Wednesday, October 17, 2018

यसरी गरौं प्रधानमन्त्रीलाई सहयोग

गएको शुक्रबार गोपाल खनालले चक्रपथ डटकममा लेख्नुभएको ‘प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने असफल प्रयास’ शीर्षकको लेखका सन्दर्भमा यो लेख लेखिएकोले यो लेख पढ्नुअघि त्यो लेख पढ्न अनुरोध छ ।

गोपाल खनालको सो लेखाईको आसय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कामरेड केपी ओलीको महिमामण्डन गर्नु र उहाँ बाहेक अरू सबैको दोहलो काढ्नु नै देखिन्छ । लेखको सुरुवातमा नै पार्टीका अरू नेताहरूप्रति तिखो टिप्पणी गर्दै अघि बढेको र अध्यक्ष कमरेडको विरुदावली नै भन्न मिल्ने सो लेख पढेर आदरणीय कमरेड अध्यक्ष पनि मुसुमुसु हाँस्नुभयो होला । किनभने विरुदावलीले न शासक टिकाउन सक्छ, न सत्ता भन्ने उहाँ जत्तिको नेतालाई मनज्ञ थाहा छ । र, पनि आम मान्छे बराल्नेहरूको प्रयास सफल हुँदैहुन्न भन्न मिल्दैन । अनि जनता र कार्यकर्ता पनि छरिएको भ्रममा दिग्भ्रमित हुन्नन् भन्ने बुझाई राख्नु अति हुन्छ । त्यसैले सो लेखको फेसभ्यालु बढ्ने कुरा बुझेरै पनि यो नलेखी चित्त बुझेन ।

१) लेखमा प्रधानमन्त्री ओलीले नेपालको गुमेको आत्मसम्मान फर्काएको भनिएको छ, तर लेखले नेपालको आत्मसम्मान कैले र केले गुमेको थियो र के, कसरी र कसले फर्कायो भन्ने कुरा खोलेको छैन । न त त्यो विषय सामान्यज्ञानको कुरा हो, न सर्वस्वीकार्य नै ।

२) कमरेड अध्यक्षले केही समयअघि सम्पादक, पत्रकारहरूलाई बोलाएर भन्नुभएको वाक्यांस ‘निराश मान्छे घातक हुन्छ’ कपि गर्दै लेखमा भनिएको छ– ओलीले जनतालाई निराश हुन दिएनन् । तर, लेखले जनता निरास हुन नदिन वर्तमान सरकारले के के गरेको छ ? भन्ने कतै उल्लेख गर्नुभएन । यो यो गरियो भन्न सक्नु पर्छ । कामले हो निराशा चिर्ने हो ।

३) यसअघिको प्रधानमन्त्रीको नौ महिने शासनकाल (जसमा खनालजी विदेश मामिला सल्लाहकार नै हुनुहुँदो रहेछ) को उल्लेख गर्दै पत्रकार खनाल लेख्नुहुन्छ कि सम्भवत नौ महिने प्रतिकुलतामा ओली सत्तामा थिएनन् भने नेपाली पहिचानको तस्बिर पनि शायद बदलिने थिएन । नाकाबन्दीताका अध्यक्ष कमरेड ओलीको भूमिका प्रशंसायोग्य छ र त्यसको पुरस्कार जनता र पार्टी पंक्तिले उहाँलाई यत्रो प्रचण्ड बहुमतको प्रधानमन्त्री बनाएर दिएका छन् । तर देवत्वकरण चरम चाप्लुसी हो । भगवान विष्णु भनिएका महाराजाहरू, त अब यो मुलुक मै छैनन् भने जनताको मसिहा, तारणहार कसैलाई किन घोषणा गर्नु ?

४. लेखमा विप्लवको विद्रोह, सिकेको देशद्रोह, माधव नेपालको आलोचना र जनताको आकांक्षालाई एउटै बोरामा खाँदेर गुन्द्रुक बनाइएको छ । जनतालाई तर्साएर टिक्ने शासनको प्रकृति नै फरक हुन्छ । न जनता अब विप्लवको ध्वाँसले तर्सन्छन्, न सिकेको फुँईले । सहजै सत्ता बदल्न नमिल्ने युग त जनताले अन्त्य गरिदिएका छन् । यो त सत्ता सहज बदल्न मिल्ने युग हो । जनतालाई थर्ड पार्टी थ्रेट नदिएकै वेश ।

५. लेखमा सामुहिक जवाफदेहिताको विषय उठाइएको छ । मानौं की निर्णय गर्दा त सबै सहमत हुन्छन्, तर जब परिणाम नकारात्मक आउछ, सबै पल्ला झाड्छन् । तर के त्यहि सत्य हो त ? सामुहिक जवाफदेहीताको पूर्वशर्त हो सामुहिक निर्णय अनि त्यसको प्रक्रिया । के त्यो पूर्व शर्त पालना भएको छ त ? अनि अर्काे पनि गम्भीर प्रश्न उठ्छ– के प्रधानमन्त्रीले दिने जवाफ र पार्टीका अन्य नेताले दिने जवाफ एउटै हो ? जवाफदेहिता एउटै हो ? त्यस पछि एउटा गम्भीर प्रश्न पनि उठ्छ, कि पार्टीका सारा कमिटी भत्काएर असरल्ल पारेर एकल शासन गर्न खोजेपछि विषय छताछुल्ल नभई के हुन्छ ?

६. लेखले एउटा अत्यन्तै हास्यास्पद दाबी गरेको छ– कि ओली सरकारबाट नागरिकले अतिरिक्त आकांक्षा राखे रे । यो हाँस्यास्पद हुँदाहुँदै पनि गम्भीर विषय हो । अंग्रेजीमा सिरियस जोक । यो हास्यास्पद दावीमा कुनै सत्यता छैन, किनभने जनताको सरकारबाट कुनै अतिरिक्त आकांक्षा छैन । जनताका त दैनन्दिन जीवनसँग जोडिएका, जनजीविकासँग जोडिएका पुरानै मागहरू हुन्, जसलाई पुरा गर्ने पार्टीेले दिएको वचनमा विश्वास गरेर जनताले साथ दिएका हुन् । यो चुनावमा मात्र होइन् विगत सात दशकदेखि । यी माग र आकांक्षा पुरानै कुरा हुन् जसका कुरा गरेरै सत्तामा आयौं । प्रम भन्नुहुन्छ “सडक के अहिले भत्किएको हो ?” कस्तो जवाफ हो ? म बनाउछु भनेको होइन् ? “म के जादु हो ?” भन्नुहुन्छ । जादुसम्म पनि होइन् भन्ने मान्छेलाई हामी चाँही देवता बनाउन तल्लिन छौं ।

7. देशप्रेम र समृद्धिको सपना नै हो जसका कारण जनताले आँखा चिम्लेर हामीलाई भोट हाले । अध्यक्ष कमरेड ओली प्रधानमन्त्री बन्नुभो । जनतालाई भनिराख्नु पर्दैन, गरेको देख्छ, बुझ्छ र निर्णय दिन्छ जनता । तर, जनता जति कमलो हुन्छ उत्ति नै क्रूर पनि । पानी जस्तै । पानी पनि जति कमलो देखिन्छ, त्यति नै धारिलो पनि हुन्छ । चट्टान काट्ने । ओली जस्तो अर्काे रहेनछ भन्ने जनतालाई महसुस हुने काम भइदिए लेखमा भनिए जस्तो गरी ओली जस्तो अर्काे छैन भनेर भक्तिभाव प्रकट गर्नै पर्दैन ।

8. लेखमा सिंगापुर, मलेसिया र दक्षिण कोरियाको उल्लेख हुनुले त्यस्तै बन्ने बनाउने रहर देखिन्छ । र, त्यसका लागि त्यहाँको तत्कालीन स्थिरतालाई प्रशंसा गरिएको छ । तर के विर्सनु हुँदैन भने त्यस्तो स्थायित्व नेपालमा पनि थियो । त्यो पञ्चायती स्थायित्व थियो । सेना, शासन र शीतयुद्धको उपयोग । युग बदलिसक्यो । नेपाल त्यो मोडमा छैन । विश्व नै छैन । राजनीति, अर्थतन्त्र, समाज विकास कुनै बिन्दुमा पनि त्यो मोड अहिले हुदै होइन् । त्यो सपना देख्न र देखाउन पनि हुँदैन् ।

9. लेखले वर्तमान मन्त्रिमण्डलका एकदुई नै भए पनि नकारात्मक छवि एका मन्त्रीहरू छन् भन्ने स्वीकार गरिएको छ । प्रथम त ती मन्त्रीको छवि मात्र नकारात्मक हो वा व्यवहार नै नकारात्मक हो भन्ने विषय महत्त्वपूर्ण छ । द्वितीय एकदुई जना नै भए पनि नकारात्मक छवि भएकालाई सुधार गर्न किन नलाउने वा नसुध्रनेलाई किन टिकाउने ? त्यस्तै, लेखले मन्त्रीहरूले सरकारको प्रतिरक्षा नगरेको कुरालाई उठाएको छ । यस्तै विषय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि पटकपटक उठाउने गरेबाट यो एउटा प्रमुख विषय रहेछ भन्ने बुझिन्छ । तर, के बुझिदैन भने सरकारको प्रतिरक्षाको आवश्यकता किन पर्‍यो ? सरकार त्यस्तो प्रतिरक्षामा रहनुपर्ने किन भयो ? आक्रामक किन भएन ? आक्रामक यस अर्थमा की असल कामको पहलकर्ता । यस अर्थमा होइन् कि आलोचना माथिको दमनकर्ता । यस लेखाईमा प्रदीप कमरेडको अनावश्यक उल्लेख भएको छ जसले उहाँप्रति समेत अरू मन्त्रीहरू अनावश्यक रूपमा नकारात्मक बन्ने देखिन्छ । (परराष्ट्र विषय क्षेत्र भएका लेखकले मन्त्रीहरूको सन्दर्भ चर्चा गर्दा प्रदीप कमरेडलाई किन चाकरी गर्नुभो भन्ने त छ्यांगै छ, तर यहाँ त ह्वांगै भएछ ।)

10. लेखमा मन्त्रीहरूलाई आफ्नो मन्त्रालय वाहेक सरकारको चिन्ता नभएको आरोप लगाईएको छ । मन्त्रीको जिम्मा नै आआफ्नो मन्त्रालयबारे सोच्ने हो । क्याबिनेटमा प्रधानमन्त्री सर्वेसर्वा हो । विषयगत मन्त्रीहरूले अरूकोमा चियोचर्चाे नगर्नु नै यो प्रणालीको विशेषता हो । कुनै घोषणा गर्नुछ भने प्रधानमन्त्रीले गर्ने हो । कुनै कार्यान्वयन गर्ने हो भने मन्त्रीले गर्ने हो । दुवै कुरा बाहिर ल्याउने प्रवक्ता हो । सबैले गाउँदै हिड्ने होइन् । तर, पत्रकारलाई घुस लिन मन्त्रालय आउनु भन्दै सार्वजनिक र संवैधानिक निकायमा बौलाउँछन् प्रवक्ता । प्रधानमन्त्री हप्काउँदैनन् । अनि मन्त्री कसरी ठिक हुन्छन् ?

