध वक्तव्यवाजी गर्ने अधिकार छैन । कुन कानूनको कुन व्यवस्था अन्तरगत अख्तियारले डा. केसीका वारे अनर्गल वक्तव्य निकाल्यो र सरकारलाई उनको मानसिक उपचार गर्ने सुझाव दियो ? मैले यसो लेखिरहदा म डा. केसीका माग वा शैलिको होईन उनको नागरिक स्वतन्त्रताका पक्षमा वोलिरहेको थियँ । अहिले पनि म नागरिक स्वतन्त्रताका पक्षमा वाल्न चाहन्छु ।

३. एउटा प्राकृतिक व्यक्तिका असिमित अधिकारहरु छन् भने राज्यका निकाय लगायतका कृत्रिम व्यक्तिहरुका अधिकार निश्चित र निर्धारित छन् । नागरिकलाई राज्यले अधिकार दिने होईन । वल्कि उस्का असिमित अधिकारहरु मध्य राज्यलाई नागरिकले यति अधिकार चाँही तिमिले सुरक्षित गर्नै पर्छ है भनेर घोषणा गरिदिएको हुन्छ र त्यहीँ वाट राज्यको दायित्व सुरु हुन्छ । लोकतन्त्रमा नागरिक कहिल्यै कानून अन्तरगत हुदैन वल्कि राज्य र राज्यका निकाय कानून अन्तरगत हुन्छन् । नागरिकलाई जुन दिन लाग्छ कि उसकोलागि कुनै कानून वाधक छ वा राज्यका कुनै निकाय दिईएको कार्यवाट च्युत हुदैछ, उस्ले आफ्नो कार्वाही सुरुगर्छ । अन्ततः कानूनहरु परिवर्तन हुन्छन् र राज्यका निकायहरु नियन्त्रित र निर्देशित हुन्छन् । समय लाग्ला तर वाटो यहि हो ।

४. कानून र न्यायाधीशहरुका विरुद्ध गरिने हरेक संघर्षले अराजकता निम्त्याउदैन । हत्याका लागि छुरी चलाउनु र उपचारका लागि छुरी चलाउनु एकै श्रेणीमा पर्दैनन् । थेरापी र सजाय भिन्न हुन ।

५. यो सत्य हो एकजना व्यक्ति धर्ना वस्ने वित्तिकै उस्का सवै माग र इच्छा पुरा गर्नू पर्दैन । पुरा गर्नै पर्ने खालका रहेछन् भने पनि प्रक्रिया सम्मत मार्ग वाटै गर्ने हो । तर माग राख्नु, अनसन वा धर्ना वस्न पाउनु उस्को नैसर्गिक हक हो । हामी उस्को माग वा दावी प्रति असहमत हुन र फरक मत जाहेर गर्न स्वतन्त्र छौं तर उस्को धर्ना वस्न र माग राख्न पाउने हकको पक्षमा वोलेनौं भने हामी आफ्नै हक कुन्ठित गर्ने मतियार ठहरिनेछौं । भोली कुनैदिन मैले मतहरु राख्ने र माग गर्नुपर्ने वेला आयो भने इतिहासले धिक्कार्ला भनेर पनि म उस्को स्वतन्त्रताका पक्षमा रहनै पर्छ ।

६. जहाँ सम्म अदालतको अपमानको प्रश्न छ, यस कानूनको विश्वभरी नै न्यायाधिशहरुले पटक पटक वद्नियत पूर्वक प्रयोग गरिआएका छन् । मानहानी सम्वन्धी कानून न्यायाधिशहरुको स्वच्छन्दता जोगाउन र उनिहरुलाई उन्मुक्ति दिन होईन । डण्डा लगाएर कसैले न्यायालय प्रति आस्था जगाउन सक्दैन । प्रकास वस्तीले करिव चालिस वर्ष अघि भन्नुभए जस्तै "कुनै पहलमानको डरले छिमेकीले उसलाई ढोग्छ भन्दैमा त्यसलाई आस्था भन्न मिल्दैन" ।

अघिल्लो पटकको मेरो लेखाई यहाँ छ ।
https://lomo1910.blogspot.com/2016/07/blog-post.html

