Wednesday, September 19, 2018

नेपाल नेत्रज्योति संघ, स्वयंसेवा र भविष्य

(सन २०१० को नेपाल नेत्रज्याति संघको केन्द्रिय महाधिवेशनमा डोटी शाखा सभापतिको हैसियतले प्रतिनिधित्व गर्दै महाधिवेशनमा गरेको भाषणमा आधारित रही २०११ तिर केन्द्रिय कमिटीलाई दिईएको सुझाव कम्प्युटरको पुरानो संकलनमा भेटिएछ । यसले नेत्रज्योति संघ मात्र नभई अन्य सामाजिक संघसंस्थाहरुको लागि समेत छलफलको खुराक दिने ठानेर सार्वजनिक गरेको छुँ ।)

क) स्वयंसेवाको क्षेत्रमा नयाँ आयाम
अहिलेको संसार दुई ओटा defining feature वाट चिनिन्छ । एउटा यसको वढ्दो complexity र अर्काे यसको speed of change। यो complexity र change पहिले कहिल्यै भन्दा अत्यन्त वढीछ । तर दुनियाँको यस्तो द्रुततर परिवर्तन संग एकाकार हुन र जटिलता संग सामना गर्न हामी भने सकिरहेका छैनौं । विश्व नविनतम प्रविधि र अवधारणाहरु वाट लाभान्वित हुने होडमा रहेका वेला हामीलाई भने हात धुनुपर्छ भन्ने ज्ञान समेत प्रदान गरिरहनु परेको छ र हामी हात धुन सिकाईरहेका छौं । एक दुइृ जनालाई होइन Mass Scale मा । युगले हामीलाई गिज्याउदैछ ।

अर्काे तिर विश्वभरि नै चलिरहेको ठुला साना लोकतान्त्रिक संघर्ष र परिवर्तनहरुको गतिमा हाम्रो गति एकाकार हुन सकिरहेको छैन । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको समुल नष्ट नभए सम्म हाम्रा कार्य व्यवहारहरु सामन्ति हुन छोडने छैनन् । जसको परिणाम एउटा तरल राजनैतिक अवस्था वाट मुलुक गुज्रिरहेको छ । राजनैतिक विषयले ठोस आकार ग्रहण गर्न नसक्दा राजनैतिक विषयहरुमात्र सवै भन्दा ठुला र महत्वपूर्ण हुन् की भन्ने परेको छ । सामाजिक विषयहरुमा आम मान्छेको चाँसो कम छ वा छदै छैन । स्वयंसेवी कृयाकलाप घट्दो क्रममा छ । विश्व पुजिवाद संग हाम्रो परिचय यति ढीलो आएर हुदैछ कि पुजिवादको व्यक्तिवाद र नव उदारवादमा पतन भैसकेपछि । यस्तोमा स्वयंसेवी भावना तथा कृयाकलाप पनि उत्पादक काम हो भनेर मानिने गरिएको छैन । यसलाई फुर्सदको कृयाकलाप ठानिन्छ अझै पनि । त्यसैले हाम्रो काम केवल स्वयं सेवा गर्नुमात्र रहेको छैन वरु स्वयंसेवी भावनाको विकास र स्वयंसेवी कृयाकलापको विस्तार पनि हाम्रो जिम्मेवारी हो ।

अहिले सम्म हामी सामान्यतया स्वयंसेवी कृयाकलाप गरिरहेका छौं । यो निसंदेह महान कृयाकलाप हो । प्रश्न हामीले गरिरहेको स्वयंसेवामा छैन । प्रश्न छ अवको पिंढीले हाम्रो यस कार्यलाई निरंतरता दिन्छ त ?

परम्परागत रुपमा स्वयंसेवा स्वतःस्फुर्तरुपमा गरिने कृयाकलाप मानिन्थ्यो र तर के प्रमाणित भईसक्यो भने जुन परिवेशमा मान्छे वाँच्छ उस्को विवेक पनि त्यहिढंगले निर्माण हुन्छ । त्यसैले स्वयंसेवा पनि स्वतःस्फुर्त हुदैन । त्यसकालागि पहल, मेहनत र लगानी गर्नु पर्छ ।

यो स्विकार गर्न असजिलो मान्नुहुदैन कि हिजो हामीले गरेका र आज गरिरहेका स्वयंसेवी कृयाकलापहरु अत्यन्त अन्धाधुन्ध छन् । व्यवस्थित छैनन् । अव वेला भएको छ व्यवस्थित स्वयंसेवाको । स्वयंसेवा self-help त होइन नै यो selfless help पनि होईन । यसमा योगदान र प्राप्तिको reciprocity हुन्छ । यो अलग कुरा हो कि कसैले आत्म संतुष्टिलाई प्राप्ति ठान्छन्, कसैले Award & reward लाई त कसैले तिर्नुपर्ने करको व्यवस्थापन, उत्पादनको प्रचार र कम्पनि goodwill लाई प्राप्ति ठान्छन् । corporate volunteering पछिल्लोको उदाहरण हो ।

विश्वभरि नै volunteering लाई उत्पादनसंग जोडेर GDP/GNP संग जोडेर हिसाव हुन थालेको छ । अव हामी त्यसवाट किन पछि पर्ने ? हाम्रो स्वयंसेवी engagement ले उत्पादनमा कतिहिस्सेदारी लियो त भन्ने वारे हिसाव गर्ने वेला भएको छ । हामीले स्वयंसेवकहरुको उत्पादकत्व वृद्धि गर्नमा के योगदान दियौं वा दिनु पर्छ भन्ने विश्लेषण र योजना आउनु पर्छ । के glitches हरु स्वयंसेवाले, स्वयंसेवीहरुले भोगिरहेका छन् र कसरी त्यसलाई हटाएर वढी भन्दा वढी उत्पादकत्व वृद्धि गर्ने भन्ने योजना आउनु पर्छ ।

यसकालागि तत्काल सुरु गर्न सकिने र गर्नुपर्ने ३ वटा कृयाकलाप उल्लेख गर्न चाहन्छु ।

१. Volunteering management unit को स्थापना
संघको केन्द्रिय कार्यालयमा विशेषज्ञहरु संलग्न यस्तो युनिटको स्थापना अविलम्व गर्ने र त्यस युनिटले व्यवस्थित स्वयंसेवाको क्षेत्रमा अध्ययन, अनुसंधान, प्रशिक्षण, अभियान र कृयाकलापहरुको संयोजन गर्ने ।

२. skilled volunteer mobilization
हामी अत्यन्त असंतुलित social setting मा वाचेका छौं । धनी गरिव, दुर्गम सुगम, जान्ने नजान्ने, राजधानी मोफसल, सहर गाउँ यस्ता अनगिन्ति असन्तुलनहरु छन् । सहरमा सुविधा केन्द्रित छ ग्रामीण समाज उपेक्षित छ । हामीले तराई र सहरहरुमा कमाउने र गाउँ र दुरदराजमा खर्च गर्ने जुन रणनीति लियौं त्यसको सफलता आज प्रष्ट छ । तराई र सहरहरुका ठुलो जनसंख्या छ र त्यहा पैशा तिर्न सक्नेहरु पनि छन् । हामीले तराई र सहरहरुमा हस्पिटल राख्यौं र त्यहा सशुल्क सेवा प्रदान गर्यौं । अनि त्यहा सक्ने र हुनेहरु वाट प्राप्त गरेका पैशाले दुर दराजमा निशुल्क सेवा प्रदान गरौं । यो प्रगतिशील कार्यनिति सफल कार्यनीति हो । अव समय अनुसार यसको replication गर्नु पर्छ । अव शीविरहरुले मात्र सेवा प्रदान गरेर सम्भव छैन । अव दुर दराज मै वसेर केहि योगदान दिन सक्ने स्वयंसेवी प्राविधिकहरुको परिचालन गर्नु पर्छ । त्यसकालागि योजना वनाउने, आह्वान गर्ने र रोष्टर वनाउने कार्य यथासिघ्र गर्नु पर्छ । यस्ता short term तथा long term volunteer हरु स्वदेशी हुन सक्छन्, विदेशी हुन सक्छन् । आप्mनै संरचना भित्रका हुन सक्छन् वाहिरका हुन सक्छन् । प्राविधिक Intern हरु हुन सक्छन् । तिनलाई आह्वान गर्ने, प्रोत्साहित गर्ने, matching गर्ने, कार्य विवरण वनाउने र right person, right place र right time मा deploy गर्ने । यस्तो गर्न सम्भव छ । छिमेकि भारतमा पनि यो अभियान नौलो हाईन । यो काम हामिले तुरुन्तै सुरुवात गर्न सक्दछौं । सशरीर उपस्थित हुन नसक्ने विज्ञहरु वाट पनि स्वयंसेवी योदान लिन सकिन्छ । tele-medicine एउटा prime example हुन सक्छ ।

३. Youth eye volunteer हरु संगठित गर्ने
नेत्रज्योति संघको अवस्था मुलुकको समग्र अवस्था भन्दा फरक हुन सक्दैन । जन्मदरमा आईरहेका नियंत्रण, मृत्युदरमा आई रहेका कमि अनि युवा पलायनको मिश्रण वाट हाम्रो demographic चित्र देखिन्छ । समग्रमा हामी aged society मा छौं र यो क्रम वढ्दोछ । जसरी समाजमा aged population को उपस्थिति वढ्दो छ त्यसरी नै नेत्रज्योति संघमा पनि aged population को वाहुल्यता छ । आप्mना कतिपय limitation का वावजुद पाका पुराना साथिहरु स्वयंसेवाको यो महान अभियानमा संलग्न हुनुहुन्छ, त्यसकालागि उहाँहरु श्रद्धाका पात्र हुनुहुन्छ । तर हामीले सक्दा सम्म हाम्रो कामहरुलाई सघाउने हातहरु र हाम्रो असक्तता पछि त्यसलाई अघि वढाउने काँधहरुको व्यवस्थित जमात तयार पार्न सकिएन भने हाम्रो मेहनत, रगत, आँसु र पसिनाको यागदानको भविष्य अन्यौल ग्रस्त पनि हुन सक्छ । अर्काे तिर dirty capitalism को चपेटामा परेको युवा जमात दिन प्रतिदिन individualistic  हुदै गई रहेको छ । उनिहरुलाई समुदायको नजिक ल्याउने, स्वयंसेवी कृयाकलापहरुमा संलग्न गराउने र मानव जातिको वजुदको रुपमा रहेको सामुहिकता लाई revitalize गर्ने काममा हाम्रो संलग्नता अत्यावस्यक छ । यसकालागि अन्य स्वयंसेवी संस्थाहरु पनि आआप्mनो तर्फ वाट योगदान दिईरहेका छन् । junior तथा युवा red cross, Leo-club  आदि उदाहरण हुन् । त्यसै प्रकारको youth eye volunteer को एउटा देशव्यापि टिम खडा गर्न जरुरी छ । जसले दिक्षित र प्रशिक्षित हुदै वर्तमानमा सहयोगी र भविष्यमा नेतृत्वकारी भुमिका निभाउनेछ । आगामि अधिवेशन वाट विधानमा नै संसोधन गरी यस प्रकारको संरचना वनाउन पर्ने हुन्छ वा केन्द्रिय समितिले निर्णय गरी यस्तो टीम देश व्यापी रुपमा तत्कालै पनि वनाउन सकिन्छ र त्यसलाई आगामि अधिवेशनले वैधानिकता दिन सक्छ ।

ख) संस्थागत संरचनाको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघ हिजो काठमाण्डौ केन्द्रित भएर खुल्यो । अहिले २५, ३० जिल्लामा फैलिएको छ । क्षेत्रगत हिसावले पाचै विकास क्षेत्रमा पुगेको छ । अव यसको संरचनालाई पनि यसको व्याप्तिलाई चभाभिअत गर्ने गरि वनाउनु पर्छ । अव केन्द्रले नै सवै कामको रेखदेख र मुल्यांकन गर्न आवस्यक र सम्भव दुवै छैन । क्षेत्रिय तथा स्थानीय अवसरहरुको खोजि तथा प्राप्ति र क्षेत्रिय तथा स्थानीय समस्याहरुको समाधान गर्न क्षेत्रिय स्तरमा संरचना हुनु जरुरी छ । अर्काे तर्फ स्थानीय इकाई (जिल्ला शाखा) हरुले सधै केन्द्रको मुख ताक्ने र केन्द्रले पनि सधै निर्देशन र नियंत्रण गर्ने परंपरागत शैली परिवर्तन हुन जरुरी छ । संघको top down संरचनालाई bottom  up संरचनामा वदल्न जरुरी छ ।

अव संघका जिल्ला शाखाहरु केन्द्रका स्थानीय इकाई होइनन् वरु केन्द्रिय संघ जिल्ला इकाईहरुको माथिल्लो निकाय हो भन्ने ढंगले परिभाषित गर्ने र व्यवहार गर्नु पर्छ । तल bottom मा जिल्ला संघहरु, क्षेत्रिय स्तरमा जिल्ला संघहरुको क्षेत्रिय federation र केन्द्रमा जिल्ला संघहरु कै केन्द्रिय confederation निर्माण हुनु आवस्यक छ । तल्लो तहले गर्न नसकेको वा अनुरोध गरेको काममा मात्र माथिल्लो संरचनाले समन्वयात्मक सहयोग गर्ने सिद्धान्तमा आधारित सम्वन्ध विकास गर्नुपर्छ ।

जिल्ला जिल्लामा रहेका अस्पताल, उपचार केन्द्रहरु वा अन्य software  वा hardware काम त्यहिको स्थानीय संघको नियंत्रण, निर्देशन, अनुगमन र मुल्यांकनमा हुनु पर्छ । एउटै जिल्ला भित्र दोहोरो संरचना हटाईहाल्नु पर्छ र अर्काे जिल्लाको निर्णयको स्वतन्त्रताको guarantee र सम्मान गरिनु पर्छ । समन्वयात्मक सहयोगका लागि क्षेत्रिय federation ले काम गर्नु पर्छ । आगामि अधिवेशन वाट यस्तो विधान नआए सम्म यसको पूवाभ्यासको रुपमा सम्वन्धित क्षेत्रका जिल्ला सभापतिहरु पदेन रहने गरी क्षेत्रिय forum निर्माण गरि नियमित छलफल सुरु गर्नु पर्छ । (यस्तो छलफल अहिले भईरहेको क्षेत्रिय गोष्ठिहरु भन्दा भिन्न हुनेछन् ।)

ग) कृयाकलापहरुको स्वामित्व र अपनत्वको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघले संचालन गर्ने सवै कृयाकलापहरुको स्वामित्व र अपनत्व सवै स्थानीय संघहरु र स्वयंसेवकहरुले महसुस गर्नसक्ने गरि संचालन गरिनु पर्छ । हाम्रा कृयाकलापहरु प्रशासकिय नेतृत्वमा होईन अपितु स्वयंसेवकहरुको नेतृत्वमा सम्पन्न गरिनु पर्छ । कुनै पनि परियोजना वा कार्यक्रमको संचालन, रेखदेख र मुल्यांकन संस्थागत ढंगले गरिनु पर्छ । administrative team ले मात्र होइन । संघले audit समेत गर्न नहुने वा नपाईने गरि हुने कृयाकलापलाई कसरी संघको भन्न मिल्ला ?

