समाजमा कुनै नयाँ घटित हुन थाल्यो वा घटितहुने सम्भावना देखापर्यो भने राजनीतिक दलका रुलिङ इलायटहरु जुर्मुराउछन्, अगाडी वढे जस्तो गर्छन् र अनेकौं वहस र चहलपहलमा लाग्छन् । यस्तो देखियोस मानौ की यो सव जे भईरहेको छ उनिहरुकै कसरतवाट भैरहेको छ र जे घटित हुनेछ उनिहरुकै कारण हुनेछ । अखवारका प्रायोजित पानाहरु, टिभिका प्रायोजित दृष्यहरु र रेडियोका प्रायोजित वोलीहरु वाईवलको शैलिमा दोहर्याउन थाल्छन् “प्रभुले भन्नुभयो उज्यालो होस् र उज्यालो भयो अनि प्रभुले भन्नुभयो अहाहा कस्तो राम्रो उज्यालो” ।
कस्तो विडम्वना छ की नेपालमा एकातिर राजनीतिक विषय केवल राजनीतिक दलहरुको विजनेसका रुपमा लिईन्छ । अनि अर्काेतिर चर्काे रुपमा भन्ने गरिन्छ की राजनीति सिमित व्यक्तिहरुको विजनेस भयो । यदि राजनीतिलाई राजनीतिक दलहरुको मात्र विजनेसका रुपमा मानिरहने हो भने यो स्वभाविक रुपमा राजनीतिक दलहरुमा संगठित सिमित व्यक्तिहरु अझ तिनको नेतृत्वदायी इलायटहरु कै विजनेस हुने त हो । यदि त्यसो होईन भने, यदि राजनीति आम जनताको चाँसो र सरोकारको विषय हो भने नेपाली समाजको चरित्र, यहाँ घटित भईरहेका परिवर्तनहरु र यसको भविष्य वारेमा चलिरहेको वहसहरुमा आम जनता खास गरेर वौद्धिक तप्का अगाडी आउनै पर्छ । किनारामा वसेर रमिता हेर्नेले आलोचना गर्ने वाहेक अर्काे भुमिका पाउने छैनन् । दुर्भाग्यवस नेपालमा राजनीतिक विषयहरु आमजनताका सरोकारका विषय त वन्दैनन् नै वौद्धिक र प्राज्ञिकहरुको चाँसोको विषय समेत वन्दैनन ।
राजनीतिक दलहरु र तिनका रुलिङ इलायटहरु आफ्नो आवस्यकता र अनुकुलता अनुसार मात्र यस प्रकारका वहसहरु प्रायोजन गर्ने, त्यसमा आफ्नै आवस्यकता र अनुकुलताका विचारहरु थोपर्ने अनि आम जनतालाई सधै दिग्भ्रमित पार्ने फिराकमा रहेका पाईन्छन् । विचारको निर्माण, विकास वा परिष्कारलाई राजनीतिक दलहरुको हार्यार्कीमा हुने कोठेगफवाट थुतेर जनताका विच ल्याउन सकिएन भने, यसलाई वौद्धिक र प्राज्ञिक वहसको विषय वनाउन सकिएन भने राजनीति सिमित व्यक्तिहरुको विजनेस भईरहने छ, आम जनता दिग्भ्रमित भईरहनेछन्, वौद्धिक तप्काको काम आलोचना गर्ने वाहेक अर्काे हुनेछैन र यो दुश्चक्र चलिरहनेछ ।

नयाँ सम्विधान पछिको पहिलो आम निर्वाचनमा एमाले र माओवादी (छिटपुट अरु पनि) सम्मिलित गठवन्धनले नेपाली कँग्रेसलाई ‘चारों खाने चित’ पारेपछि परिदृष्यमा नयाँ वहसहरु अवतरित भएका छन् । कँग्रेसीहरु कँग्रेस किन र कसरी हार्यो भन्ने वहसमा छन् मानौं कि उनिहरु कहिल्यै नहार्नका लागि वनेका थिए र यो अनौठो भयो, अप्रकृतिक भयो । एमाले र माओवादी हौसिएका छन् कि अहो यो त गजवै भयो, यस्तो अनौठो संसारमा आई पुगियो जसको परिकल्पना यस अघि हामीले गरेकै थिएनौं । जनताको वहुदलीय जनवादले सोचेभन्दा पनि अर्कै, एक्काईसौ सताव्दीको जनवाद वा माओवादले सोचेभन्दा पनि अर्कै । अद्भुत, अकल्पनीय । कँग्रेसहरु हारका कारण खोज्दैछन् । उनिहरुको क्याम्पमा रडाको छ हारेको जुआरी घरमा फर्केपछि श्रीमती संग हुने नोंकझोंक जस्तो । एमाले र माओवादीहरु जीतका कारणहरु विर्सिदैछन् । उनिहरुको क्याम्पमा जीतको उन्माद छ जितेको जुआरीले संगी साथीका लागि होटल फ्रिको घोषणा गरेजस्तो । तर दुवै क्याम्पमा एउटा समानता छ, मदिरालठ्ठ कोलाहल ।