Tuesday, January 2, 2018

समाजवादको नयाँ वाईवल ।

समाजमा कुनै नयाँ घटित हुन थाल्यो वा घटितहुने सम्भावना देखापर्यो भने राजनीतिक दलका रुलिङ इलायटहरु जुर्मुराउछन्, अगाडी वढे जस्तो गर्छन् र अनेकौं वहस र चहलपहलमा लाग्छन् । यस्तो देखियोस मानौ की यो सव जे भईरहेको छ उनिहरुकै कसरतवाट भैरहेको छ र जे घटित हुनेछ उनिहरुकै कारण हुनेछ । अखवारका प्रायोजित पानाहरु, टिभिका प्रायोजित दृष्यहरु र रेडियोका प्रायोजित वोलीहरु वाईवलको शैलिमा दोहर्याउन थाल्छन् “प्रभुले भन्नुभयो उज्यालो होस् र उज्यालो भयो अनि प्रभुले भन्नुभयो अहाहा कस्तो राम्रो उज्यालो” ।

कस्तो विडम्वना छ की नेपालमा एकातिर राजनीतिक विषय केवल राजनीतिक दलहरुको विजनेसका रुपमा लिईन्छ । अनि अर्काेतिर चर्काे रुपमा भन्ने गरिन्छ की राजनीति सिमित व्यक्तिहरुको विजनेस भयो । यदि राजनीतिलाई राजनीतिक दलहरुको मात्र विजनेसका रुपमा मानिरहने हो भने यो स्वभाविक रुपमा राजनीतिक दलहरुमा संगठित सिमित व्यक्तिहरु अझ तिनको नेतृत्वदायी इलायटहरु कै विजनेस हुने त हो । यदि त्यसो होईन भने, यदि राजनीति आम जनताको चाँसो र सरोकारको विषय हो भने नेपाली समाजको चरित्र, यहाँ घटित भईरहेका परिवर्तनहरु र यसको भविष्य वारेमा चलिरहेको वहसहरुमा आम जनता खास गरेर वौद्धिक तप्का अगाडी आउनै पर्छ । किनारामा वसेर रमिता हेर्नेले आलोचना गर्ने वाहेक अर्काे भुमिका पाउने छैनन् । दुर्भाग्यवस नेपालमा राजनीतिक विषयहरु आमजनताका सरोकारका विषय त वन्दैनन् नै वौद्धिक र प्राज्ञिकहरुको चाँसोको विषय समेत वन्दैनन ।

राजनीतिक दलहरु र तिनका रुलिङ इलायटहरु आफ्नो आवस्यकता र अनुकुलता अनुसार मात्र यस प्रकारका वहसहरु प्रायोजन गर्ने, त्यसमा आफ्नै आवस्यकता र अनुकुलताका विचारहरु थोपर्ने अनि आम जनतालाई सधै दिग्भ्रमित पार्ने फिराकमा रहेका पाईन्छन् । विचारको निर्माण, विकास वा परिष्कारलाई राजनीतिक दलहरुको हार्यार्कीमा हुने कोठेगफवाट थुतेर जनताका विच ल्याउन सकिएन भने, यसलाई वौद्धिक र प्राज्ञिक वहसको विषय वनाउन सकिएन भने राजनीति सिमित व्यक्तिहरुको विजनेस भईरहने छ, आम जनता दिग्भ्रमित भईरहनेछन्, वौद्धिक तप्काको काम आलोचना गर्ने वाहेक अर्काे हुनेछैन र यो दुश्चक्र चलिरहनेछ ।

नयाँ सम्विधान पछिको पहिलो आम निर्वाचनमा एमाले र माओवादी (छिटपुट अरु पनि) सम्मिलित गठवन्धनले नेपाली कँग्रेसलाई ‘चारों खाने चित’ पारेपछि परिदृष्यमा नयाँ वहसहरु अवतरित भएका छन् । कँग्रेसीहरु कँग्रेस किन र कसरी हार्यो भन्ने वहसमा छन् मानौं कि उनिहरु कहिल्यै नहार्नका लागि वनेका थिए र यो अनौठो भयो, अप्रकृतिक भयो । एमाले र माओवादी हौसिएका छन् कि अहो यो त गजवै भयो, यस्तो अनौठो संसारमा आई पुगियो जसको परिकल्पना यस अघि हामीले गरेकै थिएनौं । जनताको वहुदलीय जनवादले सोचेभन्दा पनि अर्कै, एक्काईसौ सताव्दीको जनवाद वा माओवादले सोचेभन्दा पनि अर्कै । अद्भुत, अकल्पनीय । कँग्रेसहरु हारका कारण खोज्दैछन् । उनिहरुको क्याम्पमा रडाको छ हारेको जुआरी घरमा फर्केपछि श्रीमती संग हुने नोंकझोंक जस्तो । एमाले र माओवादीहरु जीतका कारणहरु विर्सिदैछन् । उनिहरुको क्याम्पमा जीतको उन्माद छ जितेको जुआरीले संगी साथीका लागि होटल फ्रिको घोषणा गरेजस्तो । तर दुवै क्याम्पमा एउटा समानता छ, मदिरालठ्ठ कोलाहल ।