त्यस्तै जिल्ला जिल्लामा संचालन गरिने कृयाकलाप त्यहिको शाखाको जिम्मामा संचालन हुनु पर्छ । कुनै जानकारी विना जिल्लामा काम सुरु गर्ने, सम्पन्न भएको पनि थाहा नहुने को भने कसरी जिल्लाले अपनत्व र स्वामित्व महसुस गर्न सक्छ ? गाउँ गाउँ मा जनता निर्णय प्रकृयामा पहुँच र अधिकार माग्दैछन् । त्यसलाई विर्सेर जनता कै लागि गरिएको त हो न ी भनेर अव जनता मान्ने वाला छैनन् । त्यसलाई व्यवस्थित गर्न स्थानीय संघहरुको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्नु आवस्यक छ । अर्काे तिर केन्द्रले सवैतिर सवै कामको अनुगमन सम्भव छैन र प्रसासकिय ढंगले गरिने अनुगमन realistic नहुने खतरा रहन्छ साथै खर्चालु पनि ।

अन्तमा,
यी र यस्ता कतिपय विषयहरु तमाम स्वयंसेवक तथा विशेषज्ञहरुको विचारमा ठिक वा वेठिक लागेर वसेका हुन्छन् । आप्mना सृजनशील विचारहरुलाई संघको हितमा र ultimately marginalized people को हितमा अभिव्यक्त गर्ने र लागु गर्ने अवसर र कउजभचभ को विकास गरिनु पर्छ । हाम्रा अधिवेशनहरु महासचिव तथा कोषध्यक्षका प्रतिवेदन पारीत गर्ने र भेटघाट गर्ने परम्परागत forum वाट नीतिगत र व्यवहारीक मार्गदर्शन गर्ने sphere मा विकास गर्नु जरुरी छ ।

हामीले धेरै गरेका छौं । आँखा स्वास्थ्यको क्षेत्रमा विशालतम उपलव्धि हासिल भएका छन् । पछाडी फर्केर हेर्दा धेरै हिडेजस्तो लाग्छ । तर अगाडी लम्पसार लामो वाटोले हामीलाई चुनौती दिईरहेको छ । व्यवस्थित प्रयत्नले, योजनावद्ध प्रयासले हामीलाई आगामी यात्रामा मार्गदर्शन र नेतृत्व प्रदान गर्नेछ । आवस्यकता त्यहि व्यवस्थित प्रयत्न र योजनाको हो ।

मस्तिष्क मन्थनका लागि धन्यवाद ।

निजगढ हवाई अड्डा : वोल्नेको पिठो

विश्लेषणात्मक दार्शनिक वर्टाण्ड रस्सलको भनाई भनेर एउटा वाक्य खुव प्रशिद्ध छ, “दुनियाँमा समस्या के छ भने बेवकुफहरु विश्वस्त हुन्छन् र बुद्धिमानहरु सशंकित ।” मान्छेलाई तर्कवुद्धि युक्त ठान्ने हर कसैलाई उनको भनिएको यो भनाईले रन्थन्याउछ । के बुद्धिमानहरु विश्वस्त हुने र बेवकुफहरु सशंकित हुने भए यो दुनियाँ समस्या रहित हुन्थ्यो होला वा दुनिया यस्तो समस्यामा हुन्थ्यो होला जहाँ समस्या नै कसैले चिन्दैनथ्यो ? म पनि कहिलेकाँही असमञ्जसमा रहन्छु कि मेरो अन्तरकृयामा रहने सशंकितहरु वुद्धिमान र विश्वस्तहरु बेवकुफै हुन त वा रस्सल नै बेवकुफ हुन् वरु विश्वस्तहुनु बुद्धिमानी हो र हमेसा शंका गरिरहनु बेवकुफी हो । समस्या छ, अरुका लागि छ छैन, मेरालागि छ । म विश्वस्त हुन सक्दैन । म तर्कवुद्धीको गुलाम छुँ । मानेर हिँड्न सक्दिन । खोज्न मनलाग्छ, के अगाडी देखिएकै वाला हो त ? पछाडी के छ ? सोच्न मनलाग्छ, सोध्न मनलाग्छ । अरु कोहि नपाए आफै संग ।

दोस्रो अन्तरराष्ट्रिय हवाइ अड्डाको हल्ला सुरु भएको जुग वित्न थाल्यो । ९० को दशकको आधाआधी तिर त सम्भाव्यता अध्ययन सुरु नै भैसकेको थियो । कुरा धेरै काम कम हुने मेरो देशले मेलम्ची देख्न लगाएको युग भन्दा पनि लामो यसको समय गुज्रिसकेको छ । तर ‘दोस्रो’ अन्तरराष्ट्रिय एयरपोर्ट नाम दिईएको त्यो विमान अड्डा छेपाराको कथा भयो । यो निजगढमा वनाउन उपयुक्त छ भनिएको पनि २४ वर्ष हुनलागेछ । पूर्व सम्भव्यता अध्ययन सम्पन्न भए पछि विस्तृत सम्भाव्यता अध्ययन गर्न १५ करिव वर्ष पख्र्याे निजगढले जवकि साँच्चै विस्तृत अध्ययन गर्न एक वर्ष भन्दा धेरै लागेन । १५ वर्ष के भो ? प्रश्न गर्नु बेवकुफी हो की वुद्धिमानी रस्सललाई कहाँ गएर सोध्नु ? म जन्मनु भन्दा दुई वर्ष अघि नै उनि वितिगएछन् । १५ वर्ष किन पख्र्याे निजगढले ? मुलुकले ?

१५ वर्षको कुरा गर्छस् वेबकुफ भन्नुहोला । विस्तृत अध्ययन प्रतिवेदन आएको पनि त ९ अरु वर्ष हुनलाग्यो । कसरी विश्वास गर्ने अव वन्छ भनेर ? कोही विश्वस्त छैन, शासक, प्रशासक, राजनितिज्ञ, गणितज्ञ, पत्रकार, साहुकार कोही विश्वस्त छैन । किनभने मेरो देशमा कोहि बेवकुफ वन्न चाहदैंन । हरेकले शंका गर्छ । पिँढी दरपिँढी हामी ठगिएका छौं, शासकहरुवाट, प्रशासकहरुवाट, राजनितिज्ञहरुवाट, गणितज्ञहरुवाट, पत्रकारहरुवाट, साहुकारहरुवाट । त्यो ठगाईले हाम्रो मस्तिष्क दुई पाखे भएको छ, एकापट्टी कसैलाई विश्वास नगर्ने वुझाईको पाटो छ भने अर्काेपट्टी हिजोकाले जसरी ठगे त्यसैगरी आफु पनि ठग्ने सिकाईको पाटो छ । एक वर्षको अज्ञातवास सहित पाण्डवको १३ वर्षे वनवास र रामको १४ वर्षे वनवास पढेर हुर्केकोले मलाई निराश हुनवाट जोगाएको छ । कथा पढ्नुको उपलव्धि यही रहेछ, ‘हो कि त’ ‘हो कि त’ भन्ने पार्दाेरहेछ । तर निजगढको अज्ञातवास त २४ वर्ष पुग्नलाग्यो । यसले ‘वन्दैनकी क्यो हो’ भन्ने पनि वनाउदै लग्दैछ । यहाँ वन्छ कि वन्दैन भन्ने चिन्ता छ उता कतिपय चाँही वनाउन हुन्छ की हुँदैन भन्ने मै अल्झिरहेका छन्, अल्झाईरहेका छन, अल्झाईरहन चाहन्छन् ।

हरेक समाजको आफ्नो ऐतिहासिक लिगेसी हुन्छ । कुनै समाज जान्न चाहन्छ, कुनै समाज अरुले भनिदिएको मान्न सिकाउछ, मानेर हिंड्छ । कोहि स्वाध्यायमा विश्वास गर्छन् कोहि ‘गुरु विना ज्ञान हुन्न’ भन्छन् । उपनिषद भन्छ, ‘ऋते ज्ञानान्न मुक्ति’ । मुक्तिको शर्त ज्ञान हो अर्थात जान्न जरुरी छ । मानेर त हामी गोलचक्कर वाट कहिल्यै वाहिर आउन सक्दैनौं । आशोले मज्जाको एउटा प्रवचनमा ‘मान के चलना’ कति घातक हुन्छ वताएका छन् ।

कसैले भन्यो अरुण परियोजनाले वातावरण नाश हुन्छ, हामीले मान्यौं, अहिले जति पटक वत्ति निभ्छ हामीलाई थक्क थक्क हुन्छ । पश्चिम सेती वन्छ भन्दै प्रभावित क्षेत्रमा सिटामोल र विद्यालयको छानो समेत वन्न दिईएन, हामीले मान्यौं । अनगिन्ती छन् उदाहरणहरु । वर्तमान सरकारका पहलहरुले निजगढको वनवासकाल समाप्त हुन्छ की भनेर आशा जाग्दैथियो, फेरी नयाँ नयाँ गुरुहरुको प्रवचन सुरु भएको छ, अनेक वातावरणविद, अर्थविदहरु जुरमुराएका छन् । रडाको फेरी सुरुभएको छ । खनजोत नगरी खेति कसरी गर्ने, खेति नगरी खाने के ? कपास नटिपी कपडा कसरी वन्ने, कपडा नवनाई लगाउने के ? काठ, ढुंगा, माटो, वालुवा नछोई घर कसरी वन्ने, घर नवने वस्ने कहाँ ? संसार भरीका अग्ला घर, ठुला वाँध, चिल्ला चौडा सडकले वातावरण विगार्याे कि वनायो ? विकासको उचाई संगै वढ्ने चेतनाको उचाईले मानवलाई दिगो जीवन वाँच्न प्रेरणा र वाटो दिएको छ । हो समस्या आउछ, तर त्यो समस्याको दिगो समाधान मान्छेलाई अरु नै कुनै प्राणीले दिएको होईन । उस्को आफ्नै खोजले, चाहनाले, महत्वाकाँक्षा र जिजिविशाले दिएको हो । युरोप घुम्न आनन्द आउछ, वर्षको अधिकाँस दिन युएस वस्नमा मज्जा छ तर नेपालमा सडक वन्न हुन्न, विजुली वनाउन हुन्न, एयरपोर्ट वन्न हुन्न । अनि नेपाल किन आउदैनौ साथी भनेर सोधे त्यहाँ यो छैन, त्यो छैनको लामो लिष्ट कण्ठै सुनाउछन विद्वानहरु । धन्य ज्ञान, धन्य विज्ञता । युरोप वस्ने रहरमा सहरभरि खुलेका एक पछि अर्काे विश्वविद्यालयमा नाम लेखाउदै वर्षाै घुमिरहने विज्ञ नेपालमा भने एउटा भन्दा वढी विश्वविद्यालय वनाउन हुन्न भनेर सिकाउछ, हामी मान्छौं । विदेशी कलेजमा भिजिटिङ प्रोफेसर भएर घुमीरहने ज्ञाता नेपालमा थप कलेज खोल्न हुन्न भनेर पढाउछ, हामी मान्छौं । आईएमएफ र विश्ववैंकका पैशाले युरोप पुनःनिर्माण हुन्छ, यता ऋण लिए ट्रयापमा परिन्छ भनेर सिकाइन्छ, हामी मान्छौं । ओशाले भनेको ‘मान के चलना’ किन खतरनाक छ वुझिदैछ ।

वनाउने की नवनाउनेमा होईन कस्तो वनाउने, कसरी वनाउनेमा छलफल गरेको भए अहिले सम्म पार पाईसक्थ्यो । त्यो समय हामीले वनाउने की नवनाउनेमा खर्च गर्यौं । यो सव नौटंकीवाट सचेत हुनुपर्छ । खवरदारी गर्न पर्छ । गर्नै हुन्न भन्ने विज्ञ, गर्छु गर्छु भन्ने तर नगर्ने सरकार, यसरी गर्ने र त्यसरी गर्नेमा रमाउने अर्थशास्त्रीहरु, यसले वनाउने र त्यसले वनाउनेमा तानातान गर्ने निकायहरु, यस्तो वनाउने र उस्तो वनाउनेमा अलमल्ल प्राविधिकहरु, लफडा रहिरहे विषय पाईरहन्छ नत्र अर्काे मुद्दा खोज्न ववाल हुन्छ भनिठान्ने पत्रकारहरु सवको अनुहार चिन्नुपर्छ र तिनका कुरा चिर्न पर्छ । विकासका मुद्दाहरु वातावरणीय विषयमा दुनियाँ भरी नै आलोचित हुन्छन्, हुनुपनि पर्छ । अन्यथा विकासका नाममा लोभीहरु अन्दाधुन्ध विनाश गर्न छोड्ने छैनन् । अन्य क्षेत्र जस्तै हवाई क्षेत्र पनि त्यसवाट अलग हुन सक्दैन । तर हाम्रा तिर त वातावरणको कथा सुनाएर काम रोक्ने योजनावद्ध र प्रायोजित विरोध सामान्य घटना भैसके । नयाँ गर्दा पुरानो नष्ट हुनु स्वाभाविक छ । नष्ट मात्र गर्ने नयाँ नवनाउने हो भने विरोध हुनु पनि पर्छ । तर नयाँ वन्ने हो भने अझवढी सुन्दर, अझवढी वातावरण मैत्री, अझवढी दिगो वनाए के भो त ? रुख काटेर काठ वेच्ने मात्र भयो भने अपराध हो तर रुख काटेर हवाई अड्डा वन्छ भने किन रोक्ने ? झन रुखको सट्टा रुखै पनि रोपिदिने पनि भनेपछि किन हुन नदिने ? अहिले वन्ने हवाई अड्डा कम्तिमा आगामी १०० वर्षका लागि हो । अहिले सम्म विकसित अत्याधुनिक प्रविधि र अवधारणाले युक्त वनाउ भनौं । समयमा सुरु गर, समयमा सकिने सुनिश्चितता गर, असल र कुसललाई जिम्मा देउ, गुणस्तरीयता कायम गर भनौं । भन्ने मात्र होईन निरन्तर निगरानी गरौं ।

दोस्रो भनिएको निजगढ पछि भैरहवाको अपग्रेड गरीयो, पोखराको हुदैछ । नाम जे दिए पनि काम अगाडी वढेको छ । नेपालगंज, धनगढीले अन्तरराष्ट्रिय वन्ने इच्छा जाहेर गरेका छन् । तर जेठीले कान्छि श्रीमतीलाई घर भित्रिन नदिए पछि श्रीमानले घर छेउमा टहरा वनाएर राखे जस्तो त्रिभुवन विमानस्थलको आउट सर्किटमा, सिनामंगलको डिलमा, रहेको निर्देशनालयको कार्यालय अहिले पनि तल वागमतीमा कति पानी वग्यो भन्ने हेरेर दिन विताइरहेको छ । यो अकर्मन्यता उस्को नैशर्गिक हो, कग्नेटिभ हो, एक्वायर्ड हो वा थ्रस्टेड हो कसैले त भन्नु पर्ने हो, तर कसैले भन्दैन ।

आज भन्दा १० वर्ष अगाडी, ८ अगष्ट २००८ मा चीनका उद्घाटन गरिएको ओलम्पिक खेलका वेला वर्षातले उद्घाटन समारोह नविगारोस भनेर जे गरियो त्यो विचित्र थियो रोमाञ्चक थियो । रकेटको प्रक्षेपण गरेर वादल हटाईयो । वातावरणवीदहरु त त्यसको पनि वालको खाल निकाल्न तल्लिन नै थिए । अहिले पनि पश्चिमी मिडिया उप्काउन छोड्दैन । तर त्यो भव्य थियो, विशाल थियो मानव जातिको उपलव्धिको शानदार प्रदर्शन थियो । छानामा प्रयोग गर्नुपर्ने स्टिलको भाउ वढाउने वजारलाई दरिलो झापट थियो । तिमि भाउ वढाउदै गर म मानव सभ्यताको उचाई वढाउँछु । त्यो हिम्मत मान के चलने से आएको हैन, आउदैन । आत्म विश्वासले आएको हो । त्यो उद्घाटन समारोहमा भएको रस्सल भएको भए के भन्थे होलान ? भरखरै हङकङवाट मकाउ जोड्ने छोटो वाटो वनेको छ । ९ वर्ष लाएर वनेको उक्त वाटो वन्नमा अवरोध नआएका हैनन् । तर वन्यो । इच्छाशक्तिले, योजनाले, नागरिक निगरानीले । रस्सल नेपालमा भएको भए भन्थे होलान “समस्या त केहो भने वन्दैन की भन्ने चिन्ता भएका नागरिक वोल्दैनन् कतै वनिपो हाल्छ की भनेर चिन्तितहरु ननिदाईकनै वस्छन् ।” नागरिकहरु वोलौं । काम गर्न नदिनेहरु विरुद्ध वोलौं । कामगर्न नदिनेहरुको डरले वा भरले काम नगर्ने सरकार विरुद्ध वोलौं । काम गर, छिटो गर र गुणस्तरीय गर भनेर वोलौं । काम गर्छु भन्ने सरकारलाई अल्झाउनेहरुका विरुद्ध वोलौं ।