111. लेखमा कमरेड ओलीले अहिलेसम्म जुन प्रणालीबाट देश चल्दै आयो त्यसमा परिवर्तन खोजेको र उहाँले यथास्थितिवाद तोड्न चाहेको कुरा उल्लेख छ । अध्यक्ष कमरेड ओली मात्र होईन जनताले, पार्टी कार्यकर्ताले त्यस्तो परिवर्तन खोजेका छन् । त्यसैका लागि सिंगो संविधान नै नयाँ बनाइयो । हामीलाई पत्याए । कमरेड ओलीलाई पत्याइयो । अब अहिले कर्मचरीतन्त्र र माफिया देखाएर न तर्क गर्न मिल्छ न तर्किन मिल्छ । के यो कर्मचारीतन्त्र र माफिया रातारात बनेको हो ? हिजो थिएन ? हामी जितेपछि मुलुक असल बनाउछौं भनेकै अहिले खराब छ भनेको होइन् ? त्यो हामीले नबुझेको थियौं र ? बुझेरै आएको हो भने आएका एक वर्षसम्म पनि कर्मचारीतन्त्र र माफियातन्त्र बदल्न के के प्रयास भए ? के के कानून बन्यो ? के के विशेष घोषणा भयो ? प्रमाणमा बात गरौं । प्रधानमन्त्रीको जिम्मा पाएको थोरै दिनमा नै पाकिस्तानका प्रधानमन्त्रीले कसरी काम गर्दैछन् बुझौं । कम्तिमा १४ सेप्टेम्बरको उनको कर्मचारीहरूबीच गरेको चर्चित भाषण हेरौं । युट्युवमा छ्यापछ्याप्ती छ । असफलता महत्त्वपूर्ण होइन् प्रयास महत्त्वपूर्ण हो ।

12. तातो भातमा बीच्चमा हात चोबल्ने होइन्, छेउछेउबाट सुरु गर भन्ने शिक्षा हरेक बच्चालाई दिइने शिक्षा हो । बिर्सेपछि के लाग्छ ? हिरो बन्न खोजे पछि जिरो हुन्छ । सिण्डीकेट, ठेकेदार सब त्यस्तै हुन् ।

13. लेखले उठाएको अर्काे विषय हो– पार्टीमा आन्तरिक एकताको अभाव । तर, पार्टीभित्र आन्तरिक एकता नहुनुमा जिम्मेवार को हो ? दुई तिहाईको शासक बन्ने रहरले हतारहतार पार्टी विघटन गरेर हामीले विचार, विधि, संगठन सवै ध्वस्त पार्‍यौं । तल्ला कमिटीहरू पार्टीका लाइफलाईन हुन् । त्यसलाई समाप्त पारियो । एकीकरणका नाममा सिफारिसमा कमिटी चयन हुने परिपाटी बनाइयो । त्यो मठ प्रणाली हो, मत प्रणाली होइन् । मठाधिसका मन लागेका मान्छे नेता हुने र अरूले मान्नु पर्ने, नमाने पतीत हुने । यो सब कसको अभिभावकत्वमा भयो ? विघटित तल्ला कमिटी, ह्याण्ड पिक्ड प्रदेश कमिटी, बुख्याँचा केन्द्रीय कमिटी, कोई ताली मात्र पिट्ने, कोही गाली मात्र गर्ने, दर्शक दीर्घा स्थायी कमिटी कसरी बने ? मणी माणिक्य, हिरा जुहारात जस्ता सजावटका सामान थुपारेजस्तो हाईकमाण्ड बनाएर, अनि हाँडीगाउँको जाात्राजस्तो दुई/दुई जना अध्यक्ष बनाएर त्यहि दुई जनाले चलाउन थाले पछि र त्यहि दुईटा अध्यक्ष पनि हाम्रो गाउँघरमा सुनिने उखान जस्तो “त राजा, म रानी, को ल्याउँछ पँधेराको पानी ?” जस्ता भएपछि पार्टीपंक्तिलाई गाली गर्ने नैतिक अधिकार रहन्छ की रहँदैन ? गोपालजीले जवाफ खोज्न चाहनुभएको छैन ।

14. लेखको शीर्षक नै प्रधानमन्त्रीको घेराबन्दीबारे राखेर लेखले अरूको त्रास देखाएर तर्साउन खोजेको छ । नेश्नालिज्म खतरनाक विचारधारा हो । अरुको त्रास देखाएर आफ्नालाई कज्याउने । छिमेकीको, पश्चिमाहरूको त्रासले अब कोही तर्सिदैनन् । प्रधानमन्त्रीलाई घेराबन्दी पार्न कुनै विदेशी ताकत चाँहीदैन, उहाँका सल्लाहकार, प्रशंसक र क्रोनीहरू प्रशस्त छन् । म गुट भन्दिन किनभने म आफै पनि उनको गुटमा पर्छु, तर घेराबन्दी गर्ने घेरामा पर्दिन । मेरा रहरले पनि र मेरा करले पनि । रहरले यसकारण कि गुट बन्नु समकालिन अवस्थाको वेष्ट च्वाईस थियो र बन्यो । हामीले नवौं महाधिवेशनमा वैधानिक रूपले प्यानल पद्दति स्वीकार गर्‍यौ जुन गलत त थियो, तर वैधानिक थियो । प्यानललाई अब समूह भनौं वा गुट भनौं त्यो अर्काे कुरा हो । तर त्यो स्थायी हुँदैन, हुनुहुँदैन भन्ने मेरो मान्यता हो । करले यसकारण कि त्यो घेरासम्म पुग्न बाहिर यति घेरा छन्, जसलाई म त्यहि गुटको भए पनि तोड्न सक्दिन । प्रवेश निषेध छ ।

15. लेखमा जुन स्थायी कम्युनिष्ट सत्ताको कुरा गरिएको छ त्यो हामीले स्वीकार गरेको लोकतान्त्रकी गणतन्त्रमा असम्भव छ र अनावश्यक पनि ।

16. यो लेखको शब्दार्थ जे भए पनि भावार्थ गजब छ । यो पार्टी पंक्तिलाई चिढाएर राख्ने र बरबर आउन नदिने नियतप्रधान छ । यसमा कार्यकर्ता र खासगरेर अध्यक्ष कमरेडका समकक्षी, समवय, सहयात्रीहरू उहाँको नजिकै नपरुन् र क्रोनीहरूको हालिमुहाली चलिरहोस भन्ने साधना छ । प्रधानमन्त्रीको आलोचक उहाँलाई असफल पारेर आफू हुने दाउ पर्खेर बसेकाहरू हुन् र ओलीको उचाईको अर्काे नेता नेपालमा कोही छैनन् जस्ता पुराण बाचन गर्नु स्वयं अध्यक्ष कमरेडको हितमा छैन । अध्यक्ष कमरेडले यस्ता लेखकलाई बोलाएर हप्काउनु हुन्छ की स्यावासी दिनुहुन्छ ? त्यो त म जान्दिन, तर दयालबहादुर शाहीहरू पुरस्कृत भएका देखेकै भएर अन्दाज गर्न सक्छु ।

17. लेखमा उल्लेख गरिएका महाथिर, लिक्वान, पार्क चङहरू उल्लेख नगरिएका मार्सल टिटो, महेन्द्र जस्तै असान्दर्भिक पात्र हुन् । लोकतन्त्रमा आवधिक निर्वाचन लडेर आएका हामी त्यो नेतृत्वको कल्पना पनि गर्न सक्दैनौं, गर्दैनौ । त्यो त राजा महेन्द्रको बेला थियो । उनले पनि पूर्वपश्चिम राजमार्ग बनाएकै हुन्, औद्योगीकरण, विर्ता उन्मुलन, रजौटा उन्मुलन, भूमिसुधार, मुलुकी ऐन, नयाँ शिक्षा, गाउँफर्क उन कै देन थिए । अब त्यो बेला सकियो । तानाशाहीबाट विकास अब सम्भव छैन । अबको विकासको नेतृत्व व्यक्तिबाट हुँदैन । बीसौं शताब्दीको पनि ६० को दशकको तानाशाहको सपना देखाएर प्रधानमन्त्रीलाई दिग्भ्रमित गर्नु चाप्लुसी मात्र होइन्, अपराध हो ।

18. लेखमा सरकारका केही नियुक्तिहरू विवादित भएको कुरा उल्लेख छ । केही होइन् कैयौं नियुक्ति विवादित छन् । विवादित भएका होइनन्, छन् । भ्रष्टाचारको कुरा ठूलो स्वरमा उठ्ने भएर मान्छेहरू जिएम र राजदूत जस्ता कुरा गर्दा हुन्, तर हामी राजनीतिक कुरा गर्छौ । राजनीतिक रूपमा कुरा गर्ने हो भने मन्त्रीहरू र सल्लाहकारहरूबाट सुरु गरौं । अर्थमन्त्रीको नियुक्ती गलत थियो भन्ने कुरा बजेटले प्रष्ट पार्‍यो । सञ्चारमन्त्रीलाई विवादमा अरूले ल्याई दिएका होइनन् । घाउलाई ढाकछोप हैन, निर्मम चिरफार गरौं– असलका लागि, उपचारका लागि । लेख्ने साथीहरूले आलोचकहरूसँग असहिष्णु बन्ने र प्रशंसामा रमाउने इतिहासका बादशाहहरूको कथा लेखौं, तिनको नियती र परिणती लेखौं । प्रधानमन्त्रीसँग पहुँच भएकाहरूले फेसबुकमा आएका टिप्पणी स्क्रिनसट गरेर देखाउँदै उक्साउने बचकाना काम बन्द गरेर गम्भीर छलफलका लागि प्रोत्साहन गर्न सुरु गरौं ।

आउनुहोस् प्रधानमन्त्रीलाई साँच्चै सहयोग गरौं, पार्टी अध्यक्षलाई साँच्चै सफल पारौं ।
अनुमोदन दैनिकमा प्रकाशित मिति :15th October 2018

Wednesday, September 19, 2018

नेपाल नेत्रज्योति संघ, स्वयंसेवा र भविष्य

(सन २०१० को नेपाल नेत्रज्याति संघको केन्द्रिय महाधिवेशनमा डोटी शाखा सभापतिको हैसियतले प्रतिनिधित्व गर्दै महाधिवेशनमा गरेको भाषणमा आधारित रही २०११ तिर केन्द्रिय कमिटीलाई दिईएको सुझाव कम्प्युटरको पुरानो संकलनमा भेटिएछ । यसले नेत्रज्योति संघ मात्र नभई अन्य सामाजिक संघसंस्थाहरुको लागि समेत छलफलको खुराक दिने ठानेर सार्वजनिक गरेको छुँ ।)

क) स्वयंसेवाको क्षेत्रमा नयाँ आयाम
अहिलेको संसार दुई ओटा defining feature वाट चिनिन्छ । एउटा यसको वढ्दो complexity र अर्काे यसको speed of change। यो complexity र change पहिले कहिल्यै भन्दा अत्यन्त वढीछ । तर दुनियाँको यस्तो द्रुततर परिवर्तन संग एकाकार हुन र जटिलता संग सामना गर्न हामी भने सकिरहेका छैनौं । विश्व नविनतम प्रविधि र अवधारणाहरु वाट लाभान्वित हुने होडमा रहेका वेला हामीलाई भने हात धुनुपर्छ भन्ने ज्ञान समेत प्रदान गरिरहनु परेको छ र हामी हात धुन सिकाईरहेका छौं । एक दुइृ जनालाई होइन Mass Scale मा । युगले हामीलाई गिज्याउदैछ ।

अर्काे तिर विश्वभरि नै चलिरहेको ठुला साना लोकतान्त्रिक संघर्ष र परिवर्तनहरुको गतिमा हाम्रो गति एकाकार हुन सकिरहेको छैन । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको समुल नष्ट नभए सम्म हाम्रा कार्य व्यवहारहरु सामन्ति हुन छोडने छैनन् । जसको परिणाम एउटा तरल राजनैतिक अवस्था वाट मुलुक गुज्रिरहेको छ । राजनैतिक विषयले ठोस आकार ग्रहण गर्न नसक्दा राजनैतिक विषयहरुमात्र सवै भन्दा ठुला र महत्वपूर्ण हुन् की भन्ने परेको छ । सामाजिक विषयहरुमा आम मान्छेको चाँसो कम छ वा छदै छैन । स्वयंसेवी कृयाकलाप घट्दो क्रममा छ । विश्व पुजिवाद संग हाम्रो परिचय यति ढीलो आएर हुदैछ कि पुजिवादको व्यक्तिवाद र नव उदारवादमा पतन भैसकेपछि । यस्तोमा स्वयंसेवी भावना तथा कृयाकलाप पनि उत्पादक काम हो भनेर मानिने गरिएको छैन । यसलाई फुर्सदको कृयाकलाप ठानिन्छ अझै पनि । त्यसैले हाम्रो काम केवल स्वयं सेवा गर्नुमात्र रहेको छैन वरु स्वयंसेवी भावनाको विकास र स्वयंसेवी कृयाकलापको विस्तार पनि हाम्रो जिम्मेवारी हो ।

अहिले सम्म हामी सामान्यतया स्वयंसेवी कृयाकलाप गरिरहेका छौं । यो निसंदेह महान कृयाकलाप हो । प्रश्न हामीले गरिरहेको स्वयंसेवामा छैन । प्रश्न छ अवको पिंढीले हाम्रो यस कार्यलाई निरंतरता दिन्छ त ?