कँग्रेसीहरु हारेको वहानामा पिउदैछन् र उनिहरुलाई जिउनको लागि अव नयाँ नेतृत्वको आवस्यकता रहेको चिच्याउदैछन् उता एमाले र माओवादीहरु जीतेको वहानामा पिउदैछन् र उनिहरुलाई जिउनको लागि अव नयाँ नीतिको आवस्यकता रहेको चिच्याउदै छन् । फरक के छ भने कँग्रेसीहरुको खोजको परिणाम मोडिफाईड रिलिज औषधी जस्तो हो डिलेड नभएपनि कम्तिमा पाँच वर्षका लागि टार्जेटेड रिलिज जस्तो । त्यति नभए एक्सपाण्डेड वा सस्टेन्ड रिलिज पक्कै हो । तर एमाले र माओवादीको खोजको परिणाम त इमिडियट रिलिज औषधी जस्तो हो, खायो की लाग्यो । सरकार र राज्यको नेतृत्व गर्न तम्तयार यो क्याम्पका सोच, गतिविधी र निर्णयले समाजलाई तत्काल प्रभावित गर्नेछ र दुरगामी साईड एफेक्ट दिनेछ । त्यसैले यस क्याम्पको सोच, गतिविधी र निर्णय वढी सर्भेलेन्समा राख्नु आवस्यक मात्र होईन अनिवार्य हुनगएको छ । किनभने अखवारका प्रायोजित पानाहरु, टिभिका प्रायोजित दृष्यहरु र रेडियोका प्रायोजित वोलीहरु वाईवलकै शैलीमा उनिहरुका वोलीलाई उध्रित गरिरहेकै छन् "प्रभुहरुले भन्नुभो सत्य जीवन र वाटो हामी नै हौं । हामी माथी विश्वास गर्नेहरु मात्र समाजवादमा पुग्नेछन् किनभने परमपिता परमेश्वरले हामीलाई मात्र दुईतिहाई मतका साथ विश्वास गर्नुभएकोछ ।"

एमाले र माओवादीहरु कुनै कालखण्डमा एकै पार्टीमा थिए रे मानवका आदिमपुर्खा होमो सेपिन्स भनिए जस्तै । अनेकौं पुल फ्याक्टर र पुस फ्याक्टरहरुले उनिहरुलाई अलग अलग हुन वाध्य पारियो भन्ने रिएलाईजेसन छ अहिले उनिहरुको । अलगावको ५० वर्षे कालखण्डमा पनि जोगाईएका केहि आन्टिक र आन्टिकुटीहरु अहिले भलाकुसारीका विषय वनेका छन् । थरहरु मात्र फेरीएको पार्टी नाम, जतन साथ जोगाईएको पार्टी झण्डा, वेमेल आउन नदिईएका सम्वोधन र अभिवादन आदि आदि मान्यता र प्रतिकहरु ।

विभाजित जर्मनीमा विभाजित परिवारहरुले सिमा वारीपारीका ढिस्काहरुमा उभिएर सेतो रुमाल हल्लाए जस्तै "हामी पनि वेला वखत हात हल्लाएकै हुन्थ्यौ र सम्भवित मिलनको आशा कायम राख्थ्यौं है" भन्दै अहिले भलाकुसारी चलिरहेको छ यस क्याम्पमा । जसरी आफ्ना नातागोता भेट्न पाउने सरकारी उत्सवका वेला विभाजित कोरियालीहरु एकछिन आँखा रसाउछन्, एकछिन दाँतहरु झल्काउछन् र मुहार निदाउरो पारी विदा हुनुपूर्व उनिहरु स्क्रिप्टेड भलाकुसारी गर्छन् ।