लाहुरे भएर, दरवान भएर विदेशीयको पिंढीले त देश विदेश देखेर, वुझेर राणा शासन मिल्काईदियो भने आज पढेर, वुझेर देश विदेश जानेको पिंढी यस्तो अकर्मन्यता मिल्काउन सक्दैन ? ताज्जुव त के लाग्छ भने त्यही पिंढीको एउटा हिस्सा जनतालाई वर्गलाउनमा लाग्छ, दिग्भ्रमित पार्न खोज्छ र मुलुकलाई अध्यारो रोकिरहन पाएकोमा, वा अनिश्चितता तर्फ धकेल्न पाएकोमा जीत ठान्छ । उनै विज्ञ छन्, उनै विशेषज्ञ छन् । सरकारका नजिक घुमेकै छन्, वुद्धि भुटेकै छन् । सरकार र सरकारी निकायहरु उनिहरुवाट पिछा छुटाउनु सट्टा आवभगत मै रमाएका छन् । आलोचकहरु प्रति अषहिष्णुता वढेको वढ्यै छ । चाटुकारहरु संग चोचोमोचो मिलेकै छ । राजतन्त्रका साखुल्लेहरुले राजतन्त्र डुवाए । कँग्रेसका साँखुल्लेहरुले कँग्रेस डुवाए । यो देखेर, हुर्केर वढेको मेरो पिंढी शंका नगरेर के गरोस् ? रस्सलले बेवकुफ भनेपनि वुद्धिमान भने पनि ।

मेलम्ची ढिलै भए पनि वन्दै गरेकोले यो दोस्रो भनिएको हवाई अड्डाको पनि आस मरिसकेको त छैन तर वन्छ भन्नेमा भने शंकै छ । शंका किन छ भने शंका गर्ने आधारहरु छन्, आधारहरुको विद्यमानतामा तर्कवुद्धिले शंका गर्न उक्साउछ । मेलम्चीको दन्त्य कथाको अन्त्य हुन युग लाग्यो । निजगढ त्यस्तै दन्त्य कथा हुदैछ । के यसको अन्त्य गर्न पर्दैन ? हरेक पार्टी र नेता हरेक चुनावमा निजगढ वनाउछु भन्छ र भोट माग्छ । कति चुनाव भए ? अव फेरी अर्काे चुनावलाई एजेण्डा जोगाई दिने ? अव समय नाश हुन नदिउँ । काम गर्न दिउँ । गर्न नदिनेलाई नंग्याऔं । नगर्नेलाई नंग्याऔं । सानोमा हामी काग संग भन्थ्यौं । वोल् काग वोल् । त्यस्तै अव वोल् नागरिक समाज वोल् । वोल्नेको पिठो विक्छ ।

१६ सेप्टेम्वर, २०१८
http://www.sadrishya.com/bichar/2018/09/18/22632/

पार्टी एकिकरणको सार्थकता

कुनै रोग संग लडिरहेकाहरुका लागि नयाँ औषधी वा उपचार विधीको आविष्कार थप आशाको किरण वन्दछ । जसले उनिहरुको जीवनमा नयाँ उत्साह पैदा गर्दछ र उपचार पछिको सुखद जीवनको कल्पनाले उस्लाई पिडा विर्सन मद्दत गर्दछ । तर वास्तविक जीवनमा त्यस आविष्कारको सार्थकता तवमात्र सिद्ध हुन्छ जव त्यो औषधी वा उपचार पद्दति विरामीको पहुँच सम्म आईपुग्छ र उसले उपचार पाउछ । रोग, विरामी र उपचारका सन्दर्भको यो उदाहरण राजनीतिक जीवनमा पनि उस्तै हो । कुनै राजनीतिक घटनाक्रम, परिवर्तन वा अन्वेषण आम जनताका लागि उत्साह पैदा गर्ने विषय हुनसक्छन्, सम्भव छ कि ति घटना वा परिवर्तन वा अन्वेषणले सुखद भविष्यको कल्पनामा विगत र वर्तमानका पिडा विर्सन जनतालाई मद्दत पनि गरोस् । तर ति घटना, परिवर्तन वा अन्वेषण जनताको पहुँच भित्र आईपुग्यो कि पुगेन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? त्यसले मात्र तिनको सार्थकतालाई सिद्ध गर्दछन् ।

नेपालको राजनीतिका पछिल्ला वर्षहरु विभिन्न सुखद घटनाहरुले भरिएका छन् । सामन्ती राजतन्त्रको विरुद्धको लामो संघर्षले सफलता प्राप्त गरेको छ, मुलुकको ईतिहासमा नै पहिलो पटक जनताले आफ्नो सम्विधान आफै वनाएर लागु गरेकाछन् । समाजका हेपिएका र पछाडी पारिएकाहरु पनि राज्य सञ्चालनमा उपस्थित हुनसक्छन् भन्ने देखिएको छ । पुजिवादी जनवादी क्रान्ति सम्पन्न भई जनवादी सरकार स्थापना भएको छ आदि इत्यादि । तर मुख्य कुरा के हो भने तिनले परवर्तनलाई जनताको पहुँच भित्र ल्याईपुर्यायो कि पुर्याएन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? यदि त्यसो हुन सकेको होईन भने तिनको सार्थकतालाई सिद्ध गर्न सकिदैन ।

मुलुकमा भर्खरै दुई ठुला राजनीतिक दलहरु विच एकिकरण सम्पन्न भएका छन् । जसले नेपाली समाज एकपटक मज्जाले तरङ्गित भएको छ । यद्दपि राजनीतिक वृत्तमा कुनै दलहरुको गठन, विघटन, पुनःगठन, एकिकरण वा विभाजन सामान्य घटना हुन् । वहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था अन्तरगत त यस्ता घटनाहरु खासै उल्लेख्य पनि होईनन् । नेपालमा पार्टी पद्दतिको इतिहास एकिकरण, विभाजन र पुनःएकिकरणवाट भरिएको छ । नेपाली राष्ट्रिय कँग्रेस र नेपाल प्रजातन्त्र कँग्रेस एकिकरण हँुदै नेपाली कँग्रेस वने देखि यो वन्ने र भत्कने क्रम अहिले सम्म पनि जारि छ । ७ सालमा गठन भएको कम्युनिष्ट पार्टी कति टुक्रमा विभाजित भयो र कतिपटक को को मिले भनेर पिएच डी थेसिस नै लेखियो । राजनीतिक दलहरु माथि प्रतिवन्ध लगाईएको र सत्ताको खेलमा संलग्न हुन नपाएको अवस्थामा समेत दलहरु विभाजित तथा एकिकृत हुने गरेवाट केवल सत्ता स्वार्थले मात्र उनिहरुलाई विभाजित वा एकिकृत गर्छ भन्ने तर्कको खण्डन गर्दछ । “माओका कति जना श्रीमती थिए भन्ने विषयमा समेत नेपाली कम्युनिष्टहरु विभाजित भएका छन्” भन्ने ठट्यौली यहाँ नेर सान्दर्भिक छ । पञ्चायतको अन्त्य पछि पनि पञ्चायती लिगेसी र राजतन्त्रको स्वार्थ रक्षाका लागि खोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी खुल्नु अघी नै फुट्यो । राप्रपा कतिचोटी किन फुट्यो र कतिचोटी किन पुनः जुट्यो भन्ने विषयमा पनि पिएच डी थिसिस नै लेखिन वेर छैन ।

तत्कालिन नेकपा माओवादीको प्रचण्ड समुह, वैद्य समुह, वावुराम समुह, विप्लव समुह जस्ता अनेकौं समुहमा विभाजन पछिल्लो कालमा देखिएको उल्लेख्य विभाजन थियो भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको एकिकरण अर्का उल्लेख्य एकिकरणका घटनाहरु थिए । यस विच नयाँ शक्ति पार्टी, साझा पार्टी जस्ता उत्तर आधुनिकतावादी पार्टीहरुको गठनले पनि नेपाली समाजलाई तरंगित गर्यो । सानो र नयाँ भए पनि विवेकशील साझा पार्टीको एकिकरण पछिल्लो कालमा चर्चाको विषय नै रह्यो ।

गतसाल आमचुनावको पूर्व सन्ध्यामा मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले गरेको पार्टी एकिकरण गर्ने घोषणा गरे । आम जनतालाई पारेको प्रभावका आधारमा मुल्यांकन गर्ने हो भने यो घोषणा यस अघि भएका सवै एकता र विभाजनका घोषणा मध्य सर्वाधिक महत्वको रह्यो । यसले आम जनतामा यति ठुलो उत्साह पैदा गर्यो की एकिकरण पुर्व नै केवल गठवन्धन कै भरमा पनि यसले करिव दुईतिहाई जनमत कव्जा गर्यो । त्यस घटनाले मुख्य विपक्षि दललाई यस्तो विक्षिप्तता तर्फ धकेलिदियो कि उ आज निर्वाचनको महिनौं सम्म पनि समिक्षाका नाममा अकर्मण्यताको सिकार भएको छ । उता हुन्छ र हुन्नका विचको लामो जिद्दोजहद पछि भर्खरै दुईदल विच एकिकरण सम्पन्न भएको छ । दुवै दलका नेताहरु यसलाई सफल घटनाका रुपमा व्याख्या र विश्लेषण गरिरहेका छन् भने र कार्यकर्ताहरु दीपावली गरिरहेका छन् । जनतामा पनि एक प्रकारको आशा संचारित भएको छ ।

कम्युनिष्ट पार्टी गरिखाने वर्गको पार्टी हो । एउटा यस्तो पार्टी जसले गरिखाने वर्गलाई संगठित र शिक्षित गर्दै शासकीय भूमिकामा मात्र पुर्याउदैन वरु त्यस वर्गको उन्नति  प्रगतिमा अवरोध पुर्याउने सम्पूर्ण शोषण र उत्पिडनका जालाहरुलाई च्यातचुत पारेर मानवमुक्तिको क्षेत्रमा एउटा अभूतपूर्व योगदान पुर्याउछ । यस अर्थमा यो सम्पूर्ण मानव समाजको हितकारी पार्टी हो । यस्तो पार्टी विभाजित रहनाले गरिखाने वर्गका मुक्तिका चाहनाहरु र त्यस चाहनाको पुर्तिका लागि आवस्यक पर्ने संकल्प र संघर्षहरु पनि विभाजित हुनजाने भएकोले कम्युनिष्ट पार्टी एकिकरणको घोषणाले कुनै रोग संग लडिरेहका विरामीहरु नयाँ औषधी वा उपचार विधीको आविष्कारले आशावादी र उत्साहित भए झैं उनिहरुमा पनि आशा र उत्साह सञ्चार हुनु स्वभाविक छ । तर एकिकरणको घोषणा आफैमा पर्याप्त विषय भने होईन । नयाँ पनि होईन । अव एकिकरणको सार्थकता सिद्ध गर्ने जिम्मेवारी नयाँ पार्टीका नेता तथा कार्यकर्ताका काँधमा आएको छ । यसले शोषण र उत्पिडन संग लडिरहेका नेपाली कामदार वर्गका लागि सुदुर भविष्यको कोरा कल्पना वाँडेर पिडा विर्साउने काम मात्र गर्छ वा शोषण र उत्पिडनवाट मुक्ति पाउने र उनिहरुको वास्तविक जीवनमा परिवर्तन देखिने गरि संघर्षको सहि रुप, विधि र प्रक्रिया तय गर्छ, पार्टी एकिकरणको सार्थकता त्यसैमा भर पर्नेछ ।

धनगढी पोष्ट

मे १८, २०१८

निश्पक्ष मिडियाः विभ्रम र यथार्थ

रामहरी जीले फोन गरेर भन्नुभयो बिम्ब सात वर्ष पुरा भएछ । यस अवसरमा उहाँ म वाट बिम्बको लागि लेख चाहनु हुन्थ्यो । मैले उहाँलाई भने कि बिम्ब सात वर्ष पुग्यो त्यसमा खुशी हुनु पर्ने त खासै केहि छैन तर यो विचमा बिम्बले के ग¥यो जसमा बिम्बले र हामी बिम्बका शुभ चिन्तकहरु एवं पाठकहरुले गर्व गर्न सक्छौं ? बिम्बको स्थापना काल देखि नै कुनै न कुनै ढंगले जोडिएका म जस्ताहरुका लागि यो खवर मात्रै पनि खुसिको हुन सक्छ तर आम पाठक तथा जनता त्यस प्रकारको भावनात्मक कुराको लपेटामा आउदैन । बिम्ब अघि पनि थुपै पत्रिकाहरु थिए र पछि पनि भए, हुदैछन् । के बिम्बको त्यस्तो बिम्ब वन्न सक्यो जसले बिम्बलाई मानिसहरु अरु पत्रिका भन्दा भिन्न ढंगले हेरुन वा भिन्न सुचना चाहने, भिन्न विचार चाहने र भिन्न रोजाई भएकाहरुले माया वा घृणा गरुन् । मैले जानि जानि माया वा घृणा भनेको छुँ । किनभने समाजको वनोट अनुसार नै समाजका मान्छेहरुको धारणको पनि वनोट हुन्छ । सवैको प्यारो हुन खोज्नेहरु कसैको पनि प्यारो वन्न सक्दैनन् । चाहे व्यक्ति होस्, संस्था होसु्, पत्रिका होस कित्ताकाट हुन्छ र हुनुपर्छ ।

एउटा प्रचलित भ्रम वा झुटको खेति के चलेको छ भने मिडिया निश्पक्ष छ वा हुन्छ वा हुनुपर्छ । मिडिया सूचनाको निश्पक्ष साधन हुँदै होइन वरु यसले त यो ठिक र यो वेठिकको मुल्य मान्यता स्थापना गर्छ । समाजको एउटा हिस्साको रुपमा उस्को पनि स्टेरीयोटाईपिङ्ग हुन्छ । पत्रकारले न्युज रुममा ल्याउने खवर उस्को हेराई हो, विश्वास हो, विचार हो र प्रवृत्ति हो जुन उस्को सामाजिक परिवेशले, सामाजिक उत्पादन सम्वन्धमा उस्को स्थान र भुमिकाले निर्धारण   गर्छ । त्यस पछि पालो आउछ न्युज रुमको मालिकको जो आफै पत्रकार नहुन पनि सक्छ । उस्ले जे चाहन्न त्यो हुन्न । उस्को मिडिया त्यहि प्रसारण गर्छ जे उ चाहन्छ । हुन्छ के भन्दा, कतिपयलाई महत्वपुर्ण लागेको विषयले मिडिया कभरेज पाउदैन, व्ल्याकआउट हुन्छ त कतिपय विषयको अतिसयोक्ति ।

रेडियो, टिभि, पत्रिकामाथि विश्वास गर्ने ठुलो हिस्सा छ समाजमा अहिले पनि । तर ठुला र कर्पाेरेट मिडियाहरु मिडियालाई निश्पक्ष छ भन्नमा वढी लागेका हुन्छन् । यो झुटो चेतना प्रसारणमा उनीहरुको ठुलो व्यापारिक स्वार्थ छ । तर त्यति ठुलो नभए पनि आप्mना सिमित स्वार्थ कै लागि पनि साना साना मिडिया पनि उनीहरुको सिको गर्दै मिडियाको निश्पक्षताको भ्रम वाँडी हिड्छन् । ठुला र कर्पाेरेट मिडियाहरु हुने खानेहरुका विचारलाई नै आम विचार, हुने खानेहरुका संस्कृतिलाई नै आम संस्कृति र हुने खानेहरुको लोकतन्त्र लाई नै आम लोकतन्त्र भनेर चिच्याउछन् । उनीहरुको हालिमुहालीले आम जनता झुटो चेतनावाट ग्रस्त छ । जनधारणा त्यसै निर्माण हुँदैन र भईरहेको पनि छैन । यो तितो यथार्थ हो कि ठुला र कर्पाेरेट मिडियाहरुले मिडियालाई तार्किक छलफलको क्षेत्रवाट पुजिपतिहरुको वस्तु तथा सेवाहरुको वजारिकरण, वजार विस्तार र नाफा आर्जनको लागि आम मान्छेहरुको दिमाग भुट्ने औजारमा परिणत गरिदिएका छन् । जवकि मिडिया एउटा छलफल र तार्किक निश्कर्ष एवं सहमति निर्माण गर्नमा सहयोग गर्नसक्थ्यो र उस्ले त्यसो गर्नुपथ्र्याे । पटक पटक साना र ठुला मिडिया शव्दको प्रयोग यहा जानी जानी गर्दैछु ताकि भ्रम र यथार्थ छुट्टियोस् ।