कँग्रेसीहरु हारेको वहानामा पिउदैछन् र उनिहरुलाई जिउनको लागि अव नयाँ नेतृत्वको आवस्यकता रहेको चिच्याउदैछन् उता एमाले र माओवादीहरु जीतेको वहानामा पिउदैछन् र उनिहरुलाई जिउनको लागि अव नयाँ नीतिको आवस्यकता रहेको चिच्याउदै छन् । फरक के छ भने कँग्रेसीहरुको खोजको परिणाम मोडिफाईड रिलिज औषधी जस्तो हो डिलेड नभएपनि कम्तिमा पाँच वर्षका लागि टार्जेटेड रिलिज जस्तो । त्यति नभए एक्सपाण्डेड वा सस्टेन्ड रिलिज पक्कै हो । तर एमाले र माओवादीको खोजको परिणाम त इमिडियट रिलिज औषधी जस्तो हो, खायो की लाग्यो । सरकार र राज्यको नेतृत्व गर्न तम्तयार यो क्याम्पका सोच, गतिविधी र निर्णयले समाजलाई तत्काल प्रभावित गर्नेछ र दुरगामी साईड एफेक्ट दिनेछ । त्यसैले यस क्याम्पको सोच, गतिविधी र निर्णय वढी सर्भेलेन्समा राख्नु आवस्यक मात्र होईन अनिवार्य हुनगएको छ । किनभने अखवारका प्रायोजित पानाहरु, टिभिका प्रायोजित दृष्यहरु र रेडियोका प्रायोजित वोलीहरु वाईवलकै शैलीमा उनिहरुका वोलीलाई उध्रित गरिरहेकै छन् "प्रभुहरुले भन्नुभो सत्य जीवन र वाटो हामी नै हौं । हामी माथी विश्वास गर्नेहरु मात्र समाजवादमा पुग्नेछन् किनभने परमपिता परमेश्वरले हामीलाई मात्र दुईतिहाई मतका साथ विश्वास गर्नुभएकोछ ।"

एमाले र माओवादीहरु कुनै कालखण्डमा एकै पार्टीमा थिए रे मानवका आदिमपुर्खा होमो सेपिन्स भनिए जस्तै । अनेकौं पुल फ्याक्टर र पुस फ्याक्टरहरुले उनिहरुलाई अलग अलग हुन वाध्य पारियो भन्ने रिएलाईजेसन छ अहिले उनिहरुको । अलगावको ५० वर्षे कालखण्डमा पनि जोगाईएका केहि आन्टिक र आन्टिकुटीहरु अहिले भलाकुसारीका विषय वनेका छन् । थरहरु मात्र फेरीएको पार्टी नाम, जतन साथ जोगाईएको पार्टी झण्डा, वेमेल आउन नदिईएका सम्वोधन र अभिवादन आदि आदि मान्यता र प्रतिकहरु ।
विभाजित जर्मनीमा विभाजित परिवारहरुले सिमा वारीपारीका ढिस्काहरुमा उभिएर सेतो रुमाल हल्लाए जस्तै "हामी पनि वेला वखत हात हल्लाएकै हुन्थ्यौ र सम्भवित मिलनको आशा कायम राख्थ्यौं है" भन्दै अहिले भलाकुसारी चलिरहेको छ यस क्याम्पमा । जसरी आफ्ना नातागोता भेट्न पाउने सरकारी उत्सवका वेला विभाजित कोरियालीहरु एकछिन आँखा रसाउछन्, एकछिन दाँतहरु झल्काउछन् र मुहार निदाउरो पारी विदा हुनुपूर्व उनिहरु स्क्रिप्टेड भलाकुसारी गर्छन् ।