परम्परागत रुपमा स्वयंसेवा स्वतःस्फुर्तरुपमा गरिने कृयाकलाप मानिन्थ्यो र तर के प्रमाणित भईसक्यो भने जुन परिवेशमा मान्छे वाँच्छ उस्को विवेक पनि त्यहिढंगले निर्माण हुन्छ । त्यसैले स्वयंसेवा पनि स्वतःस्फुर्त हुदैन । त्यसकालागि पहल, मेहनत र लगानी गर्नु पर्छ ।

यो स्विकार गर्न असजिलो मान्नुहुदैन कि हिजो हामीले गरेका र आज गरिरहेका स्वयंसेवी कृयाकलापहरु अत्यन्त अन्धाधुन्ध छन् । व्यवस्थित छैनन् । अव वेला भएको छ व्यवस्थित स्वयंसेवाको । स्वयंसेवा self-help त होइन नै यो selfless help पनि होईन । यसमा योगदान र प्राप्तिको reciprocity हुन्छ । यो अलग कुरा हो कि कसैले आत्म संतुष्टिलाई प्राप्ति ठान्छन्, कसैले Award & reward लाई त कसैले तिर्नुपर्ने करको व्यवस्थापन, उत्पादनको प्रचार र कम्पनि goodwill लाई प्राप्ति ठान्छन् । corporate volunteering पछिल्लोको उदाहरण हो ।

विश्वभरि नै volunteering लाई उत्पादनसंग जोडेर GDP/GNP संग जोडेर हिसाव हुन थालेको छ । अव हामी त्यसवाट किन पछि पर्ने ? हाम्रो स्वयंसेवी engagement ले उत्पादनमा कतिहिस्सेदारी लियो त भन्ने वारे हिसाव गर्ने वेला भएको छ । हामीले स्वयंसेवकहरुको उत्पादकत्व वृद्धि गर्नमा के योगदान दियौं वा दिनु पर्छ भन्ने विश्लेषण र योजना आउनु पर्छ । के glitches हरु स्वयंसेवाले, स्वयंसेवीहरुले भोगिरहेका छन् र कसरी त्यसलाई हटाएर वढी भन्दा वढी उत्पादकत्व वृद्धि गर्ने भन्ने योजना आउनु पर्छ ।

यसकालागि तत्काल सुरु गर्न सकिने र गर्नुपर्ने ३ वटा कृयाकलाप उल्लेख गर्न चाहन्छु ।

१. Volunteering management unit को स्थापना
संघको केन्द्रिय कार्यालयमा विशेषज्ञहरु संलग्न यस्तो युनिटको स्थापना अविलम्व गर्ने र त्यस युनिटले व्यवस्थित स्वयंसेवाको क्षेत्रमा अध्ययन, अनुसंधान, प्रशिक्षण, अभियान र कृयाकलापहरुको संयोजन गर्ने ।

२. skilled volunteer mobilization
हामी अत्यन्त असंतुलित social setting मा वाचेका छौं । धनी गरिव, दुर्गम सुगम, जान्ने नजान्ने, राजधानी मोफसल, सहर गाउँ यस्ता अनगिन्ति असन्तुलनहरु छन् । सहरमा सुविधा केन्द्रित छ ग्रामीण समाज उपेक्षित छ । हामीले तराई र सहरहरुमा कमाउने र गाउँ र दुरदराजमा खर्च गर्ने जुन रणनीति लियौं त्यसको सफलता आज प्रष्ट छ । तराई र सहरहरुका ठुलो जनसंख्या छ र त्यहा पैशा तिर्न सक्नेहरु पनि छन् । हामीले तराई र सहरहरुमा हस्पिटल राख्यौं र त्यहा सशुल्क सेवा प्रदान गर्यौं । अनि त्यहा सक्ने र हुनेहरु वाट प्राप्त गरेका पैशाले दुर दराजमा निशुल्क सेवा प्रदान गरौं । यो प्रगतिशील कार्यनिति सफल कार्यनीति हो । अव समय अनुसार यसको replication गर्नु पर्छ । अव शीविरहरुले मात्र सेवा प्रदान गरेर सम्भव छैन । अव दुर दराज मै वसेर केहि योगदान दिन सक्ने स्वयंसेवी प्राविधिकहरुको परिचालन गर्नु पर्छ । त्यसकालागि योजना वनाउने, आह्वान गर्ने र रोष्टर वनाउने कार्य यथासिघ्र गर्नु पर्छ । यस्ता short term तथा long term volunteer हरु स्वदेशी हुन सक्छन्, विदेशी हुन सक्छन् । आप्mनै संरचना भित्रका हुन सक्छन् वाहिरका हुन सक्छन् । प्राविधिक Intern हरु हुन सक्छन् । तिनलाई आह्वान गर्ने, प्रोत्साहित गर्ने, matching गर्ने, कार्य विवरण वनाउने र right person, right place र right time मा deploy गर्ने । यस्तो गर्न सम्भव छ । छिमेकि भारतमा पनि यो अभियान नौलो हाईन । यो काम हामिले तुरुन्तै सुरुवात गर्न सक्दछौं । सशरीर उपस्थित हुन नसक्ने विज्ञहरु वाट पनि स्वयंसेवी योदान लिन सकिन्छ । tele-medicine एउटा prime example हुन सक्छ ।

३. Youth eye volunteer हरु संगठित गर्ने
नेत्रज्योति संघको अवस्था मुलुकको समग्र अवस्था भन्दा फरक हुन सक्दैन । जन्मदरमा आईरहेका नियंत्रण, मृत्युदरमा आई रहेका कमि अनि युवा पलायनको मिश्रण वाट हाम्रो demographic चित्र देखिन्छ । समग्रमा हामी aged society मा छौं र यो क्रम वढ्दोछ । जसरी समाजमा aged population को उपस्थिति वढ्दो छ त्यसरी नै नेत्रज्योति संघमा पनि aged population को वाहुल्यता छ । आप्mना कतिपय limitation का वावजुद पाका पुराना साथिहरु स्वयंसेवाको यो महान अभियानमा संलग्न हुनुहुन्छ, त्यसकालागि उहाँहरु श्रद्धाका पात्र हुनुहुन्छ । तर हामीले सक्दा सम्म हाम्रो कामहरुलाई सघाउने हातहरु र हाम्रो असक्तता पछि त्यसलाई अघि वढाउने काँधहरुको व्यवस्थित जमात तयार पार्न सकिएन भने हाम्रो मेहनत, रगत, आँसु र पसिनाको यागदानको भविष्य अन्यौल ग्रस्त पनि हुन सक्छ । अर्काे तिर dirty capitalism को चपेटामा परेको युवा जमात दिन प्रतिदिन individualistic  हुदै गई रहेको छ । उनिहरुलाई समुदायको नजिक ल्याउने, स्वयंसेवी कृयाकलापहरुमा संलग्न गराउने र मानव जातिको वजुदको रुपमा रहेको सामुहिकता लाई revitalize गर्ने काममा हाम्रो संलग्नता अत्यावस्यक छ । यसकालागि अन्य स्वयंसेवी संस्थाहरु पनि आआप्mनो तर्फ वाट योगदान दिईरहेका छन् । junior तथा युवा red cross, Leo-club  आदि उदाहरण हुन् । त्यसै प्रकारको youth eye volunteer को एउटा देशव्यापि टिम खडा गर्न जरुरी छ । जसले दिक्षित र प्रशिक्षित हुदै वर्तमानमा सहयोगी र भविष्यमा नेतृत्वकारी भुमिका निभाउनेछ । आगामि अधिवेशन वाट विधानमा नै संसोधन गरी यस प्रकारको संरचना वनाउन पर्ने हुन्छ वा केन्द्रिय समितिले निर्णय गरी यस्तो टीम देश व्यापी रुपमा तत्कालै पनि वनाउन सकिन्छ र त्यसलाई आगामि अधिवेशनले वैधानिकता दिन सक्छ ।

ख) संस्थागत संरचनाको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघ हिजो काठमाण्डौ केन्द्रित भएर खुल्यो । अहिले २५, ३० जिल्लामा फैलिएको छ । क्षेत्रगत हिसावले पाचै विकास क्षेत्रमा पुगेको छ । अव यसको संरचनालाई पनि यसको व्याप्तिलाई चभाभिअत गर्ने गरि वनाउनु पर्छ । अव केन्द्रले नै सवै कामको रेखदेख र मुल्यांकन गर्न आवस्यक र सम्भव दुवै छैन । क्षेत्रिय तथा स्थानीय अवसरहरुको खोजि तथा प्राप्ति र क्षेत्रिय तथा स्थानीय समस्याहरुको समाधान गर्न क्षेत्रिय स्तरमा संरचना हुनु जरुरी छ । अर्काे तर्फ स्थानीय इकाई (जिल्ला शाखा) हरुले सधै केन्द्रको मुख ताक्ने र केन्द्रले पनि सधै निर्देशन र नियंत्रण गर्ने परंपरागत शैली परिवर्तन हुन जरुरी छ । संघको top down संरचनालाई bottom  up संरचनामा वदल्न जरुरी छ ।

अव संघका जिल्ला शाखाहरु केन्द्रका स्थानीय इकाई होइनन् वरु केन्द्रिय संघ जिल्ला इकाईहरुको माथिल्लो निकाय हो भन्ने ढंगले परिभाषित गर्ने र व्यवहार गर्नु पर्छ । तल bottom मा जिल्ला संघहरु, क्षेत्रिय स्तरमा जिल्ला संघहरुको क्षेत्रिय federation र केन्द्रमा जिल्ला संघहरु कै केन्द्रिय confederation निर्माण हुनु आवस्यक छ । तल्लो तहले गर्न नसकेको वा अनुरोध गरेको काममा मात्र माथिल्लो संरचनाले समन्वयात्मक सहयोग गर्ने सिद्धान्तमा आधारित सम्वन्ध विकास गर्नुपर्छ ।

जिल्ला जिल्लामा रहेका अस्पताल, उपचार केन्द्रहरु वा अन्य software  वा hardware काम त्यहिको स्थानीय संघको नियंत्रण, निर्देशन, अनुगमन र मुल्यांकनमा हुनु पर्छ । एउटै जिल्ला भित्र दोहोरो संरचना हटाईहाल्नु पर्छ र अर्काे जिल्लाको निर्णयको स्वतन्त्रताको guarantee र सम्मान गरिनु पर्छ । समन्वयात्मक सहयोगका लागि क्षेत्रिय federation ले काम गर्नु पर्छ । आगामि अधिवेशन वाट यस्तो विधान नआए सम्म यसको पूवाभ्यासको रुपमा सम्वन्धित क्षेत्रका जिल्ला सभापतिहरु पदेन रहने गरी क्षेत्रिय forum निर्माण गरि नियमित छलफल सुरु गर्नु पर्छ । (यस्तो छलफल अहिले भईरहेको क्षेत्रिय गोष्ठिहरु भन्दा भिन्न हुनेछन् ।)

ग) कृयाकलापहरुको स्वामित्व र अपनत्वको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघले संचालन गर्ने सवै कृयाकलापहरुको स्वामित्व र अपनत्व सवै स्थानीय संघहरु र स्वयंसेवकहरुले महसुस गर्नसक्ने गरि संचालन गरिनु पर्छ । हाम्रा कृयाकलापहरु प्रशासकिय नेतृत्वमा होईन अपितु स्वयंसेवकहरुको नेतृत्वमा सम्पन्न गरिनु पर्छ । कुनै पनि परियोजना वा कार्यक्रमको संचालन, रेखदेख र मुल्यांकन संस्थागत ढंगले गरिनु पर्छ । administrative team ले मात्र होइन । संघले audit समेत गर्न नहुने वा नपाईने गरि हुने कृयाकलापलाई कसरी संघको भन्न मिल्ला ?