कार्लमाक्र्सले पँुजिवादले सवैलाई आप्mनै रंगमा रंगाउछ भन्नु भएको छ । रंगाउने यो प्रकृयामा उसको सवै भन्दा विश्वसनीय र सकृय साथि भैरहेको छ मिडिया । टिभि च्यानलहरुमा दिनभरि देखाइने सिरियलहरुवाट निर्माण हुने झुटो चेतना, व्यापारको विस्तार र वस्तु, विचार र संस्कृतिको व्यापारिकरण छिपेको छैन । तर भ्रमको यो महाजाल छ की आम मान्छेहरु त्यसै भ्रमलाई यथार्थ मान्दैछन् । वैकल्पिक मिडियाको प्रयोग र पहँुचमा आम मान्छेको सहभागिताको कमि र परंपरागत मिडियाको वाहुल्यता रहेको छ । पुरुष प्राधान्यताको विरुद्ध संघर्षरत एउटा महिला आफु सुन्दर देखिनु पर्ने सामाजिक मान्यताको अश्विकरणको सट्टा सौन्दर्य प्रसाधनको पछि दगुर्छ । गहना नलगाउदा वुच्चि ठान्छ आफैलाई र साडि विना त न आप्mनो विवाह सम्भव हुन्छ न अरु कै भन्ने भ्रमवाट ग्रस्त छ । यो सव परिणाम हो म्यानुपुलेटिभ कल्चर इन्डस्ट्रिज (भ्रम सर्जक सांस्कृतिक उद्योगहरु) र मिडियाको अपवित्र गठवन्धनको ।

यहि गठवन्धनको माध्यमवाट पँुजिवादले सवैलाई आप्mनो रंगमा रंगाई रहेको छ । आम जनता विस्तारै उपभोक्ता वनिरहेका छन् । केवल वस्तु वा सेवाको मात्र होइन, विचार र संस्कृति अनि निर्णय र नीतिको पनि । एउटा सानो उदाहरण त संविधानसभाकै लिऊँ । केहि दर्जन मान्छेहरुलाई छानेर संविधान वनाउन पठाएकामा मख्ख हामी जनता अव उनले के के कुरा लेखेर ल्याउनु पर्छ भन्ने वहस गर्दैनौं । मिडिया पनि जनताका सवालको चक्करमा किन लागोस् ? वरु के लेखे ? के लेख्तैछन् कहिले लेखि सिध्याउछन् जस्ता कुरामा नै वढी चर्चा हुनेगर्छ । तिनै मिडियाले तय गर्छन लेख्ने कुरा पनि । अनि मिडियाको अर्काे चासोको विषय हो जनतालाई म्यनुपुलेट गरेर पुँजिवादी वजार निर्माणमा उसको योगदान कतैवाट पनि कुण्ठित नहोस् । ठुला र कर्पाेरेट मिडियाहरुले मिडियाको एउटा स्ट्याण्डार्ड छवि वनाएका छन् र साना मिडियाहरु आफु पनि उस्तै नदेखिएला कि भन्ने पिरले सिको गर्दैछन् ।

अत्यन्त भद्दा मजाक त कतिवेला देखिन्छ भने जव मिडियाहरु ओपेनियन पोल गर्दछन्, जनमत सर्वेक्षण । गम्भिर विषयहरुमा समेत कुनै वहुलठ्ठिले वनाएका वहुलठ्ठिपुर्ण वैकल्पिक हल्का उत्तरहरु राखेर गरिने नाटक मञ्चन अनि मुर्खता पुर्वक आप्mनो टेलिफोनको व्यालेन्स सक्दै धमाधम पठाईने एस एम एस हरु र त्यसको आधारमा निकालिने निश्कर्षले तार्किक वहसहरु र सहमतिहरुलाई फाल्तुका विषय वनाई दिन्छ ।

अव त यस्तो भै सक्यो कि ठुला र कर्पाेरेट मिडियाहरुले नै तार्किक वहसहरुको निर्धारण, निर्माण र सिमांकनलाई स्वीकृति र अनुमोदन गर्नु पर्दछ । अघिल्लो वर्ष, जव नवउदारवादी अर्थतन्त्रमा चरम संकट पैदा भयो र विश्वभरी समाजवादमाथी नया वहस सुरु हुन खोज्यो त्यसलाई मुलधारका मानिने मिडियाहरुले प्रवद्र्धन गरेनन् । नेपालमा जहाँ लोकप्रिय मतको वहुसंख्या समाजवादी हौं भन्नेहरुको छ यहाका मिडियामा समेत त्यस प्रकारको वहस भएन, गरिएन । मलाई ताजै याद छ जव समाजवादको सान्दर्भिकता वारे मेरो एउटा लेखलाई ठुलो मिडियाका ठुला पत्रकारले क्लासिकल भएछ अलि कन्टेम्पोररी लेख्नुस्न भनेको । समाजवादमाथी विश्वभरी नयाँ शिरावाट वहस      चलिरहेको वेला समेत उनले त्यसलाई क्लासिकल  देखे । त्यो देखाई उनको होइन उनलाई पालन पोषण गर्ने पँुजिवादी उत्पादन पद्दति र त्यसले निर्धारण गरेको उत्पादन सम्वन्धको हो । त्यो उत्पादन सम्वन्धमा उनको स्थान र भुमिका अनि त्यसले निर्धारण गरेको सामाजिक चेतनाको हो । पँुजिवादी उत्पादन पद्दति र त्यसले निर्धारण    गरेको उत्पादन सम्वन्धको विशेषता के हो भने यसले आप्mनो शोषणको जाँतोमा पिसिइरहेकाहरुलाई समेत आहा तिमि त कति राम्रो पिठोमा परिणत भए छौ भनि भ्रम सृजना गरि रहन्छ ।

कर्पाेरेट मिडिया र त्यसका पत्रकारहरुको सम्वन्ध पनि त्यहि हो । खवर केवल वजार विस्तार मात्र गर्दैन वरु आफै पनि वस्तुको रुपमा खरिद विक्रि हुन्छ । मोल मोलाई हुन्छ यसको । दुई स्तरमा त्यसको व्यापार हुन्छ, पत्रकार विकाउ न्युज खोज्छ वा विकाउ ढंगले लिपापोती (पोलिसिङ्ग) गर्छ र वेच्छ । जसले किन्छ त्यसले त्यस्तो न्युजमा मात्र पैशा खर्च गर्छ जुन विक्छ र वेच्छ । पहिलो व्यापार सामान्य जीवन निर्वाह व्यापार हो र दोस्रो व्यापार उत्पादन पद्दति र उत्पादन सम्वन्धले निर्धारण गरेको हुन्छ साथै त्यसले थप उत्पादन पद्दति र उत्पादन सम्वन्धले निर्धारण समेत गर्दछ ।

यो युग सूचना तथा संचारको युग हो । अहिले समुदायका व्यक्तिहरुको दृष्टिकोण निर्माणमा मिडियाको भुमिका पहिले कहिल्यै भन्दा वढी छ । मिडियाले समुदायलाई कुनै पुराना कुरा मान्न वा नमान्न, वदल्न वा पुरै छोड्न वा नयाँ कुरा लिन वा नलिन वाध्य वनाई दिन्छ । राज्य, वजार वा नागरिक समाजलाई कुनै नीति निर्माण गर्न वा नगर्न, लागु गर्न वा नगर्न वा खारेज गर्न वा नगर्न वाध्य वनाउन सक्छ । सर्त यो हो कि मिडियाको वागडोर कसको हातमा छ ? वजारको हातमा वागडोर भएको अहिलेको मिडिया तिव्र वजारीकरणवाट राज्य र नागरिक समाजलाई आप्mनो योजना मुताविक गर्न वाध्य पार्दैछ । वाल स्ट्रिट त्यसको प्रतिनिधि उदाहरण मात्रै हो । हिजो राज्यको हातमा मिडिया रहेको वेला उस्ले पनि त्यसै ग¥यो । वैकल्पिक मिडियाको रुपमा नागरिक समाजले मिडियाका विभिन्न रुप, विधि र प्रकृयाको प्रयोग गर्न खोजिरहेको छ । जहाँ सफल भएको छ त्यहाँ वजार र राज्यलाई वाध्य पार्दै छ । पछिल्लोकालमा त कतिसम्म देखिदैछ भने निश्पक्षताको डंका पिट्न पछि नपर्ने मिडिया जव ताकतिला राज्यहरुको कोपभाजनको सिकार हुन्छन् वा ताकतिला राज्यहरुको स्वार्थमा मिडिया असहयोगी देखिन थाल्छन् असान्जेहरुको नियति देखापर्छ । मिडिया शक्ति हो भनेर स्वीकार गर्ने हो भने त्यो शक्ति खोसाखास गर्ने लडाई हुन्छ भन्ने कुरा र त्यो एकवाट अर्काे ताकतवरको हातमा नाँचिरहन्छ भन्ने कुरालाई मान्नै पर्छ । शक्तिको वागडोर आप्mनो हातमा लिने लडाई त जारी नै छ ।

यहि र यस्तै पृष्ठभुमिमा बिम्बले आफुलाई मुल्यांकन गर्नुपर्छ । वार्षिक उत्सवहरु विगतको समिक्षा र भविष्यको वाटो निर्धारण गर्ने आत्म समिक्षाका वेलाहरु हुन् । हेरौं बिम्बले आफुलाई कहाँ पाउछ र अव कहाँ उभ्याउछ ।

विम्व साप्ताहिक
(यो लेख डोटीवाट प्रकासित हुने विम्व साप्ताहिकका सम्पादक रामहरी ओझाको अनुरोधमा सन् २०१० तिर लेखिएको हो र सोही साप्ताहिकमा प्रकासित छ ।)

जवज, वरमुडा त्रिसंकु र समाजवाद तर्फको यात्रा

“सामाजवाद समाप्त भयो र अव यसको भविष्य छैन ।” एक पटक नवउदारवादीहरुको यो गोयवलियन सुगारटाई सुन्दा सुन्दा दिक्कै लाग्थ्यो । विषर्जनवादीहरुको हातखुट्टा गलाउन यो एउटै नारा प्रसस्त ठहरियो त्यो वेला । संसार भर हसिया हथौडाका झण्डा झुके, च्यातिए, मिल्काइए । रगतको रातो रंग हरियो हुदै गयो । १९८० को दशकको अन्तिम र १९९० को सुरुवात तिर समाजवादका नाममा वचेखुचेका राज्यहरु एक पछि अर्काे गर्दै विघटनको अवस्थामा पुगे । चाहे गृहयुद्धको माध्यमवाट चाहे आपसि सम्भौता वाट । विसाल सोभियत संघ छिन्नभिन्न भयो । पुर्वि युरोप, दक्षिण अमेरीका, एसिया कतै अछुतो रहेन । विभाजन र विघटन नै समाजवादको नियति हो जस्तै लाग्ने गरि चिच्याउथे सवै । क्युवा र उत्तर कोरियाको सासनलाई समाजवादी मानिरहने हो भने र चीन र भियतनामलाई एकातिर राख्ने हो भने वाहेक समाजवाद त के दुनियामा समाजवादीहरु पनि खोज्नु पर्ने अवस्था आउदै थियो । प्रजातन्त्रलाई पुजिवादको कित्तामा वलगरि धकेलेका र आफुलाई प्रजातन्त्रवादी भन्न नरुचाउने मुर्ख “समाजवादी ” हरुको मुर्खताको सिकार भयो समाजवाद । राज्य स्तरमा मात्र होईन समाजवादी पार्टीहरु, युनियनहरु, आन्दोलनहरु सवका सव नाम फेर्ने, झण्डा फेर्ने, नारा फेर्ने जस्ता दौडमा लागे । नेपाल किन अछुतो रहन्थ्यो । समाजवादको मृत्युको नारा घन्काउने पाखण्डिहरु र त्यस्ता पाखण्डवाट विचलित हुने र समाजवादको मृत्युमा शोक गर्ने देखि घर सर्नेहरु सम्म यहा पनि देखापरे ।
अर्काे तिर केहि परम्परावादी समाजवादीहरु जसले परिवेशमा आएको यति ठुलो उथलपुथललाई केहि नभएको झैं गरि जडशुत्रको रटान छोडेनन् । प्रभु आउनुहुन्छ र वचाउनुहुन्छ भनि किनारा तिर नआउने मुर्ख भक्तको डुवाई झै यी अर्थाेडक्स समाजवादीहरु आप्mनै धुनमा मस्त रहे । परिस्थिति विग्रेर हातवाट जादैछ फेरि कहिल्यै हातमा नआउने गरि भन्ने सम्झनै सकेनन् ।

यस्तो विसम र असजिलो अवस्थामा नेकपा एमालेले जनताको वहुदलिय जनवाद जस्तो उन्नत र समय सापेक्ष कार्यक्रम प्रदान गर्यो । विचार भुत्ते नभैसकेको र सार्थक वहसहरु जिउदै रहेको वेला भएर होला समाजवाद सम्म पुग्ने वाटोको यो संस्करण दिन सकेको एमाले ले । यस्तो कार्यक्रम जसले वदलिदो विश्व परिवेशलाई सहि ढंगले पक्रन खोजेको थियो । पक्रन खोजेको भन्छु म । पक्रेको थियो भन्दिन । परिस्थितिजन्य कैयौं अस्पष्टता वाकि नै थिए । दुर्भाग्यवस का. मदन भण्डारी रहनुभएन । एउटा अध्याय समाप्ती संगै एउटा सम्भावना पनि समाप्त भयो । मान्छे मदन भण्डारीको मुत्युमा शोक मनाईयो तर सिंगै विचारको चिन्ता छुट्दै गयो । ध्यान जति अन्तै गयो विचारलाई परिपक्व गराउने तर्फ भन्दा पनि । १९९० को आधि हुरी संग पौठाजोरी खेलेर ठिंग उभिएको जवज वरमुडा त्रिसंकुको सिकार भै रहेको छ । समाजवाद तर्फको यात्राको प्रस्थान विन्दु जवज आफै रनभुल्ल छ चक्रव्युहमा । इतिहासको यो भन्दो तितो र भद्दा ठट्टा के हुन सक्छ हामि समाजवादी हौं भन्न रुचाउनेहरु संग । आज जवजको उन्नयन, अनुसंधान र विश्लेषण अनि संस्लेषणमा कोहि लाग्दैन वरु त्यसको लिगेसी दावि गर्नमा नै सवको हानथाप छ । समाजवादी भविष्य प्रति आशावान लाखौं करोडौं श्रमजीविहरुको आखामा रित्तोपना छाएको छ । तर अझै आशा गर्न छोडेको छैन त्यस वर्गले जसको लागी साच्चै गुमाउनको लागि केहि छैन र पाउनको लागी सारा संसार । विष्फरित आखाहरुले एकटक सुदुर क्षितिज तिर टोल्हाएको छ यो वर्ग । पाउने भन्दा गुमाउनु पर्ने वढी भैसकेकाहरुका लागी र पाउनु पनि नपर्ने गमाउनु पनि नपर्नेहरुका लागि समाजवादको के स्वाद ।

पाचौ महाधिवेशन पछि २० वर्ष वित्न थालि सक्यो । यस विच हामि कैयौं पटक लड्यौ, उठ्यौं र अघि वढ्यौं । हरेक पटकको लडाईले एउटा नया पाठ दिएको थियो हामिलाई तर हामिले ढोकैमा आएका सम्भावनाहरुलाई हात पार्न सकेनौं । अहंकारका कैयौं ढकनीहरुले हाम्रो आखा र विवेक दुवैलाई छोपिदियो । त्यो क्रम रोकिएको छैन वरु द्रुत गतिमा जारी छ ।