तर जव भलाकुसारीको समय सकिन्छ अनि सुरुहुन्छ एन्तन चेकभको हास्य एकाङ्की ’ए म्यारिज प्रपोजल‘ । विवाहको प्रस्तावक केटो र प्रस्तावित केटी काम कुरो एकातिर थन्क्याएर 'वहर दाउने गह्रो कसको थियो' भन्ने पुख्र्यौली इतिहासको अर्थहिन वहसमा अल्झिएर मुख्य मुद्दामा छलफल नै नगरी छुट्टिन्छन् । केटीका वावुको प्रयत्नले फेरी एकठाउँ आईपुगेका उनिहरु 'कसको कुकुर अव्वल' भन्ने अर्काे झमेलामा फस्छन् । पटक पटकको रगडतानमा फसेको वावुले दिक्क हुदै केटा र केटीको हात जवर्जस्ती थमाएर एक आपसमा म्वाईखान लाउछ र पन्छिन्छ । तर विवाहको यो रामाञ्चक घडी धेरैवेर रहदैन । उनिहरु विच 'कसको कुकुर अव्वल' भन्ने नटुङ्गिएको एउटा विवाद कायमै थियो । झगडा फेरी वल्झिन्छ । सरकार गठन, पार्टी नेतृत्व, आलोपालो प्रधानमन्त्री, भद्रसहमती, ६०/४०, २०४९, २०५२, जन आन्दोलन, जनयुद्ध, जनवाद, माओवाद ..... ...... ..... ... अन्तहीन र अर्थहीन पट्यारलाग्दा गलफत्ती ।

मुख्य मुद्दामा कसैको ध्यान छैन । के नेपाली जनताले चाहेको जस्तो परिवर्तन भयो त वा हुदैछ ? वा अझ केहि मेहनत गर्न वाँकी छ ? "हुनुपर्ने जति भैसक्यो अव चोचोमोचो मिलाऔं" भनेर एकता हुने होईन । क्रान्तिको अनिवार्यता र निरन्तरता, राजनीतिक दलहरुको उत्थान र पतनको तादात्म्यता, उनिहरुको आवस्यकता र भूमिका, क्रान्तिका कार्यक्रमहरु र परिस्थितिमा आउने फेरवदल संग तिनको सामञ्जस्यता, समाजको वर्तमान अवस्था र अवको गन्तव्य जस्ता विषयमा आम जनसमुदाय त के वौद्धिक र प्राज्ञिक क्षेत्र पनि निरपेक्ष देखिएको छ । राजनीतिक दलहरु (वर्तमान सन्दर्भमा एमाले र माओवादीहरु) आआफ्नो आवस्यकता र अनुकुलता अनुसार डम्फु वजाउदै जनवादी क्रान्तिको कार्यक्रम कार्यान्वयन नै नगरी क्रान्ति सम्पन्न भएको घोषणा गर्दै समाजवादी क्रान्ति गर्ने भन्दैछन् । त्यो दिन देख्न ढिला हुनेछैन जुन दिन यी दलहरु आफ्नो मनपरीको थुप्रो देखाउदै "यहि हो समाजवाद" भन्नेछन् र जनता "ए हो त रहेछ" भन्दै तालि वजाउनेछन् । किनारामा वसेर रमिता हेर्नेले आलोचना गर्ने भुमिका समेत पाउने छैनन्, इतिहास साक्षि छ ।
६२/६३ को जनक्रान्तिले भत्काउन सुरु गरेको अर्धसमन्ती तथा अर्ध औपनिवेशिक अवस्थालाई सम्पूर्ण रुपमा समाप्त गरी क्रान्तिको कार्यक्रम कार्यान्वयन गर्नु र पूँजीवादको सुदृढीकरण गर्दै समाजवादका लागि कामलाग्ने खालको आवस्यक भौतिक तथा साँस्कृतिक तयारी गर्नु आजको कार्यभार हो । आफैले गरेको क्रान्तिलाई 'भएकै छैन' भन्नेहरु देखि 'समाज पूर्ण पूँजीवादी भईसकेको' भन्नेहरु, 'अव कुनै राजनीतिक क्रान्तिको आवस्यकता नरहेको' देख्नेहरु र ‘अव सिधा समाजवाद’ जस्ता कुरागर्नेहरु सम्म या त क्रान्तिको कार्यभारलाई वुझिरहेका छैनन्, या वुझ पचाईरहेका छन् । सचेत प्रयत्नका साथ यीनिहरुलाई ठिक ठाउँमा राखिएन भने एकदिन अखवारका तिनै प्रायोजित पानाहरु, टिभिका तिनै प्रायोजित दृष्यहरु र रेडियोका तिनै प्रायोजित वोलीहरु वाईवलकै शैलीमा दोहर्याइरहेकै हुनेछन् "प्रभुहरुले भन्नुभो हामी यतिका समय त संगै थियौ. नी, जजसले हामीलाई देखिराख्नु भएको छ तपाईहरुले समाजवाद देखिहाल्नु भयो नी । तपाई अझै कसरी भन्न सक्नुहुन्छ खै समाजवाद भनेर ? के तपाईलाई हामी माथि विश्वास छैन । विश्वास गर्नुस्, हामी नै समाजवाद हौं र समाजवाद नै हामी हौं, आमीन ।"

No comments:
Post a Comment