तर जव भलाकुसारीको समय सकिन्छ अनि सुरुहुन्छ एन्तन चेकभको हास्य एकाङ्की ’ए म्यारिज प्रपोजल‘ । विवाहको प्रस्तावक केटो र प्रस्तावित केटी काम कुरो एकातिर थन्क्याएर 'वहर दाउने गह्रो कसको थियो' भन्ने पुख्र्यौली इतिहासको अर्थहिन वहसमा अल्झिएर मुख्य मुद्दामा छलफल नै नगरी छुट्टिन्छन् । केटीका वावुको प्रयत्नले फेरी एकठाउँ आईपुगेका उनिहरु 'कसको कुकुर अव्वल' भन्ने अर्काे झमेलामा फस्छन् । पटक पटकको रगडतानमा फसेको वावुले दिक्क हुदै केटा र केटीको हात जवर्जस्ती थमाएर एक आपसमा म्वाईखान लाउछ र पन्छिन्छ । तर विवाहको यो रामाञ्चक घडी धेरैवेर रहदैन । उनिहरु विच 'कसको कुकुर अव्वल' भन्ने नटुङ्गिएको एउटा विवाद कायमै थियो । झगडा फेरी वल्झिन्छ । सरकार गठन, पार्टी नेतृत्व, आलोपालो प्रधानमन्त्री, भद्रसहमती, ६०/४०, २०४९, २०५२, जन आन्दोलन, जनयुद्ध, जनवाद, माओवाद ..... ...... ..... ... अन्तहीन र अर्थहीन पट्यारलाग्दा गलफत्ती ।

मुख्य मुद्दामा कसैको ध्यान छैन । के नेपाली जनताले चाहेको जस्तो परिवर्तन भयो त वा हुदैछ ? वा अझ केहि मेहनत गर्न वाँकी छ ? "हुनुपर्ने जति भैसक्यो अव चोचोमोचो मिलाऔं" भनेर एकता हुने होईन । क्रान्तिको अनिवार्यता र निरन्तरता, राजनीतिक दलहरुको उत्थान र पतनको तादात्म्यता, उनिहरुको आवस्यकता र भूमिका, क्रान्तिका कार्यक्रमहरु र परिस्थितिमा आउने फेरवदल संग तिनको सामञ्जस्यता, समाजको वर्तमान अवस्था र अवको गन्तव्य जस्ता विषयमा आम जनसमुदाय त के वौद्धिक र प्राज्ञिक क्षेत्र पनि निरपेक्ष देखिएको छ । राजनीतिक दलहरु (वर्तमान सन्दर्भमा एमाले र माओवादीहरु) आआफ्नो आवस्यकता र अनुकुलता अनुसार डम्फु वजाउदै जनवादी क्रान्तिको कार्यक्रम कार्यान्वयन नै नगरी क्रान्ति सम्पन्न भएको घोषणा गर्दै समाजवादी क्रान्ति गर्ने भन्दैछन् । त्यो दिन देख्न ढिला हुनेछैन जुन दिन यी दलहरु आफ्नो मनपरीको थुप्रो देखाउदै "यहि हो समाजवाद" भन्नेछन् र जनता "ए हो त रहेछ" भन्दै तालि वजाउनेछन् । किनारामा वसेर रमिता हेर्नेले आलोचना गर्ने भुमिका समेत पाउने छैनन्, इतिहास साक्षि छ ।

६२/६३ को जनक्रान्तिले भत्काउन सुरु गरेको अर्धसमन्ती तथा अर्ध औपनिवेशिक अवस्थालाई सम्पूर्ण रुपमा समाप्त गरी क्रान्तिको कार्यक्रम कार्यान्वयन गर्नु र पूँजीवादको सुदृढीकरण गर्दै समाजवादका लागि कामलाग्ने खालको आवस्यक भौतिक तथा साँस्कृतिक तयारी गर्नु आजको कार्यभार हो । आफैले गरेको क्रान्तिलाई 'भएकै छैन' भन्नेहरु देखि 'समाज पूर्ण पूँजीवादी भईसकेको' भन्नेहरु, 'अव कुनै राजनीतिक क्रान्तिको आवस्यकता नरहेको' देख्नेहरु र ‘अव सिधा समाजवाद’ जस्ता कुरागर्नेहरु सम्म या त क्रान्तिको कार्यभारलाई वुझिरहेका छैनन्, या वुझ पचाईरहेका छन् । सचेत प्रयत्नका साथ यीनिहरुलाई ठिक ठाउँमा राखिएन भने एकदिन अखवारका तिनै प्रायोजित पानाहरु, टिभिका तिनै प्रायोजित दृष्यहरु र रेडियोका तिनै प्रायोजित वोलीहरु वाईवलकै शैलीमा दोहर्याइरहेकै हुनेछन् "प्रभुहरुले भन्नुभो हामी यतिका समय त संगै थियौ. नी, जजसले हामीलाई देखिराख्नु भएको छ तपाईहरुले समाजवाद देखिहाल्नु भयो नी । तपाई अझै कसरी भन्न सक्नुहुन्छ खै समाजवाद भनेर ? के तपाईलाई हामी माथि विश्वास छैन । विश्वास गर्नुस्, हामी नै समाजवाद हौं र समाजवाद नै हामी हौं, आमीन ।"