उता अर्काे तिर समाप्त भएको हौवा फिजाईएको समाजवाद धुलो टक्टक्याउदै उठ्दैछ जनताको सहारामा विश्वव्यापि रुपमा । क्युवा, उत्तर कोरीया, भियतनाम आदी लाई परंपरागत भन्न नछोडे पनि भेनेजुएला, व्राजिल, एल साल्भाडोर लगाएत दक्षिण अमेरीकामा त त्यसको प्रमाण देखिन थालेको धेरै भईसक्यो । लिथवानिया, हंगेरी, पोल्याण्ड, स्लोभाकिया, स्लोभानीया, वुल्गारीया एक पछि अर्काे गरि पुर्व कम्युनिष्टहरु नै जितिरहेको दृष्य पुजिवादीहरुले पचाउनै सकेका छैनन् । वितेको मार्चमा मात्रै इस्टोनीयामा के भयो ? पुजिवादी सुधारको रंगिन दुनिया खडा गरेर जनताको मुक्ति चाहनामा विर्काे लगाउन सकिन्छ कि भनेर लोभिएकाहरु गत मार्चमा इस्टोनीयामा सम्पन्न निर्वाचनमा वामपन्थीहरुको विजय देखेर आश्चर्य चकित छन् । उनिहरु लाई लाग्दै छ कि केवल १५ वर्ष भित्रै महगीं वार्षिक २० प्रतिसतले कम गर्न सफल र आर्थिक वृद्धिदर वार्षिक ५ प्रतिसतले वढीरहेको इस्टोनियाका जनताहरु के मुर्ख हुन जसले त्यस प्रकारका सुधारको पक्षधरहरु लाई हटाएर पुर्व कम्युनिष्टहरुलाई सत्तामा लिएर आए ? सिंगो पुजिवादी समाजको निन्द्रा समाप्त गर्ने गरि वामपन्थीहरु सरकारमा आए । पुजिवादी सुधारको वेढंगी नाटकको पर्दाफास गर्दै इस्टोनियाली जनताले अचम्मको निर्णय गरे । मरे भनि फालीएका जुरु जुरु उठ्न थाले । समाजवाद ढलेर समाप्तै भएका भनिएका मुलुकहरु मै समाजवादीहरु चिहानवाट फर्कन थाले । पुर्वि युरोप जसले समाजवाद मरीसकेको पहिलो नारा लगायो त्यहि पुर्वि युरोपले त आज कम्तिमा त्यहि भन्छ ।

यो सव त्यसै भइरहेको छैन । समाजवाद प्रतिको विश्वास नखलवलिएकाहरुको लगनको परिणाम हो यो । यो टीकाई र फर्काई क्रान्तिको परंपरावादी भ्रमवाट मुक्तहुन सकेकाहरुको सुझवुझको परिणाम हो । क्रान्तिलाई हिंसाको पर्याय देख्ने, वन्दुकको नाललाई क्रान्तिको स्रोत देख्ने, माक्र्सवादको सिर्जनात्मकतालाई समाप्तपारेर जढशुत्र वनाउन खोज्ने र विविधतालार्य वैमनस्यता देख्ने मुर्खता वाटको मुक्तिको परिणाम हो यो सव । र यो सव आज भन्दा २० औं वर्ष पहिले विश्वलाई प्रदान गर्यो नेकपा एमाले ले जनताको वहुदलीय जनवादको रुपमा । समाजवाद सम्मको यात्राकालागि प्रदत्त यत्रो उपहारको उपहास हुदैछ र समाजवाद तर्फको यात्रा वरमुडा त्रिशंकुमा रनभुल्ल छ । आज सच्चा समाजवादीहरु, क्रन्तिकारी कम्यूनिष्टहरुको काधमा यो जिम्मेवारी आएको छ कि उनिहरु जनताको वहुदलीय जनवादलाई यो त्रिशंकु वाट निकालुन र समाजवाद तर्फको, गन्तव्य तर्फको यात्रामा अघि वढुन् । विश्व इतिहासले फेरी एक पटक यो जिम्मा हाम्रो काधमा दिएको छ ।


विम्व साप्ताहिक, डोटी
नोवेम्वर १०, २०१०

समाजवाद केवल भविष्य मात्र होईन वर्तमान पनि हो ।

कार्लमाक्र्सको मृत्युको तेस्रो दिन उहाँ प्रति समवेदना प्रकट गर्दै एंगेल्सले उहाँलाई आप्mनो समयमा सवैभन्दा वढि घृणा गरीएका र वदनाम गरीएका व्यक्ति भन्नुभयो । समयक्रममा एंगेल्स पनि रहनुभएन । रहनुभएको भए माक्र्सको मृत्यु पछि पनि त्यो क्रम जारी रहेकोमा के भन्नुहुदोहो भन्ने लाग्छ मलाई । खास गरेर आप्mनै समर्थक हौं भन्नेहरु वाट गरीने गरेको वदनामी वारे माक्र्स तथा एंगेल्सको के प्रतिकृया हुदोहो भन्ने सोच्छु म । माक्र्सवाद कै नाममा राज्य–समाजवादको स्थापना र त्यसैका नाममा उहाँहरुको वदनामी अनि उहाँहरु प्रतिको घृणाको सृंखलामा नयाँ आयामको सुरुवात आप्mनै समर्थक हौं भन्नेहरु वाट यति निकृष्ट रुपमा गरीयो जति उहाँका विरोधिहरुले पनि सायदै गर्न सकेका थिए होलान । तर समय सवैभन्दा वलवान छ र सवैकुराको साक्षि तथा फैसलाकर्ता पनि हो । सवैभन्दा वढि घृणा र वदनामीका वावजुद सतिसाल झैं ठिङ्ग उभिएको उहाँको व्यक्तित्वको रहस्य हो उहाँको योगदान, माक्र्सवाद अर्थात वैज्ञानिक समाजवाद । समकालीन विश्वमा जव जव जटिल समस्याहरु देखा पर्दछन् तव तव समस्याको समाधानका लागी मान्छेहरु माक्र्सवादका पाना पल्टाउन थाल्छन्, समधान निकाल्छन् अनि सुरुहुन्छ पुरानै यात्रा, घृणा र वदनामीको । वैज्ञानिक समाजवादका प्रत्येक प्रस्थापनाहरुलाई समस्या समाधानकोलागी प्रयोग गरीरहदा पनि खुलेर त्यसलाई स्विकार गर्न कोही तयार हुदैन, मानौं कि त्यो कुनै सामाजिक अपराध हो र त्यसो गरेर कोहि पनि आफुलाई घृणित र वदनाम वनाउन चाहदैनन् ।

समयक्रमले फेरी त्यहि अवस्था सृजना गरेको छ । आफुलाई निर्विकल्प घोषणा गरेको नवउदारवाद द्वारा सृजित सृंखलावद्ध संकटहरुका कारण आक्रान्त विश्वको संकट समाधान गर्न विश्व एकपटक फेरी माक्र्सवादको शरणमा आएको छ । केवल फ्रान्सेली राष्ट्रपति मात्र माक्र्सका रचनाहरुको अध्ययन गररिहेका छैनन् विश्व भरी नै वर्तमान समयकै सवैभन्दा वढि माक्र्सवादको चर्चा हुने गरेको छ र माक्र्सका कृतीहरुको विक्रि एकाएक वढेको छ । वर्लिन पर्खालको भत्काईलाई समाजवादको अन्त भएको ठान्ने मुर्ख दक्षिणपंथीहरु समेत जर्मन जनताको समाजवाद प्रतिको आकर्षण वढेको देखेर जिव्रो टोकीरहेका छन् । जर्मनीको एकिकरण पछि संयुक्त भुमीमा विस्तार गरीएको स्वतन्त्र वजार अर्थतन्त्र प्रतिको वितिष्णा र अन्ततः त्यसको लज्जास्पद हारले मान्छेहरुलाई एक पटक फेरी समाजवाद वारे साच्न वाध्य पारेको छ । जर्मनिका वित्तमन्त्रिले वर्तमानको संकट समाधानको लागी कार्लमाक्र्सको जवाफ असान्दर्भिक नहुनसक्छ भनेर घुमाउरो पारामा भएपनि सार्वजनिक अभिव्यक्ति दिएको सुन्दा र जर्मन फिल्मकारहरु माक्र्सका कृतिहरुमा फिल्म निर्माण गर्दैछन् भन्ने सुन्दा जीवनभर र मृत्यु पछि पनि माक्र्स प्रति गरीएको घृणाको ढीलै भएपनि जर्मनहरुलाई महसुस भएको आभास हुन्छ । दक्षिण अमेरीकामा रहेको समजवाद प्रतिको आकर्षण र नेपालमा लोकप्रिय मतको अधिक हिस्सा कम्यूनिष्टहरुका पक्षमा रहनुलाई परंपरावादी भनेर आरोपित गरीएला तर अमेरीकाको नाकै मुनि एल साल्भाडोरको भरखरै सम्पन्न निर्वाचनमा करीव दुई दशक पुर्व शान्ति प्रकृयामा आएको वामपन्थि दलका उम्मेदवारको राष्ट्रपति पदमा भएको पहिलो विजयलाई परंपरावादी भन्ने आँट कसैले गर्ने छैनन् । समाजवाद समाप्त भयो भन्ने कुराको पुष्टि गर्न दिईने उदाहरणका काला दागहरु युरोपले विस्तारै पखाल्दैछ जसको पुष्टि त्यहा भईरहेको निर्वाचनहरुमा एक पछि अर्काे गर्दै हिजोका समाजवादीहरु विजयी हुदै जानुले गरिरहेको छ । जापान कम्यूनिष्ट पार्टी आप्mनो चौथो स्थानवाट थप वलियो तिर संक्रमण गर्ने दाविका साथ अघि वढेको छ र मासिक एकहजारको संख्यामा युवाहरु कम्यूनिष्ट पार्टीको सदस्यता लिइरहेको समाचरले त्यस दाविलाई पुष्टि गर्ने आधार प्रदान गर्दछ ।

मान्छेहरु तत्कालीन युरोपको अवस्थामा पुजिवादको विकास भएको वेलायतलाई समजवादी क्रान्तिको केन्द्र वन्न सक्ने माक्र्सको पुर्वानुमानलाई लिएर उनको एकलकाटे विरोध गरीरहेका भेटीन्छन् तर लोकतन्त्रको सार्वभौमिकता वारे युवावस्थामा नै उहाले गर्नुभएको विश्लेषण, स्वतन्त्र व्यापारको सम्भावना, चुनौती, त्यसको ध्वंसात्मक योगदान र त्यसका प्रतिको पक्षधरताका वारे उहाका विश्लेषण र संस्लेषणहरु, इतिहासको भौतिकवादी व्याख्या र दर्शन र दार्शनिकहरुका लक्ष तथा लक्षभेदनका उपायहरु लगायत राजनैतिक अर्थशास्त्रको विषद समालोचनामा उहाँका योगदान आज पनि अकाट्य सावित भएका कुरा घाम जस्तै छर्लङ्ग छ । पुजिवादले आप्mनो अन्त्यको सर्जाम आफै जोरजाम गर्छ भन्ने माक्र्सवादको घोषणा नै आज सारा मान्छेको ध्यान तान्न प्रसस्त भएको छ । केहि वर्ष पहिले गेन्नाडी जुगानोभले एउटा अन्तरवार्तामा भनेका थिए, समाजवाद पछाडी फर्कने विषय होइन, यो त अगाडी वढ्ने विषय हो, जव उनलाई अत्यन्त व्यंग्यात्मक शैलीमा ‘के उनि अझ समाजवाद तिर फर्कन चाहन्छन् त’ भनेर सोधियो । राजनैतिक र प्राज्ञिक समुदायमा समेत यो विवाद कायम छ कि समाजवाद विगतको व्यवस्था वा विचार हो वा भविष्यको वा वर्तमान को ? १९९५ मा दक्षिण अफ्रीकी कम्यूनिष्ट पार्टीले घोषणा गर्यो कि समाजवाद भविष्यको विषय हो तर आजैवाट निर्माण सुरु गरीनु पर्छ । सोभियत संघको नक्कली समाजवाद पुजिवादका अगाडी लल्याक लुलुक भएको मौका छोपेर फुकुयामाहरुले जतिसुकै वल लगाएर अमेरीकी मोडेलको राज्य व्यवस्थालाई अन्तिम र विश्वव्यापी सत्य स्थापित गर्न खोजे पनि उनको हावा भरीएको वेलुनलाई फिस्सस पार्न प्रसस्त भयो त्यहि अमेरीकामा वुस द्वारा ल्याईएको ‘वेल आउट विल’ । तर सचत हुनु पर्ने कुरा के भने राज्य नियंत्रित अर्थतन्त्र तर्फ चालीएको जर्ज वुसको आत्मघाती कदमलाई देखेर समाजवादी अर्थतन्त्रको विजय भएको र पुजिवाद समाप्ती तिर धकेलीएको घोषणा भने अघ्र्यल्याई हुनेछ । यस पृष्ठभुमिमा यदि कसैले विना पूर्वाग्रह समाजवादको अध्ययन गर्ने हो भने वैज्ञानिक समाजवाद मुर्ख दक्षिणपंथिहरुले भने जस्तो भूतकालको मात्र विषय त के स्वयम् कतिपय वामपन्थीहरुले भन्ने गरेझैं भविष्यको मात्र पनि विषय होइन यो त वर्तमानको विषय भएको प्रष्ट हुनेछ ।

विम्व साप्ताहिक, डोटी
३१ अगष्ट, २००९

समाजवाद : हाम्रो हो, राम्रो हो तर हतारो नगरौं ।

क्रान्ति के हो ?
क्रान्ति कुनै घटना विशेष होईन । यो समाज विकासका क्रममा नयाँ नयाँ उत्पादक शक्तिको विकास संगै विकसित नयाँ उत्पादन सम्वन्धको विकास, विनास र थप नयाँमा हुने रुपान्तरणको एक निरन्तर प्रक्रिया हो । एउटा निश्चित अवस्थावाट क्रमिक रुपमा विकसित हुदै गएर गुणात्मक रुपमा फड्को मार्दै अर्काे तर नयाँ अवस्थामा प्रवेश गर्नु, अनि त्यस नयाँ भनिएको पनि समयक्रममा पुनः नयाँ तिर प्रवेश हुदै जानु क्रान्तिको प्रक्रिया हो । लोकतान्त्रिकरण पनि एउटा निरंतर क्रान्ति हो र लोकतान्त्रिकरणको प्रक्रिया पनि यहि हो । आम वोलीमा क्रान्तिकारी घटनालाई मात्र क्रान्ति भन्ने गरेको पाइन्छ तर त्यो सहि होईन । यसलाई प्रक्रियाका रुपमा बुझेर मात्र क्रान्तिमा भाग लिन र त्यसलाई अर्काे चरणमा रुपान्तरण गर्ने दायित्व पुरा गर्न सकिन्छ ।

क्रान्तिको प्रकृया
क्रान्तिको प्रक्रियामा सामान्यतया तीन चरण हुन्छन् । पहिलो चरण हो क्रान्तिकारी गतिविधीहरुको चरण, दोश्रो हो क्रान्तिकारी घटना र तेश्रो हो क्रान्तिको कार्यक्रम कार्यान्वयनको चरण । तर यो तेस्रो चरण समाप्ती वा सम्पन्न हुने चरण होइन । क्रान्तिको कार्यक्रम कार्यान्वयनका लागि क्रान्तिले ठूलो संघर्षमा भाग लिन्छ र फेरी एउटा क्रान्तिकारी घटना विशेषले उसलाई नयाँ परिणाम प्रदान गर्दछ । यसरी हेर्दा हामी क्रान्तिको जम्मा दुई चरण हुन्छ पनि भन्न सक्छौं । क्रान्तिकारी गतिविधी र क्रान्तिकारी घटना । क्रान्तिकारी कार्यक्रमको कार्यान्वयन आगामी क्रान्तिको लागि गरिने गतिविधि नै हुन्छन् जो नयाँ क्रन्तिको आधार वन्दछन् । क्रान्ति कसैले गर्न चाहेर हुने वा रोक्न चाहेर रोकिने होइन । यति मात्रै हो कि यो एउटा प्रक्रिया हुनुको कारणले यसलाई छिटो वा ढिलो पार्न सकिन्छ । क्रान्तिमा सचेत प्रयत्नको अर्थ र महत्व त्यही हो । नेतृत्वको आवश्यकता त्यही गतिलाई छिटो पार्नका लागि हो ।