त्यस्तै जिल्ला जिल्लामा संचालन गरिने कृयाकलाप त्यहिको शाखाको जिम्मामा संचालन हुनु पर्छ । कुनै जानकारी विना जिल्लामा काम सुरु गर्ने, सम्पन्न भएको पनि थाहा नहुने को भने कसरी जिल्लाले अपनत्व र स्वामित्व महसुस गर्न सक्छ ? गाउँ गाउँ मा जनता निर्णय प्रकृयामा पहुँच र अधिकार माग्दैछन् । त्यसलाई विर्सेर जनता कै लागि गरिएको त हो न ी भनेर अव जनता मान्ने वाला छैनन् । त्यसलाई व्यवस्थित गर्न स्थानीय संघहरुको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्नु आवस्यक छ । अर्काे तिर केन्द्रले सवैतिर सवै कामको अनुगमन सम्भव छैन र प्रसासकिय ढंगले गरिने अनुगमन realistic नहुने खतरा रहन्छ साथै खर्चालु पनि ।

अन्तमा,
यी र यस्ता कतिपय विषयहरु तमाम स्वयंसेवक तथा विशेषज्ञहरुको विचारमा ठिक वा वेठिक लागेर वसेका हुन्छन् । आप्mना सृजनशील विचारहरुलाई संघको हितमा र ultimately marginalized people को हितमा अभिव्यक्त गर्ने र लागु गर्ने अवसर र कउजभचभ को विकास गरिनु पर्छ । हाम्रा अधिवेशनहरु महासचिव तथा कोषध्यक्षका प्रतिवेदन पारीत गर्ने र भेटघाट गर्ने परम्परागत forum वाट नीतिगत र व्यवहारीक मार्गदर्शन गर्ने sphere मा विकास गर्नु जरुरी छ ।

हामीले धेरै गरेका छौं । आँखा स्वास्थ्यको क्षेत्रमा विशालतम उपलव्धि हासिल भएका छन् । पछाडी फर्केर हेर्दा धेरै हिडेजस्तो लाग्छ । तर अगाडी लम्पसार लामो वाटोले हामीलाई चुनौती दिईरहेको छ । व्यवस्थित प्रयत्नले, योजनावद्ध प्रयासले हामीलाई आगामी यात्रामा मार्गदर्शन र नेतृत्व प्रदान गर्नेछ । आवस्यकता त्यहि व्यवस्थित प्रयत्न र योजनाको हो ।

मस्तिष्क मन्थनका लागि धन्यवाद ।

निजगढ हवाई अड्डा : वोल्नेको पिठो

विश्लेषणात्मक दार्शनिक वर्टाण्ड रस्सलको भनाई भनेर एउटा वाक्य खुव प्रशिद्ध छ, “दुनियाँमा समस्या के छ भने बेवकुफहरु विश्वस्त हुन्छन् र बुद्धिमानहरु सशंकित ।” मान्छेलाई तर्कवुद्धि युक्त ठान्ने हर कसैलाई उनको भनिएको यो भनाईले रन्थन्याउछ । के बुद्धिमानहरु विश्वस्त हुने र बेवकुफहरु सशंकित हुने भए यो दुनियाँ समस्या रहित हुन्थ्यो होला वा दुनिया यस्तो समस्यामा हुन्थ्यो होला जहाँ समस्या नै कसैले चिन्दैनथ्यो ? म पनि कहिलेकाँही असमञ्जसमा रहन्छु कि मेरो अन्तरकृयामा रहने सशंकितहरु वुद्धिमान र विश्वस्तहरु बेवकुफै हुन त वा रस्सल नै बेवकुफ हुन् वरु विश्वस्तहुनु बुद्धिमानी हो र हमेसा शंका गरिरहनु बेवकुफी हो । समस्या छ, अरुका लागि छ छैन, मेरालागि छ । म विश्वस्त हुन सक्दैन । म तर्कवुद्धीको गुलाम छुँ । मानेर हिँड्न सक्दिन । खोज्न मनलाग्छ, के अगाडी देखिएकै वाला हो त ? पछाडी के छ ? सोच्न मनलाग्छ, सोध्न मनलाग्छ । अरु कोहि नपाए आफै संग ।

दोस्रो अन्तरराष्ट्रिय हवाइ अड्डाको हल्ला सुरु भएको जुग वित्न थाल्यो । ९० को दशकको आधाआधी तिर त सम्भाव्यता अध्ययन सुरु नै भैसकेको थियो । कुरा धेरै काम कम हुने मेरो देशले मेलम्ची देख्न लगाएको युग भन्दा पनि लामो यसको समय गुज्रिसकेको छ । तर ‘दोस्रो’ अन्तरराष्ट्रिय एयरपोर्ट नाम दिईएको त्यो विमान अड्डा छेपाराको कथा भयो । यो निजगढमा वनाउन उपयुक्त छ भनिएको पनि २४ वर्ष हुनलागेछ । पूर्व सम्भव्यता अध्ययन सम्पन्न भए पछि विस्तृत सम्भाव्यता अध्ययन गर्न १५ करिव वर्ष पख्र्याे निजगढले जवकि साँच्चै विस्तृत अध्ययन गर्न एक वर्ष भन्दा धेरै लागेन । १५ वर्ष के भो ? प्रश्न गर्नु बेवकुफी हो की वुद्धिमानी रस्सललाई कहाँ गएर सोध्नु ? म जन्मनु भन्दा दुई वर्ष अघि नै उनि वितिगएछन् । १५ वर्ष किन पख्र्याे निजगढले ? मुलुकले ?

१५ वर्षको कुरा गर्छस् वेबकुफ भन्नुहोला । विस्तृत अध्ययन प्रतिवेदन आएको पनि त ९ अरु वर्ष हुनलाग्यो । कसरी विश्वास गर्ने अव वन्छ भनेर ? कोही विश्वस्त छैन, शासक, प्रशासक, राजनितिज्ञ, गणितज्ञ, पत्रकार, साहुकार कोही विश्वस्त छैन । किनभने मेरो देशमा कोहि बेवकुफ वन्न चाहदैंन । हरेकले शंका गर्छ । पिँढी दरपिँढी हामी ठगिएका छौं, शासकहरुवाट, प्रशासकहरुवाट, राजनितिज्ञहरुवाट, गणितज्ञहरुवाट, पत्रकारहरुवाट, साहुकारहरुवाट । त्यो ठगाईले हाम्रो मस्तिष्क दुई पाखे भएको छ, एकापट्टी कसैलाई विश्वास नगर्ने वुझाईको पाटो छ भने अर्काेपट्टी हिजोकाले जसरी ठगे त्यसैगरी आफु पनि ठग्ने सिकाईको पाटो छ । एक वर्षको अज्ञातवास सहित पाण्डवको १३ वर्षे वनवास र रामको १४ वर्षे वनवास पढेर हुर्केकोले मलाई निराश हुनवाट जोगाएको छ । कथा पढ्नुको उपलव्धि यही रहेछ, ‘हो कि त’ ‘हो कि त’ भन्ने पार्दाेरहेछ । तर निजगढको अज्ञातवास त २४ वर्ष पुग्नलाग्यो । यसले ‘वन्दैनकी क्यो हो’ भन्ने पनि वनाउदै लग्दैछ । यहाँ वन्छ कि वन्दैन भन्ने चिन्ता छ उता कतिपय चाँही वनाउन हुन्छ की हुँदैन भन्ने मै अल्झिरहेका छन्, अल्झाईरहेका छन, अल्झाईरहन चाहन्छन् ।

हरेक समाजको आफ्नो ऐतिहासिक लिगेसी हुन्छ । कुनै समाज जान्न चाहन्छ, कुनै समाज अरुले भनिदिएको मान्न सिकाउछ, मानेर हिंड्छ । कोहि स्वाध्यायमा विश्वास गर्छन् कोहि ‘गुरु विना ज्ञान हुन्न’ भन्छन् । उपनिषद भन्छ, ‘ऋते ज्ञानान्न मुक्ति’ । मुक्तिको शर्त ज्ञान हो अर्थात जान्न जरुरी छ । मानेर त हामी गोलचक्कर वाट कहिल्यै वाहिर आउन सक्दैनौं । आशोले मज्जाको एउटा प्रवचनमा ‘मान के चलना’ कति घातक हुन्छ वताएका छन् ।

कसैले भन्यो अरुण परियोजनाले वातावरण नाश हुन्छ, हामीले मान्यौं, अहिले जति पटक वत्ति निभ्छ हामीलाई थक्क थक्क हुन्छ । पश्चिम सेती वन्छ भन्दै प्रभावित क्षेत्रमा सिटामोल र विद्यालयको छानो समेत वन्न दिईएन, हामीले मान्यौं । अनगिन्ती छन् उदाहरणहरु । वर्तमान सरकारका पहलहरुले निजगढको वनवासकाल समाप्त हुन्छ की भनेर आशा जाग्दैथियो, फेरी नयाँ नयाँ गुरुहरुको प्रवचन सुरु भएको छ, अनेक वातावरणविद, अर्थविदहरु जुरमुराएका छन् । रडाको फेरी सुरुभएको छ । खनजोत नगरी खेति कसरी गर्ने, खेति नगरी खाने के ? कपास नटिपी कपडा कसरी वन्ने, कपडा नवनाई लगाउने के ? काठ, ढुंगा, माटो, वालुवा नछोई घर कसरी वन्ने, घर नवने वस्ने कहाँ ? संसार भरीका अग्ला घर, ठुला वाँध, चिल्ला चौडा सडकले वातावरण विगार्याे कि वनायो ? विकासको उचाई संगै वढ्ने चेतनाको उचाईले मानवलाई दिगो जीवन वाँच्न प्रेरणा र वाटो दिएको छ । हो समस्या आउछ, तर त्यो समस्याको दिगो समाधान मान्छेलाई अरु नै कुनै प्राणीले दिएको होईन । उस्को आफ्नै खोजले, चाहनाले, महत्वाकाँक्षा र जिजिविशाले दिएको हो । युरोप घुम्न आनन्द आउछ, वर्षको अधिकाँस दिन युएस वस्नमा मज्जा छ तर नेपालमा सडक वन्न हुन्न, विजुली वनाउन हुन्न, एयरपोर्ट वन्न हुन्न । अनि नेपाल किन आउदैनौ साथी भनेर सोधे त्यहाँ यो छैन, त्यो छैनको लामो लिष्ट कण्ठै सुनाउछन विद्वानहरु । धन्य ज्ञान, धन्य विज्ञता । युरोप वस्ने रहरमा सहरभरि खुलेका एक पछि अर्काे विश्वविद्यालयमा नाम लेखाउदै वर्षाै घुमिरहने विज्ञ नेपालमा भने एउटा भन्दा वढी विश्वविद्यालय वनाउन हुन्न भनेर सिकाउछ, हामी मान्छौं । विदेशी कलेजमा भिजिटिङ प्रोफेसर भएर घुमीरहने ज्ञाता नेपालमा थप कलेज खोल्न हुन्न भनेर पढाउछ, हामी मान्छौं । आईएमएफ र विश्ववैंकका पैशाले युरोप पुनःनिर्माण हुन्छ, यता ऋण लिए ट्रयापमा परिन्छ भनेर सिकाइन्छ, हामी मान्छौं । ओशाले भनेको ‘मान के चलना’ किन खतरनाक छ वुझिदैछ ।

वनाउने की नवनाउनेमा होईन कस्तो वनाउने, कसरी वनाउनेमा छलफल गरेको भए अहिले सम्म पार पाईसक्थ्यो । त्यो समय हामीले वनाउने की नवनाउनेमा खर्च गर्यौं । यो सव नौटंकीवाट सचेत हुनुपर्छ । खवरदारी गर्न पर्छ । गर्नै हुन्न भन्ने विज्ञ, गर्छु गर्छु भन्ने तर नगर्ने सरकार, यसरी गर्ने र त्यसरी गर्नेमा रमाउने अर्थशास्त्रीहरु, यसले वनाउने र त्यसले वनाउनेमा तानातान गर्ने निकायहरु, यस्तो वनाउने र उस्तो वनाउनेमा अलमल्ल प्राविधिकहरु, लफडा रहिरहे विषय पाईरहन्छ नत्र अर्काे मुद्दा खोज्न ववाल हुन्छ भनिठान्ने पत्रकारहरु सवको अनुहार चिन्नुपर्छ र तिनका कुरा चिर्न पर्छ । विकासका मुद्दाहरु वातावरणीय विषयमा दुनियाँ भरी नै आलोचित हुन्छन्, हुनुपनि पर्छ । अन्यथा विकासका नाममा लोभीहरु अन्दाधुन्ध विनाश गर्न छोड्ने छैनन् । अन्य क्षेत्र जस्तै हवाई क्षेत्र पनि त्यसवाट अलग हुन सक्दैन । तर हाम्रा तिर त वातावरणको कथा सुनाएर काम रोक्ने योजनावद्ध र प्रायोजित विरोध सामान्य घटना भैसके । नयाँ गर्दा पुरानो नष्ट हुनु स्वाभाविक छ । नष्ट मात्र गर्ने नयाँ नवनाउने हो भने विरोध हुनु पनि पर्छ । तर नयाँ वन्ने हो भने अझवढी सुन्दर, अझवढी वातावरण मैत्री, अझवढी दिगो वनाए के भो त ? रुख काटेर काठ वेच्ने मात्र भयो भने अपराध हो तर रुख काटेर हवाई अड्डा वन्छ भने किन रोक्ने ? झन रुखको सट्टा रुखै पनि रोपिदिने पनि भनेपछि किन हुन नदिने ? अहिले वन्ने हवाई अड्डा कम्तिमा आगामी १०० वर्षका लागि हो । अहिले सम्म विकसित अत्याधुनिक प्रविधि र अवधारणाले युक्त वनाउ भनौं । समयमा सुरु गर, समयमा सकिने सुनिश्चितता गर, असल र कुसललाई जिम्मा देउ, गुणस्तरीयता कायम गर भनौं । भन्ने मात्र होईन निरन्तर निगरानी गरौं ।