क्रान्तिको लक्ष्य
विकसित भएको नयाँ उत्पादक शक्ति (औजार, साधन, मान्छे र श्रम सीप) सँग पुरानो उत्पादन सम्बन्धको वेमेल एउटा शत्रुतापूर्ण संघर्षको उच्च विन्दुमा पुगेपछि त्यसले पुरानो उत्पादन सम्बन्ध ध्वस्त पार्छ र विकसित नयाँ उत्पादक शक्ति अनुरुपको नयाँ उत्पादन सम्बन्ध कायम गर्छ । क्रान्तिको लक्ष्य हो त्यसप्रकारको नयाँ उत्पादन सम्बन्ध सृजना गर्नु अर्थात त्यो सृजना गर्ने वस्तुगत अवस्थाको निर्माण गर्नु । अझ प्रष्ट रुपमा उत्पादक शक्तिको विकासमा योगदान पु¥याउनु । पछौटे औजारहरुको ठाउँमा विकसित औजारहरु, पिछडिएका मानिसहरुका ठाउँमा चेतना विकास भएका मान्छेहरु र परम्परागत अनुभव र सीप भएका वा त्यो पनि नभएकाहरुको सट्टामा उन्नत उत्पादन अनुभव र श्रम सीप भएकाहरुको प्रतिस्थापन गर्न प्रयत्न गर्नु क्रान्तिको तत्कालिन लक्ष्य हुन्छ भने विकसित नयाँ उत्पादक शक्तिलाई पुरानो उत्पादन सम्बन्धले न्याय गर्न नसक्ने हुँदा त्यस्तो न्याय गर्न नसक्ने (अन्यायी) उत्पादन सम्बन्धलाई ध्वस्त पारेर नयाँ विकसित भएको उत्पादक शक्तिसँग मेलखाने (Compatible) न्यायपूर्ण नयाँ उत्पादन सम्बन्ध कायम गर्नु यसको वास्तविक लक्ष्य हुन्छ ।

लोकतान्त्रीक (जनवादी – Democracy) क्रान्ति
लोकतान्त्रीक (जनवादी – Democracy) क्रान्ति अर्थात लोकतान्त्रीकरण (जनवादीकरण – Democratization) पनि एउटा निरंतर प्रकृया भएकोले यस प्रकृयामा पनि उपरोक्त चरणहरु आउने गर्छन् । सर्वप्रथम त समाजको विकासक्रम संग मेल नखाने अलोकतान्त्रिक (गैर जनवादी – Nondemocratic) सत्ताको अन्त्यको लागि गरिने क्रान्तिकारी गतिविधिको कुरा आउछ । जव एउटा क्रान्तिकारी घटनामा पुरानो अलोकतान्त्रिक (गैर जनवादी – Nondemocratic) सत्ताको अन्त्य हुन्छ त्यसपछि नयाँ व्यवस्थाको सुदृढिकरणको चरण सुरु हुन्छ अर्थात लोकतान्त्रिकरणका कार्यक्रमहरुको कार्यान्वयनको चरण । जहाँ पुरानो व्यवस्थाका शोषण उत्पिडनका अवशेषहरु सवै क्षेत्रवाट अन्त्य गर्ने र स्थापित नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सवै क्षेत्रमा भौतिक र साँस्कृतिक दुवै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्नु पर्ने हन्छ । यी चरणहरु पूँजीवाद वा समाजवादोन्मुख जुनसुकै खाले जनवादी (लोकतान्त्रिक) क्रान्त्रिका अनिवार्य चरण हुन् । लोकतन्त्र (जनवाद – म्झयअचबअथ) मा विश्वास राख्नेहरुले यि चरणहरुलाई अस्विकार गदैनन् ।

पूँजिवादी जनवाद र समाजवादोन्मुख जनवादका विच संघर्ष 
एउटा गैर लोकतान्त्रिक (गैर जनवादी – ल्यल म्झयअचबतष्अ) सत्ताको अन्त्य पूँजीवादी जनवादका पक्षधर देखि समाजवादोन्मुख जनवादका पक्षधरहरु सम्म सवै लोकतान्त्रिक (जनवादी – Democratic) शक्तिहरुको चाहनाको विषय हुनाले अलोकतान्त्रिक व्यवस्थाका विरुद्धको सघर्षमा परिस्थितिले सवै जनवादी शक्ति र तत्वहरुलाई एकै ठाउँमा ल्याएर अभुतपूर्व एकता कायम गरेको हुन्छ । तर जसै गैर जनवादी व्यवस्था समाप्त हुन्छ, पुराना अवषेशहरु समाप्त गर्न सम्म त एकखालको एकता देखिन्छ तर जव सुदृढिकरणको चरण सुरु हुन्छ जनवादी शक्तिहरुकै विच क्रान्तिको कार्यक्रम कार्यान्वयनको सवालमा आन्तरिक संघर्ष पनि सुरु हुन्छ । यहिँनेर पूँजीवादी जनवाद (लोकतन्त्र – Democracy) को विकासक्रम रोकिन्छ र थप नयाँ चरणमा प्रवेश गर्न पाउदैन, सक्दैन । यसले परिवर्तनको ज्वारलाई भित्रभित्रै रुमल्याउछ र निकास विहिन अवस्थामा यो विकृत वन्दैजान्छ । अन्ततः यसले सामाजिक–सांस्कृतिक रुपमा नितान्त व्यक्तिवाद, आर्थिक रुपमा नवउदारवाद र राजनैतिकरुपमा साम्राज्यवादको हिस्साको रुपमा आफुलाई पतन गर्छ । अर्कोतर्फ सुढृढीकरणको चरणको उत्तराद्र्धमा समाजवादोन्मुख जनवाद (लोकतन्त्र – Democracy) ले समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर थप आवस्यक भौतिक तथा सांस्कृतिक तयारी गर्ने काममा आफुलाई लगाउछ । यसरी यो कार्यान्वयनको चरण पनि दुई भागमा विभक्त हुन्छ । पहिलो भाग अवषेशहरुको अन्त्य गर्दै जनवादी (लोकतान्त्रिक) सुदृढिकरण गर्ने भाग हुन्छ भने अर्काे भाग समाजवाद तर्फको संक्रमणको भौतिक तथा साँस्कृतिक तयारी गर्ने वा व्यक्तिवाद, नवउदारवाद र साम्राज्यवादको हिस्साको रुपमा अर्थात प्रतिकृयावादमा पतन हुने भाग हुन्छ । समाजवादोन्मुख जनवादका सन्दर्भमा यो दोस्रो चरणको उत्तराद्र्ध आफैमा समाजवादी चरण होइन वरु यसले समाजवादमा प्रवेश गर्नका लागी आधार तयार पार्न प्रयत्न गरिरहेको हुन्छ । सुदृढिकरणको चरणमा पूँजिवादी जनवाद र समाजवादोन्मुख जनवादका विच संघर्षको मुख्य कारण क्रान्तिकारी कार्यक्रमको कार्यान्वयन नै हो । क्रान्तिको कार्यक्रम कार्यन्वयन कै अवस्थालाई हेरेर त्या अवस्था अग्रगामी छ की प्रतिकृयावादी छ भन्ने पहिचान हुन्छ । पुरानो व्यवस्था सम्पुर्ण रुपमा समाप्त भईसकेको रहेछ भने त्यसवेला यो संघर्ष द्विपक्षिय हुनजान्छ तर पुरानो व्यवस्थाका अवषेशहरु ज्यूदै रहेछन् भने पूँजीवादी जनवाद र समाजवादोन्मुख जनवादका विचमा यसखालको संघर्षवाट तिनिहरुले फाईदा लिएर फर्कने चेष्टा पनि गर्दछन् । त्यस्तो अवस्थामा यो संघर्ष त्रिपक्षिय हुन सक्छ । त्यसैले लोकतान्त्रिक क्रान्तिको दोस्रो अर्थात लोकतान्त्रिक सुदृढिकरणको अर्थात क्रान्तिको कार्यक्रम कार्यान्वयनको चरण अपेक्षाकृत अत्यन्त जटिल, जोखिमपूर्ण र लामो चरण हो ।

समाजवाद मात्र कामदार वर्गको – जनताको – वास्तविक लोकतन्त्र
अहिले नेपाल लोकतान्त्रिक सुदृढीकरणको चरणमा छ । लोकतान्त्रिक सुदृढीकरणको चरण भनिए पनि यो सवैभन्दा वढी संघर्षमय चरण हुन्छ, भ्रमित पार्ने चरण हुन्छ, सावधानी अपनाउनु पर्ने चरण हुन्छ र अपेक्षाकृत लामो चरण हुन्छ । यहि अर्थात पुरानो अलोकतान्त्रिक (गैर जनवादी – Nondemocratic) व्यवस्थाको अन्त्य पछि समाजवादमा प्रवेश गर्नु पूर्वको संक्रमणकालिन चरणलाई जनताको जनवादी चरण भनिन्छ र यसै चरणमा कार्यान्वयन गर्नुपर्ने क्रान्तिको कार्यक्रम जनताको जनवाद हो । आज जनताको – कामदार वर्गको – काँधमा एकातर्फ साम्राज्यवाद पोषित दलाल वर्ग र सम्राज्यवादले सम्झौता गरी जीवनदान दिएको सामन्तवर्ग सँग जुधरे क्रान्तिद्वारा समाजलाई कम्तिमा पनि पूँजीवादी नयाँ जनवाद (नयाँ लोकतन्त्र – New Democracy) तर्फ रुपान्तरण गर्ने र अर्को तर्फ त्यही पूँजीवादी नयाँ जनवादलाई थप लोकतान्त्रिकरण (Democratization) (निरन्तर क्रान्ति) का माध्यमबाट समाजवादमा पु¥याउने दोहोरो जिम्मेवारी आइलागेको छ । किनभने समाजवादमा मात्र कामदार वर्ग – जनता – शासक हो र समाजवाद मात्र कामदार वर्गको – जनताको – वास्तविक डेमोक्रेसी हो ।

समाजवादोन्मुख जनवादका पक्षधरहरु विच अन्तरद्वन्द
माथि उल्लेखित सवै खाले संक्रमण र संघर्षहरु स्याम–स्वेत (Black & white) भने हुने गर्दैनन् । संघर्षको अवधि र स्वरुप, अनि संक्रमणको पनि अवधि र स्वरुप दुवैमा कैयौंपटक ग्रेलाईन (Gray line) को अवस्थाहरु देखा पर्दछन् । त्यसप्रकारको ग्रेलाईनले कतिपय वेलामा दिग्भ्रमित पनि पार्दछन् । यो कुन अवस्था हो त भन्नेमा भ्रम सृजना हुने खतरा रहन्छ । कतिपय चरित्र र विम्वले पुरानै अवस्था हो कि लाग्ने र कतिपय चरित्र वा विम्वले नयाँ हो कि लाग्ने हुन्छ । यस्तो भ्रम पार्ने अवस्थामा क्रान्तिकारी लोकतन्त्र (समाजवादोन्मुख जनवाद) का पक्षधरहरु विच पनि अन्तरद्वन्द सुरुवात हुने गर्छ । पुरानै चरित्र र विम्व वढी देख्ने र परिवर्तित अवस्थालाई कम मुल्यांकन गर्नेहरु लोकतन्त्रको सुदृढीकरणका लागि केन्द्रित भएर आवस्यक भौतिक तथा सांस्कृतिक तयारी गर्ने क्रान्तिकारी कार्यक्रम लागुगर्ने कुरालाई अस्विकार गर्न पुग्छन् र वेला भई नसकेको कुरालाई नै वढाई चढाई प्रस्तुत गर्छन । यसो हुनु यथास्थितिमा रमाउने संस्कृतिवाट उनिहरु मुक्त हुन नसकेको कारणले नै हुने गर्छ । खासगरी अलोकतान्त्रिक व्यवस्थाका विरुद्ध गर्नुपरेको कठिन र आपेक्षाकृत लामो अवधिको संघर्षवाट थाकेर उनिहरुमा उत्साहको कमी आएको हुन्छ । यिनिहरु थप चरणको क्रान्तिको तयारीको झण्झटले क्रान्ति भईनसकेको राग अलाप्न थाल्छन् । त्यसको ठिक विपरित नयाँ र परिवर्तित चरित्र र विम्व वढी देख्ने र परिवर्तित अवस्थालाई अति मुल्यांकन गर्नेहरु लोकतन्त्रको सुदृढीकरणका लागि केन्द्रित हुदै त्यसको सफलता पछि समाजवाद तर्फ प्रवेश गर्ने आवस्यक भौतिक तथा सांस्कृतिक तयारी गर्ने क्रान्तिकारी कार्यक्रम लागुगर्नुको सट्टा समाजवादमा प्रवेश गर्ने हतारो भई सकेको कुरा र व्यवहार गर्न थाल्छन् । समाजवादतर्फ संक्रमणको अपेक्षाकृत लामो अवधीलाई मनोगत रुपमा छोटो पार्न खोज्दछन् । उनिहरु कतिपय वेलामा समाजवाद ‘निमार्ण’ गर्ने हास्यास्पद कुरा गर्छन् भने कतिपय अवस्थामा समाजवादका नाममा अत्यन्त गैर लोकतान्त्रिक (गैर जनवादी – Nondemocratic) वाटो अख्तियार गर्न पनि पछि हट्दैनन् । यस्तैप्रकारका अति मुल्यांकनहरुका कारण लोकतन्त्रको उन्नत र उच्च स्तरका रुपमा प्रकट हुनुपर्ने समाजवाद तानाशाही वा अधिनायकवादी ‘राज्य समाजवाद’ मा पतन हुन पुगेको इतिहास साक्षी छ ।

समाजवाद : हाम्रो हो, राम्रो हो तर हतारो नगरौं ।

(यो लेख अनुमोदन दैनिकमा छापिएको छ ।)

मोहन मैनालीको उपल्लो थलो तिरको अक्षर यात्रा

छ वर्ष जस्तो भयो होला पत्रकार प्रकास बिक्रम शाहले उपल्लो थलो मलाई दिनुभएको । कितावको प्रवद्र्धन गर्दै मेरो कार्यालयमा आउनु भएको थियो । खासमा कितावको मामलामा म अलि फरक छुँ । पाए जति सवै पढ्ने र त्यसमध्य असल छान्ने गर्दा असल हुन्थ्यो होला तर म असल छ भन्ने लाग्यो भने पढ्छु । अरुको भनाई सुनेर, समिक्षा वा लेख पढेर वा सरसरती पढाई गरेर किताव छान्ने वानि छ । अरु त केहि होईन यसले समय वचाउछ । मैले प्रकासजीलाई टार्न खोजेँ । उहाँले अलि वढी नै प्रसंशा गरे पछि म त्यो किताव लिन राजी भएको थिएँ राम्रो नभएमा फिर्ता गर्ने सर्तमा । तर त्यो फिर्ता गर्नु परेन । त्यसले मेरा पुस्तकालयका अरु अभागि कितावहरु जस्तै कैद जीवन विताईरहेको छ ।

पहिलो हेराई
सवैजसो पुस्तक पढ्नु पहिले म गाता अगाडी पछाडी पढ्छु । हस्त गुरुङ्गको उक्साउने दुईहरफ पढेपछी खिसिक्क हाँसे, पढ्ला भनेर लेखेछ भन्दै । ‘पुस्तकवाट’ भन्ने टुक्राले खासै अर्थ दिएन । लेखकले नै छानेर राखेकाहुन भने त्यो लेखाईको विशिष्टता लेखकलाई मात्र थाहाहुने खालको, सम्पादक वा डिजाईनरले राखेकाहुन भने राखिदिनका लागि राखिदिए जस्तो लाग्यो ।

भूमिकाको सन्दर्भ
मलाई कार्लमाक्र्सको लेखन शैली मज्जा लाग्छ भुमिका मै सवै कुरा लेखि भ्याउने । अनि किताव चाँही त्यसको पुष्टयाईका लागि लेख्ने । यसो गर्दा पाठकलाई सजिलो हुन्छ । भुमिका मै कुरो वुझिहाल्यो भने थप किन पढ्नु पर्यो ? वुझेन भने भित्र पढेभयो । त्यो शैली भएन भने पनि मलाई लेखक आफैले लेखेको भूमिका मनपर्छ । किन लेखेको ? कुन परिवेशमा लेखेको ? कसकालागि लेखेको ? आदि कुरा लेखकलाई थाहाहुन्छ । अर्कैले लेख्यो भने अन्दाज हुन्छ । कहिलेकाँही त आनका तान फरक पर्छ । सात्र्रले फ्याननको किताव र्याच्ड अफ दि अर्थको भूमिका दुवै जना हिंसाका पुजारी नै हुन की भन्ने जसरी लेखिदिए । अनेक उदाहरण छन् । यो पुस्तक पनि अपवाद छैन । मैले भूमिका पढें । बेईमान स्वास्थ्यकर्मी, उपचार विहिन मर्नेगरेका भेडाका पाठा, देश लुट्ने नेता–कर्मचारी–व्यापारी, पुल–वाटोको अभाव, अशिक्षा, जातीय छुवाछुत कति पढ्ने ? मलाई पिडाका कथा, विरहका गीत, अभावका निवन्ध, दुःखान्त फिल्म, अन्धविश्वसको आलोचना उपलव्धिमुलक कुरा हुन जस्तो लाग्दैन । लेखन शैलीका कारण मिठो चाँही हुनसक्छन् तर अगाडी के त ? मैले यो किताव नपढ्ने विचर गरें, प्रकासजी संग मनमनै रिसाएँ र थन्क्याएँ ।

यो थन्क्याएको केहि दिन पछि फिल्ड जानु पर्ने भो । अलि लामो दिन उतै वस्ने भए पछि समय काट्न केहि वोक्न पर्यो भनेर हेरेको त्यहि हात पर्यो । अर्काै कुरा प्रकासजीले भेंटै पिच्छे ‘पढ्नुभो त सर’ भन्ने र मैले वहाना गरेर टार्ने क्रम चलेको धेरै भएको थियो । टिकापुर वसाईमा किताव पढ्दै गर्दा लेखकले भुमीका आफै लेख्नपर्छ भन्ने मेरो वुझाई झन पुष्टि हुँदै गयो । भूमिकाले यो किताव संग न्याय गरेको रहेनछ । यसले त कितावलाई नकारात्मक टिप्पणीहरुको ढड्डा होकी भन्ने वनाईदिएको थियो । तर किताव त्यस्तो थिएन । भूमिकाको सवैभन्दा नकारात्मक हिस्सा पेज झ को अन्तिम दुई वाक्य थिए जसमा सवलाई बेईमान र घिनलाग्दा वताईएको थियो । अरु सवैलाई वेईमान देख्नेले आफुलाई ठिक भन्ने आधार गुमाईसकेको हुन्छ । किनभने उ आफु पनि त अरुका लागि अरु नै हो नी । “देश लुटेर धन कमाउने अनि उल्टै फुर्तिलगाउने राजनीतिकर्मी, व्यापारी, कर्मचारी र त्यस्तै समुहका अन्य मानिसलाई इमानदारीताको पाठ सिकाउँछ यस पुस्तकले” भन्ने वाक्य नै थियो जसले मलाई पुस्तक नपढ्न प्रेरित गरेको थियो । किनभने यदि त्यसो हो भने म त्यस पुस्तकको लक्षित पाठक थिईन । मलाई लक्षित गरेर नलेखिएको किताव मैले किन पढ्नु पर्यो ? फेरी मुल्य मान्यताका वारे गार्नरको विचारवाट प्रभावित म नैतिक शिक्षाका लागि अरुले लेखिदिएको किताव अर्थहिन ठान्छु । अर्काका विश्वासहरुलाई अन्धविश्वासको जामा लागाईदिनेहरुका लेखाईहरुलाई महत्व दिएर म विश्वास गर्नेहरु उपर अविश्वास गर्न चाहन्न पनि । एउटा माक्र्सवादी हुनुको नाताले मलाई कुनै विश्वासहरु अन्धविश्वास हुन की हैनन् भनेर नजाँची भन्नहुन्न भन्ने लाग्छ । ‘हिमाल चढ्न हुन्न’ भन्ने स्थानीय विश्वास विश्वास हो की अन्धविश्वास भनेर हेर्न कार्यकारण सम्वन्ध नहेरी हुन्न । तर कारण नसोधी अन्धविश्वासको लालमोहर लगाउनु ठिक होईन । खोज पत्रकारिताको महासचिव नै भए पछि त यस्तो लेख्न नहुने हो क्या रे । मानव समाज र सँस्कृतिको अध्ययनमा नियम खोज्ने माक्र्सवादी तरिका क्लिष्ट मान्नेहरुका लागि क्ल्फिोर्ड ग्रिजको अर्थ खोज्ने तरिका पनि त छदैछ । तर केहि नखोजी अरुको विश्वासलाई अन्धविश्वास भन्नु पो अन्धविश्वास हो त । त्यसै गरी एउटा मान्छेको जीवन अर्काको जस्तै किन हुन पर्यो ? किन मनासलुका मान्छेको जीवन सगरमाथा र अन्नपूर्ण जस्तै हुनपर्यो ? के जीवन अर्काको जस्तै हुनु पर्ने हो ? के आफ्नै जस्तो जीवन ठिक छैन ?

यस्ता कैयौं कुराहरुले मलाई यो किताव नपढ्ने निधो गर्न उक्साएका थिए । तर पढ्दै जाँदा मलाई लाग्यो (यस वारेमा दोहोरो सम्वाद नभएकाले निश्चित भने छैन) सम्भवतः लेखकले “देश लुटेर धन कमाउने अनि उल्टै फुर्ति लगाउने राजनीतिकर्मी, व्यापारी, कर्मचारी र त्यस्तै समुहका अन्य मानिसलाई इमानदारीताको पाठ सिकाउन” यो किताव लेखेका थिएनन् । इमानदारिताको पाठ पढाउने यान्त्रिक नीति संग्रह होईन रहेछ यो पुस्तक । यो त लोक जीवनचर्याको जीवन्त चर्चा रहेछ । लेखकले वुढीगण्डकीमा आनन्द देखे, हस्तजीले दुःख देख्नुभो । लेखाईमा हो वा हेराईमा खोट अवस्य छ । भूमिका र मुल कितावमा आधारभूत रुप मै देखिएको यो एउटा उल्लेख्य फरक हो ।

अव पुस्तकको कथा वारे
पुस्तकको कथा भनिए पनि यो पुस्तक प्रादुर्भावको कथा हो । यसमा खासै उल्लेख्व विषय नभए पनि यो मेरालागि भने महत्वपूर्ण छ । पुस्तक पढ्दा मन परेको वा नपरेको, मिले नमिलेको कुरा पुस्तकका छेउ पुछारमा लेख्ने मेरो वानी छ । मैले पढेका कतिपय किताव धेरै फोहर हुन्छन् । टिकापुर वसाईका वेला मैले त्यो किताव सिनित्तै पढी भ्याएको थिएँ । कतिखेर धनगढी पुगेर प्रकासजीलाई सुनाउला भएको थियो । खासमा यति मज्जाको किताव उपलव्ध गराएर उहाँले लाएको गुनको कृतज्ञता ज्ञापन गर्न चाहन्थेँ म । धनगढी पुगे पछिको चियाभेंटमा मैले प्रकासजीलाई आफुले किताव पुरै पढीभ्याएको र राम्रो लागेको वताएँ र धन्यवाद दिएँ । प्रकासजी खुसी वा वेखुसी भएको कुरा उहाँका वडिल्यांग्वेजवाट वुझ्ने गरी परिचित छौं हामी । उहाँ खुसी हुनुहुन्थ्यो खासमा सुरुको दिन मैले किताव लिन नमानेको विषय सम्झेर अझवढी । किताव पढ्दा मलाई लागेको कुरा मैले टिपोट गरेको कुरा वताउदै म त्यो तपाईलाई दिउँला, लेखकलाई पठाईदिनुहोला भनें । मलाइ प्रकासजी र लेखकको सम्वन्ध अलिअलि थाहा पनि थियो । मैले के पनि भनेँ भने त्यो अलि आलोचनात्मक छ लेखक रिसाउने हुन भने नपठाउँ । उहाँले अत्यन्त उत्साहका साथ ‘हुन्छ नी सर म पठाईहाल्छु नी, मोहन सर यस्तो कुरा राम्रो मान्ने मान्छे हो’ भन्न भ्याउनु भो । तर मलाई ‘पुस्तकको कथा’ शिर्षकको च्याप्टर झलक्क याद आयो । खासमा ‘मोहन सर’ आलोचना त्यति रुचाउने मान्छे होईनन् की भन्ने मलाई परेको थियो । त्यो भेंट पछि प्रकासले धेरै पटक खै त दिनु भएन भन्नुभो तर मैले आनाकानी गरें । मलाई प्रत्यकपटक यो च्याप्टरले रोक्थ्यो । वास्तवमा म पनि ‘आहा कस्तो गज्जव’ भन्यो भने पढेनकी क्याहो भन्ने सोच्ने भित्र पर्छु । त्यसैले यो लेख लेख्ने रहर पनि जागेको हो । तर सगरमाथाको सृङ्खलाका वारे लेखकका साथीले गरेको प्रशंसामा मख्ख लेखक अन्तिम भागलाई झुर भनिदिएकोमा चाँही वेखुसी भएको प्रष्ट छ । जे राम्रो थियो त्यो त उनले गरे, जे नराम्रो भो त्यो जति अरुले गर्दा भयो भनेर लेखेको देखेपछि यस अघिको प्याराग्राफमा प्रशंसा सुन्न भन्दा आलोचना सुन्न चाहने उनको कुराको नक्कली पना यहाँनेर छताछुल्ल हुनपुगेको लाग्यो । कसैले झुर भनिदिने वित्तिकै उनले स्पष्टिकरण दिईहाले ‘त्यो त मेरो थिएन’ भनेर । नहुन सक्छ । तर त्यो पनि अति राम्रो भनिएको भए सायद विचरा सगरमाथाका कार्यक्रम संयोजकले लेखिदिएको भएपनि यसरी वाहिर आउथ्यो भन्ने लागेन मलाई । आफुले लेखेको कुरालाई प्रशार गर्ने लेखकको हुटहुटी यस च्याप्टरमा पनि सुरुमै छ । हस्तजीले पनि त्यसलाई उल्लेख गर्नुभएको छ । त्यस्तो हुटहुटीलाई सजिव पार्न जुन साथीेले सहयोग गर्यो उस्का प्रति एक पेज लामो कृतघ्नता विचारणीय विषय हो । त्यसैले मेरो कुराले पनि उनलाई अरु कसैका प्रति कृतघ्नता व्यक्त गर्ने मौका नमिलोस भनेर मैले त्यो दिईन । अव वर्ष धेरै वितेपछि मात्र यो सार्वजनिक गरको हुँ ।

लेखाईका वारे
यात्रावर्णनको सुन्दर प्रस्तुतीहरु मध्ये यो पुस्तक उदाहरण योग्य छ । सुन्दर यस मानेमा की यसमा रुप र सार दुवैमा मेहनत छ, कलाकारिता र स्ट्रेन्थ दुवै छ । खोला, जंगल र हिमालका प्रशंसाहरु, होटल, सडक र कलेजका वर्णनहरु, समुन्द्री किनारा, महिला, मदिरा र जुवाघरका वयानहरु यावत थुप्रै पढियो । ति कतिपय अत्यन्तै सुन्दर थिए । आफ्रनै विशेषता युक्त । यसमा विशेषता के छ भने यसमा जनता छ, धेरैमा हुने गर्दैन । जनताको पनि त्यो तप्का जसको वर्णन इतिहासमा खासै पाईदैन । महाभारत ति सिपाईहरुको पनि थियो जो काटिए, मारिए । तर नाम कौरव, पाण्डव र कृष्णको अनि उनका मामा, काका, फुपु र ससुराहरुको मात्र आयो । संसारभरी नै गरिखानेका कथा कमै लेखिन्छन् । गरिखाने वर्गको भनिने कम्युनिष्ट साहित्यमा पनि लेनिनका, स्टालिनका, माओका, चेग्वेभेराका नायकत्व ठसाठस हुन्छन् उनको देवत्वकरण हुन्छ तर धेरै कम मात्र ‘युवाहरुका गीत’ लेखिन्छन् । त्यस्तै गोर्कीलाई पनि विर्सिहाल्ने भनेको हैन । यस कितावमा लेखक आफै पनि पात्र भएर होला नायकत्वको अभाव त छैन तर पनि यसमा गरिखानेहरुको कथा छ । यस अर्थमा यो जनताको कथा हो । कार्लमाक्र्सका सर्वहारा वनिनसकेका तर नेपालका कम्युनिष्टहरुले जवर्जस्ती सर्वहारा घोषणा गरेकाहरुको मज्जाको कथा, खासमा मज्जाको त कथा वुन्ने शैली छ । त्यसैले मैले दुवै मोर्चाको कुरा गरेको हँु । जति तल गयो त्यति हाँर्दिक मान्छेहरु, हाकिम भन्दा पियन हार्दिक, सुव्वा भन्दा मुखिया हार्दिक । हार्दिकताको मात्रा र गुण जति तल गयो त्यति वढी । यो सुन्दर हैन त ?

‘हिउँ भन्दा ठुलो शक्ति केहि छैन संसारमा’ भन्ने वुझेको छिरिङ त्यसै हिउँ संग पौठाजोरी खेलेर जति भत्काए पनि फेरी पुल वनाएर, कहिले चौरी वारि सारेर कहिले चौरी पारि सारेर जविति छ, जीवन प्रति आशावादी छ । आगोको अन्वेषण देखि कन्ट्रासेप्टिकको आविस्कार सम्म प्रकृति संगको संघर्षमा विजय हाँसिल गरेको मानव सन्तान हो छिरिङ । हिउँको शक्तिको प्रशंसामा उसको आफ्नो शक्तिको छद्म उद्घाटन पनि छ । यो छिरिङलाई भन्न लगाएर मानव इतिहासका ठुल्ठुला पोथी पात्राहरुलाई एक पेजमा लेखिदिनु सुन्दरता हो । नेपाली समाजलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक, प्राक्पुजिवादी, पुजिवादी, सामन्तवादी, वा अरुनै केहि विशेषण लाईहाल्ने विद्वानहरुले पनि एकपटक यो किताव पढी दिए गाउँ र सहरको दुई नेपाल, लेक र वेसीको दुई नेपाल, सिंहदर्वार र हिउँको सत्ताको दुई नेपाल फरक छुट्याउन काम लाग्थ्यो होला ।

शासकीय सुधारका ठुला ठुला परियोजना र भाषणहरु सुनेर अनि क्रान्ती र परिवर्तन वाँडिचुँडी गरेर हुर्केको मेरो पिंढीले जान्नै पर्ने छेकम्पारको कथा (पेज ४७) अर्काे सुन्दरताको नमुना हो । नेपाली शासनको ‘महान’ गाथाको सरल प्रस्तुती । नेपालमा जवाफदहिताको प्रश्न मुर्खहरुले मात्र गर्ने प्रश्न हो रे । नेपाल भरी समान भोगाई, समान पिडा, समान दरिद्रता, समान वेवास्ता र समान गैरजिम्मेवारी पनको समान भिक्टीम हजारौं छेकम्पारहरु छन् तर तिनको कथा यति मज्जाले कमै आउछ ।

गरिवी र विभेद धेरैले भोग्छन् । कमैले देख्छन् र धेरै कमले लेख्छन् । लेख्नेले पनि रुवावासी लेख्छन् किन भने त्यस्तै देख्छन् । देख्ने र लेख्नेहरु भोग्नेवाट आएका थोरै भएर मात्र पनि त्यसो भएको होला । गरिवी र विभेद रुवावासी होईन । मृत्यु होईन । यो त विरामी हो क्युरेवल । क्वायर्ड हो प्राकृतिक होईन । अझ एक्वायर्ड पनि नभनौं थ्रस्टेड हो । गरिवी सृजित विभेद गरिवीको अन्त संगै समाप्त हुन्छ रुवावासीले होईन । यसलाई वदल्न नयाँ जीवन दृष्टि चाहिन्छ । खसेको छाँगोमा विजुलीको टर्वाईन घुमाउन पाए (पेज १९) महिला र केटाकेटीले पनि चप्पल लाउन पाउथे भन्ने दृष्टि । रुवावासी त मृत्युमा हुन्छ । अव कहिल्यै फर्की नआउने आफन्तका नाममा । विरामी विदाई गर्दा र लास निकाल्दाको फरक एउटै होईन । तर द्रष्टा दुवैमा सम्यक भैदिए कसको के लाग्छ । यस कितावमा भने रुवावासी छैन । महिला र केटाकेटीका खुट्टा नाङ्गा र पुरुषले मात्र चप्पल लगाएको (पेज १७) लाई विभेद भन्दै उरालेको भए पनि हुन्थ्यो । विभेदलाई एकोहोरो उरालेर अस्तव्यस्त पार्ने अनि वेचिखाने रहर देखिदैन यहाँ । यो त्यसैले सुन्दर छ ।