दोस्रो भनिएको निजगढ पछि भैरहवाको अपग्रेड गरीयो, पोखराको हुदैछ । नाम जे दिए पनि काम अगाडी वढेको छ । नेपालगंज, धनगढीले अन्तरराष्ट्रिय वन्ने इच्छा जाहेर गरेका छन् । तर जेठीले कान्छि श्रीमतीलाई घर भित्रिन नदिए पछि श्रीमानले घर छेउमा टहरा वनाएर राखे जस्तो त्रिभुवन विमानस्थलको आउट सर्किटमा, सिनामंगलको डिलमा, रहेको निर्देशनालयको कार्यालय अहिले पनि तल वागमतीमा कति पानी वग्यो भन्ने हेरेर दिन विताइरहेको छ । यो अकर्मन्यता उस्को नैशर्गिक हो, कग्नेटिभ हो, एक्वायर्ड हो वा थ्रस्टेड हो कसैले त भन्नु पर्ने हो, तर कसैले भन्दैन ।

आज भन्दा १० वर्ष अगाडी, ८ अगष्ट २००८ मा चीनका उद्घाटन गरिएको ओलम्पिक खेलका वेला वर्षातले उद्घाटन समारोह नविगारोस भनेर जे गरियो त्यो विचित्र थियो रोमाञ्चक थियो । रकेटको प्रक्षेपण गरेर वादल हटाईयो । वातावरणवीदहरु त त्यसको पनि वालको खाल निकाल्न तल्लिन नै थिए । अहिले पनि पश्चिमी मिडिया उप्काउन छोड्दैन । तर त्यो भव्य थियो, विशाल थियो मानव जातिको उपलव्धिको शानदार प्रदर्शन थियो । छानामा प्रयोग गर्नुपर्ने स्टिलको भाउ वढाउने वजारलाई दरिलो झापट थियो । तिमि भाउ वढाउदै गर म मानव सभ्यताको उचाई वढाउँछु । त्यो हिम्मत मान के चलने से आएको हैन, आउदैन । आत्म विश्वासले आएको हो । त्यो उद्घाटन समारोहमा भएको रस्सल भएको भए के भन्थे होलान ? भरखरै हङकङवाट मकाउ जोड्ने छोटो वाटो वनेको छ । ९ वर्ष लाएर वनेको उक्त वाटो वन्नमा अवरोध नआएका हैनन् । तर वन्यो । इच्छाशक्तिले, योजनाले, नागरिक निगरानीले । रस्सल नेपालमा भएको भए भन्थे होलान “समस्या त केहो भने वन्दैन की भन्ने चिन्ता भएका नागरिक वोल्दैनन् कतै वनिपो हाल्छ की भनेर चिन्तितहरु ननिदाईकनै वस्छन् ।” नागरिकहरु वोलौं । काम गर्न नदिनेहरु विरुद्ध वोलौं । कामगर्न नदिनेहरुको डरले वा भरले काम नगर्ने सरकार विरुद्ध वोलौं । काम गर, छिटो गर र गुणस्तरीय गर भनेर वोलौं । काम गर्छु भन्ने सरकारलाई अल्झाउनेहरुका विरुद्ध वोलौं ।

लाहुरे भएर, दरवान भएर विदेशीयको पिंढीले त देश विदेश देखेर, वुझेर राणा शासन मिल्काईदियो भने आज पढेर, वुझेर देश विदेश जानेको पिंढी यस्तो अकर्मन्यता मिल्काउन सक्दैन ? ताज्जुव त के लाग्छ भने त्यही पिंढीको एउटा हिस्सा जनतालाई वर्गलाउनमा लाग्छ, दिग्भ्रमित पार्न खोज्छ र मुलुकलाई अध्यारो रोकिरहन पाएकोमा, वा अनिश्चितता तर्फ धकेल्न पाएकोमा जीत ठान्छ । उनै विज्ञ छन्, उनै विशेषज्ञ छन् । सरकारका नजिक घुमेकै छन्, वुद्धि भुटेकै छन् । सरकार र सरकारी निकायहरु उनिहरुवाट पिछा छुटाउनु सट्टा आवभगत मै रमाएका छन् । आलोचकहरु प्रति अषहिष्णुता वढेको वढ्यै छ । चाटुकारहरु संग चोचोमोचो मिलेकै छ । राजतन्त्रका साखुल्लेहरुले राजतन्त्र डुवाए । कँग्रेसका साँखुल्लेहरुले कँग्रेस डुवाए । यो देखेर, हुर्केर वढेको मेरो पिंढी शंका नगरेर के गरोस् ? रस्सलले बेवकुफ भनेपनि वुद्धिमान भने पनि ।

मेलम्ची ढिलै भए पनि वन्दै गरेकोले यो दोस्रो भनिएको हवाई अड्डाको पनि आस मरिसकेको त छैन तर वन्छ भन्नेमा भने शंकै छ । शंका किन छ भने शंका गर्ने आधारहरु छन्, आधारहरुको विद्यमानतामा तर्कवुद्धिले शंका गर्न उक्साउछ । मेलम्चीको दन्त्य कथाको अन्त्य हुन युग लाग्यो । निजगढ त्यस्तै दन्त्य कथा हुदैछ । के यसको अन्त्य गर्न पर्दैन ? हरेक पार्टी र नेता हरेक चुनावमा निजगढ वनाउछु भन्छ र भोट माग्छ । कति चुनाव भए ? अव फेरी अर्काे चुनावलाई एजेण्डा जोगाई दिने ? अव समय नाश हुन नदिउँ । काम गर्न दिउँ । गर्न नदिनेलाई नंग्याऔं । नगर्नेलाई नंग्याऔं । सानोमा हामी काग संग भन्थ्यौं । वोल् काग वोल् । त्यस्तै अव वोल् नागरिक समाज वोल् । वोल्नेको पिठो विक्छ ।

१६ सेप्टेम्वर, २०१८
http://www.sadrishya.com/bichar/2018/09/18/22632/

पार्टी एकिकरणको सार्थकता

कुनै रोग संग लडिरहेकाहरुका लागि नयाँ औषधी वा उपचार विधीको आविष्कार थप आशाको किरण वन्दछ । जसले उनिहरुको जीवनमा नयाँ उत्साह पैदा गर्दछ र उपचार पछिको सुखद जीवनको कल्पनाले उस्लाई पिडा विर्सन मद्दत गर्दछ । तर वास्तविक जीवनमा त्यस आविष्कारको सार्थकता तवमात्र सिद्ध हुन्छ जव त्यो औषधी वा उपचार पद्दति विरामीको पहुँच सम्म आईपुग्छ र उसले उपचार पाउछ । रोग, विरामी र उपचारका सन्दर्भको यो उदाहरण राजनीतिक जीवनमा पनि उस्तै हो । कुनै राजनीतिक घटनाक्रम, परिवर्तन वा अन्वेषण आम जनताका लागि उत्साह पैदा गर्ने विषय हुनसक्छन्, सम्भव छ कि ति घटना वा परिवर्तन वा अन्वेषणले सुखद भविष्यको कल्पनामा विगत र वर्तमानका पिडा विर्सन जनतालाई मद्दत पनि गरोस् । तर ति घटना, परिवर्तन वा अन्वेषण जनताको पहुँच भित्र आईपुग्यो कि पुगेन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? त्यसले मात्र तिनको सार्थकतालाई सिद्ध गर्दछन् ।

नेपालको राजनीतिका पछिल्ला वर्षहरु विभिन्न सुखद घटनाहरुले भरिएका छन् । सामन्ती राजतन्त्रको विरुद्धको लामो संघर्षले सफलता प्राप्त गरेको छ, मुलुकको ईतिहासमा नै पहिलो पटक जनताले आफ्नो सम्विधान आफै वनाएर लागु गरेकाछन् । समाजका हेपिएका र पछाडी पारिएकाहरु पनि राज्य सञ्चालनमा उपस्थित हुनसक्छन् भन्ने देखिएको छ । पुजिवादी जनवादी क्रान्ति सम्पन्न भई जनवादी सरकार स्थापना भएको छ आदि इत्यादि । तर मुख्य कुरा के हो भने तिनले परवर्तनलाई जनताको पहुँच भित्र ल्याईपुर्यायो कि पुर्याएन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? यदि त्यसो हुन सकेको होईन भने तिनको सार्थकतालाई सिद्ध गर्न सकिदैन ।

मुलुकमा भर्खरै दुई ठुला राजनीतिक दलहरु विच एकिकरण सम्पन्न भएका छन् । जसले नेपाली समाज एकपटक मज्जाले तरङ्गित भएको छ । यद्दपि राजनीतिक वृत्तमा कुनै दलहरुको गठन, विघटन, पुनःगठन, एकिकरण वा विभाजन सामान्य घटना हुन् । वहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था अन्तरगत त यस्ता घटनाहरु खासै उल्लेख्य पनि होईनन् । नेपालमा पार्टी पद्दतिको इतिहास एकिकरण, विभाजन र पुनःएकिकरणवाट भरिएको छ । नेपाली राष्ट्रिय कँग्रेस र नेपाल प्रजातन्त्र कँग्रेस एकिकरण हँुदै नेपाली कँग्रेस वने देखि यो वन्ने र भत्कने क्रम अहिले सम्म पनि जारि छ । ७ सालमा गठन भएको कम्युनिष्ट पार्टी कति टुक्रमा विभाजित भयो र कतिपटक को को मिले भनेर पिएच डी थेसिस नै लेखियो । राजनीतिक दलहरु माथि प्रतिवन्ध लगाईएको र सत्ताको खेलमा संलग्न हुन नपाएको अवस्थामा समेत दलहरु विभाजित तथा एकिकृत हुने गरेवाट केवल सत्ता स्वार्थले मात्र उनिहरुलाई विभाजित वा एकिकृत गर्छ भन्ने तर्कको खण्डन गर्दछ । “माओका कति जना श्रीमती थिए भन्ने विषयमा समेत नेपाली कम्युनिष्टहरु विभाजित भएका छन्” भन्ने ठट्यौली यहाँ नेर सान्दर्भिक छ । पञ्चायतको अन्त्य पछि पनि पञ्चायती लिगेसी र राजतन्त्रको स्वार्थ रक्षाका लागि खोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी खुल्नु अघी नै फुट्यो । राप्रपा कतिचोटी किन फुट्यो र कतिचोटी किन पुनः जुट्यो भन्ने विषयमा पनि पिएच डी थिसिस नै लेखिन वेर छैन ।

तत्कालिन नेकपा माओवादीको प्रचण्ड समुह, वैद्य समुह, वावुराम समुह, विप्लव समुह जस्ता अनेकौं समुहमा विभाजन पछिल्लो कालमा देखिएको उल्लेख्य विभाजन थियो भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको एकिकरण अर्का उल्लेख्य एकिकरणका घटनाहरु थिए । यस विच नयाँ शक्ति पार्टी, साझा पार्टी जस्ता उत्तर आधुनिकतावादी पार्टीहरुको गठनले पनि नेपाली समाजलाई तरंगित गर्यो । सानो र नयाँ भए पनि विवेकशील साझा पार्टीको एकिकरण पछिल्लो कालमा चर्चाको विषय नै रह्यो ।

गतसाल आमचुनावको पूर्व सन्ध्यामा मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले गरेको पार्टी एकिकरण गर्ने घोषणा गरे । आम जनतालाई पारेको प्रभावका आधारमा मुल्यांकन गर्ने हो भने यो घोषणा यस अघि भएका सवै एकता र विभाजनका घोषणा मध्य सर्वाधिक महत्वको रह्यो । यसले आम जनतामा यति ठुलो उत्साह पैदा गर्यो की एकिकरण पुर्व नै केवल गठवन्धन कै भरमा पनि यसले करिव दुईतिहाई जनमत कव्जा गर्यो । त्यस घटनाले मुख्य विपक्षि दललाई यस्तो विक्षिप्तता तर्फ धकेलिदियो कि उ आज निर्वाचनको महिनौं सम्म पनि समिक्षाका नाममा अकर्मण्यताको सिकार भएको छ । उता हुन्छ र हुन्नका विचको लामो जिद्दोजहद पछि भर्खरै दुईदल विच एकिकरण सम्पन्न भएको छ । दुवै दलका नेताहरु यसलाई सफल घटनाका रुपमा व्याख्या र विश्लेषण गरिरहेका छन् भने र कार्यकर्ताहरु दीपावली गरिरहेका छन् । जनतामा पनि एक प्रकारको आशा संचारित भएको छ ।

कम्युनिष्ट पार्टी गरिखाने वर्गको पार्टी हो । एउटा यस्तो पार्टी जसले गरिखाने वर्गलाई संगठित र शिक्षित गर्दै शासकीय भूमिकामा मात्र पुर्याउदैन वरु त्यस वर्गको उन्नति  प्रगतिमा अवरोध पुर्याउने सम्पूर्ण शोषण र उत्पिडनका जालाहरुलाई च्यातचुत पारेर मानवमुक्तिको क्षेत्रमा एउटा अभूतपूर्व योगदान पुर्याउछ । यस अर्थमा यो सम्पूर्ण मानव समाजको हितकारी पार्टी हो । यस्तो पार्टी विभाजित रहनाले गरिखाने वर्गका मुक्तिका चाहनाहरु र त्यस चाहनाको पुर्तिका लागि आवस्यक पर्ने संकल्प र संघर्षहरु पनि विभाजित हुनजाने भएकोले कम्युनिष्ट पार्टी एकिकरणको घोषणाले कुनै रोग संग लडिरेहका विरामीहरु नयाँ औषधी वा उपचार विधीको आविष्कारले आशावादी र उत्साहित भए झैं उनिहरुमा पनि आशा र उत्साह सञ्चार हुनु स्वभाविक छ । तर एकिकरणको घोषणा आफैमा पर्याप्त विषय भने होईन । नयाँ पनि होईन । अव एकिकरणको सार्थकता सिद्ध गर्ने जिम्मेवारी नयाँ पार्टीका नेता तथा कार्यकर्ताका काँधमा आएको छ । यसले शोषण र उत्पिडन संग लडिरहेका नेपाली कामदार वर्गका लागि सुदुर भविष्यको कोरा कल्पना वाँडेर पिडा विर्साउने काम मात्र गर्छ वा शोषण र उत्पिडनवाट मुक्ति पाउने र उनिहरुको वास्तविक जीवनमा परिवर्तन देखिने गरि संघर्षको सहि रुप, विधि र प्रक्रिया तय गर्छ, पार्टी एकिकरणको सार्थकता त्यसैमा भर पर्नेछ ।

धनगढी पोष्ट

मे १८, २०१८

निश्पक्ष मिडियाः विभ्रम र यथार्थ

रामहरी जीले फोन गरेर भन्नुभयो बिम्ब सात वर्ष पुरा भएछ । यस अवसरमा उहाँ म वाट बिम्बको लागि लेख चाहनु हुन्थ्यो । मैले उहाँलाई भने कि बिम्ब सात वर्ष पुग्यो त्यसमा खुशी हुनु पर्ने त खासै केहि छैन तर यो विचमा बिम्बले के ग¥यो जसमा बिम्बले र हामी बिम्बका शुभ चिन्तकहरु एवं पाठकहरुले गर्व गर्न सक्छौं ? बिम्बको स्थापना काल देखि नै कुनै न कुनै ढंगले जोडिएका म जस्ताहरुका लागि यो खवर मात्रै पनि खुसिको हुन सक्छ तर आम पाठक तथा जनता त्यस प्रकारको भावनात्मक कुराको लपेटामा आउदैन । बिम्ब अघि पनि थुपै पत्रिकाहरु थिए र पछि पनि भए, हुदैछन् । के बिम्बको त्यस्तो बिम्ब वन्न सक्यो जसले बिम्बलाई मानिसहरु अरु पत्रिका भन्दा भिन्न ढंगले हेरुन वा भिन्न सुचना चाहने, भिन्न विचार चाहने र भिन्न रोजाई भएकाहरुले माया वा घृणा गरुन् । मैले जानि जानि माया वा घृणा भनेको छुँ । किनभने समाजको वनोट अनुसार नै समाजका मान्छेहरुको धारणको पनि वनोट हुन्छ । सवैको प्यारो हुन खोज्नेहरु कसैको पनि प्यारो वन्न सक्दैनन् । चाहे व्यक्ति होस्, संस्था होसु्, पत्रिका होस कित्ताकाट हुन्छ र हुनुपर्छ ।

एउटा प्रचलित भ्रम वा झुटको खेति के चलेको छ भने मिडिया निश्पक्ष छ वा हुन्छ वा हुनुपर्छ । मिडिया सूचनाको निश्पक्ष साधन हुँदै होइन वरु यसले त यो ठिक र यो वेठिकको मुल्य मान्यता स्थापना गर्छ । समाजको एउटा हिस्साको रुपमा उस्को पनि स्टेरीयोटाईपिङ्ग हुन्छ । पत्रकारले न्युज रुममा ल्याउने खवर उस्को हेराई हो, विश्वास हो, विचार हो र प्रवृत्ति हो जुन उस्को सामाजिक परिवेशले, सामाजिक उत्पादन सम्वन्धमा उस्को स्थान र भुमिकाले निर्धारण   गर्छ । त्यस पछि पालो आउछ न्युज रुमको मालिकको जो आफै पत्रकार नहुन पनि सक्छ । उस्ले जे चाहन्न त्यो हुन्न । उस्को मिडिया त्यहि प्रसारण गर्छ जे उ चाहन्छ । हुन्छ के भन्दा, कतिपयलाई महत्वपुर्ण लागेको विषयले मिडिया कभरेज पाउदैन, व्ल्याकआउट हुन्छ त कतिपय विषयको अतिसयोक्ति ।

रेडियो, टिभि, पत्रिकामाथि विश्वास गर्ने ठुलो हिस्सा छ समाजमा अहिले पनि । तर ठुला र कर्पाेरेट मिडियाहरु मिडियालाई निश्पक्ष छ भन्नमा वढी लागेका हुन्छन् । यो झुटो चेतना प्रसारणमा उनीहरुको ठुलो व्यापारिक स्वार्थ छ । तर त्यति ठुलो नभए पनि आप्mना सिमित स्वार्थ कै लागि पनि साना साना मिडिया पनि उनीहरुको सिको गर्दै मिडियाको निश्पक्षताको भ्रम वाँडी हिड्छन् । ठुला र कर्पाेरेट मिडियाहरु हुने खानेहरुका विचारलाई नै आम विचार, हुने खानेहरुका संस्कृतिलाई नै आम संस्कृति र हुने खानेहरुको लोकतन्त्र लाई नै आम लोकतन्त्र भनेर चिच्याउछन् । उनीहरुको हालिमुहालीले आम जनता झुटो चेतनावाट ग्रस्त छ । जनधारणा त्यसै निर्माण हुँदैन र भईरहेको पनि छैन । यो तितो यथार्थ हो कि ठुला र कर्पाेरेट मिडियाहरुले मिडियालाई तार्किक छलफलको क्षेत्रवाट पुजिपतिहरुको वस्तु तथा सेवाहरुको वजारिकरण, वजार विस्तार र नाफा आर्जनको लागि आम मान्छेहरुको दिमाग भुट्ने औजारमा परिणत गरिदिएका छन् । जवकि मिडिया एउटा छलफल र तार्किक निश्कर्ष एवं सहमति निर्माण गर्नमा सहयोग गर्नसक्थ्यो र उस्ले त्यसो गर्नुपथ्र्याे । पटक पटक साना र ठुला मिडिया शव्दको प्रयोग यहा जानी जानी गर्दैछु ताकि भ्रम र यथार्थ छुट्टियोस् ।

कार्लमाक्र्सले पँुजिवादले सवैलाई आप्mनै रंगमा रंगाउछ भन्नु भएको छ । रंगाउने यो प्रकृयामा उसको सवै भन्दा विश्वसनीय र सकृय साथि भैरहेको छ मिडिया । टिभि च्यानलहरुमा दिनभरि देखाइने सिरियलहरुवाट निर्माण हुने झुटो चेतना, व्यापारको विस्तार र वस्तु, विचार र संस्कृतिको व्यापारिकरण छिपेको छैन । तर भ्रमको यो महाजाल छ की आम मान्छेहरु त्यसै भ्रमलाई यथार्थ मान्दैछन् । वैकल्पिक मिडियाको प्रयोग र पहँुचमा आम मान्छेको सहभागिताको कमि र परंपरागत मिडियाको वाहुल्यता रहेको छ । पुरुष प्राधान्यताको विरुद्ध संघर्षरत एउटा महिला आफु सुन्दर देखिनु पर्ने सामाजिक मान्यताको अश्विकरणको सट्टा सौन्दर्य प्रसाधनको पछि दगुर्छ । गहना नलगाउदा वुच्चि ठान्छ आफैलाई र साडि विना त न आप्mनो विवाह सम्भव हुन्छ न अरु कै भन्ने भ्रमवाट ग्रस्त छ । यो सव परिणाम हो म्यानुपुलेटिभ कल्चर इन्डस्ट्रिज (भ्रम सर्जक सांस्कृतिक उद्योगहरु) र मिडियाको अपवित्र गठवन्धनको ।

यहि गठवन्धनको माध्यमवाट पँुजिवादले सवैलाई आप्mनो रंगमा रंगाई रहेको छ । आम जनता विस्तारै उपभोक्ता वनिरहेका छन् । केवल वस्तु वा सेवाको मात्र होइन, विचार र संस्कृति अनि निर्णय र नीतिको पनि । एउटा सानो उदाहरण त संविधानसभाकै लिऊँ । केहि दर्जन मान्छेहरुलाई छानेर संविधान वनाउन पठाएकामा मख्ख हामी जनता अव उनले के के कुरा लेखेर ल्याउनु पर्छ भन्ने वहस गर्दैनौं । मिडिया पनि जनताका सवालको चक्करमा किन लागोस् ? वरु के लेखे ? के लेख्तैछन् कहिले लेखि सिध्याउछन् जस्ता कुरामा नै वढी चर्चा हुनेगर्छ । तिनै मिडियाले तय गर्छन लेख्ने कुरा पनि । अनि मिडियाको अर्काे चासोको विषय हो जनतालाई म्यनुपुलेट गरेर पुँजिवादी वजार निर्माणमा उसको योगदान कतैवाट पनि कुण्ठित नहोस् । ठुला र कर्पाेरेट मिडियाहरुले मिडियाको एउटा स्ट्याण्डार्ड छवि वनाएका छन् र साना मिडियाहरु आफु पनि उस्तै नदेखिएला कि भन्ने पिरले सिको गर्दैछन् ।

अत्यन्त भद्दा मजाक त कतिवेला देखिन्छ भने जव मिडियाहरु ओपेनियन पोल गर्दछन्, जनमत सर्वेक्षण । गम्भिर विषयहरुमा समेत कुनै वहुलठ्ठिले वनाएका वहुलठ्ठिपुर्ण वैकल्पिक हल्का उत्तरहरु राखेर गरिने नाटक मञ्चन अनि मुर्खता पुर्वक आप्mनो टेलिफोनको व्यालेन्स सक्दै धमाधम पठाईने एस एम एस हरु र त्यसको आधारमा निकालिने निश्कर्षले तार्किक वहसहरु र सहमतिहरुलाई फाल्तुका विषय वनाई दिन्छ ।

अव त यस्तो भै सक्यो कि ठुला र कर्पाेरेट मिडियाहरुले नै तार्किक वहसहरुको निर्धारण, निर्माण र सिमांकनलाई स्वीकृति र अनुमोदन गर्नु पर्दछ । अघिल्लो वर्ष, जव नवउदारवादी अर्थतन्त्रमा चरम संकट पैदा भयो र विश्वभरी समाजवादमाथी नया वहस सुरु हुन खोज्यो त्यसलाई मुलधारका मानिने मिडियाहरुले प्रवद्र्धन गरेनन् । नेपालमा जहाँ लोकप्रिय मतको वहुसंख्या समाजवादी हौं भन्नेहरुको छ यहाका मिडियामा समेत त्यस प्रकारको वहस भएन, गरिएन । मलाई ताजै याद छ जव समाजवादको सान्दर्भिकता वारे मेरो एउटा लेखलाई ठुलो मिडियाका ठुला पत्रकारले क्लासिकल भएछ अलि कन्टेम्पोररी लेख्नुस्न भनेको । समाजवादमाथी विश्वभरी नयाँ शिरावाट वहस      चलिरहेको वेला समेत उनले त्यसलाई क्लासिकल  देखे । त्यो देखाई उनको होइन उनलाई पालन पोषण गर्ने पँुजिवादी उत्पादन पद्दति र त्यसले निर्धारण गरेको उत्पादन सम्वन्धको हो । त्यो उत्पादन सम्वन्धमा उनको स्थान र भुमिका अनि त्यसले निर्धारण गरेको सामाजिक चेतनाको हो । पँुजिवादी उत्पादन पद्दति र त्यसले निर्धारण    गरेको उत्पादन सम्वन्धको विशेषता के हो भने यसले आप्mनो शोषणको जाँतोमा पिसिइरहेकाहरुलाई समेत आहा तिमि त कति राम्रो पिठोमा परिणत भए छौ भनि भ्रम सृजना गरि रहन्छ ।

कर्पाेरेट मिडिया र त्यसका पत्रकारहरुको सम्वन्ध पनि त्यहि हो । खवर केवल वजार विस्तार मात्र गर्दैन वरु आफै पनि वस्तुको रुपमा खरिद विक्रि हुन्छ । मोल मोलाई हुन्छ यसको । दुई स्तरमा त्यसको व्यापार हुन्छ, पत्रकार विकाउ न्युज खोज्छ वा विकाउ ढंगले लिपापोती (पोलिसिङ्ग) गर्छ र वेच्छ । जसले किन्छ त्यसले त्यस्तो न्युजमा मात्र पैशा खर्च गर्छ जुन विक्छ र वेच्छ । पहिलो व्यापार सामान्य जीवन निर्वाह व्यापार हो र दोस्रो व्यापार उत्पादन पद्दति र उत्पादन सम्वन्धले निर्धारण गरेको हुन्छ साथै त्यसले थप उत्पादन पद्दति र उत्पादन सम्वन्धले निर्धारण समेत गर्दछ ।

यो युग सूचना तथा संचारको युग हो । अहिले समुदायका व्यक्तिहरुको दृष्टिकोण निर्माणमा मिडियाको भुमिका पहिले कहिल्यै भन्दा वढी छ । मिडियाले समुदायलाई कुनै पुराना कुरा मान्न वा नमान्न, वदल्न वा पुरै छोड्न वा नयाँ कुरा लिन वा नलिन वाध्य वनाई दिन्छ । राज्य, वजार वा नागरिक समाजलाई कुनै नीति निर्माण गर्न वा नगर्न, लागु गर्न वा नगर्न वा खारेज गर्न वा नगर्न वाध्य वनाउन सक्छ । सर्त यो हो कि मिडियाको वागडोर कसको हातमा छ ? वजारको हातमा वागडोर भएको अहिलेको मिडिया तिव्र वजारीकरणवाट राज्य र नागरिक समाजलाई आप्mनो योजना मुताविक गर्न वाध्य पार्दैछ । वाल स्ट्रिट त्यसको प्रतिनिधि उदाहरण मात्रै हो । हिजो राज्यको हातमा मिडिया रहेको वेला उस्ले पनि त्यसै ग¥यो । वैकल्पिक मिडियाको रुपमा नागरिक समाजले मिडियाका विभिन्न रुप, विधि र प्रकृयाको प्रयोग गर्न खोजिरहेको छ । जहाँ सफल भएको छ त्यहाँ वजार र राज्यलाई वाध्य पार्दै छ । पछिल्लोकालमा त कतिसम्म देखिदैछ भने निश्पक्षताको डंका पिट्न पछि नपर्ने मिडिया जव ताकतिला राज्यहरुको कोपभाजनको सिकार हुन्छन् वा ताकतिला राज्यहरुको स्वार्थमा मिडिया असहयोगी देखिन थाल्छन् असान्जेहरुको नियति देखापर्छ । मिडिया शक्ति हो भनेर स्वीकार गर्ने हो भने त्यो शक्ति खोसाखास गर्ने लडाई हुन्छ भन्ने कुरा र त्यो एकवाट अर्काे ताकतवरको हातमा नाँचिरहन्छ भन्ने कुरालाई मान्नै पर्छ । शक्तिको वागडोर आप्mनो हातमा लिने लडाई त जारी नै छ ।

यहि र यस्तै पृष्ठभुमिमा बिम्बले आफुलाई मुल्यांकन गर्नुपर्छ । वार्षिक उत्सवहरु विगतको समिक्षा र भविष्यको वाटो निर्धारण गर्ने आत्म समिक्षाका वेलाहरु हुन् । हेरौं बिम्बले आफुलाई कहाँ पाउछ र अव कहाँ उभ्याउछ ।

विम्व साप्ताहिक
(यो लेख डोटीवाट प्रकासित हुने विम्व साप्ताहिकका सम्पादक रामहरी ओझाको अनुरोधमा सन् २०१० तिर लेखिएको हो र सोही साप्ताहिकमा प्रकासित छ ।)

जवज, वरमुडा त्रिसंकु र समाजवाद तर्फको यात्रा

“सामाजवाद समाप्त भयो र अव यसको भविष्य छैन ।” एक पटक नवउदारवादीहरुको यो गोयवलियन सुगारटाई सुन्दा सुन्दा दिक्कै लाग्थ्यो । विषर्जनवादीहरुको हातखुट्टा गलाउन यो एउटै नारा प्रसस्त ठहरियो त्यो वेला । संसार भर हसिया हथौडाका झण्डा झुके, च्यातिए, मिल्काइए । रगतको रातो रंग हरियो हुदै गयो । १९८० को दशकको अन्तिम र १९९० को सुरुवात तिर समाजवादका नाममा वचेखुचेका राज्यहरु एक पछि अर्काे गर्दै विघटनको अवस्थामा पुगे । चाहे गृहयुद्धको माध्यमवाट चाहे आपसि सम्भौता वाट । विसाल सोभियत संघ छिन्नभिन्न भयो । पुर्वि युरोप, दक्षिण अमेरीका, एसिया कतै अछुतो रहेन । विभाजन र विघटन नै समाजवादको नियति हो जस्तै लाग्ने गरि चिच्याउथे सवै । क्युवा र उत्तर कोरियाको सासनलाई समाजवादी मानिरहने हो भने र चीन र भियतनामलाई एकातिर राख्ने हो भने वाहेक समाजवाद त के दुनियामा समाजवादीहरु पनि खोज्नु पर्ने अवस्था आउदै थियो । प्रजातन्त्रलाई पुजिवादको कित्तामा वलगरि धकेलेका र आफुलाई प्रजातन्त्रवादी भन्न नरुचाउने मुर्ख “समाजवादी ” हरुको मुर्खताको सिकार भयो समाजवाद । राज्य स्तरमा मात्र होईन समाजवादी पार्टीहरु, युनियनहरु, आन्दोलनहरु सवका सव नाम फेर्ने, झण्डा फेर्ने, नारा फेर्ने जस्ता दौडमा लागे । नेपाल किन अछुतो रहन्थ्यो । समाजवादको मृत्युको नारा घन्काउने पाखण्डिहरु र त्यस्ता पाखण्डवाट विचलित हुने र समाजवादको मृत्युमा शोक गर्ने देखि घर सर्नेहरु सम्म यहा पनि देखापरे ।
अर्काे तिर केहि परम्परावादी समाजवादीहरु जसले परिवेशमा आएको यति ठुलो उथलपुथललाई केहि नभएको झैं गरि जडशुत्रको रटान छोडेनन् । प्रभु आउनुहुन्छ र वचाउनुहुन्छ भनि किनारा तिर नआउने मुर्ख भक्तको डुवाई झै यी अर्थाेडक्स समाजवादीहरु आप्mनै धुनमा मस्त रहे । परिस्थिति विग्रेर हातवाट जादैछ फेरि कहिल्यै हातमा नआउने गरि भन्ने सम्झनै सकेनन् ।

यस्तो विसम र असजिलो अवस्थामा नेकपा एमालेले जनताको वहुदलिय जनवाद जस्तो उन्नत र समय सापेक्ष कार्यक्रम प्रदान गर्यो । विचार भुत्ते नभैसकेको र सार्थक वहसहरु जिउदै रहेको वेला भएर होला समाजवाद सम्म पुग्ने वाटोको यो संस्करण दिन सकेको एमाले ले । यस्तो कार्यक्रम जसले वदलिदो विश्व परिवेशलाई सहि ढंगले पक्रन खोजेको थियो । पक्रन खोजेको भन्छु म । पक्रेको थियो भन्दिन । परिस्थितिजन्य कैयौं अस्पष्टता वाकि नै थिए । दुर्भाग्यवस का. मदन भण्डारी रहनुभएन । एउटा अध्याय समाप्ती संगै एउटा सम्भावना पनि समाप्त भयो । मान्छे मदन भण्डारीको मुत्युमा शोक मनाईयो तर सिंगै विचारको चिन्ता छुट्दै गयो । ध्यान जति अन्तै गयो विचारलाई परिपक्व गराउने तर्फ भन्दा पनि । १९९० को आधि हुरी संग पौठाजोरी खेलेर ठिंग उभिएको जवज वरमुडा त्रिसंकुको सिकार भै रहेको छ । समाजवाद तर्फको यात्राको प्रस्थान विन्दु जवज आफै रनभुल्ल छ चक्रव्युहमा । इतिहासको यो भन्दो तितो र भद्दा ठट्टा के हुन सक्छ हामि समाजवादी हौं भन्न रुचाउनेहरु संग । आज जवजको उन्नयन, अनुसंधान र विश्लेषण अनि संस्लेषणमा कोहि लाग्दैन वरु त्यसको लिगेसी दावि गर्नमा नै सवको हानथाप छ । समाजवादी भविष्य प्रति आशावान लाखौं करोडौं श्रमजीविहरुको आखामा रित्तोपना छाएको छ । तर अझै आशा गर्न छोडेको छैन त्यस वर्गले जसको लागी साच्चै गुमाउनको लागि केहि छैन र पाउनको लागी सारा संसार । विष्फरित आखाहरुले एकटक सुदुर क्षितिज तिर टोल्हाएको छ यो वर्ग । पाउने भन्दा गुमाउनु पर्ने वढी भैसकेकाहरुका लागी र पाउनु पनि नपर्ने गमाउनु पनि नपर्नेहरुका लागि समाजवादको के स्वाद ।

पाचौ महाधिवेशन पछि २० वर्ष वित्न थालि सक्यो । यस विच हामि कैयौं पटक लड्यौ, उठ्यौं र अघि वढ्यौं । हरेक पटकको लडाईले एउटा नया पाठ दिएको थियो हामिलाई तर हामिले ढोकैमा आएका सम्भावनाहरुलाई हात पार्न सकेनौं । अहंकारका कैयौं ढकनीहरुले हाम्रो आखा र विवेक दुवैलाई छोपिदियो । त्यो क्रम रोकिएको छैन वरु द्रुत गतिमा जारी छ ।

उता अर्काे तिर समाप्त भएको हौवा फिजाईएको समाजवाद धुलो टक्टक्याउदै उठ्दैछ जनताको सहारामा विश्वव्यापि रुपमा । क्युवा, उत्तर कोरीया, भियतनाम आदी लाई परंपरागत भन्न नछोडे पनि भेनेजुएला, व्राजिल, एल साल्भाडोर लगाएत दक्षिण अमेरीकामा त त्यसको प्रमाण देखिन थालेको धेरै भईसक्यो । लिथवानिया, हंगेरी, पोल्याण्ड, स्लोभाकिया, स्लोभानीया, वुल्गारीया एक पछि अर्काे गरि पुर्व कम्युनिष्टहरु नै जितिरहेको दृष्य पुजिवादीहरुले पचाउनै सकेका छैनन् । वितेको मार्चमा मात्रै इस्टोनीयामा के भयो ? पुजिवादी सुधारको रंगिन दुनिया खडा गरेर जनताको मुक्ति चाहनामा विर्काे लगाउन सकिन्छ कि भनेर लोभिएकाहरु गत मार्चमा इस्टोनीयामा सम्पन्न निर्वाचनमा वामपन्थीहरुको विजय देखेर आश्चर्य चकित छन् । उनिहरु लाई लाग्दै छ कि केवल १५ वर्ष भित्रै महगीं वार्षिक २० प्रतिसतले कम गर्न सफल र आर्थिक वृद्धिदर वार्षिक ५ प्रतिसतले वढीरहेको इस्टोनियाका जनताहरु के मुर्ख हुन जसले त्यस प्रकारका सुधारको पक्षधरहरु लाई हटाएर पुर्व कम्युनिष्टहरुलाई सत्तामा लिएर आए ? सिंगो पुजिवादी समाजको निन्द्रा समाप्त गर्ने गरि वामपन्थीहरु सरकारमा आए । पुजिवादी सुधारको वेढंगी नाटकको पर्दाफास गर्दै इस्टोनियाली जनताले अचम्मको निर्णय गरे । मरे भनि फालीएका जुरु जुरु उठ्न थाले । समाजवाद ढलेर समाप्तै भएका भनिएका मुलुकहरु मै समाजवादीहरु चिहानवाट फर्कन थाले । पुर्वि युरोप जसले समाजवाद मरीसकेको पहिलो नारा लगायो त्यहि पुर्वि युरोपले त आज कम्तिमा त्यहि भन्छ ।

यो सव त्यसै भइरहेको छैन । समाजवाद प्रतिको विश्वास नखलवलिएकाहरुको लगनको परिणाम हो यो । यो टीकाई र फर्काई क्रान्तिको परंपरावादी भ्रमवाट मुक्तहुन सकेकाहरुको सुझवुझको परिणाम हो । क्रान्तिलाई हिंसाको पर्याय देख्ने, वन्दुकको नाललाई क्रान्तिको स्रोत देख्ने, माक्र्सवादको सिर्जनात्मकतालाई समाप्तपारेर जढशुत्र वनाउन खोज्ने र विविधतालार्य वैमनस्यता देख्ने मुर्खता वाटको मुक्तिको परिणाम हो यो सव । र यो सव आज भन्दा २० औं वर्ष पहिले विश्वलाई प्रदान गर्यो नेकपा एमाले ले जनताको वहुदलीय जनवादको रुपमा । समाजवाद सम्मको यात्राकालागि प्रदत्त यत्रो उपहारको उपहास हुदैछ र समाजवाद तर्फको यात्रा वरमुडा त्रिशंकुमा रनभुल्ल छ । आज सच्चा समाजवादीहरु, क्रन्तिकारी कम्यूनिष्टहरुको काधमा यो जिम्मेवारी आएको छ कि उनिहरु जनताको वहुदलीय जनवादलाई यो त्रिशंकु वाट निकालुन र समाजवाद तर्फको, गन्तव्य तर्फको यात्रामा अघि वढुन् । विश्व इतिहासले फेरी एक पटक यो जिम्मा हाम्रो काधमा दिएको छ ।


विम्व साप्ताहिक, डोटी
नोवेम्वर १०, २०१०

समाजवाद केवल भविष्य मात्र होईन वर्तमान पनि हो ।

कार्लमाक्र्सको मृत्युको तेस्रो दिन उहाँ प्रति समवेदना प्रकट गर्दै एंगेल्सले उहाँलाई आप्mनो समयमा सवैभन्दा वढि घृणा गरीएका र वदनाम गरीएका व्यक्ति भन्नुभयो । समयक्रममा एंगेल्स पनि रहनुभएन । रहनुभएको भए माक्र्सको मृत्यु पछि पनि त्यो क्रम जारी रहेकोमा के भन्नुहुदोहो भन्ने लाग्छ मलाई । खास गरेर आप्mनै समर्थक हौं भन्नेहरु वाट गरीने गरेको वदनामी वारे माक्र्स तथा एंगेल्सको के प्रतिकृया हुदोहो भन्ने सोच्छु म । माक्र्सवाद कै नाममा राज्य–समाजवादको स्थापना र त्यसैका नाममा उहाँहरुको वदनामी अनि उहाँहरु प्रतिको घृणाको सृंखलामा नयाँ आयामको सुरुवात आप्mनै समर्थक हौं भन्नेहरु वाट यति निकृष्ट रुपमा गरीयो जति उहाँका विरोधिहरुले पनि सायदै गर्न सकेका थिए होलान । तर समय सवैभन्दा वलवान छ र सवैकुराको साक्षि तथा फैसलाकर्ता पनि हो । सवैभन्दा वढि घृणा र वदनामीका वावजुद सतिसाल झैं ठिङ्ग उभिएको उहाँको व्यक्तित्वको रहस्य हो उहाँको योगदान, माक्र्सवाद अर्थात वैज्ञानिक समाजवाद । समकालीन विश्वमा जव जव जटिल समस्याहरु देखा पर्दछन् तव तव समस्याको समाधानका लागी मान्छेहरु माक्र्सवादका पाना पल्टाउन थाल्छन्, समधान निकाल्छन् अनि सुरुहुन्छ पुरानै यात्रा, घृणा र वदनामीको । वैज्ञानिक समाजवादका प्रत्येक प्रस्थापनाहरुलाई समस्या समाधानकोलागी प्रयोग गरीरहदा पनि खुलेर त्यसलाई स्विकार गर्न कोही तयार हुदैन, मानौं कि त्यो कुनै सामाजिक अपराध हो र त्यसो गरेर कोहि पनि आफुलाई घृणित र वदनाम वनाउन चाहदैनन् ।

समयक्रमले फेरी त्यहि अवस्था सृजना गरेको छ । आफुलाई निर्विकल्प घोषणा गरेको नवउदारवाद द्वारा सृजित सृंखलावद्ध संकटहरुका कारण आक्रान्त विश्वको संकट समाधान गर्न विश्व एकपटक फेरी माक्र्सवादको शरणमा आएको छ । केवल फ्रान्सेली राष्ट्रपति मात्र माक्र्सका रचनाहरुको अध्ययन गररिहेका छैनन् विश्व भरी नै वर्तमान समयकै सवैभन्दा वढि माक्र्सवादको चर्चा हुने गरेको छ र माक्र्सका कृतीहरुको विक्रि एकाएक वढेको छ । वर्लिन पर्खालको भत्काईलाई समाजवादको अन्त भएको ठान्ने मुर्ख दक्षिणपंथीहरु समेत जर्मन जनताको समाजवाद प्रतिको आकर्षण वढेको देखेर जिव्रो टोकीरहेका छन् । जर्मनीको एकिकरण पछि संयुक्त भुमीमा विस्तार गरीएको स्वतन्त्र वजार अर्थतन्त्र प्रतिको वितिष्णा र अन्ततः त्यसको लज्जास्पद हारले मान्छेहरुलाई एक पटक फेरी समाजवाद वारे साच्न वाध्य पारेको छ । जर्मनिका वित्तमन्त्रिले वर्तमानको संकट समाधानको लागी कार्लमाक्र्सको जवाफ असान्दर्भिक नहुनसक्छ भनेर घुमाउरो पारामा भएपनि सार्वजनिक अभिव्यक्ति दिएको सुन्दा र जर्मन फिल्मकारहरु माक्र्सका कृतिहरुमा फिल्म निर्माण गर्दैछन् भन्ने सुन्दा जीवनभर र मृत्यु पछि पनि माक्र्स प्रति गरीएको घृणाको ढीलै भएपनि जर्मनहरुलाई महसुस भएको आभास हुन्छ । दक्षिण अमेरीकामा रहेको समजवाद प्रतिको आकर्षण र नेपालमा लोकप्रिय मतको अधिक हिस्सा कम्यूनिष्टहरुका पक्षमा रहनुलाई परंपरावादी भनेर आरोपित गरीएला तर अमेरीकाको नाकै मुनि एल साल्भाडोरको भरखरै सम्पन्न निर्वाचनमा करीव दुई दशक पुर्व शान्ति प्रकृयामा आएको वामपन्थि दलका उम्मेदवारको राष्ट्रपति पदमा भएको पहिलो विजयलाई परंपरावादी भन्ने आँट कसैले गर्ने छैनन् । समाजवाद समाप्त भयो भन्ने कुराको पुष्टि गर्न दिईने उदाहरणका काला दागहरु युरोपले विस्तारै पखाल्दैछ जसको पुष्टि त्यहा भईरहेको निर्वाचनहरुमा एक पछि अर्काे गर्दै हिजोका समाजवादीहरु विजयी हुदै जानुले गरिरहेको छ । जापान कम्यूनिष्ट पार्टी आप्mनो चौथो स्थानवाट थप वलियो तिर संक्रमण गर्ने दाविका साथ अघि वढेको छ र मासिक एकहजारको संख्यामा युवाहरु कम्यूनिष्ट पार्टीको सदस्यता लिइरहेको समाचरले त्यस दाविलाई पुष्टि गर्ने आधार प्रदान गर्दछ ।

मान्छेहरु तत्कालीन युरोपको अवस्थामा पुजिवादको विकास भएको वेलायतलाई समजवादी क्रान्तिको केन्द्र वन्न सक्ने माक्र्सको पुर्वानुमानलाई लिएर उनको एकलकाटे विरोध गरीरहेका भेटीन्छन् तर लोकतन्त्रको सार्वभौमिकता वारे युवावस्थामा नै उहाले गर्नुभएको विश्लेषण, स्वतन्त्र व्यापारको सम्भावना, चुनौती, त्यसको ध्वंसात्मक योगदान र त्यसका प्रतिको पक्षधरताका वारे उहाका विश्लेषण र संस्लेषणहरु, इतिहासको भौतिकवादी व्याख्या र दर्शन र दार्शनिकहरुका लक्ष तथा लक्षभेदनका उपायहरु लगायत राजनैतिक अर्थशास्त्रको विषद समालोचनामा उहाँका योगदान आज पनि अकाट्य सावित भएका कुरा घाम जस्तै छर्लङ्ग छ । पुजिवादले आप्mनो अन्त्यको सर्जाम आफै जोरजाम गर्छ भन्ने माक्र्सवादको घोषणा नै आज सारा मान्छेको ध्यान तान्न प्रसस्त भएको छ । केहि वर्ष पहिले गेन्नाडी जुगानोभले एउटा अन्तरवार्तामा भनेका थिए, समाजवाद पछाडी फर्कने विषय होइन, यो त अगाडी वढ्ने विषय हो, जव उनलाई अत्यन्त व्यंग्यात्मक शैलीमा ‘के उनि अझ समाजवाद तिर फर्कन चाहन्छन् त’ भनेर सोधियो । राजनैतिक र प्राज्ञिक समुदायमा समेत यो विवाद कायम छ कि समाजवाद विगतको व्यवस्था वा विचार हो वा भविष्यको वा वर्तमान को ? १९९५ मा दक्षिण अफ्रीकी कम्यूनिष्ट पार्टीले घोषणा गर्यो कि समाजवाद भविष्यको विषय हो तर आजैवाट निर्माण सुरु गरीनु पर्छ । सोभियत संघको नक्कली समाजवाद पुजिवादका अगाडी लल्याक लुलुक भएको मौका छोपेर फुकुयामाहरुले जतिसुकै वल लगाएर अमेरीकी मोडेलको राज्य व्यवस्थालाई अन्तिम र विश्वव्यापी सत्य स्थापित गर्न खोजे पनि उनको हावा भरीएको वेलुनलाई फिस्सस पार्न प्रसस्त भयो त्यहि अमेरीकामा वुस द्वारा ल्याईएको ‘वेल आउट विल’ । तर सचत हुनु पर्ने कुरा के भने राज्य नियंत्रित अर्थतन्त्र तर्फ चालीएको जर्ज वुसको आत्मघाती कदमलाई देखेर समाजवादी अर्थतन्त्रको विजय भएको र पुजिवाद समाप्ती तिर धकेलीएको घोषणा भने अघ्र्यल्याई हुनेछ । यस पृष्ठभुमिमा यदि कसैले विना पूर्वाग्रह समाजवादको अध्ययन गर्ने हो भने वैज्ञानिक समाजवाद मुर्ख दक्षिणपंथिहरुले भने जस्तो भूतकालको मात्र विषय त के स्वयम् कतिपय वामपन्थीहरुले भन्ने गरेझैं भविष्यको मात्र पनि विषय होइन यो त वर्तमानको विषय भएको प्रष्ट हुनेछ ।

विम्व साप्ताहिक, डोटी
३१ अगष्ट, २००९