ताक्लाकोटको हुम्ली भरियाले ‘हामी नेपालीहरु खच्चर हौं र नेपाल सरकार खच्चरहरुको मालिक हो’ भन्दा आँङ जिरिङ्ग हुन्नथ्यो भने, आँखा र मुटुलाई एक्कैचोटी चिमोठ्दैनथ्यो भने यो लेखाई सुन्दर हुन्नथ्यो । रेमिटान्समा वाँचेको म र मेरो सरकारको नक्कली पर्दाको कति सुन्दर च्यातचुत । यो एकाँगी छैन । सुख छ, दुख छ, पिडा, स्नेह, क्रोध, घृणा, रिस, द्वेष, आनन्द छ आक्रोस छ, मनोविज्ञानको प्रस्तुती पनि छ । समग्रमा यी सवको समग्र छ । त्यसैले जविन्त छ । भव्य छ । भिमनिधी तिवारीको एउटा नाटक छ शिलान्यास । त्यसमा मानव मनोविज्ञानको एउटा सुन्दर प्रस्तुती छ । घले र द्रव्यशाह दौडमा प्रतिस्प्रधा गरिरहँदा एकजना दर्शक जो जित्यो उस्कै प्रशंसा गर्ने । नेपाली आम मनोविज्ञानलाई लेखकले कति सुन्दर प्रस्तुत गरेका छन् । शाहवंसीय प्रसस्तीगान भए पनि लेखकले कति सुन्दर ढंगले त्यसमा शिक्षा पनि दिएका छन् कि महाराज जनता घलेले जते घले तर्फ र शाहले जित शाह तिरै लाग्छन् है । इतिहासको त्यो क्रम काठमाण्डौ र त्यसपछि नेपाल एकिकरणमा पनि देखिएको थियो । त्यहि कुरा लेखकले मज्जा भनेका थिए । मनोविज्ञानमा केवल विपि कोईराला, विजय मल्ल वा पोषण पाण्डे मात्र देख्नेहरुमा दृष्टिभ्रम छ । छिटो पुग्ने रहरमा वाढी आएको खोलामा गाडीहाल्ने चालकको प्रशंसा गर्ने, गाडी फस्दा उसैलाई गालि गर्ने गाडी पारलागे पछि प्रशंसा गर्ने (पेज २०६) कलात्मक कम भए पनि प्रतिनिधीमुलक छ ।

यसको सुन्दरताको अर्काे कारण हो यसले अंगिकार गरेको वातावरणवारेको वुझाई । वातावरण केवल भ्अययिनथ मात्र हैन भ्लखष्चयलmभलत पनि हो र अझ मुख्य रुपमा भ्लखष्चयलmभलत नै हो भन्ने पुष्टि गर्न किताव सफल भएको छ । प्रकृति मान्छेका लागि हो र मान्छे विना प्रकृति केहि होईन साँच्चै केहि होईन भन्ने माक्र्सको विचारलाई पुस्तकले पुष्टि गरेको छ । धेरैले भोग्छन, थोरैले लेख्छन् । लेख्नेका कुरा भोग्नेहरुलाई आफ्नै हो भन्ने लाग्यो भने जिवन्त साहित्य त्यही हो । सुन्दरता त्यहि हो ।

लेखन शैलिका वारे
साहित्यमा यो विवाद लामै छ कि लेखाई प्रकृतिक ढंगको, स्वतन्त्र हुने कि परिष्कृत हुने ? देवकोटाको जस्तो अर्थ खोजेर पढ्न पर्ने राम्रो की समको जस्तो अर्थ खोजि खोजि लेखिदिएको राम्रो भन्ने कुराको भ्यालु जजमेण्ट गर्न सकिदैन, मिल्दैन । अनि हामी पत्रकारिता र साहित्य पनि अलि फरकै वुझ्छौं । हुनत पत्रकारिता पनि सरस र सरल भए फरक नपर्ने हो तर नेपालमा ङ्याक्ने शैली मुलधारमा छ । यस तर्फ लेखकले ‘काल्पनिक कुराको गन्ध पनि नआओस् र धेरै टर्राे पनि नहोस भन्नेमा सजग छुँ’ भनेवाट विश्वस्त थिएँ । त्यसमा उनी धेरैहद सम्म सफल पनि छन् । मैले यहाँ जानाजान धेरै हद सम्म मात्र भनेको छुँ । किनभने अरुको टर्राेपनको व्याख्या गर्दा गर्दै लेखकले आफु टर्राे भएको भेउ नपाएको पनि छ कितावमा । झोला जाच्ने इन्सपेक्टर (पेज २०८), वाटोमा पसल थाप्ने व्यापारीका (पेज २०९) वारे त्यति टर्राे नलेख्दा पनि कितावमा केहि घट्ने थिएन, न गुण, न मात्रा । यस्ता अरु पनि प्रसंगहरुले मलाई ‘धेरैहद सम्म’ भन्न लगाएका छन् ।

मलाई नेपालीमा अनुवाद गरिएका किताव त्यति राम्रा लाग्दैनन् । तर वाध्यताले पनि होला रुसी कितावहरु अनुवादै पढ्न पर्छ मैले । पढ्दैजाँदा शैलि मन पर्ने पनि रहेछ । मलाई रुसी साहित्यको खास गरेर कथा र उपन्यासको अनुवाद प्रस्तुती मज्जा लाग्छ । धार्चुलाको लजवाला गोविन्द सिंहको कथा नेर आईपुग्दा मलाई यो कथा वुन्ने र भन्ने शैली पनि त्यस्तै लाग्यो ।

पस्किारवादी वन्नु ठिक नपर्ला तर खट्किएकै कुरा पनि नलेख्नु इमानदारी होईन । मलाई लाग्छ इतिहासलाई इतिहास कै रुपमा अध्ययन गर्नु उपयुक्त हो । यस लेखाईले राजा महेन्द्रको राजनीतिक आलोचना त गरेको छैन तर उनको विकास प्रयास, देशव्यापि भ्रमण, जस्ता कुरालाई कम मुल्यांकन गरेको छ । उनको तानाशाहीका वावजुद उनि विकासवादी नेता थिए । उनको भ्रमण ताका वाचा गरिएका र पुरा गरिएका थुप्रै उदाहरण पूर्व देखि पश्चिम सम्म पाईन्छन् । १९६०–७० को त्यो वेलालाई त्यतिवेला कै नजरले हेरेको भए सहि निश्कर्ष आउथ्यो । त्यतिवेला विश्वव्यापि देखा परेको तानाशाही मार्फत विकास नीतिका उनि एकजना उदाहरण हुन, मार्सल टिटो र पार्क चङ ही जस्तै ।

कितावमा केहि प्रविधिगत र सम्पादकीय समस्याहरु पनि छन् जसलाई सच्याउन सकिन्थ्यो । ३०–४० जना पढाई हुने विद्यालयमा ‘एकजना’ मात्र शिक्षक हुने तर प्राय ‘सवै’ शिक्षक तल्लो भेगवाट आउने (पेज २०) लेख्दा अमिल्दो देखिएकोछ । खासमा पाँचौ र छैठौं प्याराको सुरुको यहाँ शव्दले अर्थ गाँजेमाजे पारेको छ । त्यस्तै वालि छरिसकेपछि मल हाल्ने चलन पहाडमा अन्यत्र पनि छ र माथिवाट परेको पानी वा जमेको हिउँले मललाई भित्र पुर्याउछ भन्ने विश्वास छ । यो प्रविधिमाथि प्रविधिकहरुको टिप्पणी छ । त्यसैले पहिलो प्याराको रस जमिनमा ‘जान्थ्यो’ र करु हलक्क ‘वढ्थ्यो’ (पेज ४८) लाई ‘भन्ने उनिहरु मान्दछन्’ भनेको भए ठिक चित्र आउथ्यो की । ‘चीनमा साँस्कृतिक क्रान्तिले आतंक मच्चाएको वेला’ (पेज १२८) ‘चीनमा साँस्कृतिक क्रान्तिका वेला’ मात्र भन्दिदा कसनै तथ्य वा तथ्यांक फरक पर्दैनथ्यो र पुर्वाग्रह देखिदैनथ्यो । लाई यस्तै यस्तै । त्यसवाहेक पत्रकार भएर होला सुनि जानेकालाई पनि देखि जानेको जस्तो प्रस्तुत गर्ने वानी परेको (नेपाली नम्वर प्लेटवाला गाडीको प्रसंग पेज २०६) ।

सवैभन्दा मज्जा लागेको र नमज्जा लागेको
कितावमा सवैभन्दा मज्जा लागेको प्रसंग र लेखाई प्याटर्न हो प्रौढ कक्षा पढ्ने एकजा महिला संगको कुराकानी (पेज ८) । “अलिकती बुद्धि आउदो रहेछ क्या ‘क’ जान्दाखेरी । धेरै जाँनिदो रहेछ । ‘क’ पनि भन्न नजान्ने भएपछि के जानियो र ?” आहा । त्यसैमा थप सुन्दरता थपेको छ जयवहादुरको भनाईले (पेज ९) । “चाहिएको त धेरै थियो तर सवैकुरा एकै पटक पाइदैन । त्यसैले केटाकेटिलाई चाँही पढाउने विचार गरेको छुँ । साक्षर भईयो भने आजभोलीका वच्चा सँग दिमाग मिल्थ्यो होला भनेर आफु पनि पढ्ने विचार गरेका छौं ।” यी दुई प्याराग्राफ पढ्दा मलाई स्टेफेन ड्याल्ड्रीले निर्देशन गरेको वर्नहार्ड स्कलाईनको कितावमा आधारित फिल्म द रिडरको याद आयो जसमा केट विन्सलेटको मुख्य भूमिका छ । कति सानो कुरालाई लिएर कति भव्य फिल्म वनको छ । अनि गाउँको एउटी ‘अनपढ’ महिला त्यहि स्तरमा आफ्नो कुरा राख्छे र एउटा नेपाली लेखक त्यसलाई कति सामान्य ढंगले जिवन्त प्रस्तुत गर्छ । त्यस्तै फौंदसिंहले केराको दाम्चो काटेर निचोर्दै वच्चाहरु पानी ख्वाएको कुरा (पेज ११) गड मष्ट वि क्रेजी को झझल्को दिन्छ । गड मष्ट वि क्रेजि फिक्सियस होईन भन्ने पुष्टि गर्छ र ........... लाई सलाम गर्न लगाउछ । नेपालमा गम्भिर विषयमा फिल्म वन्दैनन् भन्नेहरुलाई यो पुस्तकमा सयौं प्रसंगछन् कथा कथ्न । कसैले गरे हुने ।

नमज्जा लागेको विषय हो लेखकको जातीय धारणा । यस सन्दर्भमा दुईवटा प्रसंग उल्लेख्य छन् । एक त मानवहादुर विश्वकर्माको उच्चस्तरको साँस्कृतिक सम्वेदनशीलता (पेज १०) सहि ढंगले प्रस्तुत भएन र उनि माथि अन्याय भयो । अर्काे सार्कीले चिया ल्याएर दिएको (पेज ३०) विषयलाई यति धेरै मजाक र व्यंग्यको विषय वनाईनु हुन्नथ्यो । त्यसमा पनि एउटा अदना भरियाले ‘अव जातीय विभेदवाट मुक्त भईयो’ भनेर, ‘अव वाहुनले मैले छोएको खानपर्छ’ भन्ने आग्रहवाट प्रेरित भएर चिया ल्याएका थिए कि भन्ने लेखकको आशंका जातीय अहंकारमा आधारित छ । सार्कीले ओच्छ्यान मै चिया ल्याएर दिँदा लागेको रिस अभिव्यत्ति गर्न नसकेर यो वनावटी कुरा गरेको होईन भन्न लेखकले सक्दैनन् । उ खुसी भए कै थियो भने पनि उस्को खुसीमा खुसिहुनुको सट्टा लेखकले व्यंग्य कसेका छन् र उस्को खुसी टुट्दा पनि खुच्चिङ गरेका छन् । मज्जा लागेन । यसले आफुलाई उपल्ला जातको भन्नेहरु तल्ला भनिएका जातीको खुसीमा, माथिल्लो वर्गका भन्नेहरु तल्ला भनिएका वर्गका खुसीमा रमाउन सक्दैनन् भन्ने नै देखाउछ । अन्यथा यहि कुरा अर्कै ढंगले पनि आउथ्यो । गुरङ्गसेनी दिदिले आगो ताप्न दिएको कुरामा (पेज ३१) पनि लेखकको मन वटारिएको वुझिन्छ । कामी र दमाई भरियाहरुका अनुहारमा देखिने मौन विद्रोह देख्न वत्तिको होईन भावना र विचारको उज्यालो चाहिन्छ । निष्पट्ट अध्यारोमा पनि त्यो भेउ पाउन सकिन्थ्यो । दुव्र्यवहार गर्नेहरु र पोल लाउनेहरु विरुद्ध उनिहरुले प्रकट गरेको झिनो भावमा छद्म विद्रोह छ । त्यो विद्रोह लेखकको टोली संग पनि हो । तर ज्यालाको आश र डरले गरिव वोल्दैन । यत्ति भने लेखिछोडेँ ।

लेखकले देखेर पनि नदेखे झैं गरेको वा नदेखेको वा देख्न नचाहेको वा भन्न नचाहेको कुरा पनि छ कितावमा । यो भने अनौठो टिप्पणी भयो हैन त ? हो छ । राजनीतिक व्यवस्था परिवर्तन जनसाधारणको जीवनमा केहि पनि प।िवर्तन आएन भन्ने टिप्पणी (पेज ८ र ९) यस श्रेणीमा पर्दछ । यो या त लेखकाको दृष्टिभ्रम हो, या पूर्वाग्रह, या निराशावाद । नराम्रो व्यवस्था हटेर राम्रो व्यवस्था आउदा जनतालाई नै फाईदा पुग्छ शासकलाई होईन । शासकलाई त जति नराम्रो व्यवस्था रह्यो त्यति राम्रो हुन्छ । उदाहरण त यो पुस्तक नै हो यसमा लेखिएका कतिपय कुरा पञ्चायतकालमा आउन सम्भव नै थिएन । त्यस्तै रानागाउँको सामुदायीक सुशासन नयाँ परिवेशको उपज होईन र ? के यो नमुना अभ्यास शासकहरुको हितमा छ ? सहि तथ्यहरुको आधारमा निकालिएको भन्दैमा गलत निश्कर्ष सहि हुदैन । यो कलात्मकता वा काव्यकारिता नमिलेको मात्र होईन नयाँ परिवर्तनलाई आतमसात गर्न नसकेको पनि हो भन्ने देखिन्छ ।

र अन्तमा
मेरा धेरै पत्रकार साथीहरु छन् । स्थानीय जातका देखि राजधानी जातका सम्म । उनिहरु मध्य कति संग ‘पत्रकार हुनुमा हैन पत्रकार भएर के गरें भन्नेमा गर्व गर्नुस््’ भन्ने मेरो आग्रह छ । कति संग त मेरो वहसै हुन्छ । आत्मश्लाघामा रमाउने मेरा कतिपय साथीहरुले “चुपचाप आफ्नो काम गरिरहेका गुमनाम मानिसहरु आफु र आफन्तलाई दुनियाँ सामु देखाईदिने मानिसलाई गुणी सम्झदा रहेछन् । आफ्नो अस्तित्व कसैले स्विकार गरेको ठान्दा रहेछन् । पत्रकारहरुले गर्ने कामलाई महत्व दिंदारहेछन् । त्यसप्रति कृतज्ञ हुँदा रहेछन् ।” भन्ने प्याराग्राफ पढे वुझे हुनेथ्यो भन्ने लाग्छ ।

सल्लाह र धनियाँ सुरुमा गन्हाउछ है (पुस्तक वाटै)


(यो लेख अनुमोदन दैनिकमा छापिएको छ